Posted by: chhepyastra weekly | डिसेम्बर 25, 2011

बाबुरामको कारण हामी यो आन्दोलनमा हारेका छौं
धर्मेन्द्र बास्तोला, पोलिटब्युरो सदस्य- एनेकपा माओवादी
० तपाईंहरूकै पार्टीको नेतृत्वमा सरकार सञ्चालन भइरहेको समयमा आˆनै पार्टीको नेतृत्वको सरकारलाई विघटन गरेर बादलको नेतृत्वमा सरकार बनाउन लाग्नुभएको प्रचारमा आएको छ के हो वास्तविकता ?
हामीले चाहेको क्रान्तिकारी, देशभक्त, वामपन्थ, जनवादी शक्तिहरूको सरकार हो । हाम्रो पार्टीको नीतिविपरीत यो सरकार राष्ट्रघाती, दलाल, गद्दारहरूको सरकार बन्न पुग्यो । जनमुक्ति सेनाको विघटन, एक्काइसौा शताब्दीको सिक्किमीकरण, लेण्डुपीकरण प्रक्रियामा अगाडि बढ्ने गरी यो सरकार बन्यो । यद्यपि यो सरकार हाम्रै पार्टीको नेतृत्वमा बनेको हो । सरकार गठनताका मधेसी मोर्चासाग भएको चार बुादे सहमति खारेज गरिनुपर्छ या यो सरकारको बर्खास्ती हुनुपर्छ र त्यो ठाउामा हाम्रो पार्टीको अर्को व्यक्तिको नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । अब बन्ने सरकार राष्ट्रिय स्वाधीनताको प्रतिनिधित्व गर्ने खालको हुनुपर्छ । त्यसकारण हामीले हाम्रो पार्टीको तर्फबाट बाबुरामको नेतृत्वमा बनेको सरकार विघटन हुनुपर्छ र त्यसको ठाउामा सम्भव हुन्छ भने अध्यक्षकै नेतृत्वमा बनाउादा पनि हुन्छ । तर, अहिले प्रचण्डको नेतृत्व कुनै पनि हालतमा भारतले स्वीकार गर्दैन, त्यस्तो अवस्थामा भारतीय नेपाली दलालहरूले पनि उहााको नेतृत्व स्वीकार गर्ने अवस्था रहादैन । त्यसकारण यस्तो अवस्थामा बादलको नेतृत्वमा सरकार बन्ने अवस्था छ । त्यसतर्फ अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
० के बादललाई प्रधानमन्त्री बनाउन भारतले ग्रीनसिग्नल दिएको छ भन्न खोज्नुभएको हो ?
भारतले ग्रीन सिग्नल दिएको भन्ने त होइन । अध्यक्ष बन्नुभन्दा महासचिव बन्दा भारतले त्यति दबाब एवं हस्तक्षेप नगर्न सक्छ भन्ने हाम्रो बुझाई हो ।
० पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ, के पार्टी फुट्ने अवस्थामा पुगेको हो ?
हामी पार्टी फुटोस्् भन्न चाहादैनौा । पार्टी त्यो अवस्थामा पनि पुगेको छैन । पार्टीभित्र जुन प्रकारको वर्गसंघर्ष अनि अन्तरसंघर्ष पैदा भएको छ, त्यसले पार्टीलाई नयाा ठाउामा रूपान्तरित गर्ने कुराको माग गरेको छ । नयाा ठाउामा रूपान्तरित गर्ने भनेको पार्टी एकता, पार्टीको सुदृढीकरण, पार्टीलाई व्यवस्थित गर्ने हो, फुट्ने भन्ने होइन ।
० प्रधानमन्त्री बाबुराम भट्टराई पार्टी नीतिविपरीतका सन्धिसम्झौतामा हस्ताक्षर गर्दै अगाडि बढेका छन्, यस्तो अवस्था बाबुरामलाई पार्टीमा कारवाही गर्ने विषयमा केही सोच्नुभएको छ ?
कारवाही गरेर मात्र समस्याको समाधान हुादैन । परिस्थितिको विश्लेषण गरेर बाबुराम भट्टराईले जवाफ दिनुपर्छ । उहाा किन त्यस्ता सम्झौता गर्न बाध्य हुनुभयो, त्यसको प्रस्टीकरण दिन भने जरुरी हुन्छ ।
० जनयुद्धको क्रममा ढाडमा टेकेर टाउकोमा हान्ने नीति त अहिले तपाईंहरूकै विरुद्धमा प्रयोग भएको छ नि होइन र ?
पार्टीभित्रको विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बस्दैछ । त्यहाा केही मूल्यांकन होला । नेपालमा हामीले चाहेको नयाा प्रजातन्त्र हो । नयाा प्रजातन्त्र भनेको प्रतिस्पर्धात्मक, देशभक्त, जनवादी शक्तिहरूको राजनीतिक व्यवस्था हो । नेपालको अर्थतन्त्रको विकास गर्न पाउने, नेपाललाई गरिबीबाट उन्मुक्ति दिन आर्थिक क्रान्ति गर्ने, नेपाली जनता सम्मानजनक नागरिक भएर बस्न पाउने व्यवस्था गर्ने भन्ने नै नयाा जनवादी हो । विश्वका धेरै मुलुक प|mान्स, जर्मन, बेलायतमा पुरानो शैलीको जनवादी क्रान्ति भयो । पछिल्लो समय नयाा तरिकाले क्रान्ति हुनुपर्छ भनेर चीनमा नयाा जनवादी क्रान्ति सम्पन्न भयो । नेपालमा पछिल्लो समय सबै दलहरू राजतन्त्रको अन्त्य गर्ने, नयाा नेपाल निर्माण गर्ने, राष्ट्रिय सेना निर्माण गर्ने र यो देशलाई भ्रातृत्वको भावनाका साथ सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग आदि सम्पन्न बन्ने, स्वाधीन बन्ने सहमतिका साथ यहाासम्म आएका थियौा । यहाासम्म आइपुग्दा धेरै धोका, तिकड्महरू भए । त्यसकारण हामी आन्दोलन यहाासम्म आइपुग्दा मेरो विचारमा पराजित भएका छौा । हाम्रो नेतृत्व पनि पराजीत भएको छ । पराजीत त हुन सकिने कुरा हुन्छ तर मानसिक रूपले नै पराजित भयो भने सााच्चिकै पराजीत हुने खतरा पैदा हुन्छ । बाबुरामको कारण हामी यो आन्दोलनमा हारेका छौा । बाबुरामले आत्मसमर्पण गर्नुभएको छ, नेतृत्वले आत्मसमर्पण गरेको देखिन्छ । आत्मसमर्पण गरेर पनि पूरै हामीले विजयी प्राप्त गर्यौा भनेर जो भनिराख्नुभएको छ, उहाा प्रतिक्रियावादी कित्तामा उभिनु भएको छ भन्ने देखाउाछ ।
० संसार परिवर्तन गर्छु भन्ने तपाईंहरूलाई संसद्वादी दलहरूले त आˆनै कित्तामा लगे होइन त ?
लडाइा भनेको कि हार्ने हुन्छ कि जित्ने । हामी शक्तिसन्तुलनमा गडबढी खाएपछि हामी पराजित भएका छौा ।
० फर्जी जनमुक्ति सेनाको नाममा माओवादीले करोडौा रकम भ्रष्टाचार गर्यो भन्ने कुरा बाहिर आइरहेको छ नि यस विषयमा के भन्नुहुन्छ ?
यो कुरा गौण हो । मुख्य कुरा जुन रूपमा जनमुक्ति सेना विघटन गरियो, त्यो दुःखद् कुरा हो । बाबुरामले प्रधानमन्त्रीको पदको दुरूपयोग गरेर जसरी जनमुक्ति सेना र हतियार प्रतिक्रियावादी सत्तालाई बुझाउनु भयो, यसले उहााले प्रतिक्रियावादी सत्ताको चौकीदार गर्ने काम गरेको ठहर्छ । ऐतिहासिक, राष्ट्रघात, विश्वासघात र राष्ट्रप्रतिको गद्दारी भएको छ । राजतन्त्रको अन्त्य गरेर इतिहासलाई बदल्ने सेनालाई विघटन गर्नु ऐतिहासिक अपराध हो, यसको छिनोफानो इतिहासले गर्छ ।
० मुलुक बदल्न दस वर्षे जनयुद्ध लडेका जनमुक्ति सेनालाई समायोजन गर्न खुट्टा कमाउने प्रधानमन्त्रीले मधेसी युवालाई सामूहिकरूपमा सेनामा प्रवेश गराउने जुन निर्णय लिएका छन्, यस विषयमा के भन्नुहुन्छ ?
यो चार बुादे सहमतिले पैदा गरेको कुरा हो । भारतको इशारामा यो सम्पूर्ण कामहरू भइरहेको छ । म २०४४ सालतिर एक वर्ष जेलमा बस्दा मसागै गोपाल गुरुङ भन्ने एकजना पनि मसागै जेलमा हुनुहुन्थ्यो, उहाा पछि बित्नुभयो । उहाा जेलमा किन पर्नुभएको रहेछ भने उहााले यो राजा सबैको राजा हुनुपर्छ भनेर किताब लेख्नुभएको रहेछ । हामी भने राजाविरोधी आन्दोलनमा लागेको मान्छे, त्यसबीचमा उहाासाग तर्क-वितर्क भयो । त्यसबेला उहााले भन्नुभएको थियो, नेपाली सेनामा गुरुङ, मगरका छोराहरू अफिसर हुादैनन् । किनकि उनीहरूको चौडाइ यति फिट, उचाइ यति फिट भनिएको हुन्थ्यो । यो गुरुङ, मगरहरूको कहिल्यै पुग्दैन भन्ने उहााले भन्नुहुन्थ्यो । सेनामा सबै जातिजनजातिलाई पहुाच हुने खालको खुकुलो नीति बन्न आवश्यक छ । नियम, कानुन बनाएर सबैको सहभागिता हुने वातावरण तयार गर्नुपर्छ । अहिले मधेसी युवाको समूहगत प्रवेश गराएर छुट्टै बटालियन बनाउने जुन कुरा आएको छ, यो भनेको राष्ट्रलाई विखण्डन गर्ने र राष्ट्रलाई एक्काइसौा शताब्दीको सिक्किमीकरण गर्ने प्रपञ्च हो ।
० पार्टीभित्र देखिएका समग्र विषयवस्तुलाई चिर्नको लागि पार्टीको आगामी नीति कस्तो हुन्छ ?
हामी केन्द्रीय समितिको बैठक बस्दैछौा । मेरो विचारमा त्यो केन्द्रीय समिति बैठकले हामी पराजित भयौा भन्ने संश्लेषण गर्नुपर्छ । त्यो देशलाई मुक्त गर्न, राष्ट्रिय स्वाधीनता प्राप्त गर्न, पार्टीलाई एकढिक्का राख्नको लागि र नेपाली जनतालाई राष्ट्रियताको आन्दोलनमा एकजुट बनाउनका लागि त्यस प्रकारको प्रस्तावसहित हामीले कार्यक्रमहरू अगाडि बढाउनुपर्छ । केन्द्रीय समिति बैठकमा अध्यक्षले त्यस प्रकारको प्रस्ताव ल्याउनुहुन्छ भन्ने मलाई विश्वास छ ।
० तर, तपाईंहरूको केन्द्रीय समिति बैठक बस्नु त छेपाराको उखानजस्तो भयो भन्छन् नि ?
यस्तो भएकै छ । त्यो सबैतर्फबाट महसुस गरिएको कुरा हो ।
० अब पार्टीको रणनीति कस्तो रहन्छ त ?
हामीले शान्ति र संविधानको कुरा गरेका छौा । हाम्रो नीति पनि तत्कालको लागि त्यही नै हो । पछिल्लो समय बाबुराममा जुन विशेषता र व्यवहार देखापर्यो, त्यो लाइनले पार्टीलाई आत्मसमर्पणतर्फ लग्यो । बाबुरामको लाइनले मुलुकलाई शान्तितर्फ पनि लगेन संविधातर्फ पनि लगेन । अहिले सबै कुरा छोड्दै गइसकेपछि नयाा संविधान बन्ने अवस्था छैन । शान्ति पनि ओझेलमा परेको छ । राष्ट्रिय सेना पनि नबन्ने भएपछि अहिले आत्मसमर्पणबाहेक केही भएको छैन । पार्टीभित्र आत्मसमर्पणवादी लाइन खारेज गरेर क्रान्तिकारी लाइन स्थापित गर्नुपर्छ भन्ने नै अहिलेको मुख्य प्रश्न हो ।
० थपिएको समयभित्र जनताको संविधान बन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
जनताको संविधान बन्ने अवस्था छैन । बुर्जुवा, २०४७ सालको संविधानलाई अलिअलि फेरबदल गरेर आउने सम्भावना बढेको छ । जनताको पक्षमा नबनेको संविधान स्वीकार गर्न सकिादैन ।
० भनेपछि जनताको पक्षमा संविधान बनेन भने तपाईंहरू नयाा ढङ्गले अगाडि बढ्नुहुन्छ ?
आन्दोलन रहर र चाहनाले मात्र पैदा गर्दैन । त्यसमा तत्कालीन परिस्थितिको महत्वपूर्ण भूमिका रहन्छ । नेपालकै इतिहास हेर्ने हो भने पनि आन्दोलनमा धेरै कमजोरीहरू भएका छन्, पछि हट्ने काम भएको छ । जनताका माग र चाहनाहरू पूरा नभएपछि त्यतिबेला जनताको जनवादी क्रान्ति अनिवार्य शर्त भएर अगाडि आउाछ । त्यसलाई पूरा गर्ने दायित्व बढ्छ हामी पछि हट्ने कुरा हुादैन ।
० माओवादी पार्टीभित्र सुदृढीकरणको आवश्यकता जरुरी भएको छ भन्ने तपाईंको आशय हो ?
हो, पार्टीभित्र सुदृढीकरण हुन जरुरी भइसकेको छ । हामीले उहीबेलामा नै भनेका थियौा, पार्टी शान्तिप्रक्रियामा गइसकेपछि कतिपय मान्छेहरू घाइते हुन सक्छन्, कतिपय मान्छेहरू मर्न सक्छ, विचलित हुन सक्छन् भनेका थियौा । युद्धमा घाइते हुनु भनेको गोली लाग्नु हुन्छ, शान्तिप्रक्रियामा घाइते हुनु भनेको भ्रष्ट हुनु, आक्षेपहरू लाग्नु भन्ने हुन्छ । मान्छे नैतिकपतन भयो भने वैचारिक रूपले स्खलित भयो भने मान्छे घाइते भयो भन्ने हुन्छ । त्यसकारण त्यस्तालाई पार्टीले सुदृढीकरण गर्नुपर्छ । पार्टीले सुदृढीकरण गर्नु अनिवार्य हुन्छ । सुदृढीकरण केन्द्रदेखि तल्लो तहसम्म हुनुपर्छ । आˆनो टाउकोमा आफैाले आगो लगाउन पनि पछि हट्नु हुादैन ।

Advertisements

वर्गहरु

%d bloggers like this: