Posted by: chhepyastra weekly | मार्च 24, 2012

राष्ट्रिय स्वाधीनतासहितको सार्वभौम संविधान बन्नुपर्नेमा गडबढी देखिएपछि आन्दोलनमा उत्रनु परेको हो

कुलप्रसाद केसी ‘सोनाम’, पोलिटब्युरो सदस्य- एनेकपा माओवादी

० संविधानसभाको समय सकिन लाग्दा तपाईंहरू आन्दोलनमा उत्रनु भएको छ, कारण के हो ?
संविधानसभाबाट जनताको संविधान बन्नुपर्छ भन्ने हाम्रो मान्यताविपरीत गएपछि आन्दोलनमा जानु परेको हो । जनताको पक्षमा संविधान बन्नुपर्छ, राष्ट्रिय स्वाधीनतासहितको सार्वभौम संविधान बन्नुपर्नेमा गडबढी देखिएपछि आन्दोलनमा उत्रनु परेको हो । संविधान जनताको पक्षमा बन्नेभन्दा पनि रहस्यमूलक ढङ्गले केही राजनीतिक नेताहरूको दिमागीउपज बनाउन थालेपछि आमजनतालाई सचेत बनाउनको निम्ति, आˆनो अधिकारहरू सुनिश्चित गराउनेको निम्ति आवाज बुलन्द गर्नुहोस् भन्नको निम्ति हो ।
० उसो भए तपाईंहरूको आˆनै पार्टीको नेतृत्वमा सरकार हुादासमेत जनसंविधान बन्न नसक्ने भयो होइन त ?
मुख्य कुरा यो सरकार कुन जगमा बनेको छ भन्ने हो । चार बुादेले यो देशलाई कस्तो सन्देश दियो र कस्तो मोडालिटी दियो भन्ने एउटा रूप देखिसकियो । चार बुादे र सात बुादेले नेपालको सामाजिक, राजनीतिक अन्तरविरोध हल गर्दैन र झन् चर्काउाछ भन्ने कुरा सबै जनतासामु छर्लङ्ग भएकै विषय हो ।
० तर, तपाईंको पार्टीको अध्यक्षले समेत सात बुादे सहमति अन्तिम सहमति हो भनेर स्वीकारिसकेको स्थिति छ नि होइन र ?
अनाडी र अन्तिम भन्ने कुरा माक्र्सवाद र द्वन्द्ववादमा हुन सक्दैन । यो कसैले भन्दैमा यो अन्तिम हुन सक्दैन । हिजो कसैले राजतन्त्रलाई अन्तिम व्यवस्था, पञ्चायतलाई अन्तिम व्यवस्था भनेजस्तै अभिव्यक्ति हो, यो । जनताको आाखाबाट हेर्नुभयो भने जनताको जो अपेक्षा थिो, त्योभन्दा बिलकुल विपरीत दिशाबाट राजनीतिक नेतृत्व अगाडि बढिरहेका देखिन्छ । कसैले अपिल गर्दैमा त्यो लागू हुन्छ भन्ने होइन । नेपालको सन्दर्भमा जनताको पक्षमा संविधान, संघीयता, समान र सभागितामूलक पद्धति र जनजीविकाका ग्यारेन्टीका कुरामा कसैले नजरअन्दाज गर्न सक्ने स्थिति छन् । लोकतन्त्रले यी तमाम विषयको सम्बोधन गर्नुपर्छ तर अहिले त्यो हुन सकिरहेको छैन ।
० तपाईंले भनेभन्दा विपरीत तपाईंकै पार्टी अध्यक्ष तपाईंहरू -वैद्य पक्ष) पार्टी नीतिविपरीत जानुभयो, छापामार युद्धको तयारी गर्दै हुनहुन्छ भनेर आरोप लगाउादै हिाड्नुभएको छ नि, के भन्नुहुन्छ ?
पहिला त छापामार युद्धबाट किन आएको भनेर पुष्टि गर्नुपर्यो । कि त्यो बेठीक थियो भनेर आत्मा आलोचना गर्नुपर्यो । छापामार युद्धको औचित्य के थियो भनेर आज इतिहासले पुष्टि गरिसकेको छ । यो कसैको इच्छा र चाहनाको छापामार युद्धमा जाने कुरा हुादैन । युद्ध र शान्ति भनेको द्वन्द्वात्मक पक्ष हुन, जनताको हितमा भयो भने शान्तिको पक्षमा सबै छन्, जनताको हितविपरीत भयो भने कोही नेताले अपिल नगरे पनि चक्काजाम, सडक आन्दोलनहरू चलिनै रहेका छन् । त्यसैले ती सबै गलत हुन् बरु पार्टीको आधिकारिक धारणा जनताको संघीय गणतन्त्रको लागि लड्ने सामन्तवाद, साम्राज्यवादविरुद्धको संविधान बनाउने कुराको राजनीतिक पहलकद्मी मूल नेतृत्वले छोडेको कारणले हामीले त्यसको झण्डा उठाउन बाध्य भएका हौा । त्यसैले पार्टीको आधिकारिक संस्थापन पक्ष पनि हामी भएका छौा ।
० तर, अध्यक्ष प्रचण्ड त केन्द्रीय कमिटीको बैठक बसालौा भन्दा तपाईंहरू भागेर हिाडिरहेको भन्नुहुन्छ त ?
पहिले केन्द्रीय कमिटीले गरेको निर्णयको कार्यान्वयन गर्नुपर्यो नि । त्योचाहिा नगर्ने अनि बहुमत र अल्पमतको कुरा गर्ने, यो सुहाउादो भएन । नेपाली जनयुद्धको ७५ प्रतिशत शक्ति र त्यसको नेतृत्व हाम्रो पक्षमा छ । तर, त्यसको बुझ पचाउादै हिजो जनयुद्धलाई धारे हात लगाउनेहरूको झुण्डलाई बहुमत ठान्नु मूर्ख हो । पार्टी नेतृत्वले यो कुरा बुझ्नुपर्छ । अहिले नेपालको एजेन्डा भनेको राजनीतिक रूपले समस्या समाधान गर्ने दिशातिरभन्दा तुजुकता देखाउने दिशातिर उन्मुख छ । नेतृत्व त्यतातिर जानु खोजिरहेको छ । त्यस्तो नटकीय बहुमतको कुनै अर्थ छैन । यसले नेतृत्वलाई झन् कमजोर बनाउाछ र समस्यालाई झन् चर्काउाछ ।
० काग कराउादैछ भन्ने उखानजस्तै पार्टी नेतृत्वले तपाईंहरूलाई टेरपुच्छर लगाएको छैन, पङ्गु बनाइरहेको छ भनिन्छ नि ?
पङ्गु बनिरहेको छ भन्ने त तपाईंहरूले नै देखिरहनुभएको छ नि । जे गर्छु भन्ने त्यो नगर्ने, जे गर्दिन भन्ने त्यही गर्ने, त्यो पङ्गु हुन्छ कि जे कुरा हो, त्यो कुरा जनताको बीचमा लिएर जाने, जनताको तागत लिएर आउने, त्यो सबैले बुझेकै कुरा हो । हिजो जनयुद्धमा जाादा पनि एउटा शक्तिले पङ्गु, गुलेली खेलाउन नजान्नेले बन्दुक उठाउने भन्थे, यी खिसीटिउरी गर्ने नेताहरूलाई इतिहासले विदा गरिसकेको छ ।
० तपाईंहरू क्रान्तिको कुरा गर्नुहुन्छ । तर, आˆनो पार्टीभित्रको विकृतिको थुप्रो हटाउन सक्नुभएको छैन, जनताले कसरी विश्वास गर्ने ?
हो, यही विकृतिका विरुद्ध पनि यो संघर्ष हो । पार्टीभित्रको र समाजमा रहेका विकृतिका विरुद्धको संघर्ष हो, यो हाम्रो । अहिले दैनिकीका समस्याका कारण जनता आहत बनेका छन्, के यही यो शान्ति, यही हो लोकतन्त्र ? हजारौा युवाहरूलाई नयाा नेपालको सपना देखाएर क्रान्तिमा होमियो, तिनीहरू अलपत्र परिरहेका छन् । के यही हो शान्ति ? दुईचार हजार मानिसको बर्दीलाई यता र उता पार्दैमा शान्ति कायम गर्यौ भनेर कसैले घमण्ड गर्छ भने त्योजस्तो बज्रस्वााठ कोही होइन भनेर बुझ्दा कुन्छ । शान्ति जनताको दिलदिमागमा, समाज, शासन पद्धतिमा आउनुपर्यो । दिनदिनै भएका निर्णयहरूलाई हेरौा, कुनै निर्णयले कुनै नेपाली गरिबहरूलाई कुन भूमिहीन किसानलाई, कुन मजदुरलाई सम्बोधन गरेको छ । कुन जागिरेको अधिकारलाई सुनिश्चित गरेको छ । जताततै सुकेको खरानीजस्तो भएको छ । तीनचारजनाको कुर्सीका लागि गरिएको दिमागी कसरतले नेपालको अहिलेको अन्तरविरोध हल हुदैन, यसको निम्ति नया शिराबाट नया राजनीतिक सहमति हुनु जरुरी छ ।
० जेठ १४ मा तपाईंहरूले भनेजस्तो जनसंविधान बन्ने निश्चित छ भनिहाल्नु भयो, अब के देशको स्थिति कस्तो हुन्छ त ?
अब देशमा नया संक्रमण सुरु हुन्छ । नया राष्ट्रिय ध्रुवीकरण सुरु हुन्छ, नयाा गतिविधि हुन्छन्, खराबहरूको अस्तित्व समाप्त हुन्छ, असलहरूको उदय हुन्छ । एउटा नया राष्ट्रवादी ताकत र जनवादी ताकतको उदय हुन्छ ।
० भन्नाले अब तपाईंहरू पुनः संघर्षमा उत्रनु हुन्छ ?
संघर्ष नगरेर राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य भएको होइन । केवल संसदीय प्रतिस्पर्धालाई मात्र जनताका ठान्नेहरूले गणतन्त्रको प्रगतिशील सुधार, विकास, परिवर्तनलाई सम्बर्द्धन गर्न सकेनन्, त्यसैले संघर्ष जानुको विकल्प छैन ।
० जेठ १४ सम्म यही सरकारले निरन्तरता पाउाछ वा कुनै विकल्प सोच्नुभएको छ ?
यो सरकारको बहस नै ओझेलमा परिसक्यो किनकि नेपालमा राष्ट्रिय एजेन्डा संविधान कस्तो हुने र शान्तिको प्रकृति कस्तो हुने भन्नेतिर मोडिइसक्यो त्यसैले यो सरकार रहनु र नरहनुको कुनै अर्थ छैन ।
० तपाईहरूको भावी कार्यक्रम के हो ?
पहिलो, जनताको पक्षमा जनसंविधान नै हो । जनताको संविधान बनाउनका निम्ति लाखौा, करोडौा जनताका हस्ताक्षर संकलन गर्ने अभियान सञ्चालन गर्ने, राष्ट्रिय स्वाभिमान, असमान सन्धि, सम्झौता र विधेयकहरूको विरोध गर्ने, जनताको दैनिकीका विषय शान्तिसुरक्षा, जनधनको रक्षाको सवाल र भ्रष्टाचार कमिसनतन्त्र र गलत ठेकेदारी प्रथाको विरुद्धमा संघर्ष थालिनेछ । यस्तै संघर्षका कार्यक्रमसागै महान् जनआन्दोलनको पुष्टि हुन्छ ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
भोका, नाङ्गाहरूको आङ र पेट हेरेर लेखिने संविधानको औचित्य छ । त्यसलाई प्रगतिशील संविधानको रूपमा स्वीकार्न सकिन्छ । तर, कोही अध्यारो कुनाबाट कतैबाट ड्रˆट तयार पारेर जबर्जस्ती हृवीप जारी गरेर, टेबल ठटाउादैमा आएको संविधान नेपाली जनताको आक्रोश र आवेगको शिकार बन्न सक्छ । त्यसकारण यसमा विवेक पुर्याउनुपर्छ । अब नयाा ढङ्गले रजनीतिक बहस गर्नुपर्छ । किनकि हरेक क्षण परिवर्तनशील छन्, यो समयको माग र आवश्यकता जनताको मनोविज्ञान र भावना र राष्ट्रको अवस्थालाई हेरेर निर्णय लिने समय आएको छ । जसले यी कुरा बुझेर अग्रगामी निर्णय लिन सक्छन्, उनीहरू सफल हुन्छन् । जसले यही सम्पूर्ण हो, अरु गलत हो भनेर आफू महान् बन्न खोज्छन्, त्यसको पतन हुन्छ, यो इतिहासले पुष्टि गरिसकेको कुरा हो । त्यसैले अबको दुई महिना नेपाली जनता सचेत र सतर्क भएर बस्नु आवश्यक छ ।

Advertisements

वर्गहरु

%d bloggers like this: