Posted by: chhepyastra weekly | जुलाई 24, 2011

पार्टी आˆनो मूल्य र मान्यतामा चल्नुपर्छ
महेन्द्र पासवान, सभासद् एवं केन्द्रीय सदस्य एनेकपा माओवादी
० तपाईंले मन्त्री पद पाउदा पनि त्याग गर्नुभयो, यसको कारण के थियो ?
सरकारमा सहभागी हुादा पार्टीको पुरानो मूल्य, मान्यताअनुसार समानुपातिक र समावेशी प्रतिनिधित्व हुन सकेन । कम्तीमा काग्रेस, एमालेलगायत अन्य दलभन्दा माओवादी पृथक हो भन्ने छुट्टै अनुभूति हुनुपर्ने हो । तर, त्यसो हुन सकिरहेको छैन । माओवादीले गरेको मन्त्रिमण्डलको फर्मेसन कम्तीमा ठीक छ भन्ने हुनुपर्यो । जनताले त्यस्तो महसुस गर्न पाएनन् । मन्त्रिमण्डलमा समानुपातिक, समावेशी नहुादा त्यहा मेरो असहमति रहन गयो । महिला सहभागितालाई ३३ प्रतिशत पुर्याउने भनेको त्यो पनि कार्यान्वयन हुन सकेन । हिजो हामीले दुईदुई ठाउाबाट चुनाव हारेका भन्दै माधवकुमार नेपाल नेतृत्वको सरकारलाई कठ्पुतली भन्यौ, नागरिक सर्वोच्चताको कुरा गर्यौा तर त्यो कुरा एउटा नाटक मात्र बन्न पुग्यो । त्यसलाई हामीले उपहास गर्यौ । नागरिक सर्वोच्चता हरेक ठाउामा लागू हुनुपर्यो । त्यसलाई हामीले उपहास गर्यौ । नागरिक सर्वोच्चता हरेक ठाउामा लागू हुनुपर्यो । त्यो पार्टीभित्र पनि लागू हुनुपर्छ । चुनावमा हारेकाहरूलाई मन्त्री बनाएर पार्टीले गम्भीर गल्ती गरेको छ । विश्वनाथ साह, हितबहादुर तामाङ, हकिकुल्ला खान सबै हारेका हुन कतिपयको त जमानतसमेत फिर्ता गर्न नसकेका हुन् । मेरो भनाइ के छ भने २३८ जना सभासद्मध्येबाट नै सरकारमा पठाउनुपर्यो । मेरो क्षेत्रबाट चुनाव हारेकालाई पार्टीले मभन्दा सिनियर बनाइदियो । जनताले अस्वीकृत गरेका मान्छेहरूलाई सरकारमा पठाउादा पार्टीका मूल्य, मान्यताहरूमाथि खिया लाग्न पुग्यो । पार्टीभित्र चलेको अन्तरसंघर्षले समेत पार्टीको मूल्य, मान्यतालाई असर पारेको छ । पार्टीभित्रका तीनवटा समूहमध्ये सभासद्हरूमा हामी बहुमतमा छौा । त्यो हिसाबले पनि हामीले मन्त्रिमण्डलमा जानुपर्ने हो । हिजो एकता केन्द्रबाट जालझेल गरेर पार्टीमा प्रवेश गरेकालाई एकैचोटि यति ठूलो तहमा पुर्याउन हुादैनथ्यो भन्ने मेरो भनाइ हो । अब पार्टीभित्रको मूल्य, मान्यतालाई कसैले भत्काउन सक्दैन । त्यसलाई रक्षा गर्न हामीले अभियान नै चलाएका छौा । पार्टी अध्यक्षले आˆनोतर्फबाट गल्ती भएको भन्दै स्थायी समिति बैठकमा माफी मागिसक्नुभएको छ । सरकार, सदन र सडकमा महत्वपूर्ण भूमिका खेल्न त्यस क्षेत्रमा त्यही विचार र लाइनका मान्छेहरूको प्रतिनिधित्व हुनुपर्यो तर पार्टीमा त्यस्तो हुन सकेन । पार्टी अध्यक्षले माफी त माग्नुभयो तर कार्यान्वयनको सवालमा उहाा कमजोर देखिनुभयो । सभासद्हरूले हस्ताक्षर गरेर सरकारमा सहभागीहरूलाई समानुपातिक र समावेशी बनाउनुपर्यो अनि चुनाव हारेकालाई फिर्ता बोलाउनुपर्या भन्ने आवाज हामीले जोडतोडले आवाज उठायौा । पार्टी अध्यक्ष प्रचण्ड केन्द्रीय समितिको बैठकबाट समेत भागिरहनुभएको छ । उहाा दायााबायाा मात्रै गर्दै हुनुहुन्छ । सभासद् र केन्द्रीय सदस्यहरू किन्नेसम्मको अभियानमा प्रचण्ड लाग्नुभएको छ । पार्टीलाई आˆनो मूल्य, मान्यताअनुसार अगाडि बढाउनुको साटो प्रचण्ड मन्त्रिपरिषद्मा फसेर पार्टीलाई बिसर्जन र विघटनतर्फ लैजानुभएको छ । त्यसको विरुद्ध हामीले सशक्त ढङ्गले आवाज उठाएका छौा । अहिलेको लडाइा विचार र सिद्धान्तको हो । यो आमजनताको अधिकार प्राप्तिसाग जोडिएको विषय पनि हो
० संस्थापन पक्षले त तपाईंहरूलाई पार्टी फुटाउन लाग्यो भन्ने गम्भीर आरोप लगाएका छन् नि ?
संस्थापन पक्ष त हामी भयौ अध्यक्ष त अल्पमतमा परिसक्नुभयो । यस्तो अवस्थामा आफूलाई संस्थापन भनिरहनु त विडम्बना हो नि । सभासद्हरूले दुई तिहाईभन्दा बढीको संख्यामा अध्यक्षको विरुद्ध हस्ताक्षर गरिसक्नुभएको छ । जसले गर्दा उहा अल्पमतमा हुनुहुन्छ ।
० भनेपछि तपाईंहरू प्रचण्डलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने तयारीमा हुनुहुन्छ ?
हामी अध्यक्ष प्रचण्डलाई संसदीय दल र पार्टी अध्यक्षबाट हटाउने पक्षमा थिएनौ र छैनौ पनि । पार्टीलाई नेतृत्व गरेर लैजाने उहामा रहेको क्षमतामा ह्रास आइसकेको छ । पार्टीको विचारलाई नेतृत्व गर्ने हिसाबले प्रचण्डमा धेरै कमजोरी देखापरिसकेको छ । अब उहालाई हामीले हटाउने होइन कि आफैा हट्दै हुनुहुन्छ ।
० तपाईंहरूभित्रको आन्तरिक लडाइाले शान्ति, संविधान निर्माणको प्रक्रिया अनि नेपाली क्रान्ति सबै गुमराहमा पर्ने भयो होइन र ?
शान्ति र संविधान निर्माणको प्रक्रियालाई निष्कर्षमा पुर्याउने महत्वपूर्ण काममा सबैको ध्यान जानुपर्छ । यो अहिलेको मुख्य सवाल पनि यही हो । हामी शान्ति र संविधान निर्माण प्रक्रियाको विरोधी होइनौा । शान्तिप्रक्रिया कस्तो हुने, नया संविधान कस्तो बनाउने या बन्ने भन्नेमा हाम्रो मुख्य जोड हो । मुर्दा शान्ति कि अधिकारसहितको शान्ति भन्ने नै अहिलेको मुख्य बहस हो । शान्ति प्रक्रियाको महत्वपूर्ण मुद्दा सेना समायोजनको सवालमा पहिला मोडालिटी टुङ्गनि पुग्यो । त्यसपछि समायोजनको लागि रिग्रुपिङमा जानुपर्यो । जनसेनाको व्यवस्थापन सही ढङ्गले हुन सकेन भने समायोजनको के अर्थ रहन्छ ? जनमुक्ति सेना नेपाली जनताको रगत, पसिना र आासुबाट प्राप्त शक्ति हो । त्यो शक्तिलाई सम्मानजनक रूपमा समायोजन गरिनुपर्छ । हामीले जनमुक्ति सेना र नेपाली सेनालाई मिलाएर राष्ट्रिय सेना निर्माण गर्न चाहन्छौ । समायोजन गर्दा नेपाली सेनाको आˆनो तरिकाले त हुादैन । जनमुक्ति सेनाका पचास प्रतिशतलाई सेनामा बााकी पचास प्रतिशत र सशस्त्र, प्रहरी मिलाएर नया फोर्स गठन गर्ने जसमा नेतृत्व जनसेनालाई दिने कुरा हामी गरिरहेका छौ । नेपाली सेनाले अगाडि सारेको प्रस्तावमा सहमत हुन सकिादैन । त्यसमा जनसेनालाई अपमान गरिएको छ । जनसेनालाई जंगलको सुरक्षा गर्ने जिम्मेवारी त्यसमा पनि हतियार नदिने लठ्ठी दिने कुरा नेपाली सेनाले प्रस्तुत गरेको प्रस्तावमा उल्लेख गरिएको छ । त्यो जनसेनालाई सरासर अपमान गरिएको हो । यस्तो प्रस्ताव हामीलाई मान्य हुादैन । जनसेनालाई बोर्डर, राष्ट्रिय निकुञ्जजस्ता क्षेत्रको सुरक्षामा आˆनै नेतृत्वमा खटाउा भन्ने हाम्रो प्रस्ताव रहेको छ । अयोग्य बनाइएका जनसेना र व्यवस्थापनमा जान चाहने जनसेनालाई सहीरूपमा व्यवस्थापन गरिएन भने त्यसको असर दीर्घकालसम्म पर्न सक्ने कुरामा अहिल्यै सजग हुन जरुरी छ । अब लेखिने संविधान १० वर्षे जनयुद्ध १९ दिने जनआन्दोलनलगायत अन्य हरेक आन्दोलनको म्यान्डेटअनुसारको हुनुपर्छ । जनतालाई पूर्णरूपमा अधिकार सम्पन्न बनाउने खालको संविधान बन्नुपर्छ । संविधान निर्माणको क्रममा मिलाउनुपर्ने मुख्य कुरा भनेको राज्यको पुनर्संरचना, शासकीयस्वरूप, निर्वाचन प्रणाली, प्राकृतिक स्रोत साधनमाथिको अधिकारहरू हुन् । यी विषयहरूमा अझै पनि विवाद कायमै छ । जनताको चाहना र म्यान्डेटअनुसारको संविधान बन्नुपर्छ । हाम्रो मुख्य जोड त्यसमै रहन्छ । जनतालाई ढाट्ने खालको संविधान अब स्वीकार्य हुादैन ।
० दश वर्षे जनयुद्ध शान्ति वार्तालगायत अन्य विषयहरू अध्यक्ष प्रचण्डको नेतृत्वमा सम्पन्न गर्दै आउनुभएको थियो, के पछिल्लो चरणमा आएर प्रचण्डले पार्टीलाई धोका दिएकै हो त ?
धोका मात्र होइन, उहाको विचारमा समेत विचलन देखापर्न थालेको छ । उहाको सोचमै गडबढी आएको देखिन्छ । पालुङटार बैठकको म्यान्डेट र त्यसको कार्यदिशालाई लागू गर्ने सवालमा पार्टीमा प्रचण्डको ठूलो कमजोरी देखिन्छ । प्रचण्डको पछिल्लो कार्यशैलीप्रति हामीहरूमा गम्भीर शंका उत्पन्न भएको छ । उहाले पार्टीलाई मात्र होइन, सिङ्गो जनता र राष्ट्रलाई नै धोका दिइरहनुभएको छ ।
० पार्टीले समावेशी र समानुपातिक प्रतिनिधित्व सरकारमा गराउने निर्णय गरेमा तपाईं सरकारमा सहभागी हुनुहुन्छ ?
समानुपातिक र समावेशीको मूल्य, मान्यतामा पार्टी अगाडि बढ्ने हो भने त हाम्रो माग पूर हुन्छ । त्यसपछि त सरकारमा जाने कुरा भइहाल्छ । मुख्य कुरा पार्टी आˆनो मूल्य, मान्यतामा हिाड्नुपर्यो ।

Advertisements

वर्गहरु

%d bloggers like this: