Posted by: chhepyastra weekly | जनवरी 9, 2012

संकटमा भट्टराई

पार्टीमा एक्लिदै, सरकारबाट बाहिरिदै

काठमाडौ । मुलुकको मुख्य मुद्दामा केन्दि्रत हुनुभन्दा कुनै पार्टीको पार्टीगत मुद्दामा केन्दि्रत भएर खडा भएको बाबुराम नेतृत्वको सरकारको अस्तित्व संकटमा पर्दै गएको छ । सत्ता टिकाउनकै लागि भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय मुद्दामा भन्दा ज्यादा क्षेत्रीय दल र तिनका स्वार्थमा घााटी जोड्दै अगाडि बढेपछि सरकारसागै भट्टराईको व्यक्तिगत अस्तित्वसमेत नामेट हुने अवस्थामा पुगेको छ । नेपाली जनताको हितविपरीत एकपछि अर्को घातक निर्णय गर्दै अगाडि बढेपछि भट्टराई नेतृत्वको गठबन्धनप्रति जनअक्रोश बढ्दै गएको छ । पार्टीको आधारभूत कार्यनीति एवं कार्यशैलीलाई तिलाञ्जली दिादै व्यक्तिगत आकांक्षा र चाहनामा अघि बढ्दै जान थालेपछि भट्टराईप्रतिको अघिल्ला आशांकासमेत प्रमाणित हुन पुगेको छ । उनले पटक-पटक देखाएको कार्यशैलीका कारण पनि उनको असली नियतिमाथि आशंका पैदा गराएको छ । शान्ति र जनसंविधानको मुख्य कार्यदिशालाई भट्टराई नेतृत्वको सरकार नाम मात्रको एक थान संविधान जारी गर्ने गरी अगाडि बढेको देखिन्छ । दस वर्षे जनयुद्धलगायत अन्य न्यायपूर्ण आन्दोलनले स्थापित गरेको मान्यतालाई एकएक गरी विघटनतर्फ लगेपछि भट्टराईप्रति उनकै पार्टीभित्रका सहयात्रीहरूले पटक-पटक सजग गराए पनि उनी आˆनो मार्गबाट एक इञ्च दायाा-बायाा भएका छैनन् । शान्ति र संविधानको नाममा गठबन्धन सरकार र आˆनो आयु लम्ब्याउने षड्यन्त्रमा लागेको विश्लेषकहरूले बताएका छन् । प्रधानमन्त्री भट्टराई सत्ताको लागि कति मरिहत्य गर्दारहेछन् भन्ने कुरा उनको पछल्लिो अभिव्यक्तिले समेत पुष्टि गरेको छ । बिपनामा त के सपनामा पनि राजीनामा नदिने बताएपछि उनको सत्ताप्रतिको मोह प्रस्ट भएको छ ।
प्रमुख प्रतिपक्ष दललगायत अन्य दलहरूसमेतले सरकारले शान्तिप्रक्रियाको मुख्य मुद्दा सेना समायोजनको प्रक्रिया अगाडि बढाउन असफल भएपछि रुष्ट बन्दै गएका छन् । उनीहरूले सरकारले मुख्य काममा आलटाल गरेको भन्दै भट्टराईको विकल्प खोज्नुपर्ने संकेत गरेका छन् । त्यसो त यसअघि नै प्रमुख दलहरूको एक बैठकले भट्टराई नेतृत्वको सरकारले मुख्य मुद्दा सुल्झाउन नसक्ने भन्दै सरकारको विकल्प खोज्ने सहमति जनाइसकेका छन् । सरकारलाई समर्थन दिएका दलहरूसमेत भट्टराईको कार्यशैलीबाट वाक्क भएर धमाधम समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको बताइएको छ । ‘कामभन्दा कुरा धेरै गर्ने’ आरोप लागेको प्रधानमन्त्री भट्टराईको व्यवहारले यसलाई सही प्रमाणित गरिदिएको छ । मुलुकको इतिहासमा सबैभन्दा जम्बो मन्त्रिमण्डल मात्र होइन, बाहिरीरूपमा सबैभन्दा भ्रष्ट मन्त्रीहरूको लहरले पनि भट्टराई नेतृत्वको सरकारको विकल्प खोजिन थालिएको छ । आर्थिक मितव्ययिताको नाम दिएका उनले व्यवहारमा कतै मितव्ययी भएको पाइादैन । मुलुकमा संस्थागत भ्रष्टाचारले एकपछि अर्को रेकर्ड कायम गर्दै गएको छ । त्यसतर्फ भट्टराई नेतृत्वको सरकार पूर्ण असफल देखिएको छ ।
माओवादी केन्द्रीय समिति बैठकमा समेत भट्टराईको नेतृत्व क्षमतामाथि प्रश्न उठाउादै अधिकांश सदस्यहरूले भट्टराईलाई सरकारबाट तत्काल फिर्ता बोलाउन नेतृत्वलाई दबाब दिएका छन् । बैठकमा उपाध्यक्ष किरण पक्षधर विचार समूहले सरकारको कार्यशैली जनहित र क्रान्तिविपरीत भएको भन्दै तत्काल सरकारबाट फिर्ता बोलाउन नेतृत्वलाई दबाब दिएपछि अध्यक्ष प्रचण्ड उक्त मागलाई सम्बोधन गरी पार्टीभित्रको किचलो मिलाउने रणनीतिमा लागेको बुझिएको छ । धोविघाट भेलाका सहयात्रीहरूलाई लात मार्दै भट्टराई प्रचण्डको साथ एवं आशीर्वादमा सत्तामा टिकिराख्न खोजे पनि उनको उक्त प्रयास पूर्ण असफल हुने देखिएको छ । बैठकमा सरकारको कार्यशैलीको चर्को विरोध भएपछि प्रचण्डले आˆनो दस्तावेजमा पुनरावलोकन गर्दै भट्टराईलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गराउने तयारी भइरहेको बुझिएको छ भने प्रधानमन्त्री भट्टराईले आफू पदमा रहिरहन उपाध्यक्ष किरणसमक्ष गरेको अनुरोधलाई किरणले समेत लत्याइदिएको बताइएको छ ।

Advertisements

वर्गहरु

%d bloggers like this: