Posted by: chhepyastra weekly | जुन 25, 2011

राष्ट्र र जनतालाई घाटा हुने कुरा कहिल्यै पनि सोच्नु हुदैन

नेत्रविक्रम चन्द, विप्लव, स्थायी समिति सदस्य, ए.नेकपा माओवादी

० पार्टी केन्द्रीय समितिको बैठक सुरु हुने बित्तिकै स्थगित भयो, यसको कारण के होला ?

पार्टी नेतृत्वले समयमै गृहकार्य पूरा गर्न नसक्नु बैठक स्थगित हुनुको मुख्य कारण हो । बैठकलाई कसरी निकासको साधक बनाउने भन्ने विषयमा पार्टीभित्र व्यापक छलफल चलेको छ । खासगरी वर्ग संघर्षमा देखापरेको पेचिलोपन, अहिलेसम्म हामीले भन्दै आएको शान्ति र संविधानले अब पुग्छ कि पुग्दैन, सरकारको लागि केन्दि्रत संघर्षले अब पुग्छ कि पुग्दैन यस्ता विषयमा निश्कर्ष निकाल्नु पर्ने भएको छ । पार्टीभित्र देखापरेको विकेन्द्रीत अवस्थालाई समाधान दिनुपर्ने मुख्य दायित्व पार्टीमा छ । त्यसकारण यी विषयमा छलफल गर्नुपर्ने भएकाले केन्द्रीय समिति बैठक केही दिनको लागि स्थगित भएको हो ।

० बैठकमा अध्यक्ष प्रचण्डले मौखिक प्रस्ताव पेस गरेको कुराबाहिर आएको छ, के त्यो प्रस्तावमा तपाईंले भनेका कुरा समेटिएका छन् त ?

सबैसाग छलफल गरेर नै अध्यक्षले प्रस्ताव पेस गर्नु भएको हो । हामीले राखेका पााचसात ओटा प्रस्तावहरू जो गम्भीर खालका छन् । बैठकमा छलफल हदा ती प्रस्तावहरू आउाछन् भन्ने मलाई लाग्दछ । शान्ति र संविधानको विषय, सरकारको विषय, माओवादी पार्टीको वर्तमान भूमिकाको विषय, जनजीविकाको विषय यी सबैमा छलफल हुन्छ ।

० पार्टीले लिङ्ग, जाति, वर्ग, क्षेत्र सबैलाई समानुपातिक रूपमा प्रतिनिधितव गराउने सवालमा कमजोरी गर्यो भनेर अध्यक्षलाई विभिन्न ठाउबाट ज्ञापनपत्र बुझाउने काम भइरहेको छ, यस विषयमा के भन्नुहुन्छ ?

हो, यस विषयमा पार्टीभित्र एउटा जागरण नै आएको छ भने पनि हुन्छ । अस्तिमात्र हाम्रो महिला सभासदहरूले सरकारमा सहभागीहरूलाई समानुपातिक समावेशी बनाउनेमा नेतृत्वको कमजोरी गर्यो र त्यसमा सभासदहरू सहमत छैनन् भनेर एक सय उनान्साठी जना साथीहरूको हस्ताक्षर नेतृत्वलाई बुझाउनुभएको छ । त्यसले हाम्रो पार्टीभित्रको अवस्थालाई पनि झझल्को दिन्छ ।

० अखिल क्रान्तिकारीले पनि पार्टीका नेता तथा कार्यकर्ताले आˆना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने भन्दै नेतृत्व समक्ष ज्ञापनपत्र पेस गरेको छ, यस विषयमा के भन्नुहुन्छ ?

यो एकदम सही कुरा हो । यो त अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको प्रस्ताव नै हो । नेताहरू यस विषयप्रति नैतिक बनुन भन्ने मेरो धारणा रहेको छ । यो विषयमा गम्भीर बहस गरेर कडाइका साथ लागु गर्नुपर्छ ।

० अहिले देखिएका तमाम समस्या तथा मुद्दाहरूमा केन्द्रीय समितिको बैठकले निकास देला त ?

केन्द्रीय समिति बैठकले कुन न कुनै रूपमा वर्तमान मुद्दाहरूको निकास दिनैपर्छ । माओवादी नेताहरूले आˆनो जिम्मेवारीको बोध गरे भने, एउटा नेतृत्व हुनुको नाताले आफूबाटको शुदीकरण, रूपान्तरण र इमानदारीता प्रदर्शन गर्न तयार भए भने सबै कुराको जवाफ दिनुपर्छ । अहिले अगाडि आएका प्रस्तावहरू कुनै मान्छेका निजी कुरा नभएर नेपाल राष्ट्र र जनताको प्रस्तावहरू हुन् । त्यसको समाधान नदिएर एउटा जनताको पार्टी, सर्वहारा वर्गको पार्टीले कसरी आˆनो भूमिका पूरा गर्न सक्छ र ।

० तर, पार्टीभित्र तल्लो निकायसम्म समानान्तर कमिटिहरू गठन भएको समाचारहरू आइरहेका छन् यसलाई केन्द्रीय समिति बैठकले कसरी समाधान गर्छ ?

समानान्तर कमिटीहरू नै बनिसके भन्ने साचो कुरा होइन । तर यो सत्य हो कि पार्टी अहिले विभक्त छ, नेताहरू विभक्त छन् भने कार्यकर्ताहरू पनि विभक्त हुने कुरा स्वत छ । तर हामीले यो विभक्त हुने कुरालाई पनि अन्यथा लिनु हुादैन किनकि पार्टीमा केही बिचलनहरू देखापरेका छन् । शान्ति, संविधान, विकास, महिला, मजदुरलाई हेर्ने दृष्टिकोणमा पार्टीमा अन्तर देखापरेको छ । यसलाई सही ढंगले निकास दिन सक्यौा भने पार्टी एकढिक्का हुन सक्छ, निश्कर्ष दिन सकिएन भने त्यो अलग कुरा हो ।

० तर, पार्टीका केही कार्यकर्ताहरू अब पार्टी जुट्नु भन्दा फुटेर गए राम्रो भन्दै हिाडेका छन् यसमा विदेशीहरूको पनि साथ र सहयोग छ भन्ने प्रचारमा आइरहेको छ नि यस विषयमा के भन्नुहुन्छ ?

हो, यो कुरा सही हो । कयौ मान्छेहरू पाका भएका छन्, अनुभवी पनि छन्, नेतृत्वको वरिपरि पनि छन् तर तीनिहरूको बुद्धि घर आगो लगाएर खरानी बेच्ने जस्तो छ । त्यस्तो बुद्धिको पछाडि नेताहरू दौडिने हो भने पार्टीको हालत हामीले अपेक्षा गरे अनुसारको हुन सक्दैन । तर पार्टीमा फेरि क्रान्तिकारी विचार सहित नेतृत्व, कार्यकर्ता सबैको रूपान्तरण चाहने, सबैलाई एकताबद्ध गरेर क्रान्तिमा लैजान चाहने पनि छ भन्ने कुरा हामीले भुल्नु हुादैन ।

० पार्टी सरकारमा सहभागी छ, सरकारको कार्यशैलीप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हामीले निकै गहन जिम्मेवारी र ठूलो अवसर पाएका छौ । तर, माओवादीले त्यो अवसरहरूको समुचित सदुपयोग गर्न सकेन, हामीले सकेनौ भन्नुपर्छ, यसमा हामी दुःखित छौा । मुख्य नेतृत्वले यसको ’boutमा गम्भीर समिक्षा गर्नुपर्छ । पार्टी अहिले सरकारमा छ तर पार्टीका बहुमत हिस्सा यो सरकारको क्रियाकलापबाट अलग छ । यो विषयमा केन्द्रीय समिति बैठकमा छलफल चल्छ र एउटा समाधान निस्कन्छ ।

० पार्टी सरकारमा सहभागी भएपनि सहिद, वेपत्ताका परिवार तथा घाइते, अपाङ्ग योद्दाहरूले हाम्रो समस्याको सुनुवाइ भएन भनेर गुनासो गरिहेका छन् नि ?

यो एकदम सही कुरा हो । नेताहरूले जनता, आन्दोलन, बलिदानको, लक्ष्यलाई भन्दा आफूलाई केन्द्रविन्दुमा राखे, मपाइत्व भयो भने देश र जनताले दुःख पाउाछन् । अहिले मैले यस्तो चित्र हाम्रो पार्टीभित्र देखेको छु । अरू पार्टीको त कुरै नगरौ, हाम्रो पार्टीबाट पनि जनता र राष्ट्रका मामिलाहरूलाई केन्द्र बिन्दुमा राख्ने काम धेरै कम भएर गएको छ । यसलाई हामीले बदल्नै पर्छ ।

० जनसेनालाई समायोजन गर्ने विषयमा पार्टीभित्र व्यापक विवाद छ, यसलाई कसरी निकास दिनुहुन्छ ?

मैले बारम्बार भन्दै आएको छु । उन्नाइस हजार जनमुक्ति सेना सबै समायोजनमा जानपाउनुपर्छ । त्यसभन्दा तलमाथि हुनुहुदैन ।

० तर, सरकारमै सहभागी हुनको लागि सेना समायोजनको संख्यामा घटबढ गर्ने, मोलमोलाइ गर्ने काम भयो भन्ने कुरा बाहिर आइरहेको छ नि ?

रूपान्तरणको निम्ति लड्ने जनता र कार्यकर्ताहरूलाई मान्छेका स्वार्थ पूरा गर्ने साधन बन्न दिनु हुादैन । यसमा प्रष्ट धारणा यही हो ।

० जनयुद्धको क्रममा आम जनता समक्ष व्यक्त गरेका प्रतिबद्धताहरू कति पूरा भए र बााकी पूरा गराउने काममा हामी प्रतिबद्ध छौ भनेर जनतालाई कसरी विश्वस्त पार्नु हुन्छ ?

अंश अंश गर्दा केही पनि भएन भन्ने होइन । केही व्यापक हेरफेरहरू यहाा भएका छन् । नेपाली जनता, नेपाली युवाहरूको चेतना दक्षिण एसियामा निकै उन्नत रहेको हामी देख्न सक्छौ । परिवर्तनको दृष्टिमा हेर्ने हो भने पनि राजतन्त्रको अन्त्य भयो, गाउाघरका समान्तहरूको जरा काटिए दलालहरू पलाएन भएका छन् । तर हाम्रो मुख्य उद्देश्य अझै पूरा भएको छैन । मुख्य उद्देश्य भनेको राज्यको नेतृत्वमा जनतालाई स्थापित गर्दै राज्यको रूपान्तरण गर्ने हो । सर्वहारा वर्गले राष्ट्रको सम्वृद्धिको नेतृत्व गर्ने तहसम्म नपुगेसम्म जनयुद्धको औचित्यलाई सही तरिकाले सावित गर्न सकिादैन । त्यसकारण पार्टी र आन्दोलनलाई त्यसतर्फ लैजान हामीले अझै अधिकतम प्रयास गर्नुपर्छ भन्ने विषयमा व्यापक छलफल चलिरहेको छ ।

० माओवादी पार्टीलाई फुट गराउने विभिन्न मुद्दाहरूमा फसाउने काममा प्रतिक्रियावादीहरू सफल हुादै गएको छन् नि यस विषयमा तपाईं के भन्नु हुन्छ ?

यो एकहदसम्म साचो कुरा हो । दुश्मनहरू त्यतिबेला सफल हुन्छन जतिबेला पार्टीभित्र लोभिपापीहरूको जमघट हुन्छ, जतिबेला पार्टीभित्र विचार प्रधान मान्छेहरू भन्दा भावना प्रदान र अवसरलाई छोप्ने मान्छेहरूको वाहुल्यता बढ्न थाल्छ । पार्टीका नेताहरूमा विचलन सुरुभयो भने दुश्मनहरूको घुसपैठ सुरु हुन्छ । अब अरूले घुसपैठ सुरु गरे भनेर धारे हात लगाउनु भन्दा पनि सर्वहाराबर्गको नेतृत्वको हिसाबले हामीलाई दुरुस्त राख्ने कुरा महत्वपूर्ण कुरा हो । नेताहरूले आफूलाई ठीक ठाउामा राख्न सक्नुपर्यो । आपैचाहि ठाउ छाडेर नौ डाडा घुम्दै हिाडेपछि अरूलाई गाली गर्नु कुनै तुक छैन ।

० भखर्रै मात्र तपाईंले एउटा साप्ताहिक पत्रिकामा अन्तर्वाता दिदा अदालतको अपमान भयो भनेर सर्वोच्चमा मुद्दा दर्ता गराइएको छ र अदालतले पन्ध्र दिनभित्र उपस्थित हुन आदेश जारी गरेको छ, यस विषयमा के भन्नु हुन्छ ?

विषयलाई पूरै तोडमोड गर्ने र हामीलाई सताउने नियतले जुन काम भएको छ त्यसको म कडा रूपले प्रतिबद्ध गर्छु, भण्डाफोर गर्छु । मैले गरेको मुख्य कुरा अदालतको भन्दा पनि न्यायाधिश कुरा हो । न्यायाधिश खत्तम छन् भन्ने कुरा त सर्वोच्चका पूर्व प्रधान न्यायाधीशले अन्य न्यायधीशहरूलाई खारेज गरेबाट पनि त पुष्टि हुन्छ । ’til अनैतिकहरूको जमघट छ त्यहा । बाह्रबुादे देखि विस्तृत शान्ति सम्झौतासम्म आउादा राजनीतिक सहमतिको आधारमा सबै निर्णयहरू भ्।एका छन् । त्यो निर्णयलाई सबैतिर मान्यता दिएको छ । त्यही आधारमा माओवादीमाथि लागेका मुद्दाहरू ख्।रेज हुने निर्णय भएको छ । मुद्दा त प्रचण्ड देखि लिएर सबैलाई छ नि त अनि कार्यकर्ताका मुद्दाहरूलाई उल्टायाएर फैसला गर्ने , संविधानसभामा जितेर गएका सभासदको मुद्दा चाही फैसला गर्ने, यो कस्तो शैली हो । यो शान्ति सुनिश्चित गर्ने नियत हो, या भाड्ने , विथोल्ने नियत हो ,भन्दा यी भााड्ने भडुवा नियत हो भनेर मैले भनेको हुा । जुन न्यायाधीसले त्यस्तो गर्छ , ती चाहिा दलाल प्रकृतिका हुन् भनेर मैले भनेकै छु । त्यसलाई उहाहरूले सच्याउन जरुरी छ ।

० तपाइर्हरू सरकारमा सहभागी हुनुहुन्छ, गृहमन्त्रालय पनि तर्पांइर्ंहरू कै मातहतमा छ, यसमा गृहमन्त्रालयले पहल गरेर जनयुद्धको क्रममा नेता तथा कायकर्तामाथि का सबै मुद्दाहरू खारज गर्नुपर्ने होइन र ?

हो, त्यो अहिले सुरु भएको छ । त्यहा पनि त हाम्रो कमजोरीहरू भए । खास ठाउामा नपुगेर पूरै परिधिमा दौड्ने कुराले हामीलाइ गाह्रो पारेको छ । जनयुद्धको मुद्दा दोर्याइ हाम्रा साीहरलाइ आजीवन काराबासको फैसला गर्ने, सर्वश्वहरण गर्ने काम हुन्छ भने हाम्ा एघार हजार सहिदहरूको जिम्मा कसले लिने, त्यो कुरा उठ्छ कि उठ्दैन । गाउाबस्ती जलाइएका छन्, नष्ट पारिएका छन् त्यसको जिम्मा कसले लिने । अदालत कै कुरा गर्ने हो भने हाम्रो पनि त जनअदालत थियो । जनअदालत हामीले केही समयको लागि स्थगित गरेका छौ । यही अवस्था रहने हो भने जन अदालत सक्रिय भयो भने के हुन्छ, त्यसतर्फ सबैको ध्यान जाओस् भन्ने कुरा हो ।
० यसरी तपाईंहरूमाथि चौतर्फी आक्रमण हुादा समेत तपाईंहरू विद्ह गर्नुको साटो किन फेरि सरकारकै कुरामा रुमलिइ रहनु भएको त ?
मुख्य कुरा त नेताहरू कै दिमागमा गडबड आएको छ । अन्यथा नेपाल परिवर्तनको संघारमा छ, सबै जनता परिवतर्नन कै पक्षमा छन् । यसमा कुनै दुविधा नै छैन तर, नेताहरूले त्यो परिवर्तन र जनताको भावनालाई बुझेर जोखिम मोल्ने कुरा महत्वपूर्ण हो । त्यसको लागि तयार हुने हो भने अन्य सबै कुरा सम्भव हुन्छ ।

० तपाईं माओवादी पार्टीभित्रको युवा तथा जागरुक नेता हुनुहुन्छ , नेपाली जनताले आशा गरेको कुरा प्राप्त गर्छन् भनेर जनता र कार्यकर्तालाई कसरी आश्वस्त पार्नुहुन्छ ?

राजनीतिक आन्दोलनको आदि र अन्य एकजना या केही जनाबाट हुादैन । यो पार्टी, कार्यकर्ता, जनता, सबैको साझा प्रवर्द्धन, बल, सहभागिता र भूमिकाद्वारा निर्धारण हुने कुरा हो । आन्दोलनमा उतारचढावहरू आउछन् । यसक्रममा केही मान्छेहरू थाक्छन केही गल्छन । केही विघटन हुन्छन त्यो पार्टी धेरै ठूलो चिन्ता गर्नुपर्ने म देख्दिन । त्यसलाई सच्याएर अगाडि बढ्ने आाट गर्नुपर्छ । पार्टीभित्र फोहोर मैला, विचलनहरू देखा पर्दा कार्यकर्ताहरू धेरै अत्तालिनु पनि पर्दैन । फोहोर मैलालाई फालेपछि पार्टी नै बर्बाद हुन्छ कि भन्नेसोचाइ बन्न दिनुहुादैन । फोहोर मैला, रोग भनेका पाल्ने कुरा होइनन् त्यसलाई छिटोभन्दा छिटो हटाउन सक्नुपर्छ । फोहोर मैला, फाल्ने लडाइमा बिना दुविधा सबैसाग लडनु पर्छ । हामीले राष्ट्र र जनतालाई घाटा हुने कुरा कहिल्यै पनि सोच्नु हुादैन । राष्ट्र र जनता घाटा हुनुभन्दा नेता र कार्यकर्ताहरूले बलिदान गर्न तयार हुनुपर्छ । हामीले यस्तो भावना राख्न सक्यौ भने राष्ट्र र जनताका विरुद्ध हुने सबै चुनौतिहरूलाई परास्त गर्न सकिन्छ । अहिले माओवादी जुन विन्दुमा छ यसबाट माओवादी रूपान्तरण हुनैपर्छ । पार्टी रूपान्तरण भएन भने पूर्नगठन गरेर भए पनि आन्दोलनलाई अगाडि बढाउन सक्नुपर्छ भन्ने कुरा आजको आवश्यकता हो । यसमा आम कार्यकर्ता जनता विचलित हुनुहुन्न । गलत चीजसाग दह्रो गरी लडिसकेपछि मात्र सबै चीज ठीक हुन्छ भन्ने हामीले बुझ्नु पर्छ ।
Advertisements

वर्गहरु

%d bloggers like this: