Posted by: chhepyastra weekly | सेप्टेम्बर 17, 2011

अध्यक्ष स्वयम् संयमित बन्नुपर्छ
हरिभक्त काडेल ‘प्रतीक’, पोलिटब्युरो सदस्य – एकीकृत नेकपा माओवादी
० तपाईंहरूको पार्टीको नेतृत्वमा सरकार गठन भएको छ, प्रधानमन्त्रीले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । तर, तपाईंहरू सरकारमा जानु भएन नि ?
पार्टीका कतिपय नीतिहरूमा हाम्रो मतभिन्नता रहेको छ । पार्टी केन्द्रीय समिति बैठकले लिएका निर्णयहरू विपरीत सरकारले जुन खालका निर्णयहरू लिन थाल्यो, त्यसपछि हामीले यस्ता निर्णयहरू नसच्चिएसम्म सरकारमा जानु हुादैन भनेर नै हामी सरकारमा नगएको हो ।
० पार्टीभित्रको अन्तरसंघर्ष झनै चुलिादै गएको छ भने प्रचारमा आइरहेको छ, वास्तविकता बताइदिनुस् न ?
एउटा गतिशील पार्टीमा अन्तरद्वन्द्व चलिरहन्छ । यो कहिले मन्द गतिमा त कहिले तीव्र गतिमा हुन्छ । अहिले पार्टीभित्रको छलफल घनिभूत भएको छ । हामीले प्राप्त गरेका उपलब्धिहरूलाई कसरी संस्थागत गर्ने र कसरी अग्रगामी दिशामार्फत् विजयतर्फ लैजाने भन्ने सवालमा गम्भीर मतभिन्नताहरू देखापरेका छन् । बाहिरबाट हेर्दा सााचो प्रकरण सामान्यजस्तो देखिए पनि योसाग समग्र सेना समायोजनको प्रश्न जोडिएको छ । अरु कतिपय विषयहरूमा पनि हाम्रो गम्भीर मतभिन्नता छ । सरकार गठन हुादा भएका चार बुादे सहमतिलगायतका अन्य सहमतिहरू भए, त्यसमा पनि हाम्रो गम्भीर आपत्ति एवं असहमति छ । यो विषयहरूका बाबजुद पनि हामीहरू छलफलका प्रक्रियाबाट निकास निकाल्न केन्द्रीय समितिको बैठक बोलाउने काम भएको छ । केन्द्रीय समिति बैठक बस्न ढिलाइ भइरहेको छ । केन्द्रीय समिति बैठकमार्फत् विवाद रहेका विषयलाई टुङ्गयाउादै अगाडि बढ्नुपर्छ ।
० धोविघाट भेलामार्फत् बाबुरामलाई प्रधानमन्त्री छानियो भनेर तपाईंहरू नै भनिरहनु भएको छ, फेरि मधेशवादी मोर्चासाग भएको चार बुादे सहमतिको पनि विरोध गरिरहनुभएको छ, यो विवादास्पद कुरा भएन र ?
प्रधानमन्त्री हुनको लागि बाबुरामलाई पार्टीले सर्वसम्मत निर्णय गरेको र धोविघाट नै त्यसको आधार हो । यो नै सत्य कुरा हो । हामीले धोविघाट बैठकमा भट्टराईलाई जुन खालको सहमति दिएका थियौा, त्यो सैद्धान्तिक थियो । कार्यान्वयनको पाटोमा जाादा त्यो कसरी अगाडि बढ्ने भन्ने विषयमा हाम्रा छलफलहरू थिए । छलफललाई उहााले सामूहिक ढङ्गले निर्णय नगराई आˆनो ढङ्गले अगाडि बढ्न खोज्नुभयो, यसले गर्दा छलफल गरेका नियमहरू छुट्न पुगे । निर्णय भएका विषयभन्दा फरक ढङ्गले उहाा अगाडि बढ्न थालेपछि उहााको शैली र गलत क्रियाकलापप्रति हामीले समर्थन गर्ने कुरा भएन नि ?
० भनेपछि बाबुरामले धोविघाट भेलामा भएको सम्झौतालाई घात गर्दै अध्यक्षसाग मिलेर मोर्चासाग सम्झौता गर्दै प्रधानमन्त्री बन्नुभएको भन्ने हो ?
बाबुराम भट्टराईलाई जसरी अगाडि बढ्नुभएको छ । उहााले धोका दिनु भयो भन्ने नै हो । उहााले धोविघाट मोर्चाका साथीहरूसाग, नेताहरूसाग छलफल गरेर अगाडि बढ्नुपथ्र्यो । तर, उहााले रातारात सम्भौता गरेर पार्टीलाई समेत छल्ने जुन काम भए ती काम हामीलाई स्वभाविक लागेन ।
० सेना समायोजनको सन्दर्भमा प्रधानमन्त्री र प्रचण्ड अरु सबै पक्षलाई बाईपास गरेर आˆनो ढङ्गले अगाडि बढ्ने कुरा हालै मात्र सार्वजनिक भएको छ, यस विषयमा के भन्नुहुन्छ ?
उहााको त्यो अभिव्यक्ति हामी शान्ति र संविधान निर्माणप्रति प्रतिबद्ध छौा भन्ने होला । हामी शान्ति र संविधान निर्माणप्रति प्रतिबद्ध छौ भन्ने कुरामा पार्टीमा विमति छैन । तर, त्यस प्रक्रियामा कसरी अगाडि बढ्ने, ठोसरूपमा कसरी अगाडि जाने भन्ने मूल कुराहरू छन् । जनतालाई अधिकार सम्पन्न बनाउने संविधान लेख्ने काम, राष्ट्रलाई मजबुत बनाउने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सम्मानजनक सेना समायोजनको प्रक्रिया अगाडि बढाउनुपर्छ । त्यसलाई विधिसम्मत ढङ्गले अगाडि बढाउनुपर्छ । छलफलको प्रक्रियाबाट निष्कर्षमा सबै विषयहरू पुर्याउनुपर्छ । सेना समायोजनलगायतका विषयमा पनि पार्टीभित्र घनिभूत छलफल हुनुपर्छ ।
० हालै मात्र पार्टी सचिवमाथि पूर्वाञ्चलमा भएका विभिन्न कार्यक्रममा संस्थापन पक्षले बाधा हाल्यो, गाडीको सााचो खोसियो, कालो झण्डा देखाइएका कुराहरू आइरहेको छ, यसले त पार्टीलाई झनै आराजक बनाएन र ?
हो, यस घटनाले पार्टीमा अराजकता छिरेको प्रस्ट भएको छ । पार्टीभित्र वैचारिक संघर्ष हुन्छ, त्यो मैत्रीपूर्ण हुन्छ । विचारधारात्मक संघर्ष विभिन्न समितिहरूमा गरिन्छ । त्यो प्रक्रिया पत्रिकामार्फत् या अन्य विधिमार्फत् अगाडि बढ्न सक्छ । अहिले हाम्रा विचार समूहहरू परिचालित भइरहेका छन् । सत्ता पक्ष जस्तो भएर अध्यक्षले भित्रीरूपमा आˆनो गुट परिचालन गरिरहनु भएको छ, त्योअनुसार निर्देशन दिइरहनुभएको छ । बाबुराम पनि त्यसमा असाध्यै सक्रिय हुनुभएको छ । यो परिप्रक्ष्यमा हामीले आˆनो विचार र राजनीतिलाई आˆनो छलफलमा लगिरहेका छौ। विचारको बहसलाई अमैत्रीपूर्ण बनाउने काम अध्यक्ष समूहबाट देखापर्यो, यसले मैत्रीपूर्ण विचार र बहसभन्दा पनि वर्गसंघर्षतर्फ लैजाने, अमैत्रीपूर्ण बनाउने, पार्टीलाई एकै ठाउामा बस्न नदिने षड्यन्त्रमा आधारित छ । त्यसकारण यस प्रकारका उत्तेजना फैलाउने मान्छेहरूलाई नियन्त्रण गर्न नसक्नु अध्यक्षको स्वयम् कमजोरी हो । यो कुरा त अध्यक्ष पक्षका साथीहरूले, अध्यक्ष स्वयम्ले संयमित बन्ने, बनाउने र छलफललाई मर्यादित ढङ्गले अगाडि बढाउनेतर्फ कोसिस गर्नुपर्छ भन्ने लाग्छ ।
० तपाईंहरूभित्र देखापरेको अन्तरद्वन्द्व सत्तालिप्साको पराकाष्ठा हो भन्ने एकथरिको भनाइ छ नि, यस विषयमा के भन्नुहुन्छ ?
यहा मान्छेहरूले विभिन्न खालका आरोपहरू लगाउने गरेका छन् । ती सत्य होइनन् । सत्ताप्रति जो मानिसहरू बढी आकषिर्त छन्, ती मान्छेहरूले यस्ता आरोप लगाउने गरेका छन् । उनीहरूले वैचारिक कुराभन्दा ज्यादा यस्ता कुरा उठाएर कार्यकर्ता र जनतालाई भ्रमित गर्ने जुन खालका काम भएको छ, यो सही होइन यो षड्यन्त्रको एउटा अङ्ग हो । हामी विचारको राजनीति गर्नेहरूले सबैभन्दा पहिला नीतिगत पार्टीमा स्पष्ट भएपछि मात्र सरकारमा जाने नजाने टुङ्गो लगाउन सकिन्छ । पदको कुरासाग जोडेर विषयवस्तुलाई व्याख्या गर्नु मित्था आरोप हो । स्वयम् उहाहरूको विचमा पद र प्रतिष्ठाको होडबाजी चलिरहेको छ । त्यसकारण कहिले श्रीमान्, कहिले श्रीमती मन्त्रिमण्डलमा सहभागी भएका छन् । को-कति पदलोलुप छ भन्ने कुरा बुझ्न यो मन्त्रिमण्डललाई हेरे पुग्छ । यो कुरा जनताको अगाडि छ्याङ्गै छ ।
० पार्टीभित्रको अन्तरद्वन्द्व समाधान गर्न केन्द्रीय समिति बैठक किन ढिलो गरी बोलाइयो ?
केन्द्रीय समिति बैठक २ गते बस्ने भनिएको थियो तर प्रधानमन्त्रीलगायत पार्टीका अन्य साथीहरू राष्ट्रसंघको सभामा भाग लिन न्यूयोर्क जाने भएकाले बैठक सारिएको हो । तर, बैठकलाई त्यसभन्दा अगाडि नै डाक्न सकिन्थ्यो । सायद त्यो बेलामा बैठक बस्ला, त्यसले निकास निकाल्ला भन्ने हामीलाई लागिरहेको छ ।
० कम्युनिस्टहरूलाई सत्ता फाप्दैन, सत्तामा पुगेपछि उनीहरू फुट्छन् भन्ने जो संसद्वादीहरूले आरोप लगाउाथे त्यो माओवादीमा पनि लागू हुने जस्तो देखियो नि ?
त्यो कथा त छादैछ । हामी भागवन्डाको लागि आइरहेका छैनौा । अहिले जनता र मुलुकको लागि गर्नुपर्ने काम धेरै छ । सरकारमा जाने, खाने, आˆनो व्यक्तिगत पोजिसन बनाउनेधन्दा त साथीहरूले गरिरहेका छन् । अहिले जनता अधिकार सम्पन्न भएको छैन । जनताको संविधान बनेको छैन । शान्तिप्रक्रिया निष्कर्षमा पुगेको छैन । त्यसकारण अहिले हामी बााडिचुाडी खाने, भागवन्डा गर्ने पक्षमा छैनौा ।
० सरकारले माओवादीले कब्जामा लिएको भनिएको सबै घरजग्गा फिर्ता गर्ने, मधेशी युवालाई दश हजारको संख्यामा नेपाली सेनामा भर्ना लिने भन्ने जुन कार्यक्रम ल्याएको छ, यस विषयलाई पार्टीले कसरी हेरेको छ ?
यो पार्टी निर्णयविपरीत छ । क्रान्तिकारी भूमिसुधारमार्फत् सरकारले जमिनदार, सुकुमबासी, किसान, मजदुरहरूको समस्या समाधान गर्नुपर्छ भन्ने कुरा हामीले उठाइरहेका छौा । यो कुरा निष्कर्षमा नपुगिराखेको अवस्थामा सामन्त र जमिनदारको मात्रै समस्या समाधानतर्फ लाग्नु पार्टी नीतिविपरीतको कुरा हो । यसले पार्टीलाई पनि भलो गर्दैन र यो पार्टी नीतिविपरीत सोह्रैआना उल्लंघन हुन्छ । दलहरूको सेना हुने कुरा हुादैन । जनयुद्धको प्रक्रियाबाट हाम्रो जनमुक्ति सेना बन्यो र त्यो प्रमाणीकरण भयो । त्यो सेनालाईचाहिा निशस्त्रीकरण गर्ने, त्यसलाई अपमान गर्ने हुादै नभएको सेनालाई भर्ती गर्ने भन्ने कुरा स्वयम् राष्ट्रियता विपरीत छ । यो राष्ट्रिय स्वाधीनताविपरीत छ । यो कुरामा नेपाली जनता चनाखो भएनन् भने यो मुलुकमा विस्तारै सिक्किमीकरण हुने खतरा छ ।
० भनेपछि प्रधानमन्त्री बाबुराममाथि लाग्ने गरेको भारतपरस्तको आरोप अहिले आएर सत्य सावित हुन खोजेको हो त ?
यो कुरा समयले बताउादै जाला । विभिन्न खालका शक्तिकेन्द्रहरूको आड नलगाई टिक्न सकिन्न भन्ने सोच त यहाभित्र पनि पसेकै छ भन्ने हामीलाई लागेको छ ।
० अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?
अहिले जनताका समस्याहरू हल गर्दै संविधान बनाउने कुराप्रति हामी दृढ भएर लाग्नुपर्छ । शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन जनताले आˆनो ठाउाबाट सक्दो पकलहद्मी लिनुपर्छ । जनता दिग्भ्रमित हुनुहुादैन ।

Advertisements

वर्गहरु

%d bloggers like this: