Posted by: chhepyastra weekly | नोभेम्बर 21, 2010

विस्तारित बैठकले ठोस नीति ल्याउने छ
नेत्रविक्रम चन्द ‘विप्लव’, स्थायी समिति सदस्य, एकीकृत नेकपा माओवादी
० तपाईंहरूको छैठौ विस्तारित बैठकमा तीनवटै दस्तावेजमा छलफल हुने पक्का भएको हो ?
हो, हाम्रो पार्टीको आजबाट सुरु हुने छैठौ विस्तारित बैठकमा तीनवटै दस्तावेजमाथि छलफल हुन्छन् । केन्द्रीय समितिको छलफल, बहसले मात्र नपुगेर राज्य समितिका साथीहरू, अगुवा कार्यकर्ताहरूको सुझाव लिनुपर्छ भनेर नै हामीले तीनवटै दस्तावेज विस्तारित बैंठकमा पेस गर्ने निर्णय गरेका हौ । साथीहरूले तीनवटै दस्तावेजहरू आ-आˆनो तरिकाले अध्ययन पनि गरिसक्नुभएको छ ।
० आ-आˆनो दस्तावेज विस्तारित बैठकबाट पारित गराउन नेताहरूबीच चर्को लविङ चलेको प्रचारमा आइरहेको छ नि ?
यो सही कुरा हो । नेपाली क्रान्ति अहिले जुन उचाइमा आइपुगेको छ, यसले पूर्णता पाउन अझै बाकी छ । नेपाली क्रान्तिलाई पूर्णता दिने सवालमा नेताहरूबीच केही मतान्तरहरू देखापरेका छन् । नेताहरूबीच देखिएको मतान्तरलाई हल गर्नको लागि जब हामी कार्यकर्ताको सहयोगको माग गर्दछौ भने उनीहरूको बीचमा आˆनो कार्यनीति र योजनाहरूको ’boutमा छलफल चल्नुलाई स्वभाविक ठान्नुपर्छ । तीनवटा दस्तावेज कार्यकर्ताको बीचमा छलफल हुने कुरालाई हामीले स्वीकार गर्नुपर्दछ । नेता तथा कार्यकर्ताको बीचमा देखिएको आ-आˆनो धारणालाई सकारात्मकरूपमा लिनुपर्छ ।
० तपाईंहरूको पार्टीभित्र एकआपसमा भएको छलफललाई बाहिरी तत्वहरूले भाड्न खोज्दै छ नि यसबाट कतै नकारात्मक असर आउने त होइन ?
हरेक अन्तरविरोधमा मित्रहरू पनि आइपुग्छन्, शत्रुहरू पनि आइपुग्छन् । मित्रहरूले सकारात्मक समाधान खोज्छन्, शत्रुहरूले त्यसलाई दुरूपयोग गर्न खोज्छन् । हाम्रो पार्टी अहिले मित्रहरूको चिन्ता र सहभागितालाई स्वीकार गर्न र विरोधीहरूको षड्यन्त्र र घूसपैठलाई रोक्न तयार छ । त्यतातिर हामीले प्रयास गर्नुपर्छ । यदि हामीले नेपाली क्रान्तिलाई पूर्णता दिन चाहेका हा भने सबै नेताहरूले विरोधीहरूको घूसपैठलाई रोक्दै मित्रहरूको चिन्ता र सहभागितालाई स्वीकार गर्नैपर्दछ । यसो हुन सक्यो भने मात्र विरोधीहरूको चलखेल अन्त्य हुन सक्छ मित्रहरूको सहयोग सफल हुन सक्छ भन्ने कुरा साचो हो ।
० विस्तारित बैठकमा जनसेनाको सहभागिता कस्तो हुन्छ ?
जनसेना नेपलको राजनीतिक सेना हो । जनसेनाभित्र राजनीतिक रूपमा प्रतिबद्ध साथीहरूको सहभागिता छ । जनसेनाभित्र पनि राजनीतिक कमिटीहरू छन् । कमिटीअनुसार जो कमरेडहरू राज्य समिति स्तरमा हुनुहुन्छ, उहााहरूलाई विस्तारित बैठकमा सहभागी हुन दिनु पर्छ भन्ने विषयमा अनमिन र अन्य दलहरूसाग कुरा भइरहेको छ । जनमुक्ति सेनालाई बैठकमा सहभागी गराउने मुद्दामा हामी सहमत छौा ।
० तर, सरकारले त यसमा आपत्ति जनाएको छ नि ?
यो सरकार आफैामा जनविरोधी सरकार हो । यो अन्तरिम संविधान, बृहत् शान्तिसम्झौता र अन्य सहमतिहरूलाई बेवास्ता गर्ने र भङ्ग गर्न खोज्ने सरकार हो । सरकारको धारणाप्रति हामीले कुनै चिन्ता लिनुपर्दैन । दलहरूसाग छलफल गरेर सहमति गराउने प्रयासमा हामी छौ ।
नेपाल यतिबेला विशिष्ट राजनीतिक मोडमा छ । यसलाई निकास दिन सक्ने गरी पार्टीले वैधानिक खालको नीति तथा योजनाहरू बनाउनुपर्दछ । त्यसको लागि हामी चिन्तित छा । जनताको नेतृत्व गर्नलायक कम्युनिस्ट पार्टी सम्पूर्ण मित्रशक्तिहरूको आकांक्षा र भावनाहरूमा सम्बोधन गर्न सक्ने खालको हुनैपर्छ । त्यसैले कम्युनिस्ट पार्टीसम्बन्धी एउटा ठोस धारणा बनाउनुपर्छ । कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता भनेको दुनियालाई बदल्न सक्ने नेतृत्व गर्न सक्ने आदर्श बोकेका हुनुपर्दछ । त्यस्तो खालको संस्कार हामीभित्र विकास हुनुपर्छ । त्यसको लागि पालुङटारमा हुने विस्तारित बैठकले ठोस नीति अगाडि ल्याउनेछ । नेपालको राजनीतिलाई निकास दिनको लागि एउटा ठोस राजनीतिक कार्यनीतिहरूको तयारी गर्नुपर्दछ । यस्ता कामहरू गर्न सकियो भने हाम्रो पार्टीको छैठौा विस्तारित बैठक सफल हुनेछ ।
० नेपाली जनताको एक मात्र आशाको केन्द्र माओवादी पार्टी थियो, तर तपाईंहरूभित्र नै अन्तरविरोधहरू आइदिादा जनताले सोचेजस्तो भएन नि होइन र ?
माओवादी पार्टी मान्छेहरू थुप्रो लगाउने पार्टी मात्र होइन भन्ने कुरा आमजनतालाई राम्रोसाग थाहा छ । माओवादी पार्टीभित्र एउटा नयाा विचार, सभ्यता र नयाा दृष्टिकोणमा विचार राख्ने नेता र कार्यकर्ताहरूको सहभागिता छ । माओवादी पार्टीले राजनीतिक संकट देखापर्दा ठूल्ठूला बहस अन्तरक्रिया तथा अनुसन्धान गर्दै, त्यसको समाधान दिने गर्दछ । यस पटक पनि चिन्ता गर्नुपर्ने कुनै कारण छैन । माओवादी पार्टी अहिले एउटा नया नीति तथा योजनाको अनुसन्धान गर्दैछ । त्यो गर्न माओवादी सफल हुन्छ भन्ने कुरा जनताले विश्वास गर्नुपर्दछ । हामी त्यही प्रक्रियामा जुटेको हुनाले अहिले केही चिन्ता देखापरे पनि निकट भविष्यमा त्यो समाधान भएर जान्छ ।
० त्यसो भए, तपाईंहरू पालुङटारबाट आमजनतालाई सकारात्मक सन्देश दिन सफल हुनुहुन्छ ?
हो, यसले नेपाली जनतालाई निराश बनाउने छैन । नेपाली जनतालाई उत्साही गराउनेछ । नेपाललाई समस्या रुमल्लिनबाट यसले निकास दिनेछ । पालुङटार बैठकले नया भविष्य लिएर आउनेमा हामी विश्वस्त छौा ।
० अन्त्यमा, थप केही भन्न चाहनुहुन्छ ?
मैले पहिले पनि यस पत्रिकामार्फत् धेरै कुरा भनेको छु । माओवादी पार्टीको ’boutमा जनतामा चिन्ता र उत्सुकता छ । हामी त्यसलाई वैज्ञानिक योजनाद्वारा समाधान गर्नेछा । पार्टीलाई सिध्याउन लागेका तत्वहरूको योजना हामी ध्वस्त पार्नेछौ । नेपलको नया भविष्यलाई सुनिश्चित गर्ने गरी पालुङटारबाट माओवादी नया उचाइमा उभिन्छ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु । सबै जनता र कार्यकर्ताले यस कुरामा ढुक्क हुन समेत म यस पत्रिकामार्फत् आग्रह गर्दछु ।

Advertisements

वर्गहरु

%d bloggers like this: