Posted by: chhepyastra weekly | डिसेम्बर 19, 2011

सरकार पूर्णरूपमा असफल, भावी प्रधानमन्त्रीमा बादल

काठमाडौ । चार बुादे सहमतिको जगमा खडा भएको भट्टराई नेतृत्वको सरकार राजनीतिकरूपमा मात्र नभएर कूटनीतिक रूपमा समेत पूर्ण असफल भएको छ । सामान्य कूटनीतिक मर्यादासमेत पालना गर्न नसक्ने सरकारले अन्तर्राष्ट्रिय रूपमै नेपालको तेजोबध गरेको छ । अब्बल बौद्धिक व्यक्तित्वको छवि भएका भनिएका भट्टराईको बौद्धिकतामा समेत क्षयीकरण हुादै गएको प्रमाणित भएको छ । जनतालाई सस्तो आश्वासन बाडेर व्यवहारमा सिन्कोसमेत भााच्न नसकेपछि भट्टराई नेतृत्वको सरकारप्रति जनताले उही ड्याङको मूला भन्न थालेको पनि धेरै भइसक्यो । मुस्ताङ गाडीमा सयर गरेर आर्थिक मितव्ययिता देखाएका भट्टराई जम्बो मन्त्रिमण्डल बनाएर, चियापानमा तीस लाखभन्दा बढी खर्च गरेर मात्र होइन, प्रधानमन्त्री कार्यालयमा आवश्यकताभन्दा बढी कर्मचारी भर्ती गरेर थप आलोचित बन्न पुगे । त्यति मात्र होइन, उनको श्रीमती हिसिला यमिको बिना हैसियत कर्मचारी सरुवा, बढुवामा गरेका ठाडो हस्तक्षेपले उनलाई अझै लज्जित बनाएको हुनुपर्छ । अहिले पनि भट्टराई निकट नेता टोपबहादुर रायमाझीले सम्हालेको मन्त्रालयमा यमिको ठाडो आदेशमा काम हुने गरेको त्यहााका कर्मचारीहरू बताउाछन् । भर्खरै सय दिने मधुमास पार गरेको भट्टराई नेतृत्वको सरकार कुनै पनि रूपमा सफल हुन नसकेको विश्लेषकहरूले बताएका छन् ।
प्रधानमन्त्रीको हैसियतमा भट्टराई बाहृय कारणले भन्दा ज्यादा आˆनै आन्तरिक कारणले असफल भएको देखिन्छ । शान्ति र संविधानको नारा लिएर अगाडि बढेको बताउने भट्टराईले पार्टीको लाइन र आधारभूत विचारबाट सन्धिसम्झौता गर्दै आफूलाई संशोधनवादीको कित्तामा क्रान्तिकारीको नजरमा पुर्याए । सेना समायोजनको नाममा जनसेना विघटन गराउन सफल देखिएका
भट्टराई त्यसलाई शान्तिप्रक्रियाको ठूलो उपलब्धि भन्दै कसैले गर्न नसकेको काम आफूले गरेको भन्दै जस लिन खोज्दैछन् । भट्टराईको यस्तो कार्यशैलीका कारण हिजो उनलाई प्रधानमन्त्री बनाउन लाग्ने सहयात्रीहरू तातिएका मात्र छैनन्, उनको विचलनवादी व्यवहारको खरो आलोचना गरेका छन् । आˆनो पार्टीको आधारभूत विचार र सिद्धान्तलाई तिलाञ्जली दिादै संसद्वादीहरूको लाइनमा अघि बढेपछि भट्टराईको राजीनामा अहिले उनकै पार्टीभित्रबाट मागिन थालेको छ । पुराना संसद्वादी दलहरूलाई जनसंविधान र मुलुकको अग्रगामी रूपान्तरणको लागि त्यसतर्फ अग्रसर गराउनुको साटो भट्टराई आफैा पुराना संसद्वादी पार्टीहरूको पछिपछि कुदेका छन् । भट्टराईको यो कार्यशैली माओवादी पार्टीभित्रका क्रान्तिकारी विचार समूहलाई मन परेको छैन । चौतर्फीरूपमा असफल बन्दै गएको वर्तमान सरकार विघटन गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्न दलहरूले पहलकद्मी सुरु गरिसकेका छन् ।
मधेसी मोर्चासाग व्यक्तिगतरूपमा निकट रहेका भट्टराई उनीहरूको हरेक मागलाई सम्बोधन गर्न सहमत देखिएका छन् । सत्तामा टिकिराख्न भट्टराईले मधेसी मोर्चासाग भएको चार बुादे सहमतिलाई तत्काल कार्यान्वयन गर्ने आश्वासन पटक-पटक दिएका छन् । मधेसमा आˆनो राजनीतिक प्रभाव बढाउने हेतुले मधेसी मोर्चाले राखेको दस हजार युवालाई नेपाली सेनामा सहभागी गराउने, नागरिकता अन्धाधुन्ध रूपमा बााड्न भट्टराईले मोर्चासाग बाचा गरेका छन् । सत्तामा टिक्नकै लागि भट्टराईले गरेका हरेक सन्धिसम्झौताप्रति अन्य दल र माओवादीभित्रकै एउटा विचार समूहले आक्रोश मात्र व्यक्त गरेको छैन, उनको नियतिप्रतिसमेत शंका व्यक्त गरेको छ । एकपछि अर्को गरी भट्टराई नेतृत्वको सरकार असफल बन्दै गएपछि त्यसको विकल्पसमेत खोजी हुन थालेको छ । राष्ट्रिय सहमतिको सरकार अहिलेको अनिवार्य आवश्यकता भएकोमा दलहरू सहमत दखिएका छन् । अब बन्ने सहमतीय सरकारको नेतृत्वको विषयमा कुरा चलिरहेको बेला माओवादीभित्रबाट महासचिव रामबहादुर थापा बादलको नाम चर्चामा छ । भावी प्रधानमन्त्रीका रूपमा बादललाई अगाडि सार्नुको पछाडि, उनको व्यक्तित्व, जनजातिका नेता, पार्टीअध्यक्ष र उपाध्यक्षले नेतृत्व गरिसकेको अवस्था आदि आधारहरू अगाडि सारिएको छ । भट्टराई नेतृत्वको सरकारले आˆनो नियमित कर्मकाण्डबाहेक केही गर्न नसकेपछि यसको विकल्प अनिवार्य भएको जानकारहरूले बताएका छन् । शान्ति र संविधान निर्माण गर्न पााच महिना मात्र बााकी रहेको अवस्थामा तत्काल राष्ट्रिय समहतिको सरकार बनाएर यो प्रक्रिया टुङ्गयाउनुपर्ने उनीहरूको भनाइ रहेको छ ।

Advertisements

वर्गहरु

%d bloggers like this: