Posted by: chhepyastra weekly | डिसेम्बर 3, 2011

जनविद्रोहको कार्यदिशा नै पार्टीको आधिकारिक कार्यदिशा हो
सीपी गजुरेल ‘गौरव’, सचिव- एनेकपा -माओवादी)
० संविधानसभाको म्याद छ महिनाको लागि थपिएको छ, यसबीचमा संविधान जारी गर्ने गरी कार्यतालिका समेत सार्वजनिक भएको छ, के यो सम्भव छ ?
गम्भीरताका साथ लाग्ने हो भने छ महिनाभित्र संविधान आउन सम्भव छ । जनतालाई सर्वोपरि ठान्दै एकजुट भएर अगाडि बढ्ने हो भने संविधान आउाछ । कार्यतालिकाअनुसार ठीकठीक समयमा अगाडि बढ्ने हो, जनताको भावनालाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने हो भने संविधान बन्छ ।
० भनेपछि आगामी जेठ १४ सम्म जनसंविधान बन्छ भन्नेमा तपाईंहरू विश्वस्त हुनुहुन्छ ?
अहिले संविधानको अन्तरवस्तु कस्तो हुने भन्ने विषयमा दलहरूबीच ठूलो विभेद रहेको छ । संविधानका अन्तरवस्तुमा देखिएका विभेदहरूलाई समाधान गर्न छलफल, बहस बाहिरबाट जनआन्दोलन, जनसंघर्षको दबाब सबैबाट जनताको जनसंविधान बनाउन दबाब दिन जरुरी छ । तर, हाम्रो पार्टी अध्यक्ष र प्रधानमन्त्री जनदबाब सृष्टि गरेर जनसंविधान बनाउनेभन्दा कााग्रेसले भनेकै संविधानलाई मानेर अगाडि बढ्न लागेको देखिन्छ । त्यो भएको अवस्थामा संविधान त बन्छ तर जनसंविधान बन्ने सम्भावना छैन ।
० सर्वोच्चले छ महिनाभन्दा बढी म्याद थप्न पाइादैन भन्ने फैसलालाई तपाईंले कसरी हेर्नुभएको छ ?
सर्वोच्चले त्यो तरिकाले फैसला गर्नुलाई राम्रो मान्न सकिन्न । राजनीतिक विषयको समाधान त राजनीतिक दलहरूले गर्नुपर्छ । सर्वोच्चले नै राजनीति गर्न थाल्यो भने दलहरूको के अर्थ भयो ? के महत्व भयो र ? दलहरूको आवश्यकता नै परेन नि । सर्वोच्च अदालतले सबै राजनीतिक विषयमा समाधान निकाल्न थाल्यो भने राजनीतिक पार्टीको अस्तित्व पनि समाप्त हुन्छ र अदालतको निर्णय गर्ने क्षमता पनि असीमित हुन जान्छ । राजनीति निर्णय लिएर अगाडि बढ्नुपर्ने विषयलाई अदालतले निर्णय गरेर अगाडि बढ्न म सही ठान्दिन ।
० संविधानसभाको म्याद थप्ने क्रममा दलहरूबीच छ बुादे सहमति भएको भनिएको छ, के-के छन् ती बुादाहरूमा ?
हाम्रो पार्टी अध्यक्ष र प्रधानमन्त्रीले संविधान निर्माण, सेना समायोजन आदिको विषयमा आत्मसमर्पणको बाटो समातिसक्नुभएको छ । नेपाली काग्रेसले जे भन्छ, उहाहरू त्यही बाटोमा अगाडि बढिरहनुभएको छ । भित्रभित्र धेरै सहमतिहरू हुने गर्छन्, बाहिर त देखावटी मात्र हो । उहाहरूले के-के सहमति गरिसक्नुभएको छ, त्यो त थाहा छैन । तर, उहाहरूले संसदीय व्यवस्थाको आधारभूत विषयहरू भएको संविधान स्वीकार गरिसक्नुभएको छ ।
० तपाईंले यो सरकारको भविष्य कस्तो देख्नुभएको छ ? अब छ महिना यही सरकारले काम चलाउाछ त ?
हाम्रो अध्यक्ष र प्रधानमन्त्रीले हामीले त्यत्रो सेनाको आत्मसमर्पण गरिसकेपछि पुरस्कार पाउनुपर्छ भन्ने उहााहरूको भनाइ होला । तर, उहाहरूले त्यति ठूलो पुरस्कार पाउनुहुन्छजस्तो लाग्दैन । पछिल्लो समय नेपाली काग्रेसले गम्भीरतापूर्वक आˆना विषयहरू उठाइरहेको छ, यसले के देखिन्छ भने धेरै ठूलो पुरस्कार उहाहरूले पाउने सम्भावना छैन । यो सरकार आमजनसमुदाय र दलहरूकै बीचमा पनि अलोकपि्रय भइसकेको छ । अब यो सरकार प्राविधिकरूपले मात्र टिक्ने हो, यसको आधार दह्रो छैन ।
० तपाईंहरूले जनसेनाको नया डिभिजन गठन गर्दै हुनुहुन्छ भन्ने कुरा बाहिर आएको छ के त्यो सत्य हो ?
अहिल्यै नै हामीले जनमुक्ति सेना गठन गर्ने भन्ने जुन कुरा बाहिर आएको छ, त्यो गलत हो । अहिले हामी जनमुक्ति सेना गठन गर्ने पक्षमा छैनौ । अयोग्य ठहर्याइएका साथीहरूलाई संगठित गरेर पूर्व जनमुक्ति सेनाको एउटा संगठन बनाउन खोजिएको हो । उनीहरूले पनि राज्यबाट केही सेवा, सुविधा पाउनुपर्यो भन्ने हाम्रो माग हो, त्यो पूरा हुनुपर्छ ।
० तपाईंहरूले जनमुक्ति सेनाको पूरा संख्या देखाउन सक्नुभएन, राज्यबाट रकम असुल्ने काम मात्र भयो भन्ने कुरा बाहिर आइरहेको छ नि ?
जनमुक्ति सेनाको संख्या उन्नाइस हजार छ सय दुई नै छ । तीमध्ये कतिपय कारवाहीमा परेकाबाहेक अरु सबै क्यान्टोनमेन्ट मै छन् भन्ने हामीलाई रिपोर्टिङ भएको हो । क्यान्टोनमेन्टमा कति छन्, नभएकाहरू कहिलेदेखि थिएनन् भन्ने कुराको जानकारी त अध्यक्षलाई नै थाहा होला । यो विषयको सम्पूर्ण जानकारी पार्टी अध्यक्ष प्रचण्डलाई नै थाहा होला, उहा जनमुक्ति सेनाको सुपि्रम कमाण्डर पनि हो । हामीलाई पार्टीमा जनमुक्ति सेनाको नाममा यति रकम आयो भनेर देखाइएको पनि छैन, जनमुक्ति सेना कम भयो भनेर भनिएको पनि छैन ।
० तपाईं पार्टीको केन्द्रीय सचिव हुनुहुन्छ तर केही थाहा नभएको भनिरहनु भएको छ, यसले पार्टीभित्र संगठनभन्दा व्यक्तिको प्रभुत्व बढेको देखिन्छ नि होइन ?
हामीलाई त जिम्मेवारी लिएको नेताले जे रिपोर्टिङ गर्यो, त्यही थाहा हुने हो । सामान्य राजनीतिक विषय त बाहिरबाट पनि थाहा पाइन्छ । तर, प्राविधिक कुराहरू त सम्बन्धित निकायबाट रिपोर्टिङ नभई थाहा हुादैन । त्यसमा सम्पूर्ण जानकारी र जिम्मेवारी हाम्रो अध्यक्षमा नै छ ।
० भनेपछि तपाईंहरूको पार्टीभित्र नै जनवादको अभ्यास भएको छैन, कसरी जनवादी क्रान्ति सम्पन्न गर्नु हुन्छ ?
पार्टीभित्रको जनवादको ’boutमा त हामीले धेरै पहिलेदेखि संघर्ष गर्दै आएका छौ । पार्टीभित्र ठूलो संघर्ष गरेर केही हदसम्म जनवादी अभ्यास भएको छ । अहिले हाम्रो अध्यक्ष र प्रधानमन्त्री पार्टीको निर्णयभन्दा व्यक्तिगत निर्णयमा अगाडि बढ्नुभएको छ । साचो बुझाउने, सात बुादे सहमति, जग्गा फिर्ता आदिजस्ता निर्णयमा पार्टीको कुनै निकायबाट निर्णय भएको छैन ।
० पार्टी न फुट्न सक्छ न एक भएर अगाडि बढ्न सक्छ, यस्तो अवस्थामा अब देश, जनता र कार्यकर्ता कहिलेसम्म अनिर्णयका बन्दी भएर बसिरहने हुन् त ?
आमसर्वहारावर्गको नेतृत्व गरेको पार्टीलाई किन फुटाउनु र यसलाई फुटाउने कुरा आएन । अहिले पार्टीमा दुई भिन्न प्रकारका कार्यनीतिहरू लागू भइरहेको छ । यो अवस्थाको त अन्त्य हुनै पर्छ । त्यही भएर नै हामीले केन्द्रीय समितिको बैठक बोलाउन भनेका छौा ।
० तर, केन्द्रीय समितिको बैठक त बस्ने छााटकााट नै देखिादैन, सरेको सर्यै गर्छ नि ?
यो एउटा दुर्भाग्य नै भयो । केन्द्रीय समितिको बैठक पाच-पाच पटक सरिसक्यो । लगातार पार्टीको बैठक सर्दै गएको छ । बैठक नबसी पार्टीभित्रका समस्याहरू समाधान हुने कुरै भएन । काग्रेस, एमालेहरू बरु सहमति, असहति जे भए पनि बैठक त बस्छन् । हाम्रो पार्टीको त बैठक पनि बस्दैन । यसले झनै समस्या सिर्जना गरेको छ ।
० यस्तो अवस्थामा कार्यकर्ताहरूको कसरी चित्त बुझाउनु हुन्छ ?
अहिलेसम्मको हाम्रो कार्यदिशा जनविद्रोहको कार्यदिशा हो । त्योअनुसार नै हामी अगाडि बढ्ने हो । त्योअनुसार अगाडि बढ्नलाई कसैले बाधा गर्न पाउादैन । हाम्रो कार्यकर्ताले पार्टीको आधिकारिक निर्णय जनविद्रोहको कार्यदिशालाई लागू गर्ने हो, त्यस दिशामा अगाडि बढ्न कार्यकर्तालाई कसैको अनुमति चाहिादैन । जनविद्रोहको कार्यदिशा नै पार्टीको आधिकारिक कार्यदिशा हो, त्यसमा अगाडि बढ्न म सम्पूर्ण कार्यकर्तालाई अपिल गर्दछु ।

Advertisements

वर्गहरु

%d bloggers like this: