Posted by: chhepyastra weekly | नोभेम्बर 28, 2010

माओवादी एक ढिक्का, प्रतिगामीलाई धक्का


काठमाडौ । एकीकृत नेकपा माओवादीको गोरखाको पालुङटारमा छैटौ विस्तारित बैठक आगामी ६ महिनाको लागि संक्रमणकालीन कार्यनीति पारित गर्दै सम्पन्न भएको छ । बैठकले विभिन्न समसामयिक राजनीतिक विषयमा बाह्रवटा प्रस्ताव पनि पारित गरेको छ ।
विस्तारित बैठकमा नमिलेका केही सैद्धान्तिक विषयमा केन्द्रीय कमिटी बैठकमा छलफल गर्दै अगाडि बढ्ने निर्णय समेत बैठकले गरेको छ । अध्यक्ष प्रचण्डले शुक्रबार प्रस्तुत गर्नुभएको चौविस पृष्ठ लामो दस्तावेजमाथि उपाध्यक्षद्वय वैद्य र भट्टराईले टिप्पणी गरेपछि दस्तावेज पारित भएको हो । बैठकपछि आयोजित पत्रकार सम्मलेनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी पार्टी एक ढिक्का होस भन्ने जनताको चाहना रहेको भन्दै विस्तारित बैठकले त्यसलाई पूरा गरेको बताउनुभयो ।
माओवादी पार्टीलाई टुटेको फुटेको हेर्न चाहने देशी विदेशी प्रतिक्रियावादी तत्वहरूको सपना पालुङटार बैठक पछि चकनाचुर भएको छ । शान्ति र संविधानको लागि अगाडि बढ्ने त्यसमा अवरोध आए जनविद्रोहमा जाने विषयमा नेतृत्व बीच एकमत रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । ‘जुनसुकै अवस्थामा पनि हामी एकभएर जान्छौा भट्टराईले पत्रकारमाझ भन्नुभयो । जनतालाई अधिकार सम्पन्न बनाउने विषयमा पार्टी एकमत रहेको जनकारी दिादै अर्का उपाध्यक्ष वैद्यले पालुङटार बैठकपछि पार्टी अझै शसक्त भएर आएको बताउनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष द्वय मोहन वैद्य, बाबुराम भट्टराईलगायत अन्य नेताहरूको उपस्थिति थियो ।

Advertisements

वर्गहरु

%d bloggers like this: