Posted by: chhepyastra weekly | जुन 11, 2011

जनताको मुक्तिका लागि हामी अर्को जोखिम मोल्न समेत तयार छौ

नेत्रविक्रम चन्द्र विप्लव, स्थायी समिति सदस्य, एनेकपा माओवादी

० तीन दलबीच भएको पाच बुादे सहमतिले मुलुकको राजनीतिमा झनै तरलता बढायो भनिन्छ नी ? वास्तविकता के हो ?

पाच बुादे सहमतिले मुलुकलाई निकासतर्फ भन्दा पनि पछाडि फर्काउने काम गरेको छ । यसले अग्रगमनलाई भन्दा यथास्थितिलाई ज्यादा मद्दत पुर्याएको छ । झलनाथ खनालसाग विगतमा भएको सात बुादे सहमतिलाई वस्तुत पछिल्लो पााच बुादे सहमतिले उल्टयाएको छ । सात बुादे सहमति यथास्थितिवादी खेलको सिकार भएको छ


० पाच वुदे सहमतिले जनयुद्धबाट प्राप्त उपलब्धिहरू गुम्ने अवस्थामा पुग्यो, जसले गर्दा मुलुकले निकास नपाउने भयो भनिन्छ नि ?

यो एकहदसम्म सही कुरा हो । जनयुद्धबाट प्राप्त उपलब्धिहरू सबै गुम्छन भन्ने त होइन तर आन्दोलनमा एउटा विचलन देखिदैछ भन्ने कुरा चाहिा सही हो । जनयुद्धले अघि सारेका प्रस्तावहरू जनआन्दोलनले स्थापित गरेका प्रस्तावहरू किसान, महिला दलित, जनजातिका भूमिसम्बन्धी समस्या राज्यसम्बन्धी समस्या, विशेषाधिकार सम्बन्धी समस्या, राष्ट्रिय सेना निर्माण गर्ने उद्देश्यहरूलाई छाड्दै सम्झौतावाद तर्फ एउटा प्रवृत्ति गइरहेको छ, त्यसले गम्भीर, प्रश्न खडा गरेको छ । तरसागै जनताका प्रस्तावहरूलाई लिएर आवश्यक रूपमा अगाडि बढ्ने प्रवृत्ति पनि छ । त्यसकारण पार्टी अहिल्यै नै वर्वाद भइहाल्छ कि भन्ने कुरा सत्य होइन ।

० पार्टीको पछिल्लो निर्णयले शान्ति संविधान र सेना समायोजनको नाममा जनसेनालाई तितरवितर गर्नेतर्फ लागेको देखिन्छ नि ?


पार्टीभित्र जनमुक्ति सेनाको सिङ्गै पंक्तिलाई सुरक्षित गरेर सुदृढ गरेर अगाडि लैजाने कि कााग्रेस, एमालेहरूले प्रस्ताव गरे अनुरूप संख्या घटाउने रिग्रुरूपीङ࠷गर्ने नाममा जनमुक्ति सेनाको इतिहास नै धरापमा पर्ने गरी विषयवस्तुलाई सम्झौतामा फसाउने भन्ने कुरामा छलफल चलेको छ । जनमुक्ति सेनाको इतिहास गौरव र भूमिकालाई सुनिश्चित गर्दै भविष्यका दिनमा त्यसलाई सुदृढ गरिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।
० शान्ति र संविधान निर्माणको प्रत्रियाले पूर्णता पाएको छैन, विगतमा तपाईंहरूकै टाउकोको मुल्य तोक्ने सुरक्षा निकाय तपाईंहरूको सुरक्षामा खटिएका छन्, यस्तो अवस्थामा तपाईंहरूले शान्ति र संविधान निर्माणको प्रक्रियालाई पूर्णता दिन सक्नु हुन्छ त ?

प्रहरी अधिकृत र जवानहरू या नेपाली सेनाका साथीहरूसाग हामीले अविश्वास गर्ने, धेरै आशंका गर्ने कुरा होइन । यो उहाहरूसगको सरोकारको कुरा पनि होइन । राज्य र पार्टीले भनिसकेपछि सुरक्षानिकायहरूसागको सम्बन्धलाई अन्यथा ठान्ने कुरा पनि आउादैन । तर मुख्य कुरा केहो भने जनमुक्ति सेनालाई दोहोरो भुमिका भन्ने गलत अर्थ लगाएर हटाइयो त्यसमा हाम्रो गम्भीर आपत्ति रहेको छ । हाम्र्रै साथीहरूले दोहोरो भूमिका भनेर बेकारको औचित्यहिन, अनाधिकारीक शब्द प्रयोग गरेर जनमुक्ति सेनालाई माओवादीका नेताहरूको सुरक्षाबाट झिक्ने काम जुन भयो त्यो निकै हानिकारक छ । सुरक्षाको कुनै नयाा वैकल्पिक व्यवस्था नगरेर नेताहरूलाई, निशस्त्र पार्ने जुन कुरा सोचियो यो निकै नै हानिकारक, घातक र आत्मसम्पर्णकारी खालको छ । यो कुरा हामीलाई स्वीकार्य छैन । यस विषयमा हामीले आˆनो धारणा स्पष्ट रूपमा राखेका छौ ।


० माओवादी पनि सरकार र सत्ता केन्दि्रत भयो, त्यही कारण उसले काग्रेस, एमालेले जुनजुन एजेण्डा अगाडि सार्छन् त्यसमा आत्मसर्पण गर्दै गएको छ भन्ने पार्टी कार्यकर्ताको गुनासो छ नि ?

यसको दुई वटा पाटा छन्, एउटा हिस्सा माओवादी त्यस दिशातर्फ जान खोजेको हो कि भन्ने विषयमा हाम्रो पार्टी भित्रै बहस छलफल चलेको छ । दक्षिणपन्थी आत्मसमर्पणतर्फ पार्टी जान थाल्यो कि भन्ने विषयमा हाम्रो बहस भएकै छ । यस्तो खालको समस्या अन्यत्र होइन अध्यक्ष कमरेड मै आयो कि भन्ने विषयमा पनि हामीले छलफल गरेकै छौ । पार्टी यो तरिकाले अगाडि बढेर हुादैन, पार्टीलाई क्रान्तिकारी मूल्य, मान्यता र आर्दश अनुसार पुर्नसंगठित गर्दै लैजानुपर्छ भन्ने विषयमा बहस चलिरहेकै छ ।

० भनेपछि माओवादी पार्टीभित्र यथास्थितिवादी र क्रान्तिकारी सोच राख्ने बिच ध्रूवीकरण चलिरहेको छ ?

हो, त्यो त दुनियामा जगजाहेर भएको कुरा हो । माओवादीमा केही समयदेखि निकै ठूलो बहस चलेको छ । त्यो बहसको केन्द्रविन्दु भनेको जनताको पक्षमा उभिने कि नउभिने, नेताहरूले जनता र राष्ट्रको पक्षमा त्याग गर्न सक्ने कि नसक्ने, कार्यकर्ताहरूले आर्दश अनुरूपको जीवन बिताउन सक्ने कि नसक्ने, यी सबै विषयमा पार्टीभित्र बहस चलिरहेको छ । माओवादीको बहस क्रान्तिसाग सम्बन्धित हुनुको नाताको दुई ओटा प्रवृत्तिहरू देखापरिहाल्छ । एउटा पक्ष विषयवस्तुलाई अगाडि बढाउन चाहने, र अर्को पक्ष अहिले कै अवस्थामा बस्न चाहने, एउटा जनताको प्रस्ताव र क्रान्तितर्फ अग्रसर बन्न चाहने अर्को यथास्थिति मै रमाउन चाहने, यो प्रष्ट रूपमा देखापरेको छ ।

० पार्टी सरकारमा सहभागी भएको छ, सहिद तथा वेपत्ताहरूको सपनाहरू पुरा हुन सकेको छैन, तर पार्टीका नेताहरू एकआपसमा झगडा गरेर तमासा देखाइरहेका छन्, यस्तो अवस्थामा हिजो जनयुद्धमा सामेल भएका आम कार्यकर्ताले कसरी मन बुझाउने ?

इतिहासले सुम्पेको जिम्मेवारी, नेपाली जनताले गरेको अपेक्षा र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने विषय मुख्य हो । यस सन्दर्भमा सबै नेताहरूले समान ढंगले व्यवहार प्रदर्शन गर्छन् भन्ने कुरा पनि हुादैन । एउटा घटनाक्रममा एकथरी नेताहरू पछि हट्छन र अर्कोथरी नेताहरू अगाडि बढ्छन् । एउटा आन्दोलन यथास्थितिमा फस्छ, अर्को आन्दोलन क्रान्ति तर्फ अग्रसर हुन्छ । आम कार्यकर्ताले के सही हो भन्ने कुरा बुझ्नु पर्दछ । नेताहरूको मुख हेरेर सामान्य प्राविधिक कुराहरूमा लाग्ने होइन कि सिङ्गै क्रान्ति र जनताको भविष्यसाग जोडेर सही पक्षलाई साथ दिने तर्फ हामी जान सकियो भने सबै समस्याहरू सहजिएर जान्छन् ।

० तीन महिना भित्र संविधानको खाका सार्वजनिक गरिने भनिएको छ, के त्यो सम्भव होला ?

मुख्य कुरा संविधान कस्तो बनाउने भन्ने हो । कााग्रेसले बुर्जुवाहरूले यथास्थितिवादी, संसदवादीहरूले भनेजस्तो संविधान बनाउन त केही समस्या छैन । संविधान बन्न नसक्नुको मुख्य कारण माओवादीले अघि सारेका प्रस्तावलाई काग्रेसले नस्वीकार्नु नै हो । माओवादीले संसदीय संविधान मात्रै नस्वीकारेर संविधान नबनेको हो । मेरो विचारमा अहिले पनि स्थिति सहज छैन । एउटा कसैको संविधानलाई अर्कोले समर्थन गरिदिएपछि संविधान बन्न त सक्ला तर त्यस्तो अवस्था अहिले छैन । माओवादीले एउटा बुर्जुवाखालको संविधान मानेर अगाडि बढ्ने कुरा सम्भव नै छैन ।

० तपाईं पार्टीको जिम्मेवार नेताको हैसियतले सेना समायोजन प्रक्रिया कसरी अगाडि बढ्नु पर्छ भन्नु हुन्छ ?


उन्नाइस हजारको संख्यामा रहेका जनसेना नै सबै समायोजनमा जान पाउनुपर्छ । यो कुरा हामीले पार्टीमा दृढताका साथ राखेका छौ । अरू कुरा हामीलाई थाहा छैन । प्रमाणिकरणमा परेका १९ हजार जनसेना नै सेनामा समायोजन हुनुपर्छ । प्रचण्ड कमरेड लगायत अन्य केही नेताहरूले सात आठ हजार अरू के-के भन्दै हिाडेका छन् । त्यसको कुनै सरोकार छैन । अबको बहस छयानब्बे हजार नेपाली सेना र उन्नाइस हजार जनमुक्ति सेना दुई सेनाले राष्ट्रिय सेना निर्माणको हैसियत र अधिकार पाउनेमा केन्दि्रत हुनुपर्छ ।
० तपाईंको संयोजकत्वमा केही समय अगाडि जनस्वयमसेवक दस्ता गठन भएको थियो, यसले आˆनो कामकारवाही कसरी अगाडि बढाइरहेको छ ?
जनस्वयमसेवक दस्ता अहिले संगठनको काममा गइरहेको छ । पार्टी भित्रको बहसले यसलाई अलिकति प्रभावित गरेको छ । यसलाई हामी हाम्रो पार्टीको केन्द्रीय समिति बैठक पछि दुरुस्त गछौर्ा । सापेक्षतामा अन्यत्र भन्दा जनस्वयमसेवक दस्तामा उत्साह छ ।

० तपाईंहरूले जुन उद्देश्य राखेर क्रान्ति थाल्नुभएको थियो, त्यो उद्देश्य पुरा गर्न हामी कटिबद्ध छौा भनेर जनतालाई कसरी आश्वस्त पार्नु हुन्छ ?

नेपाली जनतालाई यहासम्म ल्याउने हामी नै हो । माओवादीले नै नेपाली जनतालाई अहिलेको अवस्थासम्म ल्याएको हो । सम्पूर्ण रूपमा जनताको पक्षमा बलिदानी गर्दै जनताको विश्वासजितेर नै हामी यो अवस्थामा आइपुगेका छौा । माओवादीले अघि सारेको किसान, दलित, महिला, जनजाति र राष्ट्रका प्रस्तावहरू छन् यिनै विषयहरूले मात्र राष्ट्र र जनतालाई भविष्य दिने जीवन दिने मामिला हुन भन्ने कुरा त प्रष्ट भइसक्यो । जनताका प्रस्ताव बोकेर हिाडेको माओवादीलाई जनताले विश्वास नगर्ने त कुरै भएन । हामीलाई पूर्ण विश्वास छ, जनताले हामीलाई पूरा साथ दिने छन् । जनताको मुक्तिको लागि हामी अर्को जोखिम मोल्न समेत तयार छौ ।

० तपाईंले यस्तो भन्दै गर्दा क्रान्ति पूरा गर्न त माओवादीमा फुट नै आउनुपर्छ, एक जुट भएर सम्भव छैन किनकि एकथरि नेता तथा कार्यकर्ताहरू पद, पैसा र सत्ताको लोलुपत्तामा फसिसके भन्ने कार्यकर्ताको गुनासो सुनिन्छ नि ?

माओवादीमा अहिले फुट र एकताको कुरा होइन । मुख्य कुरा के हो भने, जुन प्रस्तावहरू अघि सारेर हामीले जनयुद्ध सुरु गर्यौ, जनतालाई बलिदान गर्यौ, हाम्रो पार्टी यहासम्म आयो ति प्रस्तावहरू पुरा नभएसम्म माओवादी पार्टी फर्केर जाने ठाउा कही छैन ? माओवादीलाई फर्केर एउटा संसदवादी बन्ने अधिकार कहा छ ? मान्छेका अनुहार तिर फर्केर हेरियो भने समस्या आउला तर नीति, कार्यक्रम तथा योजनामा हेरियो भने जनता तथा कार्यकर्ताले विश्वास गर्छन् । एकता भनेकै जनता राष्ट्रको जीवनलाई बोकेर हिाड्नु हो । त्यो भन्दा अर्को एकता कहा हुन्छ र ?


० अन्त्यमा यस क्षेप्यास्त्र साप्ताहिक मार्फत् आम जनसमुयदालाई के भन्न चाहनुहुन्छ ?

यो एउटा संकटको बेला हो । यस्तो अवस्थामा हामी सबैले राष्ट्र र जनताको मुक्तिको खातिर मेहनत गरिरहनुपर्छ । हामी सबैले मुलुकलाई रुपान्तरणको दिशामा अगाडि लैजान मेहनत गर्नुपर्छ । मुलुक र जनतालाई मुक्ति दिलाउन हामी प्रतिबद्ध छौ । यसमा सबैलाई साथ दिनुहुन अनुरोध गर्दछु ।

Advertisements

वर्गहरु

%d bloggers like this: