Posted by: chhepyastra weekly | जुलाई 16, 2011

संस्थापन पक्ष स्वयम् पदलोलुप र आत्मकेन्दि्रत बन्दै गएको छ
हरिभक्त काडेल, पोलिटब्युरो सदस्य, एनेकपा माओवादी
० तपाईंहरूको पार्टीभित्र त अन्तरसंघर्ष झनै चर्कंदै गएको छ नि, यसको हल कलिहेसम्म गर्नुहुन्छ ?
गतिशील पार्टीभित्र वैचारिक बहस छलफल हुनु स्वभाविक हो । पार्टीभित्र चलेको वैचारिक अन्तरसंघर्ष कसरी समाधान गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको छ । हामीले उठाएका कतिपय विषयहरू अहिलेको वर्गसंघर्षसागका समस्याहरूसाग पनि सम्बन्धित भएकोले यो अलि जटिल बनेको हो । यस विषयमा पार्टीभित्र व्यापक छलफल चलिरहेको छ ।
० एक महिनाअघिदेखि तपाईंहरूको बैठक सरेको सर्यै छ, अब केन्द्रीय समितिको बैठक कहिले बोलाउनु हुन्छ ?
केन्द्रीय समिति बैठक छिट्टै बस्नुपर्यो । यो विषयमा हामीले गृहकार्य गरिरहेका छौा । कतिपय विषयहरू समाधानको दिशातिर गएका छन् भने कतिपय विषयहरूमा छलफल कुन दिशा लिने हो भन्ने विषयमा अझै स्पष्ट हुन सकेको छैन । पार्टीभित्रका समस्याहरू वर्गसंघर्षका समस्यासाग जोडिएर आएका छन् । पार्टी नेतृत्व कसरी निर्माण गर्ने, पार्टीमा सामूहिक नेतृत्वको विकास कसरी गर्ने, पार्टीभित्रको कार्यविभाजनलाई कसरी वैज्ञानिक ढङ्गले अगाडि बढाउने, ठोस र वैज्ञानिक कार्यक्रमहरू कसरी अगाडि बढाउने भन्ने विषयमै अहिलेको बहस केन्दि्रत भएको छ ।
० तपाईंले भनेजस्तो पार्टीभित्रको कार्यविभाजन, सामूहिक नेतृत्व जस्ता विषयहरू पदलोलुपताको कारण उब्जिएका विषय हुन् भन्ने संस्थापन पक्षको आरोप रहेको छ नि, यस विषयमा के भन्नुहुन्छ ?
संस्थापन पक्ष स्वयम् पदलोलुप र आत्मकेन्दि्रत बन्दै गएको छ । संस्थापन पक्षको नोकरशाही चिन्तनशैलीका कारणले सबै कुरा आफैामा केन्दि्रत गर्दै अगाडि बढेको छ । त्यसकारण यस प्रकारका केन्दि्रकरणले पार्टीभित्रका समस्याहरू हल गर्न सकेन, वर्गसंघर्षका समस्याहरू पनि हल गर्न सकेन । नेतृत्वको सामूहिक चिन्तन ठीक ढङ्गले अगाडि बढ्न सकेको भए विषयवस्तुहरू धेरै अगाडि जान्थे भन्ने हामीलाई लागिरहेको छ । आफूले गर्न पनि नसक्ने छोड्न पनि नसक्ने चिन्तन नै अहिलेको वाधक चिन्तन हो ।
० अहिले पार्टीका शीर्ष नेतृत्वहरू नै एकआपसमा दुष्प्रचारमा लागिपरेका छन्, त्यस्ता प्रचारवाजीलाई तपाईंहरू गोयवल्सशैली भन्नुहुन्थ्यो, अहिले त्यही शैलीमा तपाईंहरू चलिरहनुभएको छ नि ?
हामी प्रचारबाजीमा लागेका छैनौ, बरु छलफलमा लागेका छौ । प्रचारबाजीमा त मिडियाहरू लागेका छन् । अहिले मूल नेतृत्वले बरु आˆनो ढङ्गले प्रचारबाजी गरेको छ । कतिपय मिडियाहरू पार्टीभित्र चलेको बहसलाई तन्काएर एउटाको विरुद्ध अर्कोलाई प्रयोग गर्ने कोसिस गरिरहेका छन् । अहिलेको मुख्य आवश्यकता एकता, संघर्ष र रूपान्तरण हो । रूपान्तरणबिना एकता सम्भव छैन, एकताबिना क्रान्तिलाई अगाडि बढाउने क्रममा देखा परेका समस्या समाधान गर्न सम्भव छैन । पालुङटारको म्यान्डेटविरुद्ध नेतृत्वमा देखापरेको विकराल चिन्तन जसले गलत चिन्तनको विकास गर्यो । अहिलेको संघर्ष त्यही गलत चिन्तनको विरुद्ध हो ।
० अहिले तपाईंहरूको पार्टीभित्रको मुख्य समस्या कार्यविभाजन, सामूहिक नेतृत्व हो वा जनवादी शैली हो ?
जनवादी शैलीलाई व्यवहारमा प्रयोग गरिएन भने पार्टीमा देखापरेका वैचारिक समस्याहरू, पार्टीभित्रका अन्तरसंघर्षहरू सही ढङ्गले हल गर्न सकिादैन । पार्टीका वैचारिक संघर्ष, अन्तरविरोधहरूलाई ठीक ढङ्गले परिचालन गरिएन भने त्यसले नोकरशाही बाटोतर्फ नेतृत्वलाई लैजान्छ, अहिले पार्टीमा घुमाइफिराइ यस प्रकारको शैली देखापरेको छ । पार्टी नेतृत्व प्रशंसामा रमाउने, सुविधामा रमाउने, पद र प्रतिष्ठामा रमाउने भन्ने आरोप लगाउनेहरू अहिले स्वयम् पूरापूर त्यसतर्फ लिप्त भएर लागेका छन् । प्रशंसाबाट आˆना निहित स्वार्थ पूरा गर्ने प्रवृत्तिहरू देखापरेका छन् । पार्टी नेतृत्व गलत दिशातर्फ जाने खतरा बनिरहेको छ ।
० तपाईंहरूले पार्टीबाट सरकारमा सहभागितालाई समावेशी बनाउने भन्नुभएको थियो, अब यही सरकारको नेतृत्वलाई समावेशी बनाउनुहुन्छ कि आˆनै नेतृत्वमा ?
झलनाथ खनाल प्रधानमन्त्री हुादा हामीसाग भएको सात बुादे सहमतिअनुसार प्रक्रिया अगाडि बढ्नुपर्छ । हाम्रो पार्टीको नेतृत्वमा अबको सरकार बन्नुपर्छ । यस्तो तर्क पछाडि वैज्ञानिक कारणहरू पनि छन् । जनताले पनि त्यही अपेक्षा गरेको छ । हामी हाम्रै पार्टी नेतृत्वमा सरकार बन्नुपर्छ भन्नेमा छौा । यदि वर्तमान भने पनि सरकारमा सहभागीहरूमा समानुपातिक, समावेशी प्रतिनिधित्व त हुनैपर्छ । पार्टीको नीतिअनुसार अगाडि बढ्नुपर्छ ।
० सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा तपाईंहरूको पार्टीभित्र व्यापक अन्तरविरोध छ भनिन्छ नि ?
पार्टीभित्र विचारमा बहस चलेको हो । झगडा अन्तरविरोध भएको होइन । सरकारको नेतृत्व कसले गर्ने भन्ने महत्वपूर्ण कुरा होइन तर पार्टीभित्र वैज्ञानिक कार्यविभाजन हुने हो, सबै कामहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन सकिन्छ ।
० पार्टी नेतृत्व तहदेखि स्थानीय तहसम्म पार्टी धुजाधुजा र चिराचिरा भएको छ, के नेतृत्वबीच सहमति बन्दैमा पार्टीभित्रका सबै समस्याहरू समाधान हुन्छन् भन्नेमा तपाईंहरू ढुक्क हुनुहुन्छ ?
हामी माक्र्सवादी-लेनिनवादी, माओवादी हो । हामीलाई के लाग्छ भने ट्रेनलाई ठीक ढङ्गले पक्रने हो भने र यहााको वस्तुगत धरातललाई पक्रने हो भने पार्टीभित्रको मस्यालाई समाधान गर्न सक्छौा । हाम्रा समस्याहरू समाधान गर्दै तल्लो तहसम्म त्यसलाई पुर्याउन हामी सफल हुनुपर्छ । माथिको समस्या समाधान भएपछि त्यही स्पिरिटमा तल्लो तहसम्म जान सकियो भने पार्टीको एकतामा अझै सुदृढता दिन सकिन्छ । माथि नै समस्या परेकाले तल्लो तहमा विचलन तथा ध्रुवीकरण देखापर्नु स्वभाविक नै हो ।
० पार्टीभित्र नतृत्व र कार्यकर्ताहरूको जीवनशैलीमा आकाशपातालको फरक देखिन्छ, यसलाई कसरी समाधान गर्नुहुन्छ ?
निरपेक्ष समानताको कुरा अहिले सम्भव हुादैन । तर, जहासम्म पार्टीमा सापेक्ष समानताको कुरा छ, त्यो पछिल्लो समय भत्कादै गइराखेको छ, जसले गर्दा पार्टीभित्र नै वर्गीय विभाजन देखापरेको सत्य हो । पार्टीभित्र नवधनाढ्य बन्ने प्रवृत्ति पनि बढेको छ । पार्टीभित्र देखापरेका यस्ता प्रवृत्तिलाई समयमै समाधान नगर्ने हो भने पार्टी क्रान्तिकारी विचार र आदर्शबाट पार्टी विमुख हुने खतरा बढेको कुरा सत्य हो । तर, पार्टी सुधार्नै नसकिन अवस्थामा पुगेको भने होइन । पार्टीभित्र देखापरेका विकृतिका विरुद्ध लड्न सचेतताका साथ हामी लागिपरेका छौ।
० सरकारले भर्खरै मात्र आर्थिक वर्ष २०६८/६९ को बजेट सार्वजनिक छ, बजेटमाथि तपाईंहरूको पार्टीको धारणा के रहेको छ ?
बजेटको ’boutमा हामीले छलफल गरेका छैनौा । यो विषयमा पार्टीभित्र पर्याप्त छलफल नभएकाले यस’bout प्रतिक्रिया दिनु हतार हुन्छ ।
० तपाईंहरूले पार्टी सरकारमा सहभागी छ तर सहिद, बेपत्ता परिवार र घाइते, अपाङ्गको लागि खासै काम गर्न नसकेको आरोप छ नि ?
पार्टीले सहिद, बेपत्ताका परिवार, घाइते, अपाङ्गलाई गर्नुपर्ने काममा बेवास्ता गरेको भन्ने कुरा सत्य होइन । हामीले पार्टीभित्र यस विषयमा गम्भीर ढङ्गले कुरा गरिरहेका छौ । सहिद, बेपत्ता, घाइते, अपाङ्गका परिवारलाई के-कस्तो योजना ल्याउन सकिन्छ भन्ने विषयमा पार्टी गम्भीर छ । यस विषयमा तल्लो तहबाट कुरा उठेको छ ।
तपाईंहरूको सुरक्षामा रहेका जनसेनालाई फिर्ता पठाउने विषयमा पार्टीभित्र सहमति बनेको छ कि छैन ?
यस विषयमा अझै सहमति बन्न सकेको छैन । समायोजनको मोडालिटी, समायोजनमा जाने प्रक्रिया आदि विषयमा सहमति भएर प्रक्रिया अगाडि बढ्यो भने हाम्रो सुरक्षामा खटिएका जनसेनाका कमाइहरू समायोजनमा जानुहुन्छ । तर, हात्त न पत्ता यहााबाट छुटाउने कुरा हामीलाई स्वीकार्य छैन । यो हटाउनु ठीक छैन । सरकारमा सहभागी भएका साथीहरूको सुरक्षाको लागि सरकारले नै व्यवस्था गरेको छ तर अन्य पदाधिकारीहरूको लागि जसेनाले नै सुरक्षा दिनुहुन्छ ।
० सेना समायोजनको विषय कसरी टुग्याउनुहुन्छ, यस विषयमा केही भइरहेको छ ?
सेना समायोजनको विषयमा हामी छ छलफल गर्दै आएका छौ । हाम्रो केन्द्रीय समिति बैठकले पनि यस विषयमा व्यापक छलफल गर्ने छ । हाम्रो नेतृत्व सहमति बेगर सेना समायोजना प्रक्रियामा अगाडि बढ्न खोज्दा समस्या पैदा गरेको छ ।
० पार्टीभित्र नेतृत्वमा देखापरेको समस्या कसरी समाधान गर्नुहुन्छ त ?
जनवादी केन्द्रीयताको आधारमा रहेर समाधान गरिन्छ । एउटा वैज्ञानिक समाधान निकालेर पार्टी अगाडि बढ्छ । हाम्रो पार्टी लामो समयदेखि आˆना समस्याहरू समाधान गर्दै आएको छ । अहिले देखिएका समस्याहरू पनि हामी हल गर्न सक्छौ ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ कि ?
केही मिडियाहरूले सञ्चा र राष्ट्रवादी, क्रान्तिकारी, गणतन्त्रवादी संस्था तथा व्यक्तिहरूलाई अनुदारवादी भनेर प्रचार गरिरहेका छन् । अहिलेको लडाइा भनेको उदारवादी र अनुदारवादीको होइन, लडाइा सही र गलत को हो ? अहिलेको लडाइा वैज्ञानिक पद्धति अपनाउने या नअपनाउने, माओवादीलाई आत्मसात गर्ने थान गर्ने बीचको हो । प्रचार गर्ने साम्राज्यवादी तथा प्रतिक्रियावादीहरूको जुन शैली छ, त्यसलाई अवसरवादीहरूले अवलम्बन गरेका छन् । सम्पूर्ण राष्ट्रवादी, क्रान्तिकारी समुदाय सचेत रहन आवश्यक छ । त्यसको लागि म सम्पूर्ण जनसमुदायसग अपिल गर्न चाहन्छु ।

Advertisements

वर्गहरु

%d bloggers like this: