Posted by: chhepyastra weekly | जुन 5, 2011

समायोजन गर्ने भनेको जनसेनालाई पनि राज्यको एक अंग बनाउने भनेको हो
देव गुरुङ, स्थायी समिति सदस्य एनेकपा माओवादी
० तीन दलका शीर्षस्थ नेताहरुबीच भएको पाच बुादे सहमति कार्यान्वयनको दिशामा के भइरहेको छ, प्रष्ट पारिदिनुस न ?
मुख्य दलका नेताहरुबीच भएको पाच बुादे सहमतिका विषयमा छलफल अन्तरक्रिया गर्दै अगाडि बढ्ने काम भइरहेको छ । यस विषयमा दलहरुले आवश्यकता अनुसार कुराकानी छलफल गरेर अगाडि बढ्न जरुरी छ।
० अहिले प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले सेना समायोजनको विषयलाई जोडतोडले उठाएको छ, सेना समायोजन गर्दा कति संख्यामा जनमुक्ति सेना समायोजन गर्ने भन्ने विषयमा टुङ्गो लागि सकेको हो ?
कति संख्यामा जनमुक्ति सेना नेपाली सेनामा समायोजन गर्ने भन्ने सन्देशमा केही टुङ्गो लागेको छैन । पार्टीभित्र यो विषयमा गम्भीर ढंगले छलफल भइरहेको छ । विषय, प्रसंग र सन्दर्भ अनुसार छलफल चल्दा कस्तो निचोड आउछ त्यही अनुसार अगाडि बढ्ने कुरा हुन्छ । सेना समायोजनको विषयमा व्यापक छलफल हुादा के निचोड आउाछ त्यसकै आधारमा हामी अगाडि बढ्छौ ।
० सेना समायोजन र हतियार राज्यलाई बुझाउने सन्दर्भमा पार्टी भित्रै व्यापक अन्तरविरोध छ भन्ने प्रचारमा आइरहेको छ नि, वास्तविकता के हो ?
हतियार राज्यलाई बुझाउने विषयमा के कुरा भएको छ यो त हामीलाई थाहा भएन तर विस्तृत शान्ति सम्झौतामा हतियार बुझाउने कुरा कतै उल्लेख गरिएको छैन । जनसेनालाई निशस्तिकरण गर्ने भन्ने पनि सम्झौतामा उल्लेख गरिएको छैन । शान्ति सम्झौतामा स्पष्ट रुपमा सेना समायोजन गर्ने भनिएको छ । समायोजन गर्ने भनेको जनसेनालाई पनि राज्यको एक अंक बनाउने हो । राज्यको अङ्ग बनाउने ठाउामा निशस्त्रिकरण गर्ने भन्ने कुरा कहाबाट आयो त्यो थाहा भएन ।
० नेताहरुको सुरक्षामा रहेका जनसेनालाई फिर्ता पठाएर दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्ने सन्र्दभमा पनि पार्टीभित्र व्यापक मतभेद छ भनिन्छ नि ?
सुरक्षा प्रणाली कस्तो बनाउने भन्ने विषयमा पार्टीमा विवाद छैन । तर जनमुक्ति सेनासाग रहेका हतियारहरु राज्यको मातहतमा पुर्याउने भन्ने हल्ला आइरहेको छ । त्यो विषयको वास्तविकता के हो भन्ने विषयमा हामीले पार्टीभित्र व्यापक, छलफल हुनुपर्यो भन्ने माग गरेका छौ । विस्तृत सम्झौतामा उल्लेख नै नभएको जनमुक्ति सेनालाई निशस्तिकरण गर्ने कुरा कहाबाट आयो भन्ने कुरामा पार्टीभित्र छलफलको आवश्यकता छ । त्यो विषयमा पार्टीभित्र कुरा उठेको हो, अन्य कुरा केही होइन ।
० यस्तो गम्भीर विषयमा पार्टीभित्र एकमत नभएर बहुमतको आधारमा निर्णय गर्दा पार्टी भित्रको अन्तरविरोध झनै चर्कने त होइन ?
एउटा जीवन्त पार्टीभित्र बहस, छलफल र अन्तरक्रिया निरन्तर चलिरहन्छ । पार्टीभित्र छलफल चल्नु नौलो कुरा होइन त्यो छलफल पार्टीभित्र पहिल्यै देखि चल्दै आएको छ । यो निरन्तर रुपमा चलि नै रहन्छ । मृत्युतुल्य पार्टी भएको भए जीवन्त छलफल चल्दैनथ्यो । जीवन्त पार्टी भएकै हुनाले हाम्रो पार्टीभित्र छलफल, अन्तरक्रियाहरु चलेका हुन् । यसलाई अन्य रुपमा बुझ्न आवश्यक छैन ।
० काग्रेसले माओवादी पार्टीलाई दाह्रा र नङ्ग्रा नभएको बाघजस्तो बनाउने उद्घोष गरेको थियो, माओवादी अहिले निरीह भएर त्यसै दिशातर्फ लागेको देखिन्छ नि ?
माओवादी पार्टी भनेको वैज्ञानिक र विचार बोकेको पार्टी हो, कम्युनिष्ट पार्टी भनेको सर्वहारावर्गीय पार्टी हो । बिचार नै कम्युनिष्ट पार्टीको मुख्य अस्त्र हो । क्रान्तिकारी विचार नै कम्युनिष्ट पार्टीको मूल आधार हो । त्यसकारण जंगली जनावरको दाह्रा, नङ्ग्राको विषयमा कााग्रेसले कुन प्रसंगमा भन्न खोजेको हो त्यो हामीलाई थाहा भएन ।
० तीन दलबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भन्ने सहमति भएको छ, सरकारको नेतृत्व गर्ने सन्दर्भमा पार्टीले के सोचिरहेको छ ?
अहिले झलनाथ खनाल नेतृत्वको सरकारले काम गरिरहेको छ । यसको विकल्पमा अर्को सरकार गठन हुने भन्ने विषय मै सहमति भएको छैन । विकल्प तयार गर्ने भन्ने विषयमा दलहरुबीच सहमति भएपछि मात्र झलनाथले राजीनामा दिनु होला । उहाको राजीनामा आएपछिमात्र कसले नेतृत्व गर्ने भन्ने विषयमा टुङ्गो लाग्ला । अहिले कसले नेतृत्व गर्ने भन्ने कुरा उठाउनु युक्तिसंगत हुादैन ।
सहमतिको सरकार गठन गर्ने विषयमा सहमति जुरेपछि मात्र त्यसको नेतृत्व कसले गर्ने भन्ने कुरा मान्यताको आधारमा सरकार बनाउने भन्ने विषयमा सहमति नजुटि सहमतिको राष्ट्रिय सरकार गठन हुने कुरा भएन । त्यसो नभएसम्म झलनाथले राजीनामा दिने कुरै हुादैन । अहिले सहमित नै नबनी प्रधानमन्त्रीले राजीनामा दिादा मुलुकमा रिक्ततताको अवस्था आउाछ । यसले अराजकता निम्तिन सक्छ ।
० तपाईंहरुको पार्टीले सरकारमा चालिस प्रतिशत महिलाको सहभागिता गराउने भनेर निर्णय गरिसकेको सन्दर्भमा सपथ लिन बाकी मन्त्रीहरु यो सरकारमा सहभागी हुनुहुन्छ कि हुनुहुन्न ?
पार्टीले धेरै पहिले देखि र पछिल्लो केन्दि्रय समिति बैठकले पनि राज्यको हरेक अङ्गमा समानुपातिक प्रतिनिधित्व गराउने भन्ने विषयमा निर्णय गरेको हो । त्यसकारण यो सरकारमा सहभागी हुने मन्त्रीहरुमा समावेसी र समानुपातिक बनाउने भन्ने निर्णय गरेको थियो । त्यो कुरा कार्यान्वयन भएन निर्णय भएका कुराहरु कार्यान्वयन हुनुपर्छ । अहिले त्यसको सम्पूर्ण जिम्मेवारी केन्द्रीय कार्यालयलाई दिइएको छ । केन्द्रीय कार्यालयले आˆनो अनुकूलतामा त्यसलाई कार्यान्वयन गर्ला ।
० माओवादी पार्टी अहिले सरकारमा सहभागी छ तर यस्तो अवस्थामा पार्टीले सहिद, वेपत्ता परिवार, घाइते र अपाङ्गका लागि केही काम गर्न नसकेको गुनासो आएको छ नि, यस विषयमा के भन्नु हुन्छ ?
कति पूरा भयो कति पूरा भएन भन्ने कुरा संख्याको कुरा भयो । अहिल्यै नै त्यो विषयमा समिक्षा गर्ने बेला भयो भन्ने मलाई लाग्दैन । कमसेकम पनि सरकारमा सहभागी भएको तीन महिना त हुनै पर्छ । यो सरकारले पूर्णता पाएको धेरै भएको छैन । आˆनो काम गरिरहेको छ । सरकारले स्वतन्त्र रुपमा काम गर्न पाउनु पर्यो । अहिले यो भएन र त्यो भएन भन्ने बेला भयो जस्तो मलाई लाग्दैन ।
० संविधानसभाको थपिएको तीन महिनामा संविधानको खाका आउनेमा तपाईं कतिको विश्वस्त हुनुहुन्छ ?
संविधानको खाका त बन्ला तर महत्वपूर्ण कुरा कस्तो खालको खाका बनाउने भन्ने हो । जनताको संघीय गणतन्त्रात्मक प्रकारको खाका बन्ने हो कि विहारी बुर्जुवा गणतन्त्रको खाका बन्ने हो, भन्ने दुईवटा फरक विचारहरु छन् । त्यसकारण कुन प्रकारको संविधानको खाका बन्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । खाका मात्रै बनाउने कुरा महत्वपूर्ण होइन ।
० अब, संविधान निर्माणको लागि माओवादीको कार्यनीति कस्तो रहन्छ त ?
हाम्रो पार्टीले पोहर साल सार्वजनिक गरेको संविधानको मस्यौदा भन्दा दायाबाया गर्ने गरी अगाडि बढ्न मिल्दैन । अहसमति र विवादास्पद विषय भनेर मस्यौदा भन्दा तलमाथि गर्न मिल्दैन भनेर केन्द्रीय समितिले पहिल्यै निर्णय गरेको छ । हामीले पहिले जे नीति तथा अवधारणा सार्वजनिक गरेका थियौ ,हामी त्यही विषयमा केन्दि्रत छौ ।
० अहिले माओवादी नेताहरुले आ-आˆनो विषयमा लविङ्ग गर्दै छुट्टाछुट्टै रुपमा कार्यकर्ता भेला आयोजना गरेका छन् । यसले आम कार्यकर्ताको मनोवल गिर्दैन र ?
कसले कहा के कसरी लविङ्ग गर्नुभएको छ, या छैन त्यो विषयमा नेताहरुसाग सोद्धा ठीक हुन्छ । यो विषयमा मलाई कुनै जानकारी छैन । ज-जसले लविङ्ग गरेका छन् उनीहरुसागै सोद्धा यो विषय अझै प्रष्ट होला ।
० तपाईं माओवादी पार्टीको जिम्मेवार नेताको हैसियतले आम पार्टी कार्यकर्ता र सर्वसाधारण जनतालाई माओवादीले क्रान्ति सम्पन्न गर्छ भनेर कसरी आश्वस्त पार्नु हुन्छ ?
म चाहिा नेताभन्दा पनि कार्यकर्ता परे त्यसकारण माओवादीका सामान्य कार्यकर्ताले गर्ने अपेक्षा नै मेरा अपेक्षा हुन् । त्यसभन्दा बढी केही छैन ।
० अन्त्यमा यस क्षेप्यास्त्र साप्ताहिकमार्फत् थप केही भन्न चाहनु हुन्छ ?
नेपाल अर्ध सामान्ती र अर्ध औपनिवेशीक अवस्थाको मुलुक भएको हुनाले यस्तो अवस्था सामन्तवाद र साम्राज्यवादका राजनीतिक प्रतिनिधिहरुलाई विस्थापित गरिसकेपछि बन्ने जनताको व्यवस्थालाई जनवादी व्यवस्था भनिन्छ । त्यसको लागि सामन्तवादका प्रतिनिधिहरुलाई विस्थापित गर्न जरुरी छ । सामन्तवादका सबै अवशेषलाई निस्तेज पार्न आवश्यक छ । सामन्तवादको प्रतिनिधिको रुपमा रहेको राजतन्त्र त विस्थापित भएको छ । साम्राज्यवाद र विस्तारवादको गुटको रुपमा रहेको दलाल नोकर शाही पुाजीवादी वर्गको जुन सत्ता छ त्यसलाई विस्थापित गर्न अझैबाकी छ । त्यसकारण राष्ट्रिय स्वाधिनताको आन्दोलन नै अहिलेको मुल आन्दोलन हो । जसरी राजतन्त्रलाई विस्थापित गर्ने प्रश्नमा गणतन्त्रको नारा प्रमुख बन्यो त्यसैगरी दलाल नोकरशाहीलाई विस्थापित गर्ने सवालमा राष्ट्रिय स्वाधिनताको नारा प्रमुख बन्छ र बन्नु पर्दछ । यही आन्दोलनमा सम्पूर्ण देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्तिहरु गोलबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने मेरो आग्रह छ ।

Advertisements

वर्गहरु

%d bloggers like this: