Posted by: chhepyastra weekly | डिसेम्बर 12, 2010

गतिशील पार्टीमा अन्तरविरोध र छलफल भइरहन्छ
हरिभक्त काडेल ‘प्रतीक’, पोलिटब्युरो सदस्य- ए. नेकपा माओवादी
० गोरखाको पालुङटारमा सम्पन्न छैठौा विस्तारित बैठकले पार्टीलाई कस्तो ऊर्जा दिएको छ ?
पालुङटार बैठक कम्युनिस्ट आन्दोलनको यतिहासमा सबैभन्दा ठूलो केन्दि्रकरण भएको छ । यसले जनवादको उच्च प्रयोग गरेको छ । यस बैठकले प्रत्यक्षरूपमा नेताहरूको विचार कार्यकर्ताहरूमा र कार्यकर्ताहरूको विचार नेताहरू पुगेको छ । पालुङटार बैठकले नेताहरूमा गाउा तहको विषयवस्तुहरू बुझ्न सहजता प्रदान गरेको छ ।
० तर, विस्तारित बैठकपछि पार्टीभित्रको गुटबन्दी तल्लो स्तरसम्म पुग्यो भनिन्छ नि ?
हामीले सकारात्मक पक्षलाई धेरै देख्न सक्नुपर्छ । कम्युनिस्ट पार्टी अन्तरविरोधहरूको केन्दि्रत अभिव्यक्ति हो । कम्युनिस्ट पार्टी भनेको विपरीतको एकत्व हो । पार्टी गतिशील हुन्छ, गतिशील पार्टीमा अन्तरविरोध र छलफल भइरहन्छ । यसबाट नै केन्द्रीकरण हुने स्थिति पैदा हुन्छ । पार्टीभित्रको अन्तरविरोधबाट फुट पैदा हुन्छ भने त्यसले नकारात्मक स्थिति पैदा गर्छ । कम्युनिस्ट आन्दोलनका फुटका अनुभवी पनि छ र कम्युनिस्ट आन्दोलनमा संघर्षबाट नयाा र उच्च प्रकारको एकता पेदा गरेको अनुभव पनि छ । हाम्रो पार्टीले पनि पछिल्लो पटक उच्च प्रकारको एकता पेदा गर्नको लागि स.घर्षरत एकता पैदा गर्ने गरेका छौा । त्यस कारण पार्टीभित्र दुईमत हुनु दुई/तीनवटा दस्तावेज आउनु, त्यसमा बहस हुनुन राम्रो कुरा होइन । बरु पार्टीमा विचारको बहस नहुनुचाहिा नराम्रो पक्ष हो । जहाासम्म हाम्रो पार्टीमा तल्लो स्तरसम्म अन्तरविरोध पैदा भयो, भन्नै पुग्नु छ, त्योसाग हाम्रो सहमति छैन बहस तल्लो स्तरसम्म भएको छ । जसले गर्दा पार्टीमा नयाा ऊर्जा प्रदान गरेको छ । विस्तारित बैठकमा विवाद, आलोचना र बहस राम्रोसाग भयो । विस्तारित बैठकमा सन्देश दिएको छ । अवसरवाद भनेको विभाजन हो । क्रान्तिकारी विचार र व्यवहारबाट जब व्यक्ति विचलित हुन्छ, त्यसपछि विभाजन हुन्छ । पार्टीलाई क्रान्तिकारी बनाइराख्न गरिने बहसले विभाजन होइन, अरु नयाा प्रकारको केन्दि्रकरण ल्याउाछ । इतिहासबाट हामीले नकारात्मक शिक्षा पनि लिएका छौा । तर, हामीले इतिहासबाट सकारात्मक शिक्षा पनि निकै लिएका छौा । पार्टीभित्र चल्ने बहसले पार्टीलाई नयाा उचाइमा पुर्याउाछ ।
० तर छैठौा विस्तारित बैठकबाट तपाईंहरूले कुनै विकास निकाल्न सक्नु भएन नि ?
हाम्रो बैठक निष्कर्षमूलक भएको छ । निष्कर्ष सबै विषयमा भयो भन्न सही पनि होइन । केन्द्रीय समितिको विस्तारित बैठकमा समस्याहरू, सम्भावनाहरू र त्यसका सवाल र दुर्बल पक्षहरू केन्दि्रत गर्नको लागि एउटा महत्वपूर्ण वातावरण थियो, त्यो भयो । यस हिसाबले छैठौा विस्तारित बैठक सफल भएको छ । संश्लेषण गर्न बााकी रहेका केही बुादाहरूको टुङ्गो लगाउन र एउटै दस्तावेज बनाउने जिम्मा हमीले केन्द्रीय कमिटीलाई दिएका छौा । एउटै दस्तावेज बनाउने दिशातर्फ हामी लागेका छौा ।
० मुलुक कामचलाउ सरकारले चलाएको आधा वर्ष पुग्न लागिसक्यो, संसद्ले केही निकास दिन सकिरहेको छैन । यस्तो अवस्थामा तपाईंहरूको पार्टी कसरी अगाडि बढ्छ ?
यो एकदम संवेदनशील कुरा हो । हामीले भन्दै आएका छौा, यो मुलुकमा संसदीय व्यवस्था असफल भएको छ । संसदीय शैलीको असफलताको कारण नै मुलुकले नयाा प्रधानमन्त्री पाउन नसकेको हो । पुराना सोच भएकाहरू, यथास्थितिवादी सोच भएकाहरू क्रमशः नाङ्गएिका छन् । जनताको पक्षमा उभिनेहरू अगाडि बढ्दै गएका छन् । विदेशी हस्तक्षे, विशेषगरी भारतीय विस्तारवादको हस्तक्षेपको प्रभाव हाम्रो मुलुक परेको छ । भारतीय हस्तक्षेपकै कारण मुलुकले नयाा प्रधानमन्त्री पाउन सकेको छैन । कामचलाउ सरकारले मुलुक चलाइरहनुको मुख्य कारण भारतीय हस्तक्षेप नै हो । यसो हुनु भनेको भारतको कूटनीतिक असफलता हो । भारतले हम्रो मुलुकप्रति देखाएको व्यवहारको कारण भारतीय विस्तारवादप्रति नेपाली जनताको असाध्ये घृणा पैदा गरेको छ । जनता र राष्ट्रप्रति उत्तरदायी राजनीतिक पार्टीले मात्र मुलुकको समस्या समाधान गर्न सक्छ ।
० भारतीय सरकारको हस्तक्षेपको कारण हाम्रो मुलुकमा नयाा सरकार बन्न नसकेको बताउनुभयो, यसेबीच भारतले विवादास्पद राजदूत रोकश सुदलाई फिर्ता बोलाउने बताएको छ, यस विषयमा के भन्नुहुन्छ ?
यो भारतको आन्तरिक कुरा हो । मैले यस विषयमा टिप्पणी गर्नु आवश्यक ठान्दिन । राजदूत राकेश सुदले नेपालको आन्तरिक मामलामा बारम्बार हस्तक्षेप गरेका छन् । उनीजस्तो असफल कूटनीतिज्ञकै कारण अन्तरविरोधी क्रियाकलापलाई उत्तेजित पार्न उनले नकारात्मक काम गरे भन्ने मलाई लाग्छ । त्यसै कारण भारतले उनलाई फिर्ता बोलाउन लागेको हुन सक्छ । राकेश सुदको कार्यशैलीलाई आमराष्ट्रवादी शक्तिहरूले विरोध गर्दै आएका थिए । त्यसकारण पनि सुदको बहिर्गमन अनिवार्य थियो ।
० अब तपाई.हरू सरकारमा जानु हुन्छ कि, सरकार बाहिर बसेर शान्ति र संविधान निर्माणलाई प्राथमिकता दिनुहुन्छ ?
हामी सरकार जाने या नजने भन्नेम ुख्य प्रश्न होइन जनताले सबैभन्दा ठूलो पार्टीको रूपमा हाम्रो पार्टीलाई निर्वाचित गरेको अवस्थामा र अहिले जनताको संविधान बनाउनुपर्ने अवस्था साथै शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने सन्देशमा हामी रहेको छौा भने माओवादीको सक्रिय सहभागिता र नेतृत्वबिना मुलुकको निकास सम्भव छ भन्ने हामीलाई लाग्दैन । तसर्थ, माओवादीको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने कुरालाई जब असफल बनाउन खोजियो, त्यसको परिणाम मुलुकको निकासमा अवरोध पैदा भएको छ । हामी जनताबाट निर्वाचित सबैभन्दा ठूलो शक्ति भएको नाताले हामीले सरकारको नेतृत्व गर्न आवशयक पनि छ । सरकारमा जानु र त्यसको नेतृत्व गर्नु मात्र प्रधान कुरा हो भन्ने हामीलाई लाग्दैन । प्राथमिकताको कुरा जनताका कुराहरू स्वतन्त्र ढङ्गले उठाउनु र त्यसलाइृ कार्यानवयन गर्न लड्नु नै हो । हामी त्यस दिशातर्फ अगाडि बढ्छौा । पालुङटारबाट बैठकको दिशा पनि त्यही हो ।
० भर्खरै मात्र तपाई.हरूको एक नेताले बहुलवाद मान्दैनौा भनेर सार्वजनिक टिप्पणी गर्नुभयो, यस विषयमा तपाईंको भनाइ के रहेको छ ?
बहुलवाद समस्याको समाधान होइन । हामीले बहुदलीय प्रतिस्पर्धालाई स्वीकारेका छौा । छर, बहुलवादलाई हामी स्वीकार्दैनौा । बहुलवादले अराजकता निम्त्याउने र मुलुकलाई गलत बाटोतर्फ मात्र लैजाने काम गर्छ । प्रतिस्पर्धा राष्ट्रको हितअनुकूल हुनुपर्छ, साम्राज्यवाद र विस्तारवादविरोधी हुनुपर्छ ।
० अनमिनको म्याद पनि सकिादैछ, सेना समायोजन प्रक्रिया टुङ्गएिको छैन, अनमिनको बहिर्गमनसागै सेना समायोजनसम्बन्धी कार्यक्रम कसरी अगाडि बढ्छ ?
हामीलाई अनमिन नेपालमा रहने या नरहने भन्ने कुरा त्यति महत्वपूर्ण हो भन्ने लाग्दैन । राष्ट्रसंघले अनमिनलाई जुन लक्ष्यका साथ नेपाल पठाएको छ, त्यो लक्ष्य पूरा नहुादै अनमिन फिर्ता हुनु त्यति राम्रो पक्ष हो भन्ने मलाई लाग्दैन । अनमिन गए पनि यहााका राजनीतिक दलहरू नै मिलेर सहज ढङ्गले सेना समायोजनको वातावरण बनाउनुपर्छ । बाहिरी हस्तक्षेप रहेन भने समस्याले समाधान निकाल्न हामी नेपाली समक्ष छौा । हाम्रो शान्तिप्रक्रियामा अनमिनको भूमिका बाहिर रहेर पनि हुन सक्छ ।
० अब माओवादीको रणनीति कस्तो रहन्छ ?
जनता, राष्ट्र र स्वतन्त्रताको पषमा क्रान्तिले पैदा गरेका सम्भावनाहरूलाई संस्थागत गर्ने र बााकी सम्भावनाहरूलाई उजागर गर्दै जनता र राष्ट्रको पक्षमा आन्दोलन गर्ने राणनीति हामी लिन्छौा । हाम्रो रणनीति टेबलबाट पूरा हुन्छ भने त्यसबाट अगाडि निकास निकाल्ने कोसिस गर्छौं । त्यहााबाट सम्भव भएन भने आन्दोलनको विविध रूपहरूको प्रयोग गर्छौं । जनता र राष्ट्रको हितमा हरदम उभिरहने नै हाम्रो मुख्य रणनीति हो ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ कि ?
जनताहरू अग्रगमन चाहन्छन् समृद्ध नेपाल चाहन्छन् । त्यसको लागि जनताले जुन मत अभिव्यक्त गरे, त्यसको सम्मान गरियोस् । मुलुकको सबै क्षेत्रबाट जनताको मतलाई कदर गरियोस् । यदि त्यसो हुन सकेन भने त्यसले दुर्भाग्य निम्त्याउाछ । बुर्जुवा र सामन्तीहरूले पुनः खेल्ने वातावरण नबनोस् । मुलुकमाथि जुन खालको षड्यन्त्र गर्न खोजिादैछ, त्यसको विरुद्ध सम्पूर्ण जनताहरू जागरुक हुन र यो देशको भाग्य र भविष्यको लागि जनता एकजुट भएर अगाडि जानुको विकल्प छैन । त्यसको लागि सम्पूर्ण जनतालाई तयार रहन आग्रह गर्दछु ।

Advertisements

वर्गहरु

%d bloggers like this: