Posted by: chhepyastra weekly | अक्टोबर 23, 2011

बिपा सम्झौतामा हाम्रो सहयोग र समर्थन रहदैन
सीपी गजुरेल ‘गौरव’, सचिव- एनेकपा माओवादी
० प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा बिपा सम्झौतामा हस्ताक्षर गर्नुभएको छ, यसलाई पार्टीले कसरी लिएको छ ?
प्रधानमन्त्री भारत भ्रमण जानुअघि हाम्रो पार्टीले स्थायी समिति बैठक बसेको थियो । उक्त बैठकले भारतसाग दीर्घकालीन असर गर्ने कुनै पनि सन्धिसम्झौता नगर्ने, भ्रमणलाई विशुद्ध सद्भावपूर्ण बनाउने भन्ने निर्णय गरेको थियो । उहालाई पार्टीले त्यहीअनुसार गर्न निर्देशन दिएको थियो । विपा सम्झौता पार्टी निर्णयविपरीत हो, सागसागै यो राष्ट्रिय हितविपरीत पनि छ । बिपा सम्झौताले खासगरी भारतीय उद्योग कम्पनीहरू जो नेपालमा स्थापित भएका छन्, तिनीहरूलाई हड्ताल, प्राकृतिक वा अन्य कुनै कारणले घाटा पुग्न गयो भने त्यसको क्षतिपूर्ति नेपाल सरकारले दिनुपर्छ । यस्तो व्यवस्थाले नेपालको अर्थतन्त्र धराशयी हुन्छ । यसले नेपालको आर्थिक विकासमा घातक परिणाम ल्याउाछ । त्यसकारण बिपा सम्झौता हाम्रो सहमति हुादैन । हामी यस सम्झौताको विरोध गछौंर्ं ।
० बिपा सम्झौताको सन्दर्भमा प्रधानमन्त्रीले राष्ट्रनिर्माणको लागि आफूले जुवा खेलेको बताउनुभएको छ । के प्रधानमन्त्रीले यसरी अगाडि बढ्नु राष्ट्रको निम्ति उचित होला त ?
राष्ट्रको अर्थनीतिलाई जुवा खेलाइसाग जोड्न मिल्दैन । सम्झौता गर्दा प्रधानमन्त्री एक्लैले अन्य दलहरूसाग छलफल नै नगरी गरेका छन् । प्रधानमन्त्रीलाई एक्लैलाई यस्तो सम्झौतामा हस्ताक्षर गर्ने अधिकार हुादैन । राष्ट्रको हितलाई सर्वोपरि नठानी जथाभावी सम्झौता गर्नु प्रधानमन्त्रीको ठूलो गल्ती हो, यसले मुलुकलाई अहित गर्छ ।
० तपाईंले एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीले मुलुकको साख गिराए, पार्टीको पनि साख गिराए भन्नुभएको थियो, वास्तविकता के हो ?
मैले एउटा प्रसङ्ग जो फैजान हत्यासाग सम्बन्धित थियो । त्यस हत्याकाण्डको विषयमा सबैको चासो बढेको छ । राजधानीको अत्यन्तै संवेदनशील ठाउामा त्यसमा पनि दिउासै हत्या भएको छ । हत्याराहरू पैदलै आएर पैदलै भागे । त्यहा कसैले उनीहरूलाई समात्न सकेन । सरकारले अहिलेसम्म अपराधी यो हो भनेर पहिचानसम्म गर्न सकेको छैन । त्यस विषयमा सम्बन्धित सरोकारवालाहरू प्रधानमन्त्रीलाई भेट्न जादा उहााले हामी सरकारमा त गयौ तर सत्ता हाम्रो छैन म निरीह छु म केही गर्न सक्दिन भनेर उनीहरूलाई फर्काइएको कुरा त्यस कार्यक्रममा आयो । प्रधानमन्त्रीको हैसियतले त्यसो गर्न मिल्दैन । प्रधानमन्त्रीले म निरीह छु केही गर्न सक्दिन भनेर भन्नु राम्रो कुरा होइन । यो उहाको गैरजिम्मेवारपना हो । नागरिकहरूको सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्छ । प्रधानमन्त्रीको यस्तो भनाइले पार्टीको साख गिराइएको भनेर मैले त्यस अवसरमा भनेको हु ।
० तपाईंहरू यो सरकारले कार्यशैलीबाट सन्तुष्ट हुनुहुन्छ ?
सरकारको पूर्णरूपमा मूल्यांकन गर्ने समय त भएको छैन । सय दिनलाई हनिमुन भन्ने चलन पनि छ । त्यति समय त कुर्नै पर्छ । जसरी मानिसहरूले यो सरकारबाट अपेक्षा गरेका थिए, त्यो अपेक्षा पूरा भएको चाहिा कतै पनि देखिादैन । हामीले सरकारको मूल्यांकन ठोसरूपमा त गरेका छैनौ । तर, मान्छेका अपेक्षाहरूचाहिा पूरा नभएका कुरा चौतर्फीरूपमा आइरहेको छ ।
० पार्टीभित्रको अन्तरसंघर्ष अहिले त्यति चर्चामा छैन के पार्टीभित्रको अन्तरसंघर्ष सुल्भिको हो या केही समयको लागि थाती राखेको हो ?
पार्टीभित्रको अन्तरसंघर्ष टुङ्गएिको छैन । यसलाई एउटा नीति बनाएर हल गर्नुपर्छ । अहिले नेतृत्वसाग हाम्रो एकखाले सहमति भएको छ । त्यो सहमतिमा नेतृत्वले सच्चिने र हामी पनि सडकमा नजाने सहमत गरेका छौ । यो पार्टीभित्रको बहस हो, यसलाई केन्द्रीय समिति बैठकमार्फत् वा अन्य विधिमार्फत् टुङ्गयाउने निर्णय भएको हो । यसै हुनाले हामी अहिले सडकमा ओर्लेका छैनौ तर हाम्रा विचारहरू राख्ने काम भने गरिरहेका छौ ।
० प्रधानमन्त्री भारत भ्रमण जानुअघि शान्तिप्रक्रिया टुङ्गाउने विषयमा रातभरि बैठक बस्यो तर निकास निस्कन सकेन, यसको आशयचाहिा के थियो ?
शान्तिप्रक्रियाको काममा खासगरी सेना समायोजन गरिहाल्ने, त्यो पनि प्राविधिक किसिमले पैसा कति लिने, संख्या कति राख्नेजस्ता कुराहरूलाई मिलाएर जनमुक्ति सेनालाई समावेश गराइहाल्ने तर्क उठेको थियो । तर, छलफल गर्दै जाादा सेना समायोजनका सन्दर्भमा धेरै विषयहरू बाकी रहेको देखियो । तीन वर्षमा नटुङ्गएिको विषय एक रातमा टुङ्गयाइदिउ भन्ने कुरा सम्भव थिएन । बाहिर सहमति भइसक्यो, प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि हस्ताक्षर हुन्छ भन्ने प्रचार गरियो, जुन सत्य होइन । छलफल कार्यक्रममा केही पनि सहमति भएको छैन, कुनै पनि विषय टुङ्गएिको छैन ।
० समय छदा कुनै काम नगर्ने अनि अप्ठ्यारो परेपछि रातारात तात्ने यो पार्टीहरूको शैलीले गर्दा शान्ति र संविधान त निर्माण नहुने भयो नि ?
यो शैली बेठीक हो । अहिले विगतमा गरिएका कतिपय सम्झौताहरू टुङ्गएिका छैनन्, यसो हुनुको कारण समय सकियो, उज्यालो हुन लाग्यो भनेर हतार गर्दा नै हो । यो तरिका बेठीक हो । समयको चापलाई देखाएर हस्ताक्षर गरिनहाल्ने भन्ने सोचले पनि काम गरेकोछ भन्ने मलाई लाग्छ ।
० चार बुादे सहमति खारेज हुनुपर्छ भन्ने तपाईंहरूको भनाइरहेको छ, यस विषयमा के भइरहेको छ ?
हाम्रो त्यो माग कायमै छ । यसको मूल्यांकन त केन्द्रीय समितिमा गएर हुन्छ । चार बुदे टेकेर रक्षामन्त्रीले जुन अभिव्यक्ति दिए, त्यसको विरुद्ध हामीले सार्वजनिकरूपमा बोल्यौ । त्यो समस्या अहिले हल भएको छ । तर, चार बुादेका अन्य कुराहरू यथावत् नै छन्, त्यस विषयमा पार्टीभित्र बहस हुन बाकी नै छ । यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुन्छ ।
० केन्द्रीय समिति बैठक डाक्न संस्थापन पक्ष किन आनाकानी गरिरहेको छ ?
यस विषयमा जनतालाई जवाफ दिन निकै गाह्रो छ । केन्द्रीय समितिको निर्णय विपरीत गएर निर्णयहरू कार्यान्वयन भएको छ । चार बुादे सहमति जुन भयो, त्यो केन्द्रीय समितिको निर्णयविपरीत छन् । यी विषयमा केन्द्रीय समितिलाई जवाफ दिन गाह्रो भएकोले केन्द्रीय समिति बैठक लगातार सार्ने काम भएको हो कि भन्ने आशंका पैदा भएको छ ।
० केन्द्रीय समिति बैठकपछि विषयहरू कसरी अगाडि बढ्छन् भन्ने तपाईंलाई लाग्छ ?
केन्द्रीय समितिमा गएर बहस हुन्छ । आखिर बहस र छलफलबाट नै सबै विषयको टुङ्गो लगाउने कुरा हुन्छ । यस कारण हामी बहस गरेर नै निर्णयमा पुग्न सकिन्छ भन्ने आशामा छौ ।
० तपाईंलाई माओवादी पार्टीभित्रको स्थायी प्रतिपक्षी हो भनेर संस्थापन पक्षले आरोप लगाउने गरेको छ, यस विषयमा के भन्नुहुन्छ ?
म पार्टीको नेतृत्वदायी तहमा त धेरै समय रहेा । तर, अध्यक्षको ज्यादै नजिकै रहने ठाउामा म रहिन । म सरकारमा पनि गइन र जाने कुनै निर्णय पनि भएन । मैले पार्टी र सरकारले गरेका गलत कामको विरोध गरिनै रहेा । मैले जे देखेको थिएा र त्यही भनिनै रहेा । सायद त्यसै भएर मलाई यसो भनिएको हुन सक्छ । मलाई यसोभन्दा कुनै नराम्रोचाहिा लागेको छैन । म गलत प्रवृत्तिको विरुद्ध लडिरहन्छु । यो मेरो चाहना पनि हो ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
अहिलेको परिस्थिति निकै गम्भीर छ । शान्ति र संविधानमा ठूलाठूला चुनौतीहरू छन् । भर्खरै मात्र पार्टीले निर्णय नगर्दा-नगर्दै पनि केही सम्झौता भारतसाग भएको कुरा बाहिर आइरहेको छ, जसले गर्दा राष्ट्रियताको विषय धेरै नै गम्भीर बनेको छ । यस्तो बेलामा सबै देशभक्त, गणतन्त्रवादीहरू, वामपन्थीहरू एकजुट भएर हाम्रो राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, राष्ट्रिय सार्वभौमिकतालाई जोगाउने काम गर्नुपर्छ भन्न चाहन्छु ।

Advertisements

वर्गहरु

%d bloggers like this: