Posted by: chhepyastra weekly | सेप्टेम्बर 3, 2011

गल्तीलाई इमानदारितापूर्वक सच्याउने तत्परता देखाउनुपर्छ
कुलप्रसाद केसी ‘सोनाम’, पोलिटब्युरो सदस्य- एनेकपा माओवादी
० सरकारले भर्खर जनमुक्ति सेनाको हतियार रहेको कन्टेनरको साचो विशेष समितिलाई बुझाएको छ । यस विषयमा के भन्नुहुन्छ ?
हामीले चाबी बुझाउने निर्णयको विरुद्ध आन्दोलन गरेका हौ । यो विषय प्रधानमन्त्रीसाग जोडिएको विषय हो । प्रधानमन्त्री को भयो, कसले बुझायो, आफैाले बुझाउादा राम्रो अरुलाई बुझाउादा नराम्रो भन्ने तर्क ठीक हुादैन । साचो बुझाउने निर्णय जनमुक्ति सेनाको निशस्त्रीकरण र आत्मसमर्पण भएकाले हामीले यसको कडा रूपमा विरोध गरेका हौ ।
० तपाईंहरूले नै पठाउनुभएको प्रधानमन्त्रीले यस्तो निर्णय लिएको अवस्थामा अब तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ ?
गल्तीलाई इमानदारितापूर्वक सच्याउने तत्परता देखाउनुपर्छ । विगतमा भएका सेना समायोजनसम्बन्धी सहमतिअनुसार अगाडि बढ्नुपर्छ । हतियार कसको अधीनसतरमा राख्ने हो वा नष्ट गर्ने हो भन्ने विषयमा पहिला सहमति हुन जरुरी छ । पछि गर्दा हुने कामलाई अहिले गर्न खोज्ने अनि अहिले तत्काल गर्नुपर्ने कामलाई पछि धकेल्ने जुन कार्य भएको छ, यसमा हाम्रो गम्भीर आपत्ति रहेको छ ।
० अब तपाईंहरू यो सरकारलाई पूर्णता दिनेतर्फ लाग्नुहुन्छ या प्रधानमन्त्रीलाई फिर्ता बोलाउनेतर्फ लाग्नुहुन्छ ?
प्रधानमन्त्रीले जनता, शान्तिप्रक्रिया र संविधान निर्माणको कामलाई विधिगत ढङ्गे अगाडि बढाउादै हाम्रो पार्टीले उठाएको झण्डालाई उाचो पार्ने भूमिका खेल्ने काम गर्नुपर्छ । व्यक्तिगत रूपमा कसले के गर्ने भन्ने विषयमा पार्टीभित्रको बहसले निर्धारण गर्ने कुरा हो ।
० पार्टीमा देखिएको समस्यालाई कसरी समाधान गर्नुहुन्छ, तपाईंहरू सडमै उत्रिसक्नुभएको छ ?
पार्टीको आधिकारिक निर्णयबिना साचो बुझाउने काम हुन थालेपछि त्यसको विरुद्ध आन्दोलनमा उत्रने कुरा त स्वाभाविक भइहाल्यो । चाबी बुझाएकोमा अमेरिकाले स्वागत गर्न भ्याउने तर आˆनै वर्ग र समुदायलाई भने थाहा नहुने यो कस्तो विडम्बना हो । यो नमिल्ने कुरा हो । अब हामी सरकार, सदन र सडकबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा व्यापक छलफल गरेर अगाडि बढ्छौ ।
० तपाईंहरूकै नेताहरू प्रतिक्रियावादीहरूको गोटी बनेर माओवादी पार्टीलाई नै सिध्याउन लागेपछि अब तपाईंहरूले यसलाई थेग्न सक्नु होला त ?
माओवादी पार्टी विभिन्न प्रकारका समस्याहरूलाई सुल्झाउादै यहासम्म आइपुगेको छ । पार्टीभित्र देखापरेका विभिन्नखाले विचलनहरूलाई तह लगाउादै हामी अगाडि बढिरहेका छौ । नेताहरू प्रतिक्रियावादीसाग मिलेर अगाडि बढ्ने धृष्टता गर्दैनन् भन्ने हामीलाई लागेको छ । यदि ’twas भने पनि हामी त्यसलाई सहजै तह लगाउन सक्छौ । कस्ता-कस्ता तानाशाह त ढालियो भने पार्टीभित्रका प्रतिक्रियावादीहरूलाई सखाप पार्न हाम्रो पार्टी सक्षम छ ।
० अब तपाईंहरूको भावी योजना के छ त ?
गलत तरिकाले पार्टीलाई अगाडि बढाउन सकिन्न । पार्टीमा सबै नेता अनि कार्यकर्ताको, जनताको आ-आˆनो भूमिका महत्वपूर्ण रहेको छ । जनताले चाहेको जस्तो जनमुखी संविधान, जनताको पक्षमा शान्तिप्रक्रिया अगाडि बढ्छुपर्छ । जनताले खोजेको जस्तो परिवर्तनका लागि हामी अगाडि बढ्नेछौा । जनताको अधिकारको लागि हामी विगतदेखि लड्दै आएका छौ र अन्तिम अवस्थासम्म पनि लडिरहने छौा । जनताको पक्षमा संविधान बनाउन चाहनेहरूसाग सहकार्य गर्दै हामी अगाडि बढ्छौ र त्यस्तो नचाहनेहरूसाग संघर्ष गर्दै हामी जनताको पक्षमा जनसंविधान जारी गर्न लागिपर्छौं ।
० तपाईंहरूको पार्टीभित्र विभिन्न खाले समस्याहरू आइरहेको अवस्थामा आमकार्यकर्तालाई यस्तो अवस्थामा के भन्न चाहनुहुन्छ ?
हाम्रो पार्टी आफूभित्र रहेको समस्याहरूलाई एकीकृत ढङ्गले हल गरेर अगाडि बढ्न तयार छ । त्यसमा हामी सफल हुन्छौ । पार्टीभित्रको अन्तरसंघर्षलाई वैज्ञानिक ढङ्गले हल गर्दै हामी अगाडि बढ्छौ । पार्टीभित्र बहसहरू हुन्छन्, त्यसलाई वैज्ञानिक ढङ्गले निष्कर्षमा पुर्याउनु बुद्धिमत्तापूर्ण हुन जान्छ । हामी पार्टीभित्रको अन्तरसंघर्षलाई आˆनो विधिमार्फत् हल गर्दै समग्र प्रक्रियालाई नेतृत्व दिएर अगाडि बढ्छौ ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
यस पत्रिकामार्फत् आमजनतालाई पार्टीको धारणा राख्ने जुन अवसर दिनुभो, त्यसको लागि धन्यवाद दिन चाहन्छु । अहिले जनताको अहित चाहने शक्तिहरू हावी हुन खोज्दैछन् । त्यस्ता शक्तिलाई निस्तेज पार्न एउटा मोर्चा बन्न जरुरी छ । त्यसतर्फ सबैको ध्यान जाओस् भन्न चाहन्छु ।

Advertisements

वर्गहरु

%d bloggers like this: