Posted by: chhepyastra weekly | अक्टोबर 15, 2011

 

सरकार सही नीतिद्वारा सञ्चालित भएन
खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्यूरो सदस्य- एनेकपा माओवादी
० पार्टीको गुटगत भेला रोकिएको छ, के साच्चै पार्टीभित्रको विवाद टुङ्गएिकै हो ?
हाम्रो पार्टी अध्यक्षले यही २९ गते भेला बोलाएको सुनियो र त्यो भेला राष्ट्रिय भेला हो भन्ने बाहिर प्रचारबाजी गरिएको थियो । त्यस’boutमा बुझ्दा अध्यक्षले आˆनो धारको, आˆनो गुटको भेला बोलाएको थाहा पाइयो र त्यसैलाई राष्ट्रिय भेला भनेर देशैभरि प्रचारबाजी गरिएको रहेछ र सञ्चार माध्यममा पनि त्यही ढङ्गले प्रचार गरिएको रहेछ । त्यो थाहा पाइसकेपछि हामीले किरणजीमार्फत्, बादलजीमार्फत् र उहाहरू दुवैको संयुक्त रूपमा पनि यो आˆनो समूहको भेला बोलाएर राष्ट्रिय भेला भनेर प्रचारबाजी गर्नु वैचारिक दृष्टिले, नीतिगत दृष्टिले पनि गलत भयो । संगठनको दृष्टिले अध्यक्षले नै यस्तो भेला गर्न थालेपछि पार्टी फुटतिर जान्छ र यसको सम्पूर्ण दोष अध्यक्षलाई जान्छ । समूहको भेला बोलाएर राष्ट्रिय भेलाको प्रचारबाजी गर्नु आफैामा अनैतिक र कायरता हो । त्यसकारण त्यो गलत थियो भन्यौ र भेला रोकिएको छ ।
मूल कुरा त असोज १३ गते केन्द्रीय समितिको बैठक तोकिएको थियो । त्योबीचमा दशैा पनि परेको र अध्यक्ष आपैले अनुरोध गरेर पार्टीभित्रको स्थिति अलि गम्भीर भयो, यसलाई सकारात्मक दिशातिर लैजानको निम्ति केही अभ्यासहरू गर्नुपर्ने भएकोले केही समय आवश्यक भयो भनेर दशैापछि बैठक गरौ भनेर उहा आपैले समय माग्नु भएको हो । योबीचमा केन्द्रीय समितिको बैठकको तयारी गरिरहनु भएको होला भनेको त अध्यक्ष आपैले गुटगत भेला बोलाउनु भएछ । हामी त केन्द्रीय समितिको बैठकको तयारीमा पो जुट्ने हो र केन्द्रीय समितिको बैठकमा छलफल गरेर पार्टीभित्रका मतमतान्तर र विवादका विषयहरूमा एउटा निचोड निकालौ भन्नेमा थियौ । पार्टी कार्यकर्ता र आमजनताले चाहेको कुरा पनि यही थियो । त्यसैले यही कातिक १७ गते केन्द्रीय समितिको बैठक बस्ने र योबीचमा केन्द्रीय समितिको बैठकको लागि सकारात्मक पहल गर्ने, सकारात्मक अभिव्यक्ति दिने, सकारात्मक क्रियाकलापहरू अगाडि बढाउने सहमति भएको छ । यसले निश्चित रूपमा विगतको स्थितिबाट एउटा सकारात्मक दिशातिर गएको छ । अब केन्द्रीय समितिबाट यसले कस्तो रूप लिन्छ ? त्यो हेर्न बाकी नै छ । हामी एउटा जिम्मेवार क्रान्तिकारी भएकाले केन्द्रीय समितिमा पार्टीभित्रका समस्याहरूमा छलफल भई त्यसको क्रान्तिकारी समाधान निस्कन्छ भन्नेमा ढुक्क छौ ।
० सरकारका बहालवाला मन्त्रीले नै देश टुक्रन सक्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । यस विषयमा के भन्नुहुन्छ ?
यो सरकार जुन जगमा बन्यो, जसलाई चार बुादे भनिन्छ । चार बुादेलाई पढ्दा र चार बुादेको अन्तरवस्तुलाई हेर्दा त्यसैको व्यवहारिक अभिव्यक्तिबाहेक रक्षामन्त्री शरत्सिंह भण्डारीले अभिव्यक्तिलाई अर्को रूपमा लिनु कि त मूर्खाता हुन्छ कि बेइमानी वा बदमासी हुन्छ । यो सरकार जनाधारको जग र परिवर्तनकामी राजनीतिक पार्टीको जगभन्दा पृथक जगबाट बनेको छ, जसले अहिलेका राष्ट्रिय मुद्दा जनताका राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न सक्दैन भन्ने कुरा नीतिगत दृष्टिले, सैद्धान्तिक दृष्टिले त्यसैबेला प्रष्ट भइसकेको कुरा हो । अहिले पछिल्लो दिनमा व्यवहारिक दृष्टिले पूरा भएको घटनाक्रम मात्र हो । चार बुादेको जगमा सरकार गठन र सरकारले गरेका कतिपय आपत्तिजनक क्रियाकलापहरू, घटनाहरू जसले आमजनतालाई चिन्तित र तरङ्गति बनाएको छ ।
० के सरकारको औचित्य समाप्त भएको भन्न खोज्नु भएको हो ?
योबीचका सबै घटनाक्रम हेर्दा सरकारको अगाडि गम्भीर प्रश्न खडा भएको देखिन्छ । यो सामान्य होइन ।
० अब माओवादीको रणनीतिचाहिा कस्तो हुन्छ त ?
पहिलो कुरा पार्टीभित्रको बहसलाई व्यापक बनाउाछौ । यसलाई रूपान्तरणको दिशातिर अगाडि बढाई पार्टीलाई एकीकृत बनाएर अगाडि बढ्छौ । अर्को कुरा, सरकारको विषय पछिल्लो चरणमा जुन कुराहरू उठिरहेका छन्, ती विषयलाई पनि पार्टीको केन्द्रीय समितिको बैठकमा छलफल गछौ । केन्द्रीय समितिले नै निश्चित धारणा निर्माण गर्छ र त्यहीअनुसार हामी अगाडि बढ्छौ ।
० पार्टीकै नेतृत्वमा सरकार गठन भएको छ, पार्टीभित्र व्यापक विवाद छ, कार्यकर्ताहरू निरास छन्, जनताहरू आक्रान्त छन्, कसरी अगाडि बढ्नु हुन्छ ?
हामीले माधव नेपालको सरकारलाई कठ्पुतली भन्या, दलाल भन्यौ, जसले नेपालमा राजनीतिक समस्याको पनि थुप्रो लगायो, जनजीवीका, जनताका सवाललाई असरल्ल पार्यो र त्यस सरकारलाई हटायौा । त्यसपछि झलनाथको नेतृत्वमा सरकार बनायौ । झलनाथको सरकारले सकारात्मक कामहरू अगाडि बढाउादैथ्यो तर राजनीतिक स्थितिमा जटिलता आएकोले उहाले राजीनामा दिनुपर्यो । पछि हाम्रै पार्टीको उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्यो । हाम्रै पार्टीको नेतृत्वमा बनेको सरकारको कारण देशको राजनीतिक मुद्दा र जनताका जनजीवीकासाग सम्बन्धित आकांक्षा र अपेक्षाहरूमाथि पछिल्लो दिनमा जुन निराशा छाएको छ, यसले आमकार्यकर्ता र जनता दुःखी छन् भन्ने कुरा सही हो ।
सरकार सही नीतिद्वारा सञ्चालित भएन । अहिलेको सन्दर्भमा सरकार प्रगतिशील, अग्रगामी सोचहरूलाई, प्रवृत्तिहरूलाई साथ लिएर जान सकेन भने त्यसले आमनेपाली जनताको भावानाको, विचारको र चाहनाको पनि कदर गर्न सक्दैन । कतै न कतै यही फरक परेको छ जस्तो लाग्छ । त्यसकारण जनता चिन्तित बनेका छन् र यसलाई नया ढङ्गले सम्बोधन गर्ने, नया ढङ्गले समाधान गर्नेतिर लाग्नुपर्छ ।
० अन्त्यमा आमजनतालाई के अपिल गर्नु चाहनुहुन्छ ?
पछिलो दिनमा हाम्रो क्रान्तिको प्रक्रियामा हामी संक्रमणकालमा छौ, संक्रमणकाल लम्बिएको छ । सक्रमण भन्ना साथ अलिति बढी पीडादायी, अलि बढी अन्योलग्रस्त र अलि बढी ठूलठूला प्रश्न यसले जन्माउनु त निश्चित रूपमा हुन्छ नै । तर, यो संक्रमणकालले नेपाली जनता अलि बढी नै पीडित भएका छन् । जनतामा अलि बढी चिन्ता नै थपिदिएको छ, जनताले अलिबढी दुःख पाएका छन् । यसलाई प्रसव पीडाको रूपमा लिादै जनताको भावना र आकांक्षाअनुसारको संविधान बनाउन र त्यो संविधानले संस्थागत गर्ने जनताको संघीय गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्ने मेरुदण्डको काम गर्ने राष्ट्रिय सेना निर्माणको निम्ति एक पटक निराश नभईकन पहलकदमी लिइ दिन म आमनेपालीलाई अपिल गर्दछु । साथै हामीले राष्ट्रको परिवर्तन, नेपाली जनताको परिवर्तन र यहाको राज्य व्यवस्थाको परिवर्तनको निम्ति जोखिमपूर्ण क्रान्तिको बाटो रोजेको हुनाले जनताले पूर्ण स्वतन्त्रता र पूर्ण मुक्ति नपाउादासम्म जनताको पक्षमा हामी निरन्तर लडिरहने छौ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।

Advertisements

वर्गहरु

%d bloggers like this: