Posted by: chhepyastra weekly | अगस्ट 21, 2011

सहमतीय सरकार आजको अनिवार्य आवश्यकता हो

खड्गबहादुर विश्वकर्मा, मन्त्री पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय

० प्रधानमन्त्रीले भर्खरै मात्र पदबाट राजीनामा दिनुभएको छ, अब कहिलेसम्म नया सरकार बन्छ ?

नया सरकार छिट्टै बन्नुपर्छ, यो राष्ट्रिय आवश्यकता हो । सरकार छिटोभन्दा छिटो गठन गर्न हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौ । राजनीतिक पार्टी त्यसमा पनि सबैभन्दा ठूलो पार्टी हुनुको नाताले राष्ट्रिय सहमतिको सरकार गठनको लागि हामीले पहलकदमी गरिरहेका छौा । आजसम्म राष्ट्रिय सहमतिको सरकार बन्लाकी जस्तो हामीलाई लागेको थियो तर यो समय अलि अपुग होला जस्तो देखिएको छ । अर्को हप्तासम्ममा नयाा सरकारको निर्माणलाई टुङ्गयाउनुपर्छ यो टुङ्गनिे आधारहरू पनि बन्दै गएका छन् ।

० भदौ १४ पनि नजिकिादै छ, सरकार काम चलाउको हैसियतमा रहेको छ कतै देशबासीले कुनै दुर्घटना भोग्नुपर्ने त होइन ?
नेपाली क्रान्तिको पछिल्लो चरण शान्तिप्रक्रिया जुन चलिरहेको छ, यसमार्फत् क्रान्तिले पूर्णता नपाओस्् यो मुलुकको सामाजिक आर्थिक, राजनीतिक परिवर्तन नहोस् नेपाली जनता आˆनो भाग्यको फैसला आपै गर्ने अधिकारले सम्पन्न नहोस भनेर हामी शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि देशीविदेशी तत्वहरूले गम्भीरखाले षडयन्त्र गर्दै आएका छन् । अहिले पनि त्यस्तो खाले षडयन्त्र जारी छ । त्यस्तो खाले तत्वले राष्ट्रिय सहमतिको सरकार नबनोस् त्यसमा पनि माओवादी पार्टीको नेतृत्वमा नबनिसकेसम्म संविधानसभा विघटन गर्न सकियोस र यो देशमा ठूलो गडबढी गरेर अहिलेसम्म प्राप्त उपलब्धि धारासायी बनाउन सकियोस् भनेर एउटा समूह लागेको छ । तर त्यस्ता तत्वहरूको योजना सफल हुने अवस्था छैन । बरु अब छिट्टै हाम्रो पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास घनिभूत तरिकाले अगाडि बढिरहेको छ । त्यसको प्रयासमा हामी पुरा गर्न लागिरहेका छौा ।
संविधानसभा निर्वाचनपछि बनेका तीन बहुमतीय सरकारले के प्रष्ट पारिदिएको छ भने सहमतीय सरकार आजको अनिवार्य आवश्यकता हो । माओवादी पार्टीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारले शान्ति र संविधान निर्माणको प्रक्रियालाई अगाडि बढाउन सकिन्छ । यसको लागि हामीले पहल गरिरहेका छौ । जनताका विरुद्ध षड्यन्त्र गर्ने मूर्खहरू खरानी हुनेछन् । कसैले जनताका विरुद्ध षडयन्त्र नगर्दा हुन्छ

० राष्ट्रिय सहमतिको सरकारको नेतृत्वको लागि तपाईंहरूले डा. बाबुराम भट्टराईलाई अगाडि सार्नुभएको छ, तर पार्टी भित्रै यस विषयमा शंका उत्पन्न भएको सुनिएको छ, यस विषयमा के भन्नुहुन्छ ?

हाम्रो भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमार्फत् पदाधिकारी बीच कार्यविभाजन भएको छ । बाकी तहमा कार्यविभाजन गर्न केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मा दिएको छ । केन्द्रीय समिति बैठकले अबको सरकारको नेतृत्व या प्रधानमन्त्री पार्टीबाट उपाध्यक्ष भट्टराईले गर्ने फैसला गरिसकेको सन्दर्भमा हाम्रो पार्टीबाट आधिकारीक उम्मेदवार भनेको उहा नै हो । हाम्रो पार्टीभित्रको चिन्तन, प्रवृत्ति र शंका हाम्रो आधिकारीक निर्णयका विरुद्ध पनि देखिने खतरा हुन्छ तर त्यसले ठाउा पाउादैन ।

० काग्रेस र एमालेले शान्ति र संविधान निर्माणको प्रक्रियामा ठोस योजना नल्याएसम्म माओवादीको नेतृत्व स्वीकार्न सकिादैन भनेर अस्तिमात्र निर्णय गरेका छन्, अब कसरी अगाडि बढ्नु हुन्छ ?

माओवादी पार्टीले जहिले पनि ठोस योजना नै अगाडि सारेको छ । ठोस योजनालाई बुझ्न नसकेर या बुझपचाएर अमूर्त रूपमा व्याख्या गर्ने मूर्खता काग्रेसले र एमाले भित्रका केही मान्छेले गरेका छन् । यसले के देखाउाछ भने ठोस योजनाको नाममा अर्मूत कुरा गरेर देशको राजनीतिक आवश्यकता र मैलालाई धमिल्याउने र त्यहा माछा मार्ने दाउमा केही दलहरू लागेको देखिन्छ । माओवादीको जस्तो स्पष्ट धारणा अरू पार्टीको छैन । हाम्रो स्पष्ट धारणा के छ भने नया संविधान नेपाली जनताको भावना र आकांक्षा अनुसारको बन्नुपर्छ । त्यो भनेको नेपाली जनताले चाहेको गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्ने संविधान बन्नुपर्छ । शान्ति प्रक्रियाको महत्वपूर्ण मुद्दा सेना समायोजन नया संविधानमार्फत् संस्थागत हुने गणतन्त्रात्मक व्यवस्थाको संरक्षणको काम गर्ने नया राष्ट्रिय सेना निर्माणको कुरा हो । नयाा राष्ट्रिय सेनानिर्माण पुरानो राज्यमा भएको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनमुक्ति सेनाको वैज्ञानिक समायोजन गरेर राष्ट्रिय सेना बन्छ । सेना समायोजनको लागि प्रगतिशील मोडालिटी तयार गरौा भनेर हामीले भनेका छौ । मोडालीटी तयार गरिसकेपछि समायोजनमा जाने संख्या स्पष्ट गरौं । उन्नाइस हजार जनसेना सबै समायोजन हुनुपर्छ । त्यसभित्रका घाइते, अपाङ्ग भएका साथीहरूको बाहेक अरू सबैको समायोजन हुनुपर्छ । समायोजनमा जान नसक्ने साथीहरूलाई राज्यले पुरस्कारको व्यवस्था गर्नुपर्छ हामीले स्पष्ट रूपमा आˆना भनाइहरू अन्य दलसाग राखेका छौ ।

० तपाईंले लगभग छ महिना पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ, यसबीचमा के-के उल्लेख काम गर्नुभयो ?

पर्यटन मन्त्रालयमा मैले पाच महिना नौ दिनको कार्यकाल बिताए । पछिल्लो पटकको मन्त्रिमण्डलमा मेरो सहभागीता असाध्यै भिन्न प्रवृत्तिको रहृयो । त्यतिबेला जब म ०६५ मा सरकार सहभागी भएको थिए । त्यो बेला भन्दा अहिले मुलुकको राजनीतिक अवस्था निकै फरक थियो । अहिले हाम्रो कााधमा ०६७।६८ को दायित्व छ नकी ०६५ । म मन्त्रिपरिषद्मा गइसकेपछि वर्तमानमा बनेको नयाा सरकारको सदस्यको हैसियतबाट र मैले सम्हालेको मन्त्रालयको विभागीय कामको दृष्टिले म आफैलाई गौरवको अनुभूति भएको छ । सरकारको नीति तथा कार्यक्रम तयार गर्ने सन्र्दभमा सरकारलाई राष्ट्र र जनताप्रति जवाफदेही बनाउने सन्दर्भमा र विशेष गरेर सरकार सञ्चालनमा प्रधानमन्त्रीसागै र अन्य मन्त्री साथीहरूसाग राष्ट्रिय मुद्दामा अलि बढी नै सहकार्य गरेर यो सरकारलाई जनता र राष्ट्रको हितमा प्रयोग गर्ने सन्दर्भमा मैले आफूले सकेसम्म कोसिस गरे । त्यो कोसिस र भूमिका इतिहासमा महत्वपूर्ण रहृयो भन्ने मेरो मुल्यांकलन रहेको छ । विभागीय दृष्टिले म के भनु भने म पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा गइसकेपछि मैले नेपालको पर्यटन क्षेत्र र नेपालको हवाइ क्षेत्रमा न त राज्यको दृष्टिकोण छ, न राज्यको राष्ट्रिय योजना छ, न राज्य राज्यको इच्छाशक्ति सहित पहलकदमी छ । मैले त्यहा लाचारीपना बाहेक केही पनि देखिन । विभिन्न विभागमा देखिएको पीडादायीक अवस्थालाई अन्त्य गर्नुपर्छ भनेर हामीले एउटा योजना अगाडि सार्यौ । हामीले राज्यको नयाा योजना अगाडि सारेका छौ । पर्यटनको भरपूर सम्भावना भएको हाम्रो देश, विश्वका देशहरूमा, सबैभन्दा श्रमशील जनता हाम्रो यस्तो भएको ठाउामा पनि किन पर्यटन पछि पर्छ भन्दा राज्यको दृष्टिकोणको अभाव भन्ने निष्क्रर्ष मैले निकाले । हामीले त्यसबाट पाठ सिकेर राष्ट्रको एउटा भिजन स्पष्ट पारिदिएका छौा । यो सम्भावनालाई आगामी पन्ध्र वर्षमा राम्रोसाग नेतृत्व र व्यावस्थापन गरेर विश्वको नमुना पर्यटकीय देश नेपाललाई बनाउनु पर्छ भन्ने भिजन अगाडी सारेका छौ । यो राज्यको लागि निकै ठूलो कुरा हो । पर्यटनको ढोका बल्ल खुलेको अनुभूति मैले गरेको छु । नेपालको पर्यटनको सैद्धान्तिक दृष्टिले के विशेषता हो भने एउटा प्राकृतिक विशेषता, अर्को सांस्कृतिक धार्मिक विशेषता र अर्को ऐतिहासिक पर्यटन नै नेपालको पर्यटनको मुख्य विशेषता हो । यी विशेषतालाई दृष्टिगत गरेर काठमाडौा, पोखरा र चितवनमा मात्रै पुगेको झोले पर्यटन व्यावहारिक दृष्टिले सैद्धान्तिक दृष्टिले स्वतस्फूर्तवादी समस्या जो थियो त्यसको हामीले अन्त्य गरेका छौ । सत्र ओटा थप पर्यटकीय स्थल भनेर हामीले राष्ट्रिय योजना अगाडि सारेका छौा । नेपालको पर्यटन नेपालको आत्मनिर्भर अर्थतन्त्र विकासको जग बसाल्नको लागि दोस्रो मुख्य क्षेत्र हो भन्ने कुरा हामीले सैद्धान्तिक र नीतिगत दृष्टिले स्पष्ट गरेका छौ।
नेपालको पर्यटन बेरोजगारी समस्यालाई समाधान गर्ने महत्वपूर्ण अस्त्र बन्नसक्छ । पर्यटकीयस्थलमा सत्रवटै एकीकृत विकास केन्द्रहरू खडा गर्ने भन्ने योजना छ । तर व्यवहारिक रूपमा जाादा सत्रवटैमा नसकिए पनि छवटामा हामीले आˆनो योजना अगाडि बढाएका छौ । ती छवटा केन्द्रमा एकीकृत विकास केन्द्र खडा गर्ने र युवायुवतीहरूलाई पर्यटकीयस्थलको सुरक्षा, पर्यटकीय स्थलको सरसफाई र सेवामा परिचालन गर्नको लागि उनीहरूलाई तालिम दिने र परिचालन गर्ने, हामीले आन्तरिक पर्यटनलाई समेत प्रबर्द्धन गर्नुछ । बाहृय पर्यटकलाई केन्द्रमा राखेर हामीले एकीकृत सेवा केन्द्रमा एउटा स्वास्थ्य सेवा केन्द्र खडा गर्ने जसले पर्यटकको स्वास्थ्य उपचार गरोस् र स्थानीय जनताको स्वास्थ्य उपचारमा समेत सेवा दिन सकोस् देशैभरि सबै जिल्लाका पर्यटकीयस्थललाई विकास गर्ने सन्देशमा राष्ट्रिय योजनामा ल्याएर सबैतिर कार्यक्रम र बजेट विनियोजन गरेका छौ । यस विषयमा मलाई धेरै ठाउाबाट प्रतिक्रिया पनि आएको छ । नया सोचका साथ देशैभरि यसरी महत्व दिएर सन्तुलित रूपमा बजेट कार्यक्रम ल्याएको मन्त्रालय भनेको पर्यटन मन्त्रालय हो भनेर प्रतिक्रिया आएको छ । मुस्ताङ जिल्लाबाट कुनै पनि कार्यक्रमको लागि माग नभए पछि हामीले नै केन्द्रबाट बजेट विनियोजन गरेर जिल्लाबाट कार्यक्रम मागेर बजेट र कार्यक्रम ल्यायौ । जनताको राज्यमा पहुाच भएन भन्नेविरुद्ध हामी लडेका छौा भने हामीले राज्यमा जनताको पहच बढाउन केही त गर्नुपर्छ । जनताले आˆना प्रतिनिधि सरकारमा पठाइसकेपछि ती प्रतिनिधिहरूले जनतामा पहुाच बनाउनको लागि जनता खोज्नु पर्छ कि पर्दैन ? यही दृष्टिकोणले नै मैले मुस्ताङलाई बजेट माथिबाट विनियोजन गरिदिएर त्यहाका जनप्रतिनिधिहरू सरकारी निकायहरू समाजसेवीहरूसाग कोर्डिनेसन गरेर मैले कार्यक्रम योजनामा हाल्दिएर जनतालाई बिर्सने विगतका संसदीय प्रतिक्रियावादी सोचाइ कार्यशैलीका खिलापमा मैले यो स्टेप चालेको हुा । यसको देशैभरि चर्चा भएको छ । यही विषय कार्यान्वयन गर्ने सन्दर्भमा अर्थमन्त्रालयसाग मेरो चर्को बहस पनि भयो । अरू मन्त्रालयको बजेट घट्यो तर मैले हाम्रै मन्त्रालयको बजेट बढाएर ल्याएा । बजेटको दायरा बढी गरिएको छ । यो इतिहासमा एउटा क्रमभङ्ग हो, त्यसकारण यसमा मलाई गर्व छ ।
म यो विषयमा अगाडि बढ्दै गर्दा साथीहरूसाग भेट कम भयो । हामीले जहा हस्तक्षेप गर्नुपर्ने थियो, जहाा पहलकदमी लिनुपर्ने थियो त्यहाा एकपल्ट म लागेकै हो । पार्टीका साथीहरूसागको भेटघाटलाई अहिले तत्कालीन दृष्टिले अलिकति मिलाएर कम गरौ र यता मसक्क हौ भनेकै हो । यसो हुादा दिनदिनै पहिला भेट हुने साथीहरूको मनोभावनामा चोट पनि पुगेको होला । त्यसलाई मैले सम्मान गर्छु । तिनै साथीहरू र जनताहरूले जे दायित्व मलाई दिनुभएको थियो त्यसलाई मैले राम्रोसाग स्थापित गरेको छु । हामीले एउटा हस्तक्षेप गरेर अगाडि बढेका छौ । नेपालको हवाई क्षेत्र निकै कमजोर छ । नेपाल वायुसेवा निगम त धराशयी नै छ प्राइभेट क्षेत्र पनि राम्रोसाग अगाडि बढ्न सकेको छैन । नेपालको वायुसेवा क्षेत्रमा देखिएको कमजोर अवस्थाबाट मुक्त गर्नको लागि केही जोखिमपूर्ण कदमहरू मैले चाल्नुपर्ने भयो । नेवानिलाई माथि उठाउनको लागि सबैभन्दा पहिला निगममा जे खेल थियो त्यो खेल भनेको पर्दा पछाडिका खेलाडीबाट देखाइएको थियो । नेवानिलाई धराशयी बनाउने तिनै राजा र मन्त्रीहरू हुन् । तिनलाई ठीक पार्नको लागि एक्सन लिनुको विकल्प छैन भन्ने निष्कर्षमा म पुगेा । जब मैले खतरा मोलेर एक्सन लिएा त्यसपछि त्यसका विरुद्धमा धेरै ठूला विष वमनहरू पनि भए । पछिल्लो दिनमा हामीले गरेको उक्त निर्णय नेवानिमा एउटा परिवर्तन गर्नका लागि अनिवार्य थियो र त्यो सही पनि थियो भन्ने कुरा पछिल्ला घटनाक्रमले पृष्टि हुादै गएको छ । विष वमन गर्नेहरू अहिले दुला पसेका छन् । नेवानिको क्षमता बढाउने सन्दर्भमा जहाज खरिद गर्ने विषयमा काम अगाडि बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको लागि पनि हामीले विभिन्न कार्यक्रम अगाडि सारेका छौा । निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कार्यको पहलकदमी लिन्छौ । त्यो प्रक्रिया अगाडि बढिसकेको छ । केही धार्मिक विमानस्थलहरू हामीलाई चाहिने भएकाले जनकपुरलाई एक, लुम्बिनीलाई दुई, पोखरालाई तीन, सुर्खेतलाई क्षेत्रीय विमानस्थल निर्माण गर्ने भनेर हामीले आˆनो नीति, कार्यक्रम र बजेटलाई विनियोजन गरेका छौ । नेपालमा भएका अन्य विमानस्थलहरूको स्तर उन्नति गर्ने काम पनि अगाडि बढेको छ । कणर्ली जिल्लाको कुनै ठाउामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कामको सधैा अगाडि बढाइरहेका छौ । कणर्लीमा सञ्चालित विमानस्थललाई स्तरउन्नति गर्न काम गर्ने र त्यहााका उडानलाई नियमित गर्ने कार्ययोजना पनि अगाडि सारेका छौ । छ महिनाको अवधिमा नेपालको पर्यटन र वायुसेवाको क्षेत्रमा एउटा परिवर्तनको सुरुवात भएको छ । यसमा मलाई गर्व छ ।

० तपाईंले प्रधानमन्त्री र राष्ट्रपतिबाहेक अरूलाई विमानस्थलमा भिआइपी सुविधान नदिने भन्ने जुन निर्णय गर्नुभयो, यसको कारण के हो ?

हवाइक्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र हो । देशको हवाइक्षेत्रको कुरा धेरै महत्वपूर्ण कुरा हो । देशको राजनीतिक स्थिति जुन ढङ्गले अगाडि बढेको छ, थुप्रै अपराधीक सोचाइहरू छन् । ती सोचाइहरू क्रियाशील हुन चाहन्छन् । तिनले नेपाली जनता र हाम्रो राष्ट्रको हितविपरीत ठूला-ठूला घटना घटाउने खतरा रहन्छ । यो सबैलाई दृष्टिगत गरेर हतार सुरक्षाको ग्यारेन्टी गर्ने र हवाइ क्षेत्रमा सुरक्षालाई मजबुद बनाउनुपर्छ । अहिले हवाइक्षेत्रमा संवेदनशीलता अपनाएको पाइादैन । विगत अढाई वर्षदेखि बस्न नसकेको राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिको बैठक अस्ति मात्र सम्पन्न भयो । त्यो बैठकले सुरक्षालाई केन्द्र भागमा राखेर यात्रुहरू भित्र प्रवेश गर्ने बेलामा राम्रोसाग चेक जााच हुनुपर्छ । चेक जाचमा आमजनतालाई एउटै तहमा हुनुपर्छ । भिन्नभिन्न पोलिसी हुनुहुादैन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाको अध्यक्ष, प्रधानन्यायाधीशबाहेक अरू सबैलाई आमजनतासहर चेक हुनुपर्ने भन्ने नीति अगाडि सारिएको छ । त्यसलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि जडान गर्ने भन्ने निर्णयसमेत हामीले गरेका छौ । यो धेरै महत्वपूर्ण निर्णय हो भन्ने लागेको छ ।

० अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?

हाम्रो पार्टीको काधमा ठूलो जिम्मेवारी आएको छ । अब हामी हाम्रो पार्टी मात्र सीमित रहेनौा, आमराष्ट्र र आमजनताप्रति उत्तरदायी र जवाफदेही भएर सोच्ने काम गर्ने नेता हौ हामी । हामी आˆनै पार्टी घेराभित्र मात्र सीमित रहने जुन चिन्तन छ त्यहाबाट थोरै मात्र सोच्न थाल्यौ भनेपछि अब बिगि्रयो ठूलो आतंक पैदा भइहाल्छ भन्ने चिन्तन र प्रवृत्ति जुन देखियो त्यसबाट पूरा सचेत रहन जरुरी छ । सर्वहारावर्गको उत्थानको मिसनमा हामी सफलता हात पार्न चाहन्छौ भने आˆनो वर्गमा टेकेर, पार्टीको विचारमा टेकेर, कार्यदिशामा टेकेर त्यसले विश्वव्यापी रूपमा हस्तक्षेप गर्न पाउनुपर्छ । तब मात्र दुनियालाई नियन्त्रण गर्न सकिन्छ । कोठामा बसेर आˆनो मात्र टिममा बसेर त्यही घेराभित्र मात्र सोचेर दुनिया हाम्रो घेराभित्र आउादैन । एक पटक आˆनो विचार वर्गको बलमा चौतर्फी पहल हस्तक्षेप गर्न जरुरी छ । अहिले पार्टीले निर्ममताका साथ नेतृत्व लिनुपर्छ । नेपाली जनताको भावना र आकांक्षाअनुसारको माओवादी पार्टीको नेतृत्वमा सरकार बनाएर यो मुलुकलाई नेतृत्व प्रदान गर्नुपर्छ । त्यसको लागि पार्टीले आˆनो ठाउाबाट पहल गर्नुपर्छ पार्टीभित्र हुने बहस यो गएर प्रतिक्रियावादीहरूसागको लडाइा कमजोर गर्ने गरी आˆना सहयोग साथीहरूलाई होच्याउने गरी जे हर्कतहरू भइरहेका छन् । त्यसलाई कडाइका साथ रोक्नुपर्छ र प्रतिवाद गर्नुपर्छ । यसो भए मात्र सिङ्गो पार्टीलाई एकीकृत बनाएर अगाडि बढाउन सकिन्छ । जनता र राष्ट्रको चाहनालाई आवश्यकतालाई केन्द्र भागमा राखेर अगाडि बढ्नुपर्छ । यिनै अहिलेको आवश्यकता हो । त्यसतर्फ सबैको ध्यान जाओस् भन्ने अपिल पनि गर्न चाहन्छु ।

Advertisements

वर्गहरु

%d bloggers like this: