Posted by: chhepyastra weekly | मार्च 3, 2012

सबै वामपंथी, लोकतन्त्रवादी तथा देशभक्त क्रान्तिकारीहरु एकताबद्ध भई सचेत तथा साहसपूर्वक स्वणरीम क्षितिज तिर अघि बढौं


रामबहादुर थापा ‘बादल’, महासचिव- एनेकपा माओवादी

० हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीभित्रको तमाम विवादहरु समाधान गर्यो भनियो तर व्यवहारमा त्यस्तो देखिएन नि ?
केन्द्रीय समितिको विशेष बैठकले पार्टीमा उत्पन्न गम्भीर समस्याहरुको समाधान गर्न व्यापक बहसपश्चात् एउटा साझा नीति तथा विधि तय गरेको थियो । जनयुद्ध दिवससम्म त्यो अंशतः कार्यान्वयन भयो । त्यसले भित्र र बाहिर आमरुपमा आशाको सञ्चार पनि गर्यो । तर, त्यसपछि त्यसले निरन्तरता प्राप्त गर्न सकेको छैन, अपितु पार्टी पुनः पुरानै ठाउामा फर्किरहेको त छैन भन्ने प्रश्नहरु उठ्न थालेको छ । शान्ति, संविधान, सरकार तथा संगठन’bout जे-जति सहमति भएका थिए कतै ती सबै धरापमा पर्ने त होइनन् भन्ने आशंकाका काला बादलहरु फेरि मडारिन थालेका छन् । यसले हतोत्साहित भएका शत्रुहरु फेरि उत्साहित भएका छन्≤ जनता तथा कार्यकर्ताहरु चिन्ता तथा अकर्मण्यताले पिरोलिएका छन् । स्थायी कमिटी तथा कार्यालयको बैठक निरन्तर बसिरहेको छ । तर, त्यसले उत्पन्न गत्यारोध चिर्न सकेको छैन । आशा गरौ, यो अवस्था कुनै न कुनै रुपमा छिट्टै अन्त्य हुनेछ ।
० पार्टीले जनयुद्धताका उठाएका मुद्दाहरु ओझेलमा परेका छन्, के साच्चै माओवादी पार्टी आˆनो लक्ष्यबाट चुकेकै हो त ?
निसन्देह जनयुद्धले उठाएका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका मुद्दाहरु बृहत् शान्ति सम्झौतापश्चात् क्रमशः ओझेलमा पर्दै गएको छ र त्यसको ठाउ यथास्थितिवादले ओगट्दै गइरहेको छ । परिणामतः यसले माओवादी पार्टी आˆनो लक्ष्यबाट चुकेकै हो त भन्ने गम्भीर प्रश्न जन्माएको छ । निश्चय पनि यो नकारात्मक स्थिति पैदा हुनुमा आन्तरिक कारण नै प्रमुख हुन आउाछ । यसको स्वाभाविक अर्थ- एकातिर पार्टीले आफूमा अन्तरनिहित विविध प्रवृत्तिहरुलाई नियन्त्रण एवं रुपान्तरण गर्न नसक्नु हो भने अर्कोतिर वर्गसंघर्षका नीति तथा विधिहरुमा सामयिक विकास गरी व्यावहारिक सफलता हासिल गर्न नसक्नु पनि हो । त्यसैले राजनैतिक दृष्टिले मुख्यतः दक्षिणपन्थी बिसर्जनवाद जो वस्तुतः राष्ट्रिय एवं वर्ग -आत्मसमर्पणवादको रुपमा प्रकट भइरहेको छ) का विरुद्ध भित्र र बाहिर निणर्यक रुपमा संघर्ष गर्न जरुरी छ । यो क्रममा नै जनयुद्धले उठाएका मुद्दाहरुलाई नयाँ उचाइमा पुनस्र्थापित गर्न सकिन्छ ।
० अहिले हप्ता-१० दिनभित्र जनसेनाका शिविरहरु खाली गराउने भनेर तपाईंकै पार्टीका अध्यक्षले भनिरहनु भएको छ । के अब तपाईंहरु जनसेनालाई समायोजनको नाममा विलय गराउन तयार हुनुभएको हो ?
बृहत् शान्ति सम्झौतालाई बुझ्ने तथा कार्यान्वयन गर्ने पार्टीको निर्धारित नीति, विधि’bout पार्टीभित्र गम्भीर मतभेद रहेको कुरा सर्वविदितै छ । तथापि भर्खरै सम्पन्न केन्द्रीय समितिको विशेष बैठकले ‘शान्ति, संविधान, सरकार, सडक’ लाई एकीकृत एवं अविच्छिन्न प्रक्रियाको रुपमा अघि बढाउने नीतिमा विशेष जोड् दिएको छ । अन्तरिम संविधानले पुरानो सेनाको लोकतान्त्रिकरण र जनमुक्ति सेनाको व्यावसायीकरण गरी नयाँ राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत दुवै सेनाको समायोजन गर्दै राष्ट्रिय सेना निर्माण गर्ने संवैधानिक मान्यता स्थापित गरेको छ । यसको साथै, बृहत् शान्ति सम्झौता तथा अन्य राजनैतिक सहमतिहरुले पनि जनमुक्ति सेनाको ‘विलय’ वा आत्मसमर्पणको सिद्धान्त प्रतिपादन गरेको छैन । निश्चय पनि जनसेनाका शिविरहरु अनन्तकालसम्म कायम रहन सक्तैनन् । राष्ट्रिय समस्याहरुको समग्र समाधानसहित ती सबै शिविरहरु नयाँ राष्ट्रिय सेनाका ब्यारेकहरुमा रुपान्तरित हुनेछन् । अन्यथा, षड्यन्त्र भएमा ती प्रतिरोधका मोर्चाहरुमा परिणत हुनेछन् ।
० पार्टीभित्र चरम् आर्थिक अनियमितता भइरहेको छ भनेर आवाज उठिरहेको समयमा त्यसको छानबिन गर्न छाडेर फेरि वाइसिएललाई आर्थिक प्याकेज दिने भन्दै सभासद् र अन्य व्यक्तिबाट चन्दा उठाउने कुरा प्रचारमा आएको छ, यो कतिको जायज हो ?
केन्द्रीय समितिमा क. प्रचण्ड तथा क. किरणद्वारा प्रस्तुत दुवै प्रस्तावहरुमा पार्टीमा चरम् व्यक्तिवाद हावी हुादै गएको र त्यसले पार्टीलाई फुट तथा बिसर्जनको दिशातिर धकेल्दै लगिरहेको तथ्य उजागर गरिएको छ । कम्युनिस्ट पार्टीभित्र ‘भ्रष्टाचार’ मौलाउनुको अर्थ व्यक्तिगत महत्वाकांक्षा तथा स्वार्थलाई प्राथमिकता एवं प्रमुखता दिनु हो । यसको अन्तिम तात्पर्य पार्टीमा वैचारिक एवं राजनैतिक विचलन प्रबल बन्दै जानु हो । त्यसैले, यसको क्रान्तिकारी एवं वैज्ञानिक समाधानका लागि मुख्यतः वैचारिक, राजनैतिक पक्षमा जोड् दिादै प्राविधिक एवं पद्धतिगत पक्षमा पनि उचित ध्यान दिनु पर्दछ । यसै सन्दर्भमा वाइसिएल समस्या’bout पार्टीमा ठोस वैचारिक एवं संगठनात्मक कदम उठाउने निर्णय भएको छ । अहिले त्यो कार्यान्वयवनको प्रक्रियामा छ ।
० डा. बाबुराम भट्टराईलाई धोबीघाट भेलामार्फत् तपाईंहरुले नै सरकारको नेतृत्वमा पुर्याउनुभयो । तर, भट्टराई प्रधानमन्त्री बनेपछि राजनीतिक रुपमा सबैभन्दा बढी घाटा तपाईंहरुकै विचार समूहलाई भयो भनिन्छ नि ? स्वीकार्नुहुन्छ ?
निश्चय पनि उपाध्यक्ष क. बाबुरामलाई केन्द्रीय समितिले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आˆनो प्रतिनिधि तय गरेको हो । हाम्रो विचार समूहको सहमति रहेको कुरा पनि शतप्रतिशत सत्य हो । तर, पार्टी तथा हाम्रो विचार समूहको निर्णयबाट उहाँ कदापि प्रधानमन्त्री बन्नु भएको होइन । ऐतिहासिक तथ्य के हो भने उहाँ कतिपय दृश्य तथा अदृश्य शक्तिहरुसाग भएको ‘चारबुँदे सहमति’ को वरदानस्वरुप प्रधानमन्त्री बन्नु भएको हो । बिप्पादेखि जग्गासम्मका परिघटनाहरुले यो कुरोलाई अकाट्यरुपमा पुष्टि गरिसकेको छ ।
हो, पार्टीले आˆनो कुनै पनि सदस्यलाई पार्टी, जनता तथा राष्ट्रको हितहरुको रक्षा एवं विकासका लागि कुनै पनि मोर्चामा पठाउन सक्दछ । यदि उक्त पात्रले इमानदारीपूर्वक आˆनो दायित्व निर्वाह गर्दछ भने त्यसले सबैको हित गर्दछ र त्यो प्रतिनिधि पनि महान् एवं गौरवशाली बन्दछ । तर, यसको विपरीत भयो भने त्यो पार्टी, जनता एवं राष्ट्रप्रति गम्भीर विश्वासघात बन्न पुग्दछ । दुर्भाग्यवश आज त्यही भइरहेको छ । ऐतिहासिक नियम के हो भने कतिपय बेला कार्यनीतिक घाटाले रणनीतिक लाभ हुन्छ र कतिपय बेला कार्यनैतिक लाभले रणनैतिक घाटा हुन्छ । अहिले हाम्रो अन्तरसंघर्ष तथा वर्गसंघर्षमा ठीक यही परिघटना चरितार्थ भइरहेको छ ।
० सरकार परिवर्तनको कुरा उठिरहेको छ, कहिलेसम्म राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना छ ?
केन्द्रीय समितिले अबिलम्ब राष्ट्रिय संयुक्त सरकारको गठनका लागि पहल गर्ने निर्णय गरेकै हो । अन्य दलहरुसाग पनि यही सहमति हुादै आएको हो । पार्टीका केन्द्रीय निकायहरुमा सदैब यो निर्णय कार्यान्वयनको प्रश्न उठने गरेकै छ । तर, यसले मूर्तरुप लिन अद्यावधि कुनै लक्षण देखापरेको छैन । बरु घटनाक्रम ठीक उल्टो दिशातिर उद्यत भइरहेको छ । ’cause, प्रतिगामी शक्तिहरु माओवादीलाई प्रथमतः ‘आत्महत्या’ गराउने कदाचित त्यो षड्यन्त्र असफल भएमा अन्ततः ‘हत्या’को षड्यन्त्रलाई अघि बढाउने नीतिअन्तर्गत क्रियाशील भएको तथ्य दिनप्रतिदिन स्पष्ट हुादै गइरहेको छ । त्यसैले शिविर खाली नहुादासम्म अर्थात् जनमुक्ति सेनालाई यो या त्यो रुपमा पूर्णतः आत्मसमर्पण नगराउादासम्म संयुक्त सरकार तथा संविधान निर्माणको प्रक्रियालाई अघि नबढाउने उनीहरुको घोषित नीति रहादै आएको छ । यति मात्रै होइन, यथास्थितिवादी संविधान बनाउने कुरामा सहमति अर्थात् राजनैतिक आत्मसमर्पण नहुँदासम्म संविधान बन्न नदिने प्रतिगामीहरुको चक्रब्यूह पनि स्पष्टै छ । यसका साथै प्रायोजित एवं निर्देशित ‘विधेयक’हरु पारित नहुादासम्म नाकाबन्दी र धम्कीहरुको बम वषर्ा पनि उनीहरु निरन्तर गर्दै आइरहेका छन् । पार्टी तथा जनतामा फुट, चौतर्फी घूसपैठ तथा उत्तेजनात्मक प्रचार अभियान पनि चलाइरहेका छन् । यो गम्भीर चुनौतिलाई सफलतापूर्वक सामना गर्न सर्वप्रथम क्रान्तिकारी विचार, कार्यदिशा तथा पद्धतिप्रति दृढ रहादै आन्तरिक एकतालाई मजबुत गरी व्यापक जनपरिचालनबाट जनताको शान्ति, संविधान तथा संयुक्त सरकारको आकांक्षालाई मूर्तरुप दिन सकिन्छ ।
० पार्टीले तपाईंलाई भावी प्रधानमन्त्रीका लागि उभ्याएको छ भनिन्छ, के सााच्चै भविष्यमा हामीले तपाईंलाई प्रधानमन्त्रीको रुपमा पाउन सक्छौा ?
यो मिडियाको प्रचारबाजी मात्र हो । पार्टीले यस प्रकारको कुनै निर्णय गरेको छैन । संयुक्त राष्ट्रिय सरकारको गठन गर्न ठोस पहल गर्न केन्द्रीय समितिले निर्णय गरेको छ । नेतृत्व’bout पार्टीले सबै विकल्पहरु खुला राखेको छ ।
० संविधान जारी गर्ने दिन नजिकिदै छ, समस्याहरु ज्यका त्यू छन्, यस्तो अवस्थामा तपाईंहरुले चाहेजस्तो संविधान आउला र ?
राष्ट्र र जनताका समस्याहरु फगत् ज्यूँका त्यूँ छैनन्, अपितु विकराल एवं विस्फोटक बन्दै गइरहेका छन् । लाखौ बेरोजगार युवायुवतीहरुको विदेश पलायन, आमअराजकता, महँगी, भ्रष्टाचार तथा तस्करीका नयाँ-नयाँ कीर्तिमानहरु, राजधानीको मुटुमा दिनदाहाडै हत्या एवं विस्फोटन, साम्राज्यवादीहरुको नाङ्गो हस्तक्षेप तथा अतिक्रमणमा अभूतपूर्व वृद्धि, आदि आर्थिक, राजनैतिक तथा सांस्कृतिक संकटहरुले राष्ट्र र जनताले चाहे जस्तो संविधान -नयाँ नेपाल) टड्कारो भएको स्पष्ट हुन्छ । तर, त्यो संविधान कसले ल्याउने र बनाउने भन्ने प्रश्न सर्वाधिक महत्वको विषय हो । निसन्देह त्यो क्रान्तिकारी नेतृत्व तथा जनताको ऐतिहासिक पहलकद्मी तथा हस्तक्षेपकारी भूमिकाबाट सम्पन्न हुन सक्तछ । हामी इतिहास निर्माणको द्वन्द्वात्मक नियमप्रति विश्वस्त भएकोले आज वा भोलि सहिदहरुको सपना निश्चय पनि साकार हुनेछ ।
० तपाईंहरुले चाहे जस्तो संविधान नबने के गर्नुहुन्छ ? भावी योजना केही छ ?
राष्ट्र स्वाधीन नभए के हुन्छ ? राष्ट्रिय स्वाधीनताको लडाइा भिन्नरुपमा जारी रहने छ । जनताहरुले मुक्ति नपाए के हुन्छ ? त्यो नयाँ अनुभवसहित अघि बढ्ने छ । उत्पीडित वर्ग र जातिहरुले शासन एवं शोषणमाथि विजय नपाए के हुन्छ ? असफलता तथा हारबाट सिक्दै पूर्ण विजयका लागि नयाँ अभियान सुरु हुनेछ । आधा आकाश तथा धरती ओगट्ने महिलाहरु, दलित तथा धार्मिक अल्पसंख्यकहरुले सामन्तवाद, साम्राज्यवादको एकाधिकारबाट छुट्कारा नपाए के हुन्छ ? उनीहरु अझै एकताबद्ध हुादै विशेषाधिकार तथा समानताको निम्ति सहिदपथमा लामबद्ध हुनेछन् । सारमा भन्नु पर्दा नेपालको जनक्रान्ति नयाँ संश्लेषण तथा नयाँ संकल्पसहित आˆनो गन्तव्यतिर अग्रसर हुनेछ ।
प्रतिगामी शक्तिहरु दोहोरो कार्यनीति-‘आत्मसमर्पण तथा दमन’ अनुसार अघि बढिरहेको कुरा अहिलेसम्मका परिघटनाहरुले पुष्टि गरिसकेका छन् । त्यसैले, अग्रगामी शक्तिहरुले पनि दुई कार्यनीति- ‘अधिकार तथा प्रतिरोध’ अनुसार आˆनो योजनाहरु निर्माण गर्नुपर्दछ । जेठ १४ गतेपश्चात् नयाँ त्रिपक्षीय प्रक्रियाको थालनी हुनेछ र त्यसको कुल परिणाम र ठोस स्वरुपको निर्धारण तात्कालीन वर्गशक्ति सन्तुलनले तय गर्नेछ । अहिले सबै पक्षहरु त्यसको सम्भावित स्वरुपहरुको आाकलन तथा तयारीमा जुटेका छन् ।
० माओवादी पार्टी अझै पनि आˆनो लक्ष्यमा दृढ छ भनेर आमनेपालीलाई आश्वस्त पार्न सक्नुहुन्छ ? कसरी ?
वैचारिक एवं राजनैतिक दृष्टिले हामीले हाम्रो क्रान्तिकारी विचार, कार्यदिशा तथा नेतृत्वको पक्षमा भित्र र बाहिर निरन्तर संघर्ष गर्दै आएका छौा र यो प्रक्रियालाई अविचलित रुपमा अघि बढाउादै जानेछौा । व्यवहारिक दृष्टिले राष्ट्र तथा जनताको पक्षमा कोरा सैद्धान्तिक बहसमा सीमित नभई त्यसलाई ठोस वर्गसंघर्ष -संगठन तथा संघर्षका सबै रुपहरुको अभ्यास) तथा बलिदानमा रुपान्तरण गर्ने कुरामा हामी जोड् दिन चाहन्छौ । सिद्धान्त र व्यवहार, विवेक र बलिदान, सिर्जना र साहस, वर्गसंघर्ष र अन्तरसंघर्ष, …आदि वस्तुका दुवै पक्षलाई द्वन्द्वात्मक रुपमा संयोजन एवं परिचालन गर्दै जीवन र जगत्लाई बुझ्न र बदल्न सकेमा मात्र अन्ततः जनतालाई आश्वस्त र विश्वस्त पार्न सकिन्छ भन्ने तथ्यमा हामी सुस्पष्ट छौा ।
० अत्यमा थप केही भन्न चाहनुहुन्छ ?
अहिलेको तात्कालीन परिस्थिति बाहृयरुपमा अन्धकारमय जस्तो देखिए पनि यसको अन्तर्यमा उज्यालो हुर्किरहेको छ । आजको कठिनाई तथा जटिलताले असीम प्रसव पीडा दिए तापनि यसको गर्भमा नयाँ नेपालको सुन्दर शिशु बाहिर आउन छट्पटी रहेको छ । निश्चय पनि सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद तथा ’emका दलालहरुले गम्भीर चुनौतिहरु तेस्र्याए पनि करोडौा जनताको आमूल परिवर्तनका अपराजेय आकांक्षाहरुले उज्ज्वल सम्भावनाहरु पनि पैदा गरेका छन् । आज नेपाली समाज युगान्तकारी उथलपुथलको ऐतिहासिक प्रक्रियाबाट अघि बढिरहेको छ । आउनुहोस्, हामी सबै वामपन्थी, लोकतन्त्रवादी तथा देशभक्त क्रान्तिकारीहरु एकताबद्ध भई सचेत तथा साहसपूर्वक स्वणिर्म क्षीतिजतिर अघि बढौ ।

Advertisements

वर्गहरु

%d bloggers like this: