Posted by: chhepyastra weekly | डिसेम्बर 5, 2010

हामी बहुलवाद मान्दैनौ भन्ने कुरा सही हो
सीपी गजुरेल, सचिव- एनेकपा माओवादी

० तपाईंहरूको छैठौ विस्तारित बैठक भर्खरै सम्पन्न भएको छ त्यसबाट के-के उपलब्धि प्राप्त भयो?
पार्टीभित्र देखापरेका समस्या केन्द्रीय समितिले मात्र हल गर्नेभन्दा पनि तल्लो स्तरसम्मका नेता तथा कार्यकर्ताहरूको विचारहरूसमेत लिएर समाधान गर्न सकिन्छ भनेर नै विस्तारित बैठकको आयोजना गरिएको हो । विस्तारित बैठकमा पार्टीभित्रका समस्याका ’boutमा धेरै राम्रो छलफल भयो । उच्चस्तरको छलफलपछि विस्तारित बैठकले केही म्यान्डेट दिएको छ । विस्तारित बैठकमा मुख्य नेतृत्व साथै सम्पूर्ण नेतृत्व रूपान्तरण हुनुपर्यो र पार्टी पूरै रूपान्तरण हुनुपर्यो भन्ने विषयमा व्यापक छलफल भयो । नया आधारमा नया एकता गरेर पार्टी अगाडि बढ्नुपर्ने आवाज विस्तारित बैठकमा व्यापकरूपमा उठ्यो । संघर्षलाई व्यवस्थित रूपमा अगाडि बढाएर अपूर्ण रहेको क्रान्तिलाई पूर्णता दिनुपर्यो र पार्टी नया र सही विचारमा एकता भएर अगाडि बढ्नुपर्ने म्यान्डेट हामीलाई विस्तारित बैठकले दियो ।
० तर, बाहिर त पार्टीभित्रको गुटबन्दी विस्तारित बैठकपछि तल्लो स्तरसम्म पुग्यो भनिन्छ नि ?
हामी पार्टीभित्र छलफल भयो भने त्यसलाई एकताको आधार बलियो भएको ठान्छै। अरुहरूले पार्टीभित्रको बहसलाई फुटको संज्ञा दिन्छन् । हामी पार्टीभित्र अन्तरविरोध भयो भने जनवादको अभ्यास गर्छौं । उनीहरू बहसलाई फुटको रूपमा प्रचार गर्छन् । हाम्रो पार्टीभित्र कुनै गुटबन्दी छैन, यो बाहिर गरिएको हल्ला मात्र हो ।
० पालुङटार बैठकले टुङ्गो नलागेका मुद्दाहरूको समाधान गर्न केन्द्रीय समितिलाई जिम्मा दिएको थियो, केन्द्रीय समितिको बैठक पटक-पटक सरेको छ, यसको कारण के होला ?
केन्द्रीय समितिले पाएको जिम्मेवारी पूरा गर्न मुख्य तीन कुराहरू दस्तावेज कसरी बनाउने कार्ययोजना बनाउने र संगठनको संरचनाको विषयमा छलफल हुादैछ । यो सबै काम पछि केन्द्रीय समितिले गर्ने भएकाले राम्रोसाग होमवर्क गर्नुपर्ने भएकाले नै केन्द्रीय समितिले बैठक सरेको हो । कुनै तयारीबिनै केन्द्रीय समिति बैठक बस्दा त्यो अवस्थित हुन्छ । अलिकति समय लिएर पदाधिकारीहरूबीचमा व्यापक छलफल गरेर हामी एउटा योजनासहित केन्द्रीय समिति बैठक बस् भनेर नै बैठकको समय सरेको हो, यसमा अरु केही कारण छैन ।
० विगत पाच महिनादेखि मुलुक काम चलाउ सरकारको नेतृत्वमा चलिरहेको छ, यस विषयमा बैठकमा केही छलफल भएन ?
यस विषयमा बैठकमा छलफल भयो । काम चलाउ सरकारलाई कुनै अधिकार छैन । अधिकार नै नभएको काम पनि यो सरकारले गरिरहेको छ । यो देशमा अराजकता छ । यहाा कुनै विधि विधान छैन । यो राजनीतिक संकटको बेला हो । राजनीतिक संकटलाई कसरी हल गर्ने भन्ने कुरा एउटा सरकारको मात्र विषय हो भन्ने हामीले ठानेका छैनौा । समग्र परिपाटीकै दोषको कारण मुलुक यो अवस्थामा पुगेको हो । संघर्षबाट नै सम्पूर्ण समस्याको समाधान गर्नुपर्छ भन्ने कुरा हाम्रो विस्तारित बैठकले गर्यो ।
० अस्ति मात्र तपाईंहरूको एक नेताले हामी बहुलवाद मान्दैनौ भनेर सार्वजनिक टिप्पणी गर्नुभयो, के तपाईंहरू बहुलवाद नमान्ने नै हो ?
हामी बहुलवाद मान्दैनौ भन्ने कुरा सही हो । यो वैचारिक प्रश्न हो । बुर्जुवा संसद्वादी प्रणाली मान्ने कि नमान्ने भन्ने विषयमा यो सम्बन्धित छ । हामी बहुलवाद नमान्ने भएकाले नै संसदीय व्यवस्था हुादा पनि त्यसको विरुद्ध हामीले संघर्ष गरेका हौ । बुर्जुवा संसदीय व्यवस्थाले देशको समस्या समाधान गर्छु भन्ने कुरामा हामीलाई विश्वस्त छैन । हाम्रो दर्शन अर्कै हो । त्यसकारण बहुलवादलाई हामी अस्वीकार गर्छौं ।
० यस्तो अवस्थामा शान्ति र संविधानले पूर्णता पाउाछ त ?
नमिलेका विषयलाई कसरी मिलाउने भन्ने विषयमा व्यापक छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ । मिल्न सक्ने कुरा सकेसम्म मिलाएर लैजानुपर्छ । झिनामसिना कुरामा धेरै विवाद गरेर समय खेर फाल्नु हुादैन । मुख्यमुख्य नमिलेका विषयमा नै हाम्रो छलफल भएको हो । बहुलवाद नमिल्ने विषयहरूमा आधारभूत विषय हो ।
० अब तपाईंहरूको रणनीति कस्तो हुन्छ ?
अहिलेको मुख्य कार्यभार शान्ति र संविधान नै हो । संविधानसभाबाट नयाा संविधान जारी गर्ने र शान्तिप्रक्रियालाई निष्कर्ष पुर्याउने नै हाम्रो मुख्य काम हो । पार्टीले यो मुख्य काममा ध्यान दिनुपर्छ । शान्ति र संविधान निमाणको प्रक्रियालाई सहजरूपमा निष्कर्षमा पुग्न नदिने स्थिति पैदा भइरहेको छ । शान्ति र संविधान निर्माणको अवरोध हटाउनको लागि हामीले फेरि अर्को जनसंघर्ष गर्नुपर्छ । दुईवटै तयारी हामीले सागसागै गर्नुपर्छ भन्ने पालुङ्टारको म्यान्डेट हो ।
० अनमिनको म्याद सकिन लाग्यो, त्यसपछिको स्थिति कस्तो रहला ?
अनमिन यहाबाट बाहिरिसकेपछि यहाको स्थिति जटिल हुन्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका छौा । अनमिन रहादा नेपालमा कमसेकम शान्ति कायम भइरहेको छ । तर, अहिले केही दलहरू विदेशी शक्तिहरूको इशारामा देशलाई द्वन्द्वतिर लैजान चाहिरहेका छन् । अनमिन नेपालबाट गइसकेपछि मुलुक द्वन्द्वतर्फ फस्ने खतराचाहिा छ । तर, हाम्रोतर्फबाट त्यसो नहोस् भन्ने प्रयास हामी लागिरहेका छौ ।
० अनमिन पनि नेपालको शान्तिप्रक्रियाबाट बाहिरिने, अन्य दलहरूले पनि तपाईंहरू एक्ल्याउने गरिरहेका छन् यस्तो अवस्थामा तपाईं कसरी अगाडि बढ्नुहुन्छ ?
हामीलाई एक्ल्याउने प्रयासमा विभिन्न तत्वहरू लागेका छन् । हामीलाई एक्ल्याउन उनीहरू सफल भइरहेका छैनन् । संविधानसभाको सबैभन्दा ठूलो दललाई एक्ल्याउन खोज्दा उनीहरू आफै जनताबाट एक्लिादै गएका छन् । राजनीतिकरूपमा हामीलाईभन्दा उनीहरूलाई नै बढी घाटा भइरहेको छ । हामी शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउने प्रयास गर्दै जान्छौ । त्यसमा अवरोध खडा भयो भने हामी अर्को जनआन्दोलनमार्फत् देशलाई नया निकास दिन्छौ ।
० सेना समायोजनसम्बन्धी नया नीति तपाईंहरूले ल्याउनुभएको छ, जसमा आधा जनसेनालाई समायोजन गर्ने र बाकी आधालाई पुनस्र्थापना गर्ने भन्ने प्रचारमा आइरहेको छ नि ?
सेना समायोजनसम्बन्धी आएको पछिल्लो धारणा गलत हो । आधा र चौथाईको विषयमा हाम्रो पार्टीभित्र भएकै छैन । यो कसले कहा भन्यो, यस’bout थाहा छैन । त्यस्तो नीति हाम्रो पार्टीको छैन ।
० सेना समायोजनसम्बन्धी पार्टीको नीतिचाहिा के हो ?
एसएसआरको नीतिअनुसार सेना समायोजन हुनुपर्छ भन्ने हाम्रो नीति हो । पहिले नै संख्या तोकेर सेना समायोजन हुादैन । जनमुक्ति सेनाका सबै साथीहरूलाई एकएक गरी को सेनामा जान चाहन्छ, को पुर्नस्थापित हुन चाहन्छ भनेर सोध्नुपर्छ । यस प्रक्रियाबाट मात्र संख्या तयार हुन्छ । अन्य प्रक्रियाबाट सेनामा समायोजन हुनेको संख्या प्राप्त हुादैन ।
० प्रधानमन्त्री तथा मन्त्रीहरूकै सिको गर्दै तपाईंका नेताहरू पनि विदेश भ्रमणमा गइरहनुभएको छ, यस्तो अवस्थामा शान्ति र संविधानले कसरी पूर्णता पाउला ?
सरकार र त्यसमा सहभागी दलहरू पूरै गैरजिम्मेवार पूर्ण तरिकाले प्रस्तुत भइरहेका छन् भन्ने कुरा मन्त्री तथा प्रधानमन्त्रीको विदेश भ्रमण मोहले प्रस्ट हुन्छ । उनीहरूलाई यो मुलुकको राजनीति सकारात्मक ढङ्गले अगाडि बढोस् भन्ने चिन्ता छैन । उनीहरू कठ्पुतली मात्र हुन् भन्ने प्रमाणित भएको छ । हाम्रो नेताहरू विदेश जाने भन्ने पूर्वनिर्धारित कार्यक्रम हो । अहिले केन्द्रीय समितिको बैठकको तयारी गर्नुपर्ने भएकाले प्रमुख नेताहरू विदेश भ्रमणमा नजाने निर्णय भएको छ ।
० छैठौ विस्तारित बैठकपछि तपाईंहरूले जनतालाई पहिले गरेका प्रतिबद्धताहरू पूरा गराउने दृढता व्यक्त गर्नुभयो । जनतालाई कसरी विश्वस्त तुल्याउनुहुन्छ ?
जनतालाई व्यवहारबाटै विश्वस्त तुल्याउने हो । हामी व्यवहारबाटै पुष्टि गर्छौं । हाम्रो पार्टीभित्र क्रान्तिको विषयमा कुनै दुईमत छैन ।
० अन्त्यमा आमनेपाली जनसमुदायलाई थप केही भन्न चाहनुहुन्छ ?
मुलुकमा अहिले देखापरेको राजनीतिक संकटबाट निकास निकाल्नको लागि पहिले शान्ति र संविधान निर्माणको प्रक्रियालाई निकास दिने र त्यसो हुन सकेन भने ठूलो जनआन्दोलनको आवश्यकता छ । जनपक्षीय सञ्चार माध्यमहरूले जनतालाई त्यही चेतना प्रवाह गर्नुपर्छ । यस पत्रिकाले पनि जनतामा चेतना प्रवाह गरोस् भन्न चाहन्छु ।

Advertisements

वर्गहरु

%d bloggers like this: