Posted by: chhepyastra weekly | डिसेम्बर 26, 2010

हामी देशलाई कामचलाउ सरकारबाट मुक्त गराउन चाहन्छौं

कृष्णबहादुर महरा, स्थायी समिति सदस्य एवं विदेश विभाग प्रमुख- एकीकृत नेकपा माओवादी

०दलहरूबीच विगतमा भएका सहमतिहरू पालना नभएको समयमा पुनः अर्को एउटा सहमति गर्नुभएको छ, यो सहमति पालना हुन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
हामीले हाम्रोतर्फबाट लचकता प्रर्दशन गर्दै आएका छौ, सहमति कार्यान्वयन हुने नहुने दुवै पक्षको निर्णयको विषय हो । हामी आˆनो पक्षमा इमानदार छौ अब सरकार पक्षको निर्णय हेर्ने बेला हो ।
० त्यसो भए यही हप्ताभित्र संसद् बसेर निकास निस्कन्छ भन्ने हो ?
हो । अब हामी छिटोभन्दा छिटो सदन बोलाएर निकास दिने पक्षमा छौ ।
० अब नेपाली जनताले कति दिनभित्र नया सरकार पाउन सक्छन् त ?
हाम्रो भनाइ छिटोभन्दा छिटो नया सरकार बन्नुपर्छ नै हो । मुलुकमा सरकारविहीनताको स्थिति छ र जताततै अस्तव्यस्तता र जनतामा निराशा छाइरहेको छ । यसमा हाम्रो मात्रै निर्भरता रहादैन, सरकार र अन्य पार्टीहरूले कति गहन रूपमा लिन्छन भन्ने कुरा नै मुख्य हो ।
० पार्टीले सरकारको नेतृत्व लिने विषयमा चाहिा के सोचेको छ ?
सबैभन्दा ठूलो पार्टीको हैसियतले सरकारको नेतृत्व हामीले नै पाउनुपर्छ यसमा सहमति हुादैन भने हामी प्रतिपक्षमा बस्न तयार छौा भनेर हाम्रो पार्टीका अध्यक्षले बताइसक्नु भएको छ । हामी देशलाई काम चलाउ सरकारबाट मुक्त गराउन चाहन्छौा । काम चलाउ सरकारले लामो समय र ठूला-ठूला निर्णय लिन सक्दैन । यसले अकर्मण्यता र अन्यौलताको स्थिति मात्र पैदा गर्ने भएकोले हामीले सरकारविहीनताको अवस्थालाई तत्काल अन्त्य गर्न चाहेका हौा ।
० अनमिनको समयावधि सकिादैछ तपाईंहरूले म्याद थपको लागि आवाज उठाउनु भएको थियो यस विषयमा के भइरहेको छ ?
अनमिन शान्ति प्रक्रियासाग अभिन्न रूपमा जोडिएको छ । त्यसैले शान्तिप्रक्रिया निष्कर्षमा नपुगुञ्जेल अनमिनको आवश्यकता पर्छ भन्ने हाम्रो भनाई हो । म्याद थप गर्ने नगर्ने विषय त अनमिन र युएन को आˆनै विषय हो ।
० भारतले राजदुत राकेश सुदलाई फिर्ता बोलाउने तयारी गरेको प्रचारमा आएको छ, यस विषयमा के भन्नु हुन्छ ?
यो भारत सरकारको कुरा हो, भारत सरकारले आवश्यक ठानेर सुदलाई फिर्ता बोलाउने र आवश्यक ठानेर अर्को व्यक्ति पठाउने तयारी गरेको होला । यो भारत सरकारको आˆनै विषय हो । कुनै पनि देशले राजदुतहरूको नियुक्ति, फिर्ता गर्ने विषय सम्बन्धित देशको सरकारको कुरा हो ।
० तपाईं पार्टीको विदेश विभाग प्रमुख पनि हुनुहुन्छ, तपाईंको पार्टीले भारतभन्दा चीनसाग नजिकको सम्बन्ध गाास्न खोजेको छ भनिन्छ नि वास्तविकता के हो ?
त्यसो होइन, हामीले कुनै पनि देशसाग विशेष सम्बन्ध राख्नुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता होइन । हामी सबै राष्ट्रसाग राम्रो र मित्रतापूर्ण सम्बन्ध कायम गर्न चाहन्छौा, चीन र भारतप्रति पनि हाम्रो यस्तै नीति रहेको छ ।
० भर्खरै सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकको निर्णयमा उपाध्यक्ष डा. बाबुराम भट्टराईले नोट अफ डिसेन्ट लेख्नुभएको प्रचारमा आएको छ, कतै तपाईंहरूको पार्टीभित्र भित्रभित्रै अन्तरसंघर्ष चर्किएको त होइन ?
बुझ्नेहरूले हाम्रो पार्टी कसरी चल्छ भन्ने सायद नबुझेर पनि होला, यस्ता टीकाटिप्पणी गर्ने गरेका छन् । वास्तवमा कम्युनिस्ट पार्टीभित्र स्वतन्त्र संघर्षहरू हुन्छन्, विवादहरू हुन्छन् । पालुङटार बैठकमा हामी तीनवटा दस्तावेज लिएर गयौा, केन्द्रीय कमिटीले एउटै दस्तावेज बनाएपछि हाम्रो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले मतभिन्नता राख्नुभयो, त्यस विषयमा पार्टीभित्र निरन्तर छलफल र बहस हुादै जान्छ । हाम्रो पार्टीभित्र छलफलमा स्वतन्त्रता र कामकाजमा एकरूपताको नीतिलाई अवलम्बन गरिएको छ ।
० भन्नाले पार्टी एक ढिक्का भएर अगाडि बढेको छ भन्न खोज्नुभएको हो ?
हो, पार्टीभित्र दुई लाइन हुन्छ, अन्तरसंघर्ष हुन्छ, त्यो नै पार्टीको जीवन हो । यही विशेषताले नै हाम्रो पार्टी यहाासम्म आइपुगेको हो ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
स्थिति संवेदनशील छ, शान्तिप्रक्रिया निष्कर्षमा पुगेको छैन, संविधान लेखन कार्य अधुरै रहेको छ । यस्तो स्थितिमा नेपाली जनताले प्राप्त गरेको शान्ति र संविधानका विरुद्धमा देखिएका तत्वहरू सलबलाउन खोजिरहेका छन्, राजनीतिक शक्तिहरू संकुचित हुने खतरा बढेर गएको छ । त्यसतर्फ सबै नेपाली जनता सतर्क हुनु जरुरी छ ।

Advertisements

वर्गहरु

%d bloggers like this: