Posted by: chhepyastra weekly | फ्रेवुअरी 12, 2012

नेपालमा क्रान्तिको विकल्प छैन

नेत्रविक्रम चन्द ‘विप्लव


लगभग पार्टीमा डेढ महिना चलेको बहसमा हामी सबैले नेपाली क्रान्ति, यसको कार्यदिशा यसका कार्यनीति र कार्यक्रमहरू’bout निकै जीवन्त र धारिलो बहस गर्यो । मेरो विचारमा यो बहस निकै खुल्ला र स्पष्ट पनि थियो । बहसमा कार्यदिशा’bout हामीले स्पष्ट गरेका छौा कि क्रान्तिको वर्तमान कार्यदिशा जनवादी क्रान्ति नै हुनुपर्दछ । किनकि यतिबेला पनि नेपाल अर्धसामन्तवाद र अर्धऔपनिवेशिक उत्पीडनबाट मुक्त भएको छैन अर्थात् आज पनि नेपाली जनता दुई ठूला उत्पीडनको मारमा परिरहेका छन् । ती उत्पीडनबाट मुक्त गर्नुनै नेपाली क्रान्तिको कार्यदिशाको प्रमुख सदस्य रहेको छ । यो काम जनवादी क्रान्तिले मात्र पूरा गर्न सक्दछ । जसलाई हामीले जनताको संघीय गणतन्त्र पनि भनेका छौा । यसलाई पार्टीले पुनः स्पष्ट गरेको छ । हामी एक पटक जनतालाई उत्साहित पार्दै र शत्रुहरूलाई निराश पार्दै एक भएका छौ । यो एकता सामान्य तरिकाले भएको चाहिा होइन । यसमा नेताहरूको निकै मेहनत छ । अझ नेताको मात्र नभनौा कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूको पनि ठूलै सहयोग छ । यसमा हामी सबैले पनि आ-आˆनो ठाउाबाट सक्दो योगदान पुगाएका छौा । बहसको क्रममा हामी पुगेको साझा निस्कर्ष यो हो कि नेपाली क्रान्तिलाई हाम्रो टिम र हाम्रै पार्टीले मात्र नेतृत्व गर्न सक्छ र त्यो गर्न हामी तयार हुनुपर्दछ, जनतामा पनि माओवादीले देशलाई क्रान्तिबाट यहाासम्म ल्यायो यसले नै क्रान्त्को टुङ्गो लगाउनु पर्दछ र जनताको व्यवस्था स्थापना गर्नुपर्दछ भन्न्ो अपेक्षा छ, कार्यकर्ता र शुभचिन्तकहरूको पनि पार्टी एक पटक जुटेर क्रान्तिालाई पार लगाउनेतिर जानु पर्दछ भन्ने आकांक्षा छ । यी सबै तत्वको निस्कर्षमा यो एक हुन सकेको हो । पार्टी सञ्चालन’bout हामीले अनौठो लाग्ने जनवादी नीति तया गरेका छौा । मिलेकोमा सागसाग्ौ नमिलेकोमा आ-आˆनै भन्ने । यो झट्ट हेर्दा कतै नभएको जस्तो लाग्छ वास्तवमा हो पनि यस्तो नीति कतै थिएन तर हामीले यसलाई नेपाली क्रान्तिको उपज र जनवादको अधिकतम प्रयोग मानेको छौा ताकि एकता बनाउन सहयोग पुगोस् । तपाईंहरूले उठाएको संगठनात्मक समस्यामा पनि यो नियम लागू हुन्छ । तर। त्यसलाई छिट्टै नयाा समाधान दिनुपर्छ ।
नया जनवादी क्रान्तिका आधारहरू’bout हामीले धेरै ठाउामा चर्चा गर्दै आएका छौा । तैपनि यहाा निम्न आधारहरू उल्लेख गर्न सकिन्छ-
क) राजनैतिक दृष्टिले नेपाली राज्यव्यवस्था र शासन प्रणाली अर्धपुाजीवादी वा अर्धसामन्तवादी र दलाल पुाजीवादी अर्थात् विदेशि शक्तिद्वारा निर्देशित छ । यस्तो राजनैतिक समस्याको हल नयाा जनवादले गर्ने हो ।
ख) नेपालको आर्थिक सम्बन्ध पनि सामन्तवादी आधारमा खडा भएको दलाल, पुाजीव्ादी चरित्रको सम्बन्ध छ । जो नेपाली जनताको दुर्दशाको कारण पनि हो यसको हल पनि नयाा जनवादी क्रान्तिले नै गर्न सक्छ ।
ग) नेपाली जनतालाई सुखी र स्वाधीन जीवन दिने हो भने हामी क्रान्तिकारीहरूले नेपालका किसान, मजदुर, दलित, महिला, जनजाति, मधेसी आदि उत्पीडित जनतामा भर परेर लग्नुपर्दछ । यो काम पनि नयाा जनवादले गर्ने हो ।
घ) नेपालमा क्रान्ति सम्पन्न गर्दा अर्को नभइ नहुने शक्ति भनेको देशभक्त हो । कम्युनिष्ट क्रान्त्िाकारी, मजदुर किसान र देशभक्त शक्तिको मोर्चाबन्दी पनि अनिवार्य हो, यो कार्य पनि नयाा जनवादी क्रान्तिले नै गर्न सक्छ ।
ङ) यसबाहेक जनमुक्ति सेनाको अर्थात् जनताको लडाकु शक्तिको पनि आवश्यकता हाम्रो जस्तो देशमा जरुरी र सम्भावना छ त्यो पनि जनवादी क्रन्तिको आधार हो ।
रूपान्तरण सम्भव छ । सम्भव मात्र होइन अनिवार्य आवश्यकतामा राख्नुपर्दछ । योबिना आजको विश्वमा र आजको नेपालमा न क्रान्तिकारी पार्टी निमार्ण गर्न सकिन्छ न जनता र कार्यकर्तालाई विश्वस्त राख्न सकिन्छ न त नेपालको लागि आवश्यक बन्न्ा गएको क्रान्तिनै सम्पन्न गर्न सकिन्छ । अझ भनौा भने क्रान्तिकारी रूपान्तरणबिना जनवाद र समाजवादकै नेतृत्व र निमार्ण गर्न सकिन्छ । हाम्रो विचारमा बीसौा शताब्दीको समस्यानै यसैमा छ ।
जहाासम्म उत्तरआधुनिकतावाद र नवमाक्र्सवादको फैलादो समस्याले रूपान्तरणमा पार्ने प्रभावको कुरा छ, त्यो त हामी क्रान्तिकारीहरूको लागि कुनै नयाा र मूल समस्या नै होइन । रूपान्तरण त हाम्रो मामिला हो उनीहरूको होइन । विचलनकारी तत्वहरू त सामन्तवाददेखि पुाजीवादसम्म र पुाजीवाददेखि साम्राज्यवादसम्म भई नै हाल्दछन्, हुादै आएकै हुन् । हामी त आˆनो लक्ष्य र उद्देश्यमा गतिवान् हुन सक्नु पर्दछ सबै कुरा ठीक भएर जान्छन् ।
अध्यक्षले क्रान्त्िा र क्रान्तिको कार्यदिशाको ’boutमा जे-जति सोचहरू राख्नु भएको छ, ती कुरा उहााका आˆना धारणाहरू हुन् । ती पार्टीमा प्रस्तावको रूपमा पेस भएका छैनन् र पास पनि भएका छैनन् । उहााका कुराहरूलाई हामीले पार्टी नीतिअन्तर्गत नै नमिलेकोमा आ-आˆनै भन्ने अन्तर्गत बुझ्नुपर्दछ । कुरा साफ देखिन्छ । कैयौा मान्छेलाई लाग्छ कि अब त नेपालमा क्रान्त्िा सम्भव छैन । हाम्रो विचारमा एउटा दृष्टिकोणबाट यस्तो देखिन्छ । यथास्थितिवादी, विकासवादी, अभिजातवादी र संसद्वादी दृष्टिकोणबाट यस्तो देखिन्छ । तर, यो सही होइन । क्रान्ति सम्पन्न्ा हुने र नहुने कुरा कसैले मनोगत ढङ्गले व्याख्या गर्दैमा भइहाल्ने होइन । यो त वस्तुगत र क्रान्तिकारी कम्युनिष्ट पार्टीको मनोगत क्षमताद्वारा निर्धारण हुने कुरा हो । यो कोणबाट हामीले हेर्यौा भने नेपालमा अब त झन् क्रान्त्िाको विकल्प छैन । नेपालमा राजतन्त्रको अन्त्य भयो बााकी के परिवर्तन भएको छ र ? जमिनदारी प्रथा कायमै छ, दलालहरूको हालिमुहाली झन् बढेर गएको छ, भ्रष्ट नोकरशाहहरूको रजाइ झाागिएको छ, नेताहरूमा भ्रष्टता चुलिादै गएको छ । जब कि महान् जनयुद्ध र नेपालका सबै क्रान्तिमा जनताले चाहेको प्रमुख कुरा भनेको यी तत्वहरूको अन्त्य र परिवर्तन थियो र छ । जब जनताको जीवनमा कुनै परिवर्तन छैन फेरि पनि मुठ्ठभिर तत्वहरूले मात्र फाइदा उठाउने हो भने समस्या कसरी हल हुन्छ । जब जनताका समस्या जटिल बन्दै जान्छन् भने क्रान्तिलाई कसले नकार्न, रोक्न र टार्न सक्छ यो त पूरै असम्भव कुरा हो । बरु नयाा प्रकारले क्रान्ति अपरिहार्य बन्ने कुुरा हो । यसप्रति क्रान्त्िाकारीहरू आशावादी मात्र हुने होइन पूरै विश्वस्त बन्नुपर्दछ ।
हाम्रो विचार समूहको कुरा अहिले नगरौा तर निश्चित हो कि हामीले क्रान्ति गर्नै पर्दछ । मोटामोटी हामी धेरै माओवादी अहिले क्रान्तिलाई नयाा र मौलिक प्रकारले क्रान्ति गर्नुपर्दछ भन्नेमा छौा । यदि कुनै कमरेड क्रान्तिबाट पछि हट्नु भएछ र आˆनै व्याक्तिगत जीवनतिर फर्किनु भए छ भने पनि हामी क्रान्तिलाई सम्पन्न्ा गरिछाडने छौा । अरु सबै सम्भव छ तर क्रान्ति, जनता र आˆनो वर्गलाई धोका दिएर अभिजात वर्गीय जीवन बिताउन सम्भव छैन, यो सबैले लेखी राखे हुन्छ । हाम्रा पार्टीका नेता, कार्यकर्ता र आमक्रान्तिकारी जनसमुदायले जोस्, साहस र सिर्जनशीलताका साथ अरु नयाा काम गर्न जरुरी छ । देश संक्रमणकालको जटिलतामा छ र हामीले यसलाई परिवर्तनको दिशामा अवतरण बनाउनुपर्दछ । यो काम यथास्थितिवादी, पश्चगामी र संशोधनवादीबाट सम्भव छ, संशोधनवादीबाट सम्भव छैन, क्रान्तिकारीहरूले नै गर्नुपर्दछ ।
-नेता नेत्रविक्रम चन्द ‘विप्लव’ सागको कुराकानीमा आधारित)

Advertisements

वर्गहरु

%d bloggers like this: