Posted by: chhepyastra weekly | सेप्टेम्बर 10, 2011

चाबी प्रकरणको विषयलाई टुङ्गो नलगाएसम्म सरकारमा सहभागी हुने कुरै आउदैन
सीपी गजुरेल ‘गौरव’, सचिव- एनेकपा -माओवादी
० सेना समायोजन विशेष समितिलाई चाबी बुझाइएको विषयमा तपाईंको पार्टीभित्र चरम विवाद सिर्जना भएको छ, यो विषयले कहिले निकास पाउला ?
साचो हस्तान्तरणको विषयमा देखिएको विवाद केन्द्रीय समिति बैठकमार्फत् टुङ्गयाउने सहमति भएको थियो । केन्द्रीय समितिको बैठक सर्दै गएको छ । यस विषयमा अब बस्ने केन्द्रीय समितिले निर्णय लिन्छ ।
० केन्द्रीय समितिको बैठक पनि ढिला गरेर ढाकिएको छ, यसको कारण के होला ?
केन्द्रीय समितिको बैठक छिट्टै बोलाइएको थियो । हामीहरूले त यो विषय पहिल्यै टुङ्गयाउनुपर्छ भनेका थियौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विदेश भ्रमण भएकाले त्यो सारिएको हो । केन्द्रीय समितिको बैठक असोजको १३ गते बस्ने निर्णय भएको छ । प्रधानमन्त्रीको विदेश भ्रमण भएकाले नै बैठक सरेको हो ।
० आगामी असोज १३ गते बैठक डाकिएको छ, त्यतिबेला त दसैा पनि सुरु भइसक्छ, भनेपछि दशैा अगाडि साचो विवादले निकास नपाउने भयो ?
हामीले त छिटोभन्दा छिटो यो विषयमा टुङ्गो लाग्नुपर्छ भनेका हौा । यो विषयलाई टुङ्ग्याउन एकदुई दिन बैठक बसे सकिन्छ । तर, बैठक सारिएको छ तैपनि हामी निकासमा पुग्छौ । बैठकबाटै निकास निकाल्छौ ।
० सरकारमा सहभागिता जनाउने विषयमा के भइरहेको छ ?
हामीले उठाएको मुद्दा टुङ्गो लाग्यो भने सरकारमा जान सकिन्छ होइन भने सरकारमा सहभागी हुने कुरै आउादैन । मुख्य कुरा चाबी हस्तान्तरणको विषयमा देखिएको विवाद समाधान हुनुपर्छ । त्यो विषयमा टुङ्गो लाग्यो भने सरकारमा सहभागी हुने कुरा रहन्छ ।
० भनेपछि केन्द्रीय समितिको बैठक अगाडि तपाईंहरूको तर्फबाट सरकारमा सहभागिता रहदैन ?
केन्द्रीय समितिको बैठकले चाबी प्रकरणको विषयलाई टुङ्गो नलगाएसम्म सरकारमा सहभागी हुने कुरै आउादैन । यो विषयमा टुङ्गो लागेपछि मात्र सरकारमा सहभागी हुने कुरा आउाछ, होइन भने सरकारमा सहभागिता जनाउन सकिन्न ।
० साचो प्रकरणको विवाद समग्रमा कसरी मिलाउनु हुन्छ त ?
सेना समायोजन’bout पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्छ । जसरी पार्टीले सेना समायोजन वैज्ञानिक र सम्मानजनकरूपमा गर्नुपर्छ भन्ने निर्णय गरेको त्यहीअनुरूप अगाडि बढियो भने समस्याको समाधान हुन्छ । होइन, पार्टी निर्णयअनुसार अगाडि बढिएन भने विवाद अझ थपिादै जान्छ । त्यसरी समस्याको समाधान हुदैन । सेना समायोजन वैज्ञानिक एवं सम्मानजनकरूपमा हुनुपर्छ ।
० अहिले तपाईंहरूकै पार्टीको नेतृत्वमा सरकार बनेको छ, यस्तो अवस्थामा पनि सेना समायोजन सम्माजनक रूपमा गर्न सक्नु भएन भने भविष्यमा कसरी गर्न सक्नु होला त ?
हो, हाम्रो नेतृत्वको सरकार भएको बेला सम्मानजनक समायोजनमा जानुपर्ने तर यही बेला चाबी बुझाउने काम भएको छ । बरु हाम्रो पार्टीको नेतृत्वको सरकार नभएको भए चाबी बुझाउने काम हुन्थेन होला । तर, हाम्रै पार्टीको सरकार भएको बेला यो काम हुनु दुःखद एवं खेदजनक छ ।
० चाबी बुझाउने निर्णयविरुद्ध तपाईंहरू सडकमा पनि उत्रनुभयो तर अहिले सडक आन्दोलन स्थगित गर्नुभएको छ, यो प्रकरण छलफलबाट मिल्ने अवस्थामा पुगेको हो ?
सहमति र छलफलको आाधारमा चाबी प्रकरणको विषयले निकास पाउाछ भनेर नै हामीले सडक आन्दोलनमा नजाने भन्ने सोच बनाएका हौ । फेरि पनि त्यस विषयमा मिल्ने अवस्था बनेन भने त सडकमा जानुको विकल्प रहादैन । हामी छलफलको प्रक्रियाबाटै यो विषयले निकास पाओस् भन्ने चाहन्छौ ।
० सरकारले आमसर्वसाधारण जनतालाई राहत दिनेभन्दै तत्काल राहत कार्यक्रम २०६८ घोषणा गरेको छ, यस विषयमा तपाईंको धारणा के रहेको छ ?
जनताले राहत पाउनु राम्रै कुरा हो । मुख्य गरी राहत प्याकेज व्यवहारमा कत्तिको लागू हुन्छ ? त्यो महत्वपूर्ण पक्ष हो । यस विषयमा पछि मात्र कति प्रभावकारी भयो भन्ने मूल्यांकन गर्न सकिन्छ । जनतालाई राहत दिने घोषणा गरेर मात्र हुादैन, व्यवहारमा कार्यान्वयन हुनुपर्छ । त्यसले मात्र यसको सफलता र असफलता निर्धारण गर्छ ।
० राहत कार्यक्रम घोषणा गर्नुपूर्व पार्टीभित्र छलफल भयो या प्रधानमन्त्री आफैाले स्वविवेकले घोषणा गर्नुभएको हो ?
राहत प्याकेज ल्याउने विषयमा पार्टीभित्र थोरै छलफल भएको छ । पार्टीको सहमतिमा नै राहत प्याकेज ल्याएको हो ।
० संविधानसभाको म्याद मंसिर १४ सम्मको लागि थपिएको छ, यसबीच संविधानको खाका आउने, शान्तिप्रक्रियाले पूर्णता पाउने कुनै विश्वसनीय आधारहरू छ त ?
त्यस्तो विश्वसनीय आधार त देखिएको छैन । हामीले विश्वासिलो वातावरण तयार गर्न सक्नुपर्छ । जनतालाई स्वीकार्य हुने जनसंविधान बनाउनुपर्छ, त्यसको लागि प्रयासहरू जारी रहेका छन् ।
० यो सरकार आˆना मुख्य कार्य पूरा नगर्दै विघटनको दिशातर्फ लागेको हो भनिन्छ नि ?
यो सरकारले काम गरिरहेको छ । भर्खरै मात्र जनतामा राहतको कार्यक्रम ल्याएको छ । यो पनि एउटा महत्वपूर्ण काम नै हो । अन्य कामहरू पनि गर्दै जाला ।
० पार्टीभित्रकै साथीहरूबाट असहयोग भइरहेको अवस्थामा नै प्रधानमन्त्रीले आफूले चाहेजस्तो काम गर्न सक्ने अवस्था त देखिएन नि ?
पार्टीबाट कहा असहयोग भएको छ र ? पार्टीबाट त पूरै सहयोग भएको छ । पार्टीले प्रधानमन्त्री र सरकारलाई पूरापूर सहयोग गरिरहेको छ ।
० तपाईंहरू नै सरकारमा सहभागी हुनुभएको छैन अनि कसरी भयो त ?
हामी सरकारमा नगए पनि सरकार चलिरहेकै छ । सरकारले आˆना योजनाहरू अघिसारिराखेको छ । हामीले त्यसको विरोध गरेका पनि छैनौ ।
० माओवादी पार्टीभित्रै सत्ता पक्ष र प्रतिपक्ष छ, त्यसकारण यो सरकारको कुनै औचित्य छैन भन्ने कुरा सार्वजनिक भइरहेको छ नि ?
हामी प्रतिपक्षमा छैनौ । प्रतिपक्षमा त काग्रेस, एमाले रहेका छन् । हामी त सत्ता पक्ष भइहाल्यौ नि ।
० तपाईंहरू सत्ता पक्ष भएको स्वीकार्नु हुन्छ भने आगामी मंसिर १४ गतेभित्र शान्ति र संविधान निर्माण गर्ने ठोस खाका बताइदिनुस् न त ?
शान्ति र संविधान निर्माणको ठोस खाका राजनीतिक दलका नेताहरूबीच छलफल र वार्ताको माध्यमबाट निकाल्ने हो । अन्य दलले ठोस खाका ल्याएजस्तो त देखिादैन । वार्ताको माध्यमबाट नै यो प्रक्रिया अगाडि बढ्ने हो ।
० भनेपछि थपिएको समयमा पनि शान्ति र संविधान निर्माण निष्कर्षमा नपुग्ने भयो ?
अहिले नै के भन्न सकिन्छ र ? हामीसाग समय त अझै बाकी छ नि । राजनीतिक दलहरूबीच सहमति बन्ने र सहमति हुने हो भने अझै पनि समय छ ।
० चाबी प्रकरणको विषय कसरी टुङ्गनिुपर्छ भन्ने तपाईंको धारणा छ ?
केन्द्रीय समिति र स्थायी समितिले गरेको निर्णयअनुसार अगाडि बढ्नुपर्यो । बैठकको निर्णयविपरीत चाबी बुझाउने जुन काम भयो, त्यो गलत थियो । चाबी बुझाउने काम गलत थियो भनेर प्रधानमन्त्री र अध्यक्षले आत्माआलोचना गर्नुभयो भने यो प्रकरण सहज ढङ्गले निकासमा पुग्छ । उहााहरूले आत्माआलोचना गर्नुभएन भने यो थप बहसको विषय बन्छ ।
० तर, संस्थापन पक्ष त पार्टी निर्णयविपरीत हिाडेको भन्दै तपाईंहरूमाथि कारवाही गर्ने कुरा गरिरहेको छ नि ?
कारवाही गर्ने कुरा बजार हल्ला मात्र हो । पार्टीको कुनै पनि तहमा यस विषयमा कुराकानी आएको छैन । हल्लाको पछि लाग्नु हुदैन ।
० पार्टीका शीर्षस्थ नेताहरूले गोर्खामा आयोजित कार्यक्रममा पार्टी कुनै हालतमा फुट्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिनुभएको छ, के पार्टी साच्चीकै फुटको संघरमा पुगिसकेको थियो ?
पार्टी फुट्दैन, पार्टी फुट्नुपर्ने आवश्यकतै छैन । पार्टी फुटेर कसैलाई पनि फाइदा छैन, हामी पार्टी किन फुटाउाछौ, त्यसकारण पार्टी फुट्दैन र फुटको संघरमा पनि पुगेको छैन ।
० आमजनतालाई कसरी विश्वस्त पार्नु हुन्छ, माओवादी पार्टी क्रान्ति पूरा गराउने पक्षमा छ भनेर ?
हामीले हाम्रो तर्फबाट सक्दो पहल गरिरहेका छौ । आमनेपाली जनतालाई क्रान्तिको बाटोमा अघि बढ्न र संघर्षमा साथ दिन अनुरोध गर्छौं र क्रान्ति पूरा गराउन हाम्ो प्रयास जारी रहनेछ । हामी यसमा प्रतिबद्ध छौ ।

Advertisements

वर्गहरु

%d bloggers like this: