Posted by: chhepyastra weekly | फ्रेवुअरी 5, 2011

चमत्कारिक प्रचण्ड, तोडियो विस्तारवादीको घमण्ड


काठमाडौ। वैदेशिक हस्तक्षेपका कारण नया सरकार गठन हुन नसकिरहेको समयमा नेपाली राजनीतिका हस्ती एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको चमत्कारिक निर्णयका कारण मुलुकले नया प्रधानमन्त्री पाएको छ । विगतमा भारतीय हस्तक्षेपका कारण सरकार गठन हुन नसकेको अभिव्यक्ति दिादै आएका प्रचण्डले आˆनो देशको समस्या आफैाले समाधान गर्ने अठोटबमोजिम अप्रत्याशित रूपमा आˆनो प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएर एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बन्ने अवसर जुटाई दिए । नेपाली राजनीतिमा सधै चमत्कारिक निर्णय गर्दै देश र जनतालाई अग्रगमनमा डोर्याउादै आएका प्रचण्डले यस पटक पनि चमत्कारिक निर्णय गर्दै देशलाई सरकारविहीनता स्थितिबाट पार लगाई दिएका छन् भने देशमा हुने वैदेशिक हस्तक्षेपलाई पुनः एक पटक नङ्गयाइदिएका छन् । प्रचण्डको यस कदमको राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा नै प्रशंसा भएको छ ।
यसैबीच, भारतीय संस्थापन पक्ष निकट मानिने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले नेपालको प्रधानमन्त्री निर्वाचनमा कााग्रेसका रामचन्द्र पौडेल र फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारको हार भारतको हार भएको उल्लेख गरेको छ । एकीकृत नेकपा माओवादीको समर्थनमा एमाले अध्यक्ष झलनाथ खनालको विजयलाई भारतीय पत्रिका टाइम्स अफ इन्डियाले प्रचण्डको त्याग र भारतको पराजयको रूपमा व्याख्या गरेको छ । भारतीय संस्थापन निकट मानिने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले विहीबारको चुनावलगत्तै लेखेको छ, ‘यो दुई दल कााग्रेस र फोरम लोकतान्त्रिकको भन्दा भारतको हार हो ।’ सो अनलाइनका अनुसार माओवादी र एमालेको यस्तो गठबन्धन होला भन्नेमा भारतलाई यकिनसमेत नभएको बताएको छ । अनलाइनले भारतीय विदेश सचिव निरूपमा राव नेपाल भ्रमणमा आउादासम्म माओवादी र एमालेबीच यस खालको गठबन्धन होला भन्ने कल्पना पनि नगरिएको उल्लेख गरेको छ । प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिादा नै भारतविरोधी प्रतिक्रिया दिएको स्मरण गर्दै पत्रिकामा लेखिएको छ, ‘प्रचण्डले आफू सत्ताबाट बाहिरिनुअघि भारतलाई इङ्गति गर्दै आˆनो सत्ता बहिर्गमन भारतको विरुद्ध भएको प्रतिक्रिया दिएका थिए । व्यवस्थापिका संसद्बाट संसद् विनियमावली परिवर्तन गरेपछिको प्रधानमन्त्री निर्वाचनले मुलुकलाई ३४ औा प्रधानमन्त्री दिएको छ । अप्रत्याशित रूपले झलनाथ खनाल प्रधानमन्त्री भए । यो ‘अप्रत्याशित’ स्थितिको निर्माता माओवादी थियो भने चमत्कारका रचयिता प्रचण्ड थिए । चामत्कारिक निर्णयमार्फत् प्रचण्डले प्रधानमन्त्री पदको आˆनो उमेदवारी फिर्ता लिने निर्णय गर्नासाथ नेपाली राजनीति तरङ्गति भएको थियो । बिहीबारको व्यवस्थापिका संसद्मा आश्चर्यको सञ्चार व्याप्त थियो कि प्रधानमन्त्री पदका प्रत्यासीहरू रामचन्द्र पौडेल र विजय गच्छदार आˆनो उम्मेदवारीको औचित्य पुष्टि गर्नुभन्दा पछिल्लो राजनीतिक समीकरणप्रति रोषपूर्ण प्रतिक्रिया दिनमै सीमित थिए । देशको प्रधानमन्त्रीले राजीनामा दिएको करिब सात महिनापछि निर्वाचनबाट तीन सय ६८ मत पाएर एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री निर्वाचित भएक छन् । खनालले लामो समयसम्म सहमतीय सरकारको सम्भावना खोज्न प्रधानमन्त्रीको चुनावमा तटस्थताको नीति अागालिरहे । अन्तिम अवस्थासम्म पनि बहुमतीय प्रणालीको विरोध गर्दै आएका खनाल पनि अन्ततः बहुमतीय सरकारकै प्रधानमन्त्री भए । संयोग या आवश्यकता, पार्टीभित्र माओवादीसाग नरम रहेको भनेर आलोचना खेप्दै आएका खनाल अन्ततः दोस्रो चरणको बहुमतीय चुनावबाट एमाले अध्यक्ष झलनाथ खनालले सरकारको नेतृत्व लिए । बहुमतीय सरकारको नेतृत्व गरेका खनालले अब पनि राष्ट्रिय सहमतिको सरकारतिर जान कामचाहिा बन्द गर्नुपर्छ । राजनीतिक दलहरूको तीब्र द्वन्द्वले अब राष्ट्रिय सहमतिको सरकार असम्भव भइसक्यो भनेर बहुमतीय आधारबाटै भनिसकेको थियो । धरातलीय यथार्थले भनिसकेको राष्ट्र र जनताको सही प्रतिनिधित्व नगर्ने दलहरूबाट राष्ट्रिय सहमति र त्यसको आधारमा सहमतीय सरकार र सहमतीय राजनीति अब असम्भव छ । ’cause लोकतान्त्रिक ढङ्गले निर्वाचित सरकारलाई ढाल्ने र ठूलो दललाई कुनै पनि हालतमा सरकारको साचो सुम्पन्न नदिने रणनीति बलियो भइसकेपछि सहमतीय राष्ट्रिय सरकारको आशा तुहिएको छ । भारतदेखि अमेरिकासम्म, संसदीय दलहरूदेखि सैनिक नेतृत्वसम्मको यस्तो रणनीतिले गर्दा सहमतीय सरकारको सपना पूरा हुन नसकेको यथार्थ हो । अब पनि यस्ता गुलिया नारा लगाउने र सहमतीय सरकारको भजन गाउनुको कुनै अर्थ अब पनि भए त्यो खनालको लागि मात्र हुनेछ । ’cause राष्ट्रभित्रका सबै अन्तरविरोधलाई छोपछाप गर्न, विभिन्न वर्ग तह र तप्काका माग र संघर्षलाई ढाकेर स्वप्न दृश्य देखाउदै राष्ट्रिय सहमति वास्तविकताभन्दा फरक छ । सयौा वर्षदेखि खाइपिइ आएको वर्ग र त्यसको राजनीतिक नेतृत्वले सबै श्रीसम्पत्ति छाडेर भाग्नुको सट्टा मिलिजुली खाउा न भन्ने भावनाले सहमति गर्न सम्भ्रान्त वर्ग र गरिखाने वर्गबीच सहमति देखिएको सपनाभन्दा धेरै फरक हुनसक्छ । त्यसैले नेपालका सबैजसो अन्तरविरोधको छानबिन गर्दै र ती सबै माग र संघर्षको सम्बोधनलाई गर्न झलनाथ खनाल नेतृत्वको सरकारको अहिलेको मूल दायित्व हुनुपर्छ । सहमतीय नाटक गर्दै बहुमतीय आधारमा नयाा सरकारको प्रधानमन्त्री बनेका खनालले बोलेका कुरालाई व्यवहारमा लागू गर्न आाटिलो अगुवाइ माओवादीले गरेको छ तर त्यसमा खनालको खुट्टा काम्यो भने माओवादीको लागि घात पनि हुनसक्छ । आˆना उम्मेदवार फिर्ता लिएर एमालेका अध्यक्ष तथा वामपन्थी नेता झलनाथ खनाललाई समर्थन गरेर जनमुखी रूपान्तरणलाई माओवादीले अबको मुख्य एजेण्डा बनाउन खोजेको छ । त्यसैले अब खनालको सामु विभिन्न वर्ग, तह र तप्काका माग र संघर्षलाई सम्बोधन गर्दै जनमुखी रूपान्तरणकारी एजेण्डाका आधार वाम गठबन्धन बनाउने र आफूलाई लोकतान्त्रिक दल ठान्ने दलहरूलाई पनि आˆनो एजेण्डा लागू गर्ने दिशातिर तान्ने काम गर्ने नै चुनौती देखिएको छ ।

Advertisements

वर्गहरु

%d bloggers like this: