Posted by: chhepyastra weekly | जुन 18, 2011

भदौ १४ भित्र संविधानको खाका आउन सम्भव छ

लोकेन्द्र विष्ट मगर, पोलिटव्यूरो सदस्य ए.नेकपा माओवादी

० अगामी भदौ १४ भित्र संविधानको पहिलो खाका सार्वजनिक गरिने भनिएको छ तर राज्यको पुनसंरचना तथा शान्ति बाडफाडको विषय अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन के यस्तो अवस्थामा संविधानको खाका सार्वजनिक गर्न सम्भव छ ?
संविधानसभाको म्याद अझै अढाइ महिना बाकी छ । यस अवधिमा राजनीतिक नेतृत्वहरूले राम्रोसाग काम गरेमा भदौ १४ भित्र संविधानको खाका आउन सम्भव छ । राज्य पुनर्सरचना तथा राज्य शक्ति बाडफाड समितिमा देखिएका अधिकांश विवादमा सहमति भएको छ । अब बाकी रहेका २२।२५ वटा विवादित बुादामा पनि सहमति खोज्ने प्रयास भइरहेको छ । राज्य पुनसंरचना तथा राज्य शक्ति बाडफाड समितिमा यतिबेला मुख्य गरी तीन वटा विषयमा विवाद देखिएको छ । कति प्रदेश बनाउने, प्रदेशलाई राजनीतिक अग्राधिकार दिने कि नदिने, स्वायत्त क्षेत्रको अनुसूची कति राख्ने नामाङ्कन र सिमाङ्कनको विषयमा मुख्य विवाद छ । सैद्धान्तिक अबधारणा र नीतिको कुरा यससाग जोडिएको छ । यसमा सम्झौता हुन सक्दैन । अर्कोपक्ष भनेको प्राविधिक हो । यसमा कति अंक राख्ने, प्रदेशको संख्या कति राख्ने, सिमाङ्कन तथा नामाङ्कन कसरी गर्ने भन्ने कुरा पर्छन् । यो त्यति ठूलो समस्याको विषय पनि होइन । राज्यको नाम श्यामबहादुर, रामबहादुर, कालिबहादुर जे राखे पनि मुख्य कुरा काम हुनुपर्यो । नाम राम्रो भएर हुादैन काम राम्रो हुनुपर्छ । सम्पूर्ण समितिले आएको आधिकारीक प्रतिवेदन र संविधानसभाले गरेको निर्देशन अनुसार संवैधानिक समितिले संविधानको मस्यौदा तयार पार्ने हो । समितिले तयार पारेको मस्यौदा संविधानसभामा पेश हुन्छ र त्यो मस्यौदा संविधानसभाको निर्देशन बमोजिम जनताको बीचमा जान्छ । त्यसपछि जनताले यो कुरा ठीक छ यो बेठिक छ, यो थप, यो घटाउ भनेर सुझाव दिन्छन् । त्यो सुझाव फेरि संविधानसभामा आउाछ । संविधानसभाले सम्बन्धित समितिलाई यी यी कुराहरू मिलाउ भनेर जिम्मेवारी दिन्छ । समितिले ती विषयमा व्यपक छलफल पछि निश्कर्षमा पुग्छन । त्यसपछि त्यो प्रतिवेदनलाई पुनः संविधानसभामा पठाउाछन् । सम्बन्धित विषयगत समितिले गरेका निर्णय र तयार पारेका प्रतिवेदनको विरुद्ध, त्यसलाई तोडमोड गर्ने, आˆनो मनोमानी ढंगले फेरबदल गर्न कसैले पाउादैन । संवैधानिक समिति भनेको पनि अन्य समिति सरह नै हो । राज्य पुनसंरचनाको काम जटिल छ । यी काम नया छ र कठिन छ । त्यसकारण नै यो कठिन भएको हो । तर यो असम्भव भने छैन । हाम्रो मुख्य दलका मुख्य नेताहरू संवैधानिक समितिमा हुनुहुन्छ । उहाहरूले राज्य पुनसंरचना र राज्य शक्ति बाडफाडको विषयलाई मुख्य एजेण्डाको रूपमा लिएर अगाडि बढ्नु भयो भने समस्याको हल हुन्छ । तर राज्य पुनसंरचना र राज्यशक्ति बाडफाड समितिले पेस गरेको मस्यौदाको प्रतिवेदनलाई अपहेलना गर्ने, त्यसलाई छायामा पार्ने काम भयो भने त्यो मान्य हुने छैन ।
० अस्तिमात्र तपाईंले पत्रकारहरूसामु संवैधानिक समितिले आˆनो हैसियत बिर्सियो भनेर सार्वजनिक टिप्पणी गर्नु भयो, यसको आसय के हो बताइदिनुस न ?
यस विषयमा मैले अघि पनि भनिसके । संवैधानिक समिति आˆनो कार्यक्षेत्रभित्र मात्र कार्यरत रहनुपर्छ, अरूको कार्यक्षेत्र अधिकारलाई हस्तक्षेप गर्नु हुादैन त्यसो नगरौ भन्ने नै मेरो भनाइको आशय हो ।
० अब, पार्टी भित्रको कुरा गरौ, माओवादी पार्टी भित्र यतिबेला गुट उपगुट सिर्जना भएको छ, यसले शान्ति र संविधान निर्माणको बेला माओवादी आपै भाडभैलो तिर लाग्यो भनिन्छ नि ?
माओवादी पार्टी गतिशील पार्टी हो । गतिशील पार्टी हुनुको नाताले यसभित्र विभिन्न छलफल, मतभेद तथा अन्तरविरोधहरू भइरहन्छ । पार्टीभित्र देखापरेको मतभेद तथा अन्तरविरोधहरू दुई खालका छन् । एउटा तत्कालीन विषयमा र अर्को दीर्घकालीन विषयमा तत्कालीन विषयहरूमा भएका मतभेदहरूलाई समाधान गर्न पार्टीको निर्णय अनुसार कार्यान्वयनमा जाऔा र आफूलाई चित्त नबुझेका विषयमा नोट अफडिसेन्ट लेखौा तर पार्टी निर्णय कार्यान्वयनको सवालमा एकजुट हौ । यस तरिकाले अगाडि बढ्ने हो भने तत्कालीन समस्याका विषयहरू हल हुन्छन । दीर्घकालीन समस्याहरू जो वैचारिक कार्य दिशात्मक र नेतृत्वसम्बन्धी छ । यो विषयहरूमा छलफल गर्दै गएर अन्तर पार्टी फोरम चलाएर महाधिवेशनमार्फत् यसको टुङ्गो लगाउन सक्छौ । अहिले हामी एक्काइसौ शताब्दीको दोस्रो दशकको पहिलो फेजमा छौ । यो बेलामा विश्व पुाजीवादी बहुलवादको प्रकोपमा छ । बहुलवादमा मान्छेहरू व्यक्तिगत स्वार्थहरू, पदलोलुपत्ता, अराजकता, कमाण्डमा रहन नचाहने, संस्थागत निर्णय भन्दा व्यक्तिगत निर्णय मनपराउने, आफूमात्र सही र अरू सबै गलत भन्ने हुन्छ । यसलाई हाम्रो माक्र्सवाद भित्रको अराजकता भन्छौ । हाम्रो पार्टी पनि यतिबेला अराजकताबाट प्रभावित भएको छ । यो पार्टीर् भित्रको समस्या हो । बहुलवाद या अराजकतावाद र उत्तर आधुनिकवादबाट हामीले हाम्रो पार्टीलाई बचाउनुपर्छ ।
पार्टीभित्र देखिएका समस्यालाई समाधान गर्न नसकिने भन्ने होइन, सकिन्छ । पार्टीलाई एकताबद्ध गरेर नया आधारमा नया दिशाबाट एकताबद्ध गरेर हामी अगाडि बढ्न सक्छौ भन्ने कुराले नै पार्टीलाई सही मार्गमा डोर्याउाछ । अब बस्ने केन्द्रीय समिति बैठकमा सम्भवत यस विषयमा छलफल हुन्छ त्यहाबाट निकास अवश्य निस्कन्छ ।
० पार्टीको निर्णय अनुसार नेताहरूको सुरक्षामा रहेका जनमुक्ति सेनालाई शिविरमा पठाइयो तर पार्टीको यो निर्णय पूर्ण रूपमा भने कार्यान्वयन हुन सकेको छैन नि ?
पार्टी मूलभूत रूपमा शान्ति र संविधानको मुद्दालाई लिएर अगाडि आएको छ । यस सन्दर्भमा आˆनो छुट्टै सुरक्षा प्रणाली हुनुपर्छ जस्तो मलाई लाग्दैन । किनकि हामी आपै यतिबेला सरकारमा छौ । यो बेलामा नेपाल प्रहरी र नेपाली सेना पनि त हाम्रै हुन । अहिले दोहोरो सुरक्षा र घेरा नचाहिला भन्ने हिसाबले हाम्रो मुख्य नेतृत्व देखि नेतृत्वको एउटा तहसम्म रहेको सुरक्षाको प्रबन्ध पो थियो ती सबैलाई हामीले हटाएका छौ । एउटा सेक्टरका साथीहरूले चाहिा हामी जनमुक्ति सेनाको सुरक्षा हटाउादैनौ त्यो हटाउने निर्णय बेठिक छ भन्ने जुन कुरा उहाहरूले राख्नु भएको छ त्यो आगामी केन्द्रीय समिति बैठकबाट हल हुन्छ ।
० पछिल्ला दिनहरूमा पार्टीभित्र देखापरेको गुटहरूको गुटगत भेला भएको कुरा सञ्चारमाध्यममा पटक-पटक सार्वजनिक भएको छ, यसलाई कसरी समाधान गर्नुहुन्छ ?
हामी यो विषयलाई तत्कालीन र दीर्घकालीन योजना बनाएर हल गछौ । पार्टीभित्र देखापरेको गुटगत राजनीतिलाई वर्ग संघर्षमार्फत् हल गर्न सकिन्छ । जबसम्म वर्ग संघर्ष हाम्रो काबुमा हुन्छ, त्यो बेला पार्टीलाई हामी एउटा ढंगले सुदृढ गरी अगाडि बढ्छौ । यदि वर्ग संघर्ष हाम्रो काबुमा भएन र प्रतिक्रियावादी शक्ति हावी भयो भने त्यति बेला पनि हामी, छानिएर, सुदृढ भएर अगाडि बढ्नुपर्ने हुन्छ । अहिले अन्तरसंघर्ष प्रधान नभएर वर्ग संघर्ष प्रधान हुने अवस्था हो । त्यसकारण यो बेलामा अन्तरसंघर्ष र वर्ग संघर्षको भेद स्पष्ट गरेर जानुपर्छ । अन्तरसंघर्ष सञ्चालन गर्ने पनि आˆनो विधि हुन्छ । अन्तरसंघर्ष सञ्चालन गर्दा वर्ग दुश्मनहरू हास्नु हुादैन, वर्ग संघर्ष सञ्चालन गर्दा वर्ग मित्रहरू पूरै एक ढिक्का हुनुपर्छ । वर्ग संघर्ष सञ्चालन गर्दा वर्गमित्रहरूको घेरा फराकिलो हुनुपर्छ र अन्तसंघर्ष सञ्चालन गर्दा आˆनै पद्दति अनुसार भित्र कति भन्ने र बाहिर कति भन्ने कुरामा मुख्य ध्यान दिनुपर्छ । हामी आपैले आˆनो शरीर कन्याएर धूलो उडाउने अर्थात् कुखुराले माटोमा खेलेर आˆनै शरीरमा फोहोर पारेजस्तो गर्नु हुादैन । त्यसकारण अन्तरसंघर्षको पनि आˆनो विधि तथा प्रक्रिया छ । अन्तरसंघर्ष चल्दा वर्ग दुश्मनको घेरा साघुरो र हाम्रो घेरा फराकिलो हुनुपर्छ भन्ने मलाई लाग्छ । यही आधारमा हामी अगाडि बढयौ भने पार्टी भित्रको अन्तरसंघर्ष अनि सिङ्गो वर्ग संघर्षको भेद र स्पष्ट रेखाङ्कन अनि यसको सञ्चालनबाट समस्या हल गर्न सक्छौ ।
० पार्टी यतिबेला सरकारमा सामेल छ, सरकारको कार्य शैली प्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यस पटक सहित हाम्रो पार्टी चार पटक सरकारमा सहभागी भएको छ । अपेक्षाकृत रूपमा जनताको पक्षमा जतिकाम गर्न सक्नु पथ्र्यो । त्यति गर्न सकिरहेका छेनौ को जस्तो लाग्छ । यसो हुनु पछाडि विभिन्न कारणहरू होलान । कतिपय शैलीगत कुराहरू यससाग जोडिएका होलान् । कतिपय हाम्रा अनुभवमा रहेको कमीले काम गरेको होला । पुरानो र नयाको बीचमा तालमेल नमिलेर काम हुन नसकेको पनि हुनसक्छ । काम नभएको होइन तर पनि सन्तुष्टि गर्न लायक भने छैन किनकि मिलिजुली सरकार हुादा सन्तुष्टि दायक काम हुनसक्दैन । तापनि जति गर्न सकिन्थ्यो त्यति नभएकोमा जनताहरू अलिकति रुष्ट हुनेहुन कि, वेखुस हुनेहुन कि भन्ने डर छ । यसको व्यवस्थापन छिट्टै हुन्छ । सरकार सञ्चालन सम्बन्धी न्यूनतम र अधिकतम कार्यक्रमको रूप रेखा कोरेर हामी अगाडि बढ्न सक्यौ भने हाम्रो पार्टी सरकारमा गएको सार्थकता हुन्छ ।
० पार्टीले सरकारमा मन्त्रीहरू पठाउादा योग्यताभन्दा पनि व्यक्ति हेरेर पठायो, त्यसैकारण उपलब्धि मुलक काम हुन सकेन भन्ने पार्टी कार्यकर्ताको आरोप छ नि ?
हाम्रो पार्टी अहिले गुटगत राजनीतिमा फसेको छ । जसले गर्दा पार्टी एकतावद्ध रहेन । पार्टी गुटगत गतिविधिमा फस्दा कुन गुटबाट कति पर्ने, को मन्त्री बन्ने भन्ने कुरा जोडतोडले उठ्यो । यस्तो कुरा पार्टीभित्र उठ्नु नराम्रो थियो । हामीले मुख्य गरी सर्वहारावर्गको प्रतिनिधि सरकारमा पठाउने हो । सक्षम व्यक्तिहरू पठाउने हो । यसो भनिरहादा अहिले सरकारमा गएका साथीहरू असक्षम भन्न खोजेको होइन । जनता र कार्यकर्ता पंक्तिको ठूलै हिस्साको भनाइ के रहेको छ भने छनोटमा हाम्रो कुरा मिलेन कि छनोट ठिक ठिक ठााउमा परेन कि भन्ने रहेको बुझिन्छ । यधपी अहिले जुनजुन साथीहरू राज्य समिति,केन्द्रीय समिति,पोलिटब्युरो र स्थायी समितिबाट सरकारमा सहभागि हुनुभएको छ, यो चार तहबाट सरकारमा गएका हाम्रो आˆनो नेतृत्ब नै हो । उनीहरू पार्टीको मुल्य,मान्यता र घोषणा पत्र अनुसार चल्नुर्पछ । अरू मन्त्रीले के गर्छन् भन्ने होइन, हाम्रो आˆनोपन हुनुपर्दछ । हामीले केही नयाा गरेर देखाउनु पर्छ । हामी जनताप्रति पूर्णरूपमा उत्तरदायी हुनुपर्छ । पार्टी, पार्टीको बिचार र जनताप्रति पूणउत्तरदायी भएर काम गरेको खण्डमा सरकारमा जो सहभागी भए पनि काम हुन्छ । सरकारमा जो सहभागी भए पनि काम गर्ने त्यसरी नै हो । तर काम गर्दा समस्टीगत रूपमा गर्नुपछ, न कि व्यत्तिगत ढंगले । मन्त्रालय चलाउन एउटा योजना बनाएर अगाडी बढ्रनुर्पछ । हामी राम्रो काम गरेर ठुलो मान्छे होइंन राम्रो मान्छे बन्न तर्फ लाग्नुर्पछ ।
० तपाईं माओवादी पार्टीको जिम्मेवार नेता पनि हुनुहुन्छ, जनयुद्धको क्रममा तपाईंहरूले जनताको अगाडि गरेका प्रतिबद्धताहरू पूरा गर्न माओवादी पार्टी सक्षम छ जस्तो लाग्छ ?
माओवादी पार्टीलाई असक्षमताको पगरी गुथाउने र असक्षम घोषित गर्ने बेला अहिल्यै भइसक्यो जस्तो लाग्दैन । हामी सक्षम छौ । तर हामी त्यतिबेलामात्र साच्चिकै सक्षम हुने छौ, जतिबेला हामीले दश वर्षे जनयुद्धको बेला उठाएको मुद्दाहरू हल गर्न, पार्टीलाई पूर्णरूपमा एकताबद्ध गर्ने सक्छौ । पार्टीले गरेका निर्णयहरूमा हाम्रो नेतृत्व देखि कार्यकर्ता पूर्ण रूपमा होमिने छन्, शान्ति संविधानको मुद्दा अनि राष्ट्रिय स्वाधिनताको मुद्दालाई पकडेर अगाडि बढ्ने छौ, यो मुलुकमा एउटा स्थायी सरकार र संविधान चाहिएको छ । यो देशमा जनताले ढुक्कसाग बस्न पाउनुपर्छ र उसले काम र माम समेत पाउनुपर्छ । युवायुवतीहरू विदेश पलायन हुने दर्दनाक अवस्थाको अन्त्य गर्नुपर्छ । यी काम सम्पन्न गर्न हामी दुई ढंगले अगाडि बढ्र्छा । एउटा सुधारात्मक ढंगले जान्छौ भने अर्को दीर्घकालीन क्रान्ति सम्पन्न गरी अगाडि बढ्छौ । त्यसकारण क्रान्ति सम्पन्न गरेर मात्र सबै कुराको हल गर्न सकिन्छ । तत्कालको लागि आशिंक र सुधारात्मक ढंगले पनि हामीले केही गर्नुपर्छ । हामीले सबैतालमा नाच्न सिक्नुपर्छ । हामीले पश्चिमको देउडा, थारुहरूको छलीया पनि नाच्न सिक्नुपर्छ । इतिहास, क्रान्ति र जनताले बोकाएको अभिभारा पूरा गर्न हामी प्रतिबद्ध छौ। देश जनता र परिस्थिति एकतालमा र हामी अर्कै तालमा नाच्न थाल्यौ भने हामी सिद्धिन्छौ ।
० अन्त्यमा यस क्षेप्यास्त्र साप्ताहिक मार्फत् थप केही भन्न चाहनुहुन्छ ?
यो पत्रिकाले जुन रूपमा आˆनो कामलाई अगाडि बढाइरहेको छ, त्यसलाई अझ प्रभावकारी बनाउादै सही सत्य खालका समाचार तथा विचारहरू पस्कन सकोस् जनताका दिल र दिमागलाई खोल्ने विचारहरू क्षेप्यास्त्रको रूपमा अझ जनता सामु पस्कन सकोस् र पत्रिका सफल रहोस भन्न चाहन्छु । हामी अहिले संक्रमणकालीन राजनीतिक अवस्थामा छौ । अहिलेको चुनौति र संगीन मोडबाट कति पनि नहडबडाइ साहस र विवेकपूर्ण ढंगले हामी अगाडि बढयौ भने भविष्य हाम्रो हातमा छ ।

Advertisements

वर्गहरु

%d bloggers like this: