Posted by: chhepyastra weekly | नोभेम्बर 13, 2011

 

एउटा नया परिस्थिति सिर्जना हुनसक्ने सम्भावना छ
कुलप्रसाद केसी ‘सोनाम’, पोलिटब्युरो सदस्य- एनेकपा माओवादी
० तीन राजनीतिक शक्तिहरूबीच भएको सात बुादे सहमतिको तपाईंहरूले विरोध गर्दै आउनुभएको थियो तर अहिले विरोधको कार्यक्रम रोकिएको छ, के सात बुादे सहमतिमा तपाईंहरूको सहमति भएको हो ?
चार बुादे सहमतिको उत्कर्ष सात बुादे सहमति हो । यी सम्झौताहरू आत्मसमर्पण र धोकापूर्ण छन् । सम्झौताको राजनीतिक विरोध भएको छ । नारा, जुलुस लगाउने मात्र विरोध होइन । पार्टीले संस्थापन पक्षले लिएको कार्यनीति, रणनीतिको विरुद्ध छ भन्ने कुरा प्रमािणत भएको छ ।
० आज बस्ने केन्द्रीय समिति बैठकले निरन्तरता पाउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
केन्द्रीय समिति बैठक निरन्तरताको लागि भन्दा पनि रूपान्तरणपूर्ण भयो भने सार्थकतापूर्ण हुन्छ । बैठक निरन्तरता भयो भने देश र जनताको लागि रणनीतिक प्रभाव पर्ने एउटा बहस हुन सक्छ ।
० केन्द्रीय समिति बैठक बस्दै स्थगित हुादै आएको छ, यो क्रम कहिलेसम्म चलिरहन्छ, बैठक बसेर समाधान कहिले निस्कन्छ ?
केन्द्रीय समिति बैठक सुरु गरिसकेपछि त्यसलाई निष्कर्षमा पुर्याएर टुङ्गयाउनुपर्छ । केन्द्रीय समिति बैठकलाई निष्कर्षमा पुर्याउन पार्टीको नेतृत्व लिएको व्यक्ति सक्रिय हुनुपर्छ । नेतृत्वको सक्रियताबिना बैठकले सार्थकता पाउन सक्दैन ।
० केन्द्रीय समिति बैठकमा तपाईंहरूले दस बुादे असहमति पत्र पेस गर्नुभएको छ, यस विषयमा के भइरहेको छ ?
दस बुादे असहमतिपत्र अहिलेसम्म भएका राष्ट्रघाती सम्झौताको विरुद्ध हो । त्यो विरोधपत्र हो । मुख्य कुरा कार्यदिशा कार्यान्वयनमा रहेका त्रुटिहरू’bout उक्त असहमतिपत्रमा उल्लेख गरिएको छ । कार्यदिशा र कार्यनीतिको ’boutमा देखापरेका कमजोरी एवं त्रुटिहरूलाई सम्बोधन गर्ने गरी दश बुादे असहमतिपत्रमा उल्लेख गरिएको छ ।
० सेना समायोजनका प्रक्रिया सात बुादे सहमतिअनुसार अगाडि बढिसकेको छ, अब तपाईंहरू चुप लागेर बस्नुहुन्छ तर कार्यान्वयनको विरोध गर्नुहुन्छ ?
हामीले सेना समायोजनको सन्दर्भमा पार्टीको निर्णयगत प्रक्रियाको विरोध गरेका छौा । कार्यान्वयनको सवालमा जनमुक्ति सेनाका सदस्यहरूले स्वयम् विरोध जनाउनुभएको छ । सेना समायोजनको यो प्रक्रिया एउटा हिस्सालाई मन परेन भने यो प्रक्रिया कसरी सफल भयो भन्ने ? राजनीतिक विश्लेषण सुरु होला नि ? असन्तुष्ट हुनु विद्रोहको एउटा परिचायक हो । आत्मसम्मानित भएको महसुस भएको छैन । चारवटा प्रक्रियालाई त सम्बोधन नै गरिएको छैन । घाइतेहरूको ’boutमा सहमतिले कुनै सम्बोधन गरेको छैन । सुत्केरी, घाइतेहरूलाई के गर्ने अनि घाइतेहरूको पेन्सनको ’boutमा केही बोलिएको छैन । प्याकेज पनि दुई आर्थिक वर्षमा दिने भनिएको छ । गोल्डेन हृयाण्डसेक दुई आर्थिक वर्षमा दिने भन्ने कुरा पूरै झूटो हो । सेना समायोजन हुादा अलग संरचनाको रूपबाट राखियोस्, सीमा सुरक्षा बलको रूपमा राख्ने काम भयो भने सम्मानजनक हुन्छ भन्ने हाम्रो भनाइ हो ।
० सेना समायोजनकै विषयले पार्टीमा फुट पैदा गराउाछ, एउटा तप्का क्रान्तिकारी धार बनेर बस्छ, अर्को तप्का संशोधनवादी भासमा गाबिन्छ भनेर अड्कलबाजी पनि भइरहेको छ नि यस विषयमा के भन्नुहुन्छ ?
नेतृत्वले घोषित रूपमा आˆनो कार्यदिशा छोडिएको घोषणा गर्नुपर्यो । होइन भने कार्यदिशा कार्यान्वयनमा जादा ढाट, छलको राजनीति गर्नु हुादैन । यो त माओवादको खिलाफमा हुन्छ भन्दा घोषित मूल्य, मान्यता, अनि कार्यदिशा मान्छौ भन्ने गर्ने बेलामा कार्यदिशालाई पूरै लत्याउने गर्दा पार्टीभित्र द्वन्द्व बढ्छ, यसको जवाफदेहिता नेतृत्व हुनुपर्छ । घोषित मूल्य, मान्यताको रक्षा गर्ने गरेर एउटा अन्तिम एकताको लागि हामीले अलि गरेका हौा । नेतृत्वले फुट चाहेकै हो, अलग हुन खोजेको हो भने कार्यदिशा छोड्दै गएपछि त्यसै अलग भइहाल्छ नि ।
० अहिलेको भद्रगोल अवस्था हेर्दा तपाईंहरूलाई दस वर्षे जनयुद्ध बेकार भयो भन्ने लाग्दैन ?
अहिलेसम्म भएका परिवर्तनको मुख्य जग भनेको त्यही दस वर्षे जनयुद्ध हो । नेपालको राजनीतिक कायापलटको एउटा कडी भनेकै जनयुद्ध थियो । यसलाई अपमान गर्नको लागि चौतर्फीरूपमा हमला भइरहेको छ । त्यो हमलामा हाम्रो नेतृत्वसमेत फसेको छ भन्ने हामीलाई लागेको छ । जनयुद्धको औचित्यको महत्व युगयुगसम्म मूल्यांकन र समीक्षा भइरहन्छ ।
० धोविघाट गठबन्धनबाट बाबुरामलाई तपाईंहरूले प्रधानमन्त्री बनाउनुभयो, आखिरमा बाबुरामबाट नै तपाईंहरूमाथि घात भयो नि होइन ?
कहिल्यै पनि नदोहोरिने गरी मान्छेले एकदुईवटा घात त गर्न सक्छन् । घातको राजनीति गरेर कोही सफल भएको इतिहास छैन ।
० अहिले सभासद् बालकृष्ण ढुङ्गेलको आममाफीको विषयलाई लिएर हङ्गामा मच्चिएको छ, यस विषयमा के भन्नुहुन्छ ?
यो विषय बालकृष्ण ढुङ्गेलको व्यक्तिगत विषयसागभन्दा पनि जनयुद्धमाथि कत्रो हमला छ भन्ने प्रश्नको कडी हो । यो बालकृष्णजीको निजी कुरो होइन । यस्ता कुराले शान्तिसम्झौता, शान्तिप्रक्रिया अप्ठ्यारामा पर्न सक्छ । यो कुरा केही दलहरूको स्वार्थको लागि उठाइएको हो । जनयुद्धको क्रममा लगाएका सबै झूटा मुद्दाहरू खारेज गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । यो ढुङ्गेलमाथिको विषय राजनीतिक पूर्वाग्रहीबाट आएको हो ।
० मंसिर १४ पनि नजिकिादैछ, सरकारले शान्ति र संविधानको लागि उल्लेख्य काम गर्न सकेन, अब सरकारको भविष्य कस्तो देख्नुहुन्छ ?
मैले सरकार र संविधानसभा दुवैको भविष्य देख्दिन । संविधानसभाको औचित्य करिब मृत प्रायः भइसक्यो । संविधानसभाको म्याद थप्नुको औचित्य छैन । अहिले संविधानसभालाई निरीह बनाउने खेल सुरु भइसकेको छ । संविधानसभा प्रतिगमनको हतियार बन्ने स्थितिमा नेपाली जनताले संविधानसभाको औचित्यलाई निरर्थकरूपबाट बुझ्न थालेका छन्, अर्को प्रक्रिया समात्न सकिन्छ ।
० अर्को अध्याय भनेको तपाई फेरि जनयुद्धको तयारीमा जुट्न खोज्नुभएको हो ?
जनयुद्धको तयारीको प्रश्न होइन । ठूलाठूला जनआन्दोलनहरूले पनि हेरफेर ल्याउन सक्छ । संविधानसभाको विकल्पको रूपमा कुनै नाराहरू अगाडि बढ्न सक्ने सम्भावना मैले देखेको छु । संविधानसभाका विषय समितिलाई कमजोर बनाएर विज्ञहरूको समूहमार्फत् बाहिर हल खोज्ने जुन प्रयास भएको छ, यसले संविधानसभालाई कमजोर पारेको छ । त्यसकारण संविधानसभाको औचित्यको प्रश्न उठ्न सुरु गरेको छ । यस्तो अवस्थामा एउटा नया परिस्थिति सिर्जना हुन सक्ने सम्भावना छ ।
० अब तपाईंहरूको रणनीति कस्तो रहन्छ त ?
हामीले जनताको संघीय गणतन्त्रात्मक संविधान, मौलिक अधिकारहरूका प्रश्नहरू, आधारभूत कुराहरू, जनताको संघीयताको अधिकारको पूर्ण ग्यारेन्टी र राष्ट्रिय स्वाधीनताको पूर्ण रक्षा गर्ने काम संविधानले गर्नुपर्छ भन्दै आएका छौा । जनमुक्ति सेनालाई सम्मानजनकरूपमा राष्ट्रिय जिम्मेवारीको रूपबाट सीमा सुरक्षाको जिम्मेवारीसहितको भूमिका भयो भने शान्तिप्रक्रियाले नयाा प्रक्रिया पक्रन सक्छ ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
संविधानसभाको औचित्यलाई औचित्यहीन बनाउने काम सुरु भएको संकेतहरू प्रस्ट रूपमा देखापर्न थालेको छ । सेना समायोजन पनि सम्मानजनक हो या कुनै अङ्गको अधीनस्त हुने हो भन्ने प्रश्न तड्कारो रूपमा उठेको छ । यही अवस्था रहिने हो भने पुरानो युगको अन्त्य भएर नयाा युग अरु हुने सम्भावना मैले तड्कारो रूपमा देखेको छैन । राजनेता हुा भन्ने साथीहरूले समयम बुद्धि नपुर्याउने हो भने सम्पूर्ण अपजसको भागिदारी उनीहरू नै हुने र जनताले पहलकद्मी लिने सम्भावना छ ।

Advertisements

वर्गहरु

%d bloggers like this: