Posted by: chhepyastra weekly | जुलाई 9, 2011

शान्ति र संविधान निर्माण प्रक्रियामा धेरै जटिलताहरू थपिदै गएको छ

सिपी गजुरेल , गौरव , सचिव, एनेकपा -माओवादी

० स्थायी समिति बैठक सुरु हुदा नहुदै स्थगित भएको छ, यसको कारण के होला ?
अध्यक्षको गृहकार्य नपुगेकाले एक दिनको लागि बैठक सार्यौं भन्ने प्रस्ताव ल्याउनु भयो । अध्यक्षले ल्याएको प्रस्तावलाई स्वीकार गर्दै बैठक स्थगित गरेर एकदिन पछाडि सारिएको हो । यसमा अन्य कुनै कारण छैन । बैठक आज पुनः बस्छ ।
० बैठकमा कुन-कुन विषयहरू उठेका छन् त ?
बैठकमा मुख्यगरी कार्ययोजनाको विषयमा गम्भीर छलफल उठेको छ । आगामी भदौ १४ गतेसम्मको लागि कस्तो कार्य योजनामा पार्टी अगाडि बढ्ने भन्ने विषयमा निकास निकाल्न जरुरी छ । कार्ययोजना निक्र्यौल गरेर कार्यविभाजन गर्ने मुख्य जिम्मेवारी पार्टीको अगाडि छ । त्यसलाई कसरी हल गर्ने भन्ने विषयमा बैठकमा कुरा उठेको छ । सरकार, शान्ति, संविधानको विषयमा पनि विषयवस्तुहरू उठेका छन् । मुख्य गरी कार्य योजना बनाएर कार्यविभाजन गर्ने कुरा जोडतोडले उठेको छ ।
० केन्द्रीय समिति बैठक पनि त्यसै अलपत्र परेको छ, यो चाही कहिलेबाट सुरु हुन्छ नि ?
केन्द्रीय समिति बैठक कहिले बस्ने भन्ने विषयमा आज बस्ने स्थायी समिति बैठकले निर्णय गर्छ । त्यस बैठकले गर्ने निर्णयको आधारमा स्थगित भएको केन्द्रीय समिति बैठक सूचारु हुन्छ ।
० भनेपछि तपाईंहरू नेताहरूको बिचमा कार्य विभाजन गरेर अहिले देखिएको समस्याहरू समाधान गर्दै हुनुहुन्छ ?
अहिले हाम्रो मुख्य जोड त्यसमै छ । हामी नेताहरूबीच कार्य विभाजन गरेर दृढताकासाथ कार्यान्वयनमा जान्छौ । त्यसैले अहिलेको मुख्य कुरा भदौ १४ सम्मको लागि पार्टीको कार्य योजना हो । कार्य योजना कस्तो बनाउने भन्ने विषयमा यो स्थायी समिति बैठकले टुङ्गो लगाउाछ । त्यसपछि पार्टीका साथीहरू त्यो योजनामार्फत् कार्यान्वयनमा आˆनो जिम्मेवारी लिएर जानु हुनेछ ।
० सरकारले भर्खरै संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेकोमा ठूलो विरोध भयो, एउटा शब्दमा त यति ठूलो विरोध हुन्छ भने तपाईंहरूले भने जस्तो शान्ति र संविधान निर्माणमा पुग्न त निकै जटिलता देखिन्छ नि ?
शान्ति र संविधान निर्माणको विषय आपैमा जटिल छ । त्यो त्यति सहज छैन । शान्ति र संविधान निर्माणको प्रक्रियामा धेरै जटिलताहरू थपिदै गएको छ । शब्द, शब्दमा विवाद रहेको छ । सरकारको नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राख्दैमा विरोध गरिहाल्नु पर्ने कुनै कारण छ जस्तो मलाई लाग्दैन । छलफलकै प्रक्रियाबाट जटिल विषयहरूलाई सुल्झाउने प्रयास गर्नुपर्छ । शान्ति र संविधान निर्माणको प्रक्रियालाई सााच्चिकै तार्किक निश्र्कषमा पुर्याउने हो भने सबै दलहरू गम्भीर ढंगले लाग्नुको विकल्प छैन ।
० पार्टीभित्र देखिएको समस्यालाई समाधान गर्ने विषयमा केन्द्रीय तहमा छलफल सुरु भएको हो ?
पार्टीभित्र देखिएका समस्यालाई समाधान गरेर जानुपर्छ । त्यसको लागि ठोस योजना सहित कार्य विभाजन गरेर अगाडि बढ्नुपर्छ । नया ढंगले कार्यविभाजन नगर्दासम्म पार्टी भित्रको समस्या समाधान हुादैन । यो तथ्य व्यवहारबाट समेत पुष्टि भइसकेको छ । नयाा ढंगले नेताहरूबीच कार्यविभानज गरेर अगाडि बढ्ने विषयमा हाम्रो सहमति भएको छ ।
० अहिले तपाईंहरूको पार्टीले सरकारको नेतृत्व गर्ने कुरा पनि उठिरहेको छ, यस विषयमा पार्टीभित्र के भइरहेको छ, प्रष्ट पारिदिनुस् न ?
झलनाथ खनालसाग भएको सात बुादे सहमतिको आधारमा उहााले सरकारको नेतृत्व गर्नु भयो त्यो अब करिब करिब पूरा भएको छ । अब हाम्रै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने विषयमा कुरा अगाडि बढाउने समय हुन थाल्यो । यस विषयमा पार्टीभित्र र बाहिर छलफल तीव्र रूपमा भइरहेको छ ।
० प्रधानमन्त्री को हुने भन्ने विषयमा पार्टीले डा. बाबुराम भट्टराईको नाम अगाडि सारेको भन्ने कुरा प्रचारमा भइरहेको छ फेरि काग्रेस लगायतका अन्य दलहरूले प्रचडको नाम अगाडि सारिरहेका छन्, यस विषयमा पार्टीभित्र केही छलफल भएको छ ?
हाम्रो पार्टीभित्र नेताहरूबीच कार्यविभाजन हुने भइसके पछि डा. भट्टराई प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्नुहुन्छ । यो विषयमा छलफल गरेर टुङ्गोमा पुग्न सकिन्छ ।
० तर, काग्रेसलगायत अन्य दलले मान्ने छाटकाट देखिदैन नी उनीहरू त प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्छ भनिरहेका छन नि ?
हाम्रो पार्टीबाट को प्रधानमन्त्री हुने भन्ने विषयमा निर्णय गर्ने अधिकार हाम्रो पार्टीलाई मात्र छ । अरूले भनि दिएर हुने होइन । काग्रेसले हाम्रो पार्टीको विषयमा निर्णय गरिदिएर त हुदैन नि । त्यसकारण हाम्रो पार्टीबाट को प्रधानमन्त्रीको उम्मेदवार बन्ने, को नबन्ने भन्ने निर्णय गर्ने अधिकार अन्य पार्टीलाई छैन ।
० दोहोरो सुरक्षा हटाउने विषयमा पार्टीभित्र विवाद देखापरेको छ, यस विषयमा के भइरहेको छ र कसरी टुग्याउनु हुन्छ ?
दोहोरो सुरक्षा हटाउने विषयमा पार्टीभित्र अहिले छलफल नै भएको छैन । यो छलफलको क्रममा छ । छलफल गरेर नै यो विषय टुग्याउन सकिन्छ । यस विषयमा हाम्रो भनाइ के रहेको छ भने मन्त्री भएका साथीहरूलाई सुरक्षाको लागि प्रहरी छ तर मन्त्री नभएका साथीहरूको सुरक्षाको लागि त जनमुक्ति सेना चाहियो । यसो गरौ भन्ने प्रस्ताव हामीले पार्टीमा लगेका छौ । यस विषयमा पछि निर्णय हुन्छ । अहिले छलफल भएको छैन ।
० वर्तमान सरकारमा पार्टीका तर्फबाट समावेशी बनाउने विषयमा पार्टीभित्र सहमति भएको थियो, यो कहिलेसम्ममा कार्यान्वयन हुन्छ ?
अहिलेको मुख्य एजेण्डा नै मन्त्रिमण्डलमा सहभागीतालाई समावेशी बनाउने भन्ने हो । यो निर्णय छिटै कार्यान्वयन हुन्छ । मुख्य विषय नै कार्यान्वयन नहुने हो भने त्यसको के अर्थ रहन्छ र ?
० समावेशी सरकार झलनाथको नेतृत्वमा हुन्छ कि तपाईंहरूको आˆनै नेतृत्वमा ?
अहिले त झलनाथ कै नेतृत्वमा हुने कुरा भयो । सरकारको नेतृत्व अहिले नै परिवर्तन गर्ने हामीले भनेका छैनौा । मन्त्रिपरिषद्मा सहभागी साथीहरूलाई समावेशी तथा समानुपातिक बनाउने त अहिलेको सरकारमा पनि हो र पछि हाम्रो नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने त्यतिबेला समावेशी सहभागीता त हुने नै भयो ।
० शान्ति प्रक्रियाको मुख्य मुद्दा सेनासमायोजनको प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पार्टीभित्र कस्तो छलफल भइरहेको छ ?
सेना समायोजनको विषयमा पहिला हाम्रो जे नीति बनेको छ त्यसैलाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्छ । त्यसभन्दा तलमाथि गर्नु हुदैन भन्ने नै हो ।
० तपाईं आˆना पार्टीका कार्यकर्तालाई माओवादी पार्टी फुटदैन, पार्टी शान्ति र संविधानको लागि एकजुट भएर अगाडि बढ्छ भनेर आश्वस्त पार्न सक्नुहुन्छ ?
त्यसैको लागि त अहिले हामीले यी प्रयासहरू गरिरहेका छौ । नया ढंगले नेतृत्वको बीच कार्यविभाजन नगरी यो समस्या समाधान हुादैन । अहिले नया ढंगले कार्य विभाजन गरेर, पार्टीलाई फेरि एकतावद्ध गराएर लैजाने भन्ने प्रयासमा हामी सबै लागि परेका छौ । यो प्रयास सफल हुन्छ भन्ने विश्वास सबै साथीहरूलाई दिलाउन चाहन्छौ ।

Advertisements

वर्गहरु

%d bloggers like this: