Posted by: chhepyastra weekly | नोभेम्बर 26, 2011

फुटको कुरै नगरौं
नेत्रविक्रम चन्द, विप्लव’, स्थायी समिति सदस्य- एनेकपा माओवादी
० सर्वोच्च अदालतले संविधानसभाको म्याद अन्तिम पटकको लागि छ महिना मात्र थप्न आदेश दिएको छ, यस विषयमा के भन्नुहुन्छ ?
सर्वोच्चले यसअघि पनि छ महिनाभन्दा बढी म्याद थप्न नपाइने व्यहोराको निर्णय गरेको थियो । यो निर्णय राजनीतिक निर्णयको समर्थनमा छ । जहाासम्म राजनीतिक निर्णय ठीक हो कि होइन भन्ने कुरा छ, त्यो खासै औचित्यपूर्ण हो भन्ने लाग्दैन ।
० यही १४ गते संविधानसभाको म्याद सकिादैछ, कति महिना थप्ने विषयमा पार्टीभित्र छलफल भइरहेको छ ?
अहिलेसम्मको अवस्था हेर्दा जनताको पक्षमा संविधान बन्ने अवस्था देखिादैन । एक तरहले भन्ने हो भने संविधानसभाको औचित्य असफलतातर्फ गइरहेको देखिन्छ । जनताको संविधान निर्माण गर्ने कुरालाई अगाडि नबढाएर संविधानसभाको म्याद मात्र थप्ने कुरा खासै अर्थपूर्ण छैन । तैपनि म्याद थपिन्छ भने त्यहाा संघर्ष भइरहन्छ ।
० भनेपछि तपाईंहरूको र सर्वोच्चको मनोभावना मिल्लाजस्तो देखियो नि ?
सर्वोच्चको भनाइ के हो, त्यो उसले बुझ्ने कुरा भयो । तर, हाम्रो राजनीतिक कुरा हो । संविधानसभाको जुन आकर्षण थियो, जिम्मेवारी थियो, त्यो निकै कमजोर भएको महसुस हामीले गरेका छौा ।
० संविधानसभाको म्याद थप्दै गर्दा सरकारको भविष्य कस्तो देख्नुहुन्छ ?
सरकार परिवर्तन मामिलालाई हामीले त्यति महत्वका साथ हेरेका छैनौा । सरकार भनेको सामान्य हेरफेर भइरहने कुरा हो । अहिले घरी सरकारको त घरी संविधानसभाको कुरा उठाएर समयको बर्बाद गर्ने काम मात्र भएको देखिन्छ । सरकार पनि संविधानसभाझैा असफलतातर्फ गइरहेको देखिन्छ । सरकारले आˆनो आधार र भूमिका बिर्संदै गएकोले यो असफल भएको कुरा हामीले भन्दै आएका छौा ।
० अस्ति मात्र महासचिव बादलले पार्टी फुटको संघारमा पुगेको बताउनुभएको थियो, सााच्चै पार्टी फुटको संघारमा पुगेको हो ?
मैले पहिलादेखि नै भन्दै आएको छु, यो फुटको कुरै नगरौा । यसले नकारात्मक परिणाम मात्र दिन्छ । हाम्रो पार्टीभित्र जनताको जिम्मेवारी, क्रान्तिको जिम्मेवारी र जनताको संविधान कसरी बनाउने भन्ने विषयमा बहस छ । त्यो बहस घोर दक्षिणपन्थी दिशातर्फ गएर पतन भइराखेको देखिन्छ । त्यो प्रवृत्तिले माओवादी पार्टीको मूल्य, मान्यता, विचारहरू छोड्दै गएको हुनाले पार्टी, जनतामाझ लगेर विचलनको विरुद्ध संघर्षमा तिखार्ने कुरा नै अहिलेको महत्वपूर्ण पक्ष हो ।
० अहिले बहसको राजनीति गर्दा संस्थापन पक्ष कुटपिटमा उत्रिएको समाचारहरू पनि आइरहेका छन् नि ?
यो कुनै नौलो कुरा होइन । नेताहरू आˆनो आदर्शबाट ढलिसकेपछि विचार र जिम्मेवारीबाट च्युत भइसकेपछि, दुश्मनहरूको अगाडि घुाडा टेकेपछि त्यसले ल्याउने परिणाम त अराजक भइहाल्छ । योबाट अत्तालिनु पर्ने कुनै कारण छैन । यसको जवाफ जनताले क्रमशः दिने नै छन् ।
० जग्गा फिर्तामा तपाईंहरूको विरोध रहेको छ तथापि जग्गा फिर्ताको काम सुरु भइसकेको छ, के अब तपाईंहरूले विरोध जनाए पनि यो कार्यान्वयनमा जान्छ ?
यो किसान, भूमिहीनसाग सम्बन्धित कुरा हो । केही मान्छेले भनेको भरमा यो समस्या पार लाग्दैन भन्नेमा सम्बन्धित पक्ष प्रस्ट भए हुन्छ । बर्दियामा जनताबाट जग्गा फिर्ताको विरुद्ध विरोध सुरु भइसकेको छ । त्यसकारण जग्गा फिर्ता हुने कुनै सम्भावना नै देखिादैन ।
० सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी नदिन सर्वोच्चले आदर्श दियो, सरकारले ढुङ्गेललाई पक्रन प्रहरीलाई आदेश दिइसकेको कुरा बाहिर आएको छ, यस विषयमा के भन्नहुन्छ ?
यो सबै गैरजिम्मोवारपूर्ण कुरा हो । पार्टी कार्यकर्ता र पार्टीप्रति यतिबेला षड्यन्त्रपूर्वक यस्ता कुराहरू अगाडि आइरहेका छन् । विरोधीहरू कति तलसम्म गिरेर हर्कत गर्न सक्छन्, दाउपेच गर्न सक्छन् भन्ने कुरा प्रमाणित भएको छ । हिजोका विषयहरूलाई नेता एवं कार्यकर्ता विशेषमा लगेर कसरी बदला लिन चाहन्छन् र कसरी सिध्याउन चाहन्छन् भन्ने कुरा प्रमाणित हुादै गएको छ । ढुङ्गेलको विषयमा हामीले संघर्ष गरिरहेका छौा ।
० पार्टी एकढिक्का र एक निर्णयका साथ अघि बढेको जनता र कार्यकर्ताले कहिले देख्न पाउलान् त ?
यो कुरा जनता तथा कार्यकर्ताले छिट्टै नै थाहा पाउनेछन् । एकता जनताका प्रस्तावहरूमा टेकेर गर्ने कुरा हो । जनताका प्रस्तावहरूलाई चौतर्फी मोेर्चाबाट उठाउने हो भने पार्टी एकढिक्का भएर अगाडि बढ्नेमा हामीलाई पूरै विश्वास छ ।
० सेना समायोजनको प्रक्रिया तपाईंहरूले विरोध गर्दागर्दै पनि अगाडि बढेको छ, अब यसमा तपाईंहरू विरोध मात्र गर्नुहुन्छ या कुनै एजेन्डा अगाडि सार्नु हुन्छ ?
गौरवपूर्ण इतिहास भएको संस्थालाई केही मान्छेहरूको चोचोमोचोमा विघटन र बिसर्जन गर्ने जुन निर्णय गरियो, त्यो नौलो घटना हो । समायोजनको प्रक्रिया सफल हुादैन भनेर हामीले पहिल्य नै भनिसकेका छौा । जनमुक्ति सेनाको औचित्य नेपालमा समाप्त भएको छैन ।
० माओवादी पार्टीभित्र प्रवृत्तिभन्दा पनि पात्र हावी भयो, त्यही कारण पार्टी असफलतातर्फ गइरहेको छ भनिन्छ नि, के यो विश्लेषण सही छ ?
मान्छेहरूले सकारात्मक, नकारात्मक जे भए पनि त्यसै टिप्पणी गर्दैनन् । एक हदसम्म यो विश्लेषण सही हो । पात्रमाथि हुने कुराले पक्कै पनि पार्टी सञ्चालनमा समस्या पार्छ ।
० अन्त्यमा आमजनसमुदायलाई के भन्न चाहनुहुन्छ ?
अहिले मुलुक असाध्यै पेचिलो श्रेणीमा रहेको छ । यस्तो अवस्थामा मुलुकलाई पार लगाउने निर्णय गराउनका लागि आमजनसमुदायले मद्दत गर्नुपर्छ । त्यसको लागि तयार रहन अपिल गर्दछु ।

Advertisements

वर्गहरु

%d bloggers like this: