Posted by: chhepyastra weekly | नोभेम्बर 6, 2011

 

अध्यक्ष वैचारिकरुपले विचलनतर्फ गइसक्नुभएको छ
हितमान शाक्य, पोलिटव्यूरो सदस्य- एनेकपा माओवादी
० तपाईंहरूले सातबुादे सहमतिको विरोध गरिरहनु भएको छ, विरोध गर्नुको कारण के होला प्रष्ट पारिदिनुस् न ?
सात बुदे सहमति जारी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने उद्देश्यका साथ गरियो भनिए पनि त्यसको अन्तरभित्र खोज्दै जादा त्यस सहमतिले वास्तविक शान्ति स्थापना गर्न सक्दैन । शान्तिप्रक्रिया भनेको सेना समायोजन, जनमुक्ति सेनाको विलयकरण होइन, शान्ति प्रक्रियामार्फत् नेपाली जनताले उठाउादै आएको मागहरूको सम्बोधन हुनुपर्छ । अहिले देखापरेका सम्पूर्ण समस्यालाई सम्बोधन गर्न सक्नेगरी शान्तिप्रक्रिया टुङ्गनिुपर्छ । हामीले त्यसको लागि शान्ति र संविधान निर्माण प्रक्रियालाई सागसागै लिएर जानुपर्छ भनिरहेका छौ। संविधान निर्माणको प्रक्रियालाई छाडेर शान्तिप्रक्रिया त्यसमा पनि माओवादी सेनाको समायोजन अझ विलयकरणको उद्देश्यका साथ सात बुादे सहमति गरिएको हुनाले यसले दीर्घकालीन शान्ति स्थापना गर्न सक्दैन । यसै हुनाले नै हामीले विरोध गरेका हौ । सातबुादे सहमतिमा सेना समायोजनसम्बन्धी जे उल्लेख गरिएको छ । त्यसले सेना समायोजन होइन जनमुक्ति सेनाको विलयकरण गरेको छ । माओवादी जनमुक्ति सेनाको विलयकरण गर्ने, आत्मसमर्पण गराउने दिशातर्फ सातबुादे सहमति गएको हुनाले हामीले विरोध गरेका हौ । सेना समायोजनको विषयमा पार्टी केन्द्रीय समिति बैठकले गरेको निर्णयलाई सिधै उल्लंघन गरेर पार्टीको संस्थापन पक्षले सम्झौता गर्न पुग्यो । हामीले त्यसकारण पनि विरोध जनाइरहेका छौ।
० पार्टी केन्द्रीय समिति बैठक पटक-पटक स्थगित भएको छ, यसो हुनुको कारण के हो ?
केन्द्रीय समिति बैठक बस्ने-स्थगित हुने, बस्ने-स्थगित हुने क्रम चलिरहेको छ । पार्टी आन्तरिक जीवनमा विभिन्न खाले समस्या आइसके पछाडि एकैचोटी केन्द्रीय समिति बैठकबाट हल गर्नेभन्दा पनि वैचारिक अन्तरक्रिया गरेर त्यसलाई केन्द्रीय समिति बैठकमा व्यवस्थित ढङ्गले बहसको अवस्था सिर्जना गरेर अगाडि बढाउनुपर्छ भन्ने हाम्रो माग पनि हो । त्यो अहिले तत्काल सम्भव भएन । अध्यक्षको अमेरिका जाने कार्यक्रम प्रधानमन्त्री र उपप्रधानमन्त्रीको सार्क सम्मेलनको तयारीको कारणले गर्दा उहाहरू पनि बाहिर जाने भएकाले आगामी २७ गतेसम्मको लागि बैठक सारिएको हो ।
० तपाइर्हरूले पार्टी अध्यक्ष प्रचण्डमाथि क्रान्तिबाट भाग्न लागेको आरोप लगाइरहनुभएको छ, वास्तविकता के हो ?
पार्टीभित्रको वास्तविक समस्या केन्द्रीय समिति बैठकमा उजागर होला । केन्द्रीय समिति बैठकमा अध्यक्षले आˆनो धारणा राखिसकेपछि मात्र प्रष्ट कुरा बाहिर आउला शान्ति प्रक्रियामा आइसकेपछि अध्यक्षले आˆनो मूल्य, मान्यतालाई छोड्दै अगाडि बढ्नु भयो । त्यसले हामीलाई सशंकित बनाएको हो । अहिले चार बुादे सहमति, पछाडि आउादा बिपा सम्झौता, चाबी प्रकरण त्यसपछि सातबुादे सम्झौतासम्म आइपुग्दा हामी एउटा निष्कर्षमा पुग्दैछौ कि हाम्रो पार्टीको अध्यक्ष अर्थात् संस्थापन पक्षले क्रान्तिको विचार त्याग्दै छ । अध्यक्षले भूमिगत ढङ्गले आˆनो गुटीय प्रशिक्षणमा नेपालको जनवादी क्रान्ति पूरा भयो, अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्नेजस्ता अभिव्यक्ति दिादै हिाडेको कुरा बाहिर आएको छ । हामीलाई यस्ता कुराहरू सुन्दा अध्यक्ष वैचारिक रूपमा विचलनतर्फ गइसक्नु भएको जस्तो अनुभूति हुन थालेको छ । यो सबै प्रक्रियाले गर्दा नेपालको क्रान्ति जसको अध्यक्षले मुख्य भूमिका निर्वाह गर्नुभयो । दश वर्षको महान् जनयुद्ध सहिदहरूको सपना, बेपत्ता सहिदहरूको सपना आमजनता जसले हामीलाई योगदान दिनुभयो, ती जनताका मूल्यलाई अध्यक्षले छाड्दै हिाड्नुभएको अनुभूति हामीलाई हुादै गएको छ । त्यसकारण हाम्रो पार्टीभित्र गम्भीर बहस चल्दैछ । यस विषयमा केद्रीय समितिको बैठकमा कुरा उठ्छ ।
० केन्द्रीय समिति बैठकमा तपाईंहरूले दश बुादे असहमति पेस गर्नुभएको भनिएको छ, यसो गर्नुको कारण के होला ?
क. बादल र किरणले हाम्रो अध्यक्षलाई यसअघि नै आठ बुादे पत्र बुझाइसक्नु भएको हो । यसमा चाबी प्रकरण, बिप्पा सम्झौता, सात बुादे सम्झौता, र रक्षामन्त्री शरत्सिंह भण्डारी प्रकरण यो सबै विषयलाई जोडेर एकमुष्ठ ढङ्गले दस बुादे असहमतिपत्र बुझाएको हो ।
० धोविघाट भेलाबाट तपाईंहरूले नै बोकेर बाबुरामलाई प्रधानमन्त्री बनाउनु भयो तर तपाईंहरूले नै बोकेको मान्छेले तपाईंहरूकै टाउकोमा हानेको अवस्था देखिन्छ । माओवादीले युद्धकालमा भनेजस्तो ढाडमा टेकेर टाउकोमा हान्नेजस्तो अवस्था त देखिएको होइन ?
घटनाक्रम त्यस्तो देखिएको छ । हामीले बाबुरामजीलाई बोकेको त होइन । कम्युनिस्ट आन्दोलनभित्रको संगठनभित्र आएको समस्याहरूलाई हल गर्नको लागि हामी धोबिघाट बैठकमार्फत् निष्कर्षमा पुगेका हौ । कम्युनिस्ट आन्दोलनभित्र विचलनता आउादा पार्टीको नेतृत्वको कार्यप्रणालीभित्र समस्या पैदा हुदा जटिलताहरू पैदा भएको छ । हामीले नेतृत्वलाई केन्दि्रकरण हुनुपर्छ भन्यौ, जनवादी केन्द्रीयताको मान्यताअनुसार यो गर्यौ । सापेक्षित केन्दि्रकरण हुनुपर्छ भन्दै जादा एउटा व्यक्तिमा सबै कुरा केन्दि्रत हुादा त्यो व्यक्तिमा दम्भ पलाउादोरहेछ । सबै कुरा आफैाबिना नहुने सोचाइ विकास हुदोरहेछ । त्यसले गर्दा कम्युनिस्ट आन्दोलनभित्र समस्या पैदा भयो । पछिल्लो चरणमा लेनिन एक्लो पर्नु भयो, स्टालिनभित्र समस्या पैदा भयो, ख्रुश्चेभले उहालाई पूरै लेप्टाउने प्रयास गर्नुभयो, माओत्सेतुङ एक्लै पर्नुभयो । यी सबै परिघटना हाम्रो पार्टीको जीवनमा पनि आउादा हामीले पनि हाम्रो अध्यक्षलाई प्राविधिकरूपमा पूर्ण बनाउन खोज्यौ । हाम्रो गल्ती त्यही भयो । सबै कुरा व्यक्तिमा केन्दि्रत भइदिादा पार्टीको मूल्य, मान्यता, सामूहिकता भन्ने चीज नै हराउन थाल्यो । यो विषयलाई मिलाउन धोविघाट पुग्दा बादल, किरण, बाबुराम, प्रकाशलगायतका साथीहरूसाग बहस हुन पुग्यो । अहिले हाम्रो पार्टी नेतृत्वमा समस्या पैदा भएको छ । त्यसका निम्ति उहााले आˆना कार्यशैली, कार्यप्रणाली सच्याउनुपर्छ भन्ने सहमतिमा हामी धोबिघाट बैठकबाट सहमतिमा पुगेका हौा । सधैाभरि प्रचण्ड नै अध्यक्ष हुनुपर्ने, उहा नै प्रधानमन्त्री हुनुपर्ने, उहाा नै सेनाको प्रमुख हुनुपर्ने, आर्थिक हिसाबकिताब उहासग नै हुनुपर्ने यस्तो अवस्थाको अन्त्य हुनुपर्ने कुरा हामीले उठायौ । सेनाको जिम्मा बादलजीलाई, संगठनको जिम्मा किरणजीलाई र सरकारको मोर्चाको जिम्मा बाबुरामलाई दिने भन्ने हिसाबले हामीले कार्यविन्यास गरेका थियौ । यो व्यवहारिकरूपमा सही थियो । बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव हामीले मात्र गरेका होइन, अध्यक्षले समेत गर्नुभएको हो । त्यहीबाट बाबुराम प्रधानमन्त्री बन्नुभएको हो । बाबुरामले धोबिघाट बैठकलाई विचारको तहमा नलिएर रणनीतिको रूपमा लिनुभएको रहेछ । हामीले त्यो कुरा बुझ्न सकेनौा । आफू प्रधानमन्त्री भइसकेपछि भट्टराई फेरि प्रचण्डकै कार्यशैलीमा पुग्नुभयो । उहाको कार्यशैलीले बाबुरामलाई पनि खाल्डोमा पुर्याउाछ ।
० सेना समायोजनको प्रक्रिया सात बुदे सहमतिअनुसार अघि बढ्छ त ?
सात बुादे सहमतिपछि सबै अन्तर्राष्ट्रिय केन्द्रहरू खुसी भएको कुरा बाहिर प्रचार गरिएको छ । राजनीतिक पार्टीहरूमा पनि समर्थन पैदा भएको छ । जनता खुसी भएका छन्, जनमुक्ति सेनाका साथीहरू खुसी भएका छन्, पार्टी, सेना खुसी भएका छन्, तपाईंहरू मात्र किन दुःखी हुनुभयो, तपाईंहरूले मात्र किन विरोध गर्नुभयो भन्ने प्रश्न उठिरहेको छ । अहिले प्रायोजित प्रचारहरू भइरहेको छ । यथार्थमा बुझ्दै जाादा मान्छेहरूले सात बुादे सहमतिको विरोध गर्ने छन् । जनमुक्ति सेनाले पनि यसको विरोध गरिरहेको छ । बुद्धिजीवी तहका मान्छेहरूबाट पनि यस्तो प्रक्रियाले शान्ति निष्कर्षमा पुग्न सक्दैन र दीर्घकालीन शान्ति पनि स्थापित नहुने कुरा आइरहेको छ । मान्छेहरूले हामीलाई उहाहरूले एउटा गाडी बनाएर कुदाइ हाल्नुभयो, तपाईंहरूले अब के गर्नुहुन्छ भन्ने कुरा गरिराख्नु भएको छ । उहााहरूले एउटा सम्झौता गरेर गाडी त गुडाउनु भयो तर त्यो गाडी त्यति बलियो पनि छैन, भरपर्दो पनि छैन । उहाहरू भिरको बाटो कुद्दै हुनुहुन्छ । त्यसकारण यो शान्तिप्रक्रियाको ’boutमा भएको सम्झौताले देशको समस्या हल गर्न सक्दैन । हामीले उठाएका मुद्दामा सहमति नगरी अगाडि बढ्दा यो भिरमा खस्ने नै हो । यो सम्झौता सही अर्थमा कार्यान्वयन हुन गाह्रो छ ।
० अब माओवादी पार्टी फुट्छ, एक कित्ता संसद्वादी, अर्को कित्ता क्रान्तिकारी भएर बस्छ, यो नभएसम्म शान्ति र संविधानले पूर्णता पाउादैन भनेर विश्लेषण गर्नेहरू पनि छन् नि, यस विषयमा के भन्नुहुन्छ ?
टुटफुट कम्युनिस्ट आन्दोलनभित्र हुादै आएको छ । एकता, विभाजन निरन्तर प्रक्रियाबाट अघि बढ्छ । विचारको तहमा समानता भएपछि एकता हुने हो । विचारमा विचलन भइसकेपछि विभाजन हुने हो । विचारमा विचलनता जसले दिने गर्छ, ऊ नै फुटवादी हो, उसले पार्टी फुटाउाछ । अहिले हाम्रो पार्टीको घोषित मूल्य, मान्यतालाई उल्लंघन गर्ने काम हाम्रो अध्यक्षले गर्नुभयो । हाम्रो पार्टीका विस्तारित बैठकहरूका निर्णय, केन्द्रीय समितिका निर्णयलगायत अन्य निर्णयलाई उहााले सिधै उल्लंघन गर्नुभयो । विचारलाई छोड्नेले नै पार्टीलाई फुटाउाछ । हामी हाम्रो पार्टीलाई बहसमार्फत् क्रान्तिकारी धारमा रूपान्तरण गर्ने कोसिसमा छौा । हामी केन्द्रीय समिति बैठकमा पनि यही विषयमा कुरा गर्छौं ।
० तपाईं नेवाः राज्य समितिको इन्चार्ज पनि हुनुहुन्छ, पार्टीभित्रको गुट, उपगुट एकअर्कालाई सिध्याउने, धाकधम्की देखाउने काम भइरहेको छ, इन्चार्जको नाताले यस विषयमा के भन्नुहुन्छ ?
हाम्रो विचार समूहले कसैलाई धाकधम्की दिने र कुटपिट गर्नेसम्मका कार्यमा हामी पुगेका छैनौा । संस्थापन पक्षधर मान्छेहरू पार्टीको शक्तिलाई प्रयोग गरेर आˆनो जीवनलाई उठाउने दिशातर्फ लागिराख्नुभएको छ । त्यसको लागि उहााहरूले जे गर्न पनि तयार हुनुहुन्छ । तस्करी, भ्रष्टाचारीको पछाडि लाग्नेजस्ता तौरतरिकाहरू हामी देख्छौा । जसले गर्दा पार्टी बद्नाम हुादै गएको छ । संस्थापन पक्षका साथीहरू पछिल्लो चरणमा आउादा भौतिकरूपमै आक्रमणमा उत्रिएका छन् ।
० अध्यक्ष स्वयम्ले वैद्य पक्षले चाहेको जस्तो मन्त्रालय नपाएर प्रोपोगण्डा मच्चाएको आरोप पटक-पटक लगाउदै आउनुभएको छ, यस विषयमा के भन्नुहुन्छ ?
यो वाहियात कुरा हो । विचारको बहसलाई प्राविधिक विषयले छोप्ने काम उहाले गर्नुभएको छ । मान्छेहरू प्राविधिक पक्षतर्फ जान्छन्, त्यहीभन्दा सही हुन्छ भन्ने उहाले गरिराख्नुभएको छ । उनीहरू माक्र्सवादी होइनन्, उनीहरू गोयबल्सको सन्तानहरू हुन्जस्तो लाग्छ । गोयवल्सले एउटा झूटो कुरालाई हजारचोटी दोहोर्याएर भन्दा त्यो सत्य हुन्छ भन्ने भ्रमपूर्ण विचार राख्थे । हामी विचारको कुरा गरिरहेका छौ तर उहाहरू भने पद, शक्तिजस्ता कुरा देखाएर छोप्ने असफल कोसिस गरिरहनुभएको छ । त्यसकारण उहाहरू माक्र्सवादीका सन्तानहरू नभएर गोयबल्सका सन्तानहरू भएको अनुभूति हुन्छ ।
० अब अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हाम्रो पार्टी जनताको पार्टी हो, हामीले उठाएको मुद्दा जनताका मुद्दा हुन् । अहिले मुलुक संक्रमणकालको जटिल मोडबाट अगाडि बढ्दैछ । यो अवस्थामा पार्टीहरूले पटक-पटक संघर्षको उठान् गर्दै जनतालाई धोका दिादै आइराखेका छन् । ००७ सालदेखिको परिघटना हेर्ने हो भने पछिल्लो सात बुादै सहमतिसम्म आइपुग्दा जनताले धोका पाउादै आइरहेको छ । यो हेर्दा जनताहरू वाक्क हुने अवस्था पनि हो । देशको परिवर्तन सही अर्थमा अघि बढ्नको लागि जनताले फेरि पनि यी धोकापूर्ण सम्झौताहरूलाई छताछुल्ल पारेर नया ढङ्गले नया आन्दोलनमा जनता फेरि केन्दि्त हुनुपर्छ, त्यसको लागि तयार रहन म जनतालाई अपिल गर्दछु ।

Advertisements

वर्गहरु

%d bloggers like this: