Posted by: chhepyastra weekly | जनवरी 2, 2012

काठमाडौा । पटक-पटकको स्थगनपछि सुरु भएको माओवादी केन्द्रीय समिति बैठकमा पार्टीभित्रको अन्तरसंघर्षले चर्को प्रभाव पारेको देखिएको छ । पार्टीको कार्यदिशालाई लिएर माओवादीभित्र लामो समयदेखि बहस चल्दै आएको छ । बहसले यस्तो रूप लिन पुग्यो कि एकले अर्को विचार समूहलाई पार्टीबाट छुट्टएिर जानेसम्मका धम्की दिए । सार्वजनिक कार्यक्रममा जिम्मेवार नेताहरूले नै पार्टी फुटिसकेको भन्दै त्यसको औपचरिक घोषणा हुन मात्र बााकी रहेकोसम्म भनियो । यी सबै कुराले माओवादी पार्टीभित्रको विवादलाई सतहमा उजागर गरिदिएको छ । यही बहस र विवादका बीच त्यसलाई साम्य पार्न माओवादी केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ । उक्त बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि असन्तुष्ट जनाउादै वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ ले नयाा प्रस्ताव दर्ता गराएका छन् । बैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वैद्यको राजनीतिक प्रस्तावमाथि घनिभूत छलफल चलेको छ । दुई छुट्टाछुट्टै राजनीतिक प्रस्तावका कारण बैठक दुई खेमामा विभाजित हुन पुगेको छ । अध्यक्षको राजनीतिक प्रस्ताव आत्मसमर्पणवादतर्फ लम्किएको, क्रान्तिका आधारहरू ध्वस्त पारेको, पार्टीको आधारभूत लाइन छाडेको आरोप वैद्य समूहको छ भने प्रचण्ड पक्षधर नेताहरूले वैद्यको प्रस्तावलाई आ-आˆनै तरिकाले विरोध जनाएका छन् ।
दस वर्षे जनयुद्ध र त्यसताका जनताका अगाडि गरिएका प्रतिबद्धताहरू एकपछि अर्को सहमतिको नाममा पार्टी संस्थापन पक्षले छाड्दै गएपछि त्यसको प्रतिवाद गर्दै किरण पक्षीय समूहले नयाा राजनीतिक प्रस्ताव केन्द्रीय समिति बैठकमा दर्ता गराएका थिए । अध्यक्ष प्रचण्डको प्रस्तावभन्दा किरणको प्रस्ताव क्रान्तिको आधारभूमि, पार्टीको आधारभूत विशेषता अनि क्रान्ति सम्पन्न गर्ने मामलामा शक्तिशाली देखिएको छ । वैद्यले प्रस्तुत गरेको प्रस्तावप्रति केन्द्रीय समितिमा बहुमत पुग्दै गएको बताइएको छ । प्रचण्ड पक्षीय भनिने केही नेताहरूसमेत वैद्यको प्रस्तावप्रति सन्तुष्ट देखिएपछि यस्तो अवस्था बन्दै गएको हो । प्रचण्डले आˆनो प्रस्तावमा पार्टीको लाइनलाई अगाडि बढाउनुको साटो पुराना बुर्जुवा संसद्वादी दलहरूको लाइनमा अगाडि बढ्दै गएपछि उनी निकटका नेताहरूले नै प्रचण्डको साथ छोड्न थालेका छन् ।
प्रचण्डको राजनीतिक प्रस्तावभन्दा वैद्यको प्रस्तावमा केन्द्रीय समिति बढी सकारात्मक देखिएको स्रोतले उल्लेख गरेको छ । प्रचण्डको प्रस्ताव बुर्जुवाहरूलाई खुसी पार्ने खालको भएको उनै निकटका नेताहरूले बताएको समेत स्रोतले बताएको छ । जसको कारण केन्द्रीय समिति बैठकमा प्रचण्ड अल्पमतमा पर्दै गएका छन् भने उपाध्यक्ष वैद्यको प्रस्तावप्रति समर्थन बढ्दै गएको छ । प्रचण्डको प्रस्ताव कमजोर बन्दै गएपछि उनी निकटका नेताहरू त्रसित बनेका छन् । आˆनो राजनीतिक प्रस्ताव कमजोर बन्दै गएपछि प्रचण्ड नयाा रणनीतिमा अगाडि बढ्ने सम्भावना रहेको बताइएको छ । उनले सबैलाई समेट्ने गरी नयाा प्रतिवेदन ल्याउने सम्भावना रहेको उनी निकट नेताहरूले बताएका छन् ।
केन्द्रीय समितिमा प्रस्तुत दुई छुट्टाछुट्टै प्रस्तावमा वैद्यको पक्षमा मत बढ्दै गएपछि प्रचण्ड पक्ष निराश भएका छन् । पार्टीका अधिकांश नेताहरू दस वर्षे जनयुद्धमार्फत् आएको र उनीहरूले पार्टीको कार्यदिशा वैद्यले प्रस्तुत गरेको प्रस्तावले मात्र सम्बोधन गर्न सक्ने बताएपछि केन्द्रीय समिति बैठकमा नयाा तरङ्ग पैदा गराएको छ । जनसंविधान, जनताको चाहना र आवश्यकता भएकाले त्यसभन्दा दायााबायाा गरे पार्टी नेतृत्वले जनताप्रति गद्दार गरेको ठहर्ने केन्द्रीय समितिमा अधिकांश नेताहरूले बताएको एक नेताले जानकारी दिए । पार्टीको आदर्शलाई बचाउन पनि केन्द्रीय समिति बैठकबाट वैद्यको राजनीतिक प्रस्ताव पारित हुने सम्भावना बढ्दै गएको बताइएको छ ।

Advertisements

वर्गहरु

%d bloggers like this: