Posted by: chhepyastra weekly | जनवरी 21, 2012

एनेकपा माओवादीको के. स. निर्णय


बलियो बन्यो क्रान्तिकारी धार, तयार हुदैछ जनविद्रोहको आधार

काठमाडौ । लामो विवाद र बहसपछि सम्पन्न भएको एनेकपा माओवादीको केन्द्रीय समिति बैठक हालै सम्पन्न भएको छ । बैठकले माओवादी, फुट्छ र संसद्वादी दलहरूको जीत हुन्छ भन्दै रमाउनेहरूलाई गतिलो झापड दिएको छ । माओवादीकै कतिपय नेताहरूले जतनविद्रोह सम्भव नभएको र अहिलेको अवस्थामा शान्ति र संविधान निर्विकल्प भएको बताउादै आए तापनि पार्टीकै अर्को पक्ष अर्थात् वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षले पार्टी संसद्वादी दलदलमा फस्न नसक्ने भन्दै पार्टीले क्रान्तिकारी योजना अगाडि बढाउनुपर्ने धारणा राख्दै आएको थियो । दस वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै नयाा नेपाल बनाउने आˆनो पार्टीको लक्ष्यमा चुक्नु नहुने बताउादै पार्टी संस्थापन समक्ष आˆनो स्पष्ट अडान राख्दै आएको थियो । पार्टी संस्थापन पक्षले शान्ति र संविधान भन्दै संसद्वादी भासमा डुबुल्की लगाउने तयारी गरेपछि वैद्य समूहले त्यसको कडा रूपमा प्रतिवाद गर्दै आएको थियो । वैद्य पक्षको यही अडानका कारण केन्द्रीय समितिको बैठकले शान्ति र संविधानको नाममा मूर्दा शान्ति र एक थान देखाउनका लागि बनाइने संविधान आफूहरूलाई स्वीकार्य नहुने भन्दै अन्ततः जनविद्रोहमा जाने नीति लिएको छ । पार्टीभित्र अहिले अधिकांश नेता तथा कार्यकर्ताहरूको मनोभावना समेट्न पुगेको वैद्य पक्षको क्रान्तिकारी धार बैठकपछि अन्ततः सशक्तरूपमा अगाडि बढेको छ भने समग्र पार्टीले नै वैद्य पक्षको नीति अागालेको कारण पार्टीभित्र क्रान्तिकारी धार बलियो भएको छ भने जनविद्रोहको लागि आधार पनि तयार हुादै गइरहेको छ ।
एनेकपा माओवादी पार्टीको तत्कालीन कार्ययोजना र कार्यक्रम’bout प्रस्तावको पूर्णविवरण यसप्रकार रहेको छ- “अध्यक्ष क. प्रचण्ड र उपाध्यक्ष क. किरणद्वारा केन्द्रीय समितिमा प्रस्तुत प्रस्तावहरूमाथि भएको छलफलबाट तत्काल सबै विषयमा सहमति भई एउटै प्रस्ताव तयार पार्न समभव देखिएन । अतः पार्टी एकतालाई कायम राख्दै र सुदृढ गर्दै अगाडि बढ्नका लागि प्रस्तावमा विमति रहेका विषयलाई पार्टीपंक्तिमा तलसम्म छलफल चलाउने, तिनको समीक्षा गर्दै जाने तथा सहमत भएका विषयहरूका आधारमा तत्काल एकीकृत कार्ययोजना र कार्यक्रम बनाई व्यवहारमा जान निम्नअनुसारको साझा प्रस्ताव तयार पारिएको छ- -१) हाम्रो गौरवशाली पार्टी एकीकृत नेकपा -माओवादी) को कार्यदिशाको मूल सार, सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडनका कारण अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपाललाई नयाा जनवादी क्रान्तिद्वारा मुक्त गरी समाजवाद र साम्यवादको दिशामा अघि बढ्ने हो । यसका लागि पार्टीले मालेमा, विचारलाई निर्देशक सिद्धान्तका रूपमा आत्मसात गर्दै ठोस व्यवहारमा यसको रक्षा, प्रयोग र विकास गर्ने चुनौतीलाई स्वीकार गर्दै आएको छ । नयाा जनवादको रणनैतिक उद्देश्य प्राप्तिका निमित्त समग्र अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति एवं वर्गशक्ति सन्तुलनको ठोस मूल्यांकनका आधारमा पार्टीले जनताको संघीय गणतन्त्रलाई आजको आˆनो मूल्य कार्यनीति ठहर गरेको छ । यसका साथै राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न पनि कार्यनीतिको एउटा प्रमुख विषय बन्दै आएको छ । चार आधार निर्माण र चार तयारी हुादै सडक, सदन र सरकारबाट आवश्यक पहल लिई जनविद्रोह पूरा गर्ने नीति पनि पार्टीले लामो समयदेखि लिादै आएको छ । हाम्रो पार्टी यसप्रकारको कार्यदिशा र कार्यनीतिप्रति प्रतिबद्धता छ । -२) उपोक्त कार्यदिशा एवं नीतिका आधारमा सामन्तवाद तथा साम्राज्यवाद विरोधी जनताको संघीय गणतन्त्रतात्मक संविधान निर्माण गर्ने र सम्मानजनकरूपमा सेना समायोजन गरी शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने काममा क्रियाशील हुादै दृढतापूर्वक अगाडि बढ्नुपर्दछ । नयाा संविधान निर्माण र सेना समायोजनको कामलाई समानान्तर ढङ्गले सम्पन्न गर्नुपर्दछ । संयुक्त राष्ट्रिय सहमतिको सरकार गठनका लागि विशेष पहल गर्न जरुरी छ । तसर्थ, यो बेला यिनै विषयमा केन्दि्रत रही तत्कालीन कार्ययोजना र कार्यक्रम बनाई सिङ्गो पार्टी र जनतालाई अभियानका रूपमा परिचालन गर्न आवश्यक छ, -३) कार्ययोजना र कार्यक्रमको रूपरेखा यसप्रका रहेको छ- -क) पार्टी कार्यदिशा, कार्यनीति, चार आधार तथा चार तयारीसहित तत्कालीन कार्ययोजना, कार्यक्रम दुई लाइन संघर्ष एवं शान्ति र संविधान निर्माण प्रक्रियालगायत समसामयिक राजनैतिक स्थिति’bout विभिन्न स्तरमा बैठक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्दछ । -ख) जनताको संघीय गणतन्त्रमा आधारित संविधान निर्माण गर्ने र सम्मानजनकरूपमा सेना समायोजनसहित शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने काममा जोड दिादादिादै पनि सो हुन नसकेमा जनतालाई जनविद्रोहमा जाने अधिकार भएको कुरा स्वतःसिद्ध छ, -ग) वामपन्थी, देशभक्त र गणतन्त्रवादीहरूको केन्द्रीय र स्थानीयस्तरमा समेत संयुक्त मोर्चा निर्माण गर्न विशेष पहल गर्नुपर्दछ, -घ) जनसंघर्ष तथा जनपरिचालनसम्बन्धी काम निम्नअनुसार रहेका छन्- राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाका जल्दाबल्दा समस्याको समाधानका लागि जनपरिचालन गर्ने, क्षेत्रीय र जिल्लास्तरमा जनप्रदर्शन, जनसभा, अन्तरक्रिया र गोष्ठीहरूको आयोजना गर्ने, नयाा संविधानमा उल्लेख हुनुपर्ने जनसरोकारका विषयमा पार्टी, ज. ब. स., मोर्चाहरूका तर्फबाट ज्ञापनपत्र, हस्ताक्षर संकलन र्याली आदिको आयोजना गर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा, असमान सन्धिसम्झौताको खारेजी, सीमा अतिक्रमण, प्राकृतिक स्रोत, साधनहरूमाथि हुादै गइरहेका हस्तक्षेपलगायतका विषय’bout सशक्तरूपमा जनपरिचालन गर्ने, स्थानीय विकास निर्माणको योजना तर्जुमा गरी पार्टीको नेतृत्वमा जनसहभागिता गराउने, जनताको तत्कालिक आवश्यकता परिपूर्ति गर्ने कार्यकर्ता व्यवस्थापन गर्दै नयाा अर्थतन्त्रको आधारसमेत निर्माण गर्ने उद्देश्यले पार्टीको नेतृत्वमा एक गाउा एक सहकारीको व्यवस्था लागू गर्ने, उत्पादन, जनसेवा, जनसंघर्ष र जनपरिचालनका निमित्त युवाहरूलाई विशेषरूपले संगठित गरी परिचालन गर्ने, जिल्लाहरूमा सहित प्रतिष्ठानको शाखा वा जनयोद्धा संरक्षण केन्द्र निर्माण गरी सहिद, बेपत्ता र घाइते योद्धाहरूको योगदानले स्थापित गर्ने, उनीहरूका परिवारलाई आवश्यक सहयोग र संरक्षण गर्ने । यो कामका लागि आवश्यक संयन्त्र कोष निर्माण जनपरिचालन गर्ने, बेपत्ता योद्धाहरूलाई सार्वजनिकीकरण गर्नका लागि सशक्त आवाज उठाउने, घाइते, अपाङ्गहरूका निमित्त विशेष प्याकेजको व्यवस्था तथा बहिर्गमनमा परेका लडाकुहरूको समस्या समाधान गर्ने, वाइसिएलका कमरेडहरूद्वारा प्रस्तुत मागहरूको सम्बोधन गर्ने, माओवादीहरूमाथि जनयुद्धकालमा लगाइएका मुद्दाहरूको फिर्ता तथा खारेजी र हाल लगाइएका झूठा मुद्दा बदर गर्नका लागि विशेष पहल गर्ने, भ्रष्टाचार, कालाबजारी, कमिसनतन्त्र तथा तस्करीको विरोध र महागी नियन्त्रणका लागि आवाज उठाउने । उपरोक्त कार्ययोजनाअनुसार कार्यक्रमको ठोस कार्यतालिका स्थायी समितिद्वारा निर्धारण गरी कार्यान्वयन गरिनेछ ।”
यसैगरी, एनेकपा माओवादीले देशभर बैठक र प्रशिक्षण कार्यक्रम राखेको छ । जुन यसप्रकारको छ- -१) राज्य समिति सदस्य र राज्य समितिका सल्लाहकारहरू सहभागी हुने बैठक तथा प्रशिक्षण कार्यक्रम निम्नअनुसार तयार गरिएको छ- -क) विशेष ब्युरो -नेवाः राज्य, ताम्सालिङ राज्य, गैरभौगोलिक विशेष राज्यहरू) प्रशिक्षण, माघ ५ गते बिहान ११ बजेदेखि निम्न समय र स्थानमा हुने कुरा यसप्रकार छ- काठमाडौाका लागि ताम्सालिङ राज्य समितिको बैठक माघ ७ गते बिहान ७ बजे, नेवाः राज्य समितिको बैठक माघ ७ गते दिउासो १ बजे, -ख) मध्यपश्चिम ब्युरो -तमुवान राज्य, मगरात राज्य) प्रशिक्षण, माघ १० गते बिहान ११ बजे, तानसेन पाल्पाका लागि तमुवान राज्य समितिको बैठक माघ ११ गते बिहान ७ बजे, मगरात राज्य समितिको बैठक माघ ११ गते दिउासो १ बजे । -ग) पश्चिम ब्युरो -थारुवान राज्य, भेरी-कणर्ाली राज्य र सेती-महाकाली राज्य) प्रशिक्षण, माघ १३ गते बिहान ११ बजे बााके, चिसापानी- थारुवान राज्य समितिको बैठक माघ १४ गते बिहान ७ बजे, भेरी-कणर्ाली राज्य समितिको बैठक माघ १४ गते दिउासो १ बजे, सेती-महाकाली राज्य समितिको बैठक माघ १५ गते हिान ७ बजे । -घ) मधेश ब्युरो र प्रवास -भोजपुरा राज्य, मिथिला राज्य, अवध राज्य, प्रवास राज्य) प्रशिक्षण, माघ १६ गते बिहान ११ बजे पर्सा वीरगन्ज- भोजपुरा राज्य समितिको बैठक माघ १७ गते बिहान ७ बजे, मिथिला राज्य समितिको बैठक माघ १७ गते दिउासो १ बजे, अवध राज्य समितिको बैठक माघ १८ गते बिहान ७ बजे, प्रवास राज्य समितिको बैठक माघ १८ गते दिउासो १ बजे । -ङ) पूर्वी ब्युरो -लिम्बुवान् राज्य, किरात राज्य, कोचिला राज्य) प्रशिक्षण, माघ २० गते बिहान ११ बजे- लिम्बुवान् राज्य समितिको बैठक माघ २१ गते बिहान ७ बजे, किरात राज्य समितिको बैठक माघ २१ गते दिउासो १ बजे, कोचिला राज्य समितिको बैठक माघ २२ गते बिहान ७ गते बिहान ७ बजे । -२) जनयुद्ध दिवसको सन्दर्भमा फागुन १ गते बृहत् जनसभा कार्यक्रमको लागि निम्नअनुसार स्थान र वक्ताहरू तय गरिएको छ- काठमाडौाका लागि प्रमुख वक्ता प्रचण्ड, सहायक वक्ता किरण, अनन्त, पोखराका लागि प्रमुख वक्ता डा. बाबुराम भट्टराई, सहायक वक्ता अमिक शेरचन, जनकपुरका लागि प्रमुख वक्ता प्रकाश र सहायक वक्ता गिरिराजमणि पोखरेल, पम्फा भुसाल, बुटवलका लागि प्रमुख वक्ता बादल र सहायक वक्ता टोपबहादुर सायमाझी ‘अनिल’, नेपालगन्जका लागि प्रमुख वक्ता गौरव र सहायक वक्ताका लागि दीनानाथ शर्मा, विराटनगरका लागि प्रमुख वक्ता दिवाकर, सहायक वक्ता देव गुरुङ, धनगढीका लागि प्रमुख वक्ता कृष्णबहादुर महरा, सहायक वक्ता लीलामणि पोखरेल, धर्मेन्द्र बास्तोला र दाङका लागि प्रमुख वक्ता विप्लव सहायक वक्ता प्रभाकर, हरिभक्त काडेल रहेका छन् ।

Advertisements

वर्गहरु

%d bloggers like this: