Posted by: chhepyastra weekly | नोभेम्बर 14, 2010

हाम्रो पार्टीभित्र अन्तरद्वन्द्व होइन, बहस चलेको छ
खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्युरो सदस्य- एनेकपा माओवादी
० सोह्र पटकसम्म भएको निर्वाचनले समेत मुलुकलाई नयाा प्रधानमन्त्री दिन सकेन, अब कसरी अगाडि बढ्नु हुन्छ ?
मुलुकको वर्तमान राज्य व्यवस्था वैचारिक, राजनीतिक, नीतिगत र व्यवहारिक दृष्टिले जनविरोधी सावित भइसकेको छ । यो राज्य व्यवस्थाले न त जनताको नै हित गर्न सक्छ न त राष्ट्रको हित गर्न सक्छ । हाम्रो पार्टीले मुलुकको राज्य व्यवस्थको परिवर्तन अनिवार्य भयो भनेर नै दश वर्षे जनयुद्ध सुरु गरेको हो । हामी अहिले शान्तिप्रक्रियामा छौा । यो प्रक्रिया विगत चार वर्षदेखि जारी छ । संसदीय पुरानो राज्य संरचनाकै कारण सोह्र पटक संसद्मा निर्वाचन हुादासमेत मुलुकले नयाा प्रधानमन्त्री पाउन नसकेको हो । यसो हुनु भनेको संसदीय व्यवस्थामा खराबी प्रमाणित हुनु हो । आमूल परिवर्तनको प्रतीक्षामा संघर्ष गरिरहेका नेपाली जनता अहिले संसद्मा चलिरहेको प्रक्रियाबाट आत्तिनुपर्ने देखिादैन । संसदीय व्यवस्था भनेको जनताको अगाडि प्रजातन्त्रको गाईजात्रा गर्ने व्यवस्था हो भनेर संसदीय पार्टीहरूले बुझ्न जरुरी छ । यो कुरा नबुझ्ने हो भने पुरानो संसद्वादी दलहरूको पतन र यस व्यवस्थाकै विघटनको अवस्थालाई कसैले रोक्न सक्दैन ।
० सर्वोच्च अदालतले समेत अहिले संसद्मा चलिरहेको प्रधानमन्त्री चयनको प्रक्रियाप्रति औंला उठाइसकेको छ, यस विषयमा तपाईं के भन्नुहुन्छ ?
सर्वोच्च अदालतले अघि सारेको धारणालाई वैधानिकरूपमा ठीकै भन्नुपर्छ । यसलाई उसको दायित्व निर्वाह गरेको मान्नुपर्छ । सोह्र पटकसम्म भएको निर्वाचनबाट समेत मुलुकले प्रधानमन्त्री पाउन नसक्ने हाम्रो नियमावली विधि र प्रक्रियाहरूलाई अब नयाा ढङ्गले सोचेर अगाडि बढ्न आवश्यक छ । मुलुकलाई निकास दिन संसद्मा सभामुखले जुन पहल गर्नुपर्ने थियो, त्यो पहलको भने अभाव भएको सर्वत्र महसुस भइरहेको छ । संसदीय व्यवस्थाभित्रको यस्तो गलत प्रक्रियाको अन्त्य गर्नुपर्छ । अवैज्ञानिक विधि र प्रक्रियालाई बदल्नुपर्ने हुन्छ, त्यसको लागि सभामुखले पहलकद्मी लिनुपर्छ । सभामुखले किन यस प्रक्रियालाई जारी राख्नु भएको छ, यसमा हामीलाई पनि अचम्म लागेको छ ।
० प्रमुख दलका शीर्ष नेताहरूले राजनीतिक निकास निकाल्न भन्दै पटक-पटक गोप्य बैठक गरिसकेका छन् । तर, पनि किन निकास निस्कन सकिरहेको छैन ?
संविधानसभा निर्वाचनपछि अघि सारिएका एजेन्डाहरूमाथि भए, गरेका छलफलदेखि नेपाली जनतासागसागै अन्तर्राष्ट्रिय जगत्समेत वाक्क भएको छ । जनता वाक्क भइसकेका विषयलाई लिएर गोप्य बैठकको नाटक रच्नु नेपाली जनतालई बेबकुफ बनाउने नेताहरूको तरिका मात्र हो । यसबाट अरु नयाा निकास निस्कन सक्दैन । जारी शान्तिप्रक्रियाको दृष्टिले शान्ति तर उद्देश्यको दृष्टिले नेपाली जनताले चाहेको विद्यमान राज्य व्यवस्थाको अन्त्य नै हो । राज्यसभा र राज्य व्यवस्थाको परिवर्तन गरेर शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, नेपाली जनताका भावना र आकांक्षाको सम्बोधन गर्ने र नेपाली जनतालाई यो देशको राज्यसत्ताको मालिक बनाउने कुनै पनि नेताको एजेन्डा म देख्दिन । शान्तिप्रक्रिया, सेना समायोजनको नाममा जनतालाई धोका दिने जनताका एजेन्डालाई कमजोर बनाउादै उनीहरूको एजेन्डाविरुद्ध खेलबाड गर्ने काम अहिले भइरहेको छ । जनताका एजेन्डालाई ढाकछोप गर्नकै लागि नेपालका राजनीतिक दलका नेताहरू कहिले गोप्य त कहिले अर्धगोप्य बैठकको नाटक गरिरहेका छन् । यतिबेला नेपालका राजनीतिक दलका नेताहरूको नेतृत्व गर्ने क्षमतामाथि नै प्रश्नचिहृन खडा भएको छ । हाम्रो पार्टीले पनि अब नयाा ढङ्गले सोच्नुपर्ने भएको छ । अहिलेको संक्रमणकालीन अवस्थामा हाम्रो लाइन के हो त यस विषयमा जनतालाई छर्लङ्ग गर्न हाम्रो पार्टी चुकेको छ । राज्यसत्तालाई परिवर्तन गर्ने नेपाली जनताको चाहनामा राजनीतिक दलहरू प्रतिबद्ध हुादैनन् भने गोय वार्ताको कुनै औचित्य रहादैन । जनताको जनसंविधान निर्माण गर्नेतर्फ राजनीतिक दलहरूले आफूलाई केन्दि्रत गर्न अति जरुरी छ । सबैभन्दा ठूलो पार्टी हुनुको नाताले हाम्रो पार्टीले अहिलेको राजनीति गत्यावरोध तोड्न नयाा पहलकद्मी लिनैपर्छ ।
० मुलुकले निकास नपाइरहेको अवस्थामा तपाईंको पार्टीभित्र पनि चरम अन्तरद्वन्द्व छ भन्ने प्रचारमा आइरहेको छ नि ?
हाम्रो पार्टीभित्र अन्तरद्वन्द्व होइन, बहस चलेको छ । पार्टीभित्र यतिबेला गम्भीर विषयमा छलफल चलेको छ । यसलाई पार्टीभित्रको विचारधारात्मक र राजनीतिक संघर्ष भन्न सकिन्छ । हाम्रो पार्टी नेपलका श्रमजीवी जनताको कम्युनिस्ट क्रान्तिकारी पार्टी हो । यो पार्टी विचार विज्ञानमा विश्वास गर्छ । हाम्रो पार्टी जनवादी नीतिमा अगाडि बढ्छ । हाम्रो पार्टीको मुख्य लक्ष्य भनेकै जनताको सेवा गर्नु हो । हामी यतिबेला सम्भावना र चौतर्फी सम्भावना माझबाट गुजि्ररहेका छौा । हामीले क्रान्तिकारी धारबाट अहिलेको परिवर्तनलाई नेतृत्व दिन सक्यौा भने देश युगिन परिवर्तनमा जाने छ । हामीले त्यसो गर्न सकेनौा भने देश पनि बर्बादीमा जाने माओवादी पार्टी पनि एमाले, कााग्रेसभन्दा भिन्न नहुने अवस्था रहन्छ । अहिलेका नेपाली समाजका अन्तरविरोधहरूलाई हल गर्नको लागि हाम्रो पार्टीको अहिलेको अवस्था ठीक छ वा परिवर्तन गर्न जरुरी छ भन्ने विषयमा हाम्रो पार्टीभित्र यतिबेला बहस चलिरहेको छ । यस पार्टीभित्र हुने बहस आˆनो वर्गको केन्द्रभागमा राखेर नै हुन्छ । स्वभाविकरूपमा यस्ता विषयमा छलफल हुादा बहसहरू हुन्छ । विचारधारात्मक संघर्ष सर्वहारावादी नीति र गैरसर्वहारावदी नीतिबीच, कम्युनिस्ट पार्टी निर्माण र पार्टीको बुर्जुवा कारण गर्ने प्रविधिकै बीचमा हुने संघर्ष हो । हामीले अहिले हाम्रो पार्टीभित्र चलाएको बहसले पार्टीलाई नयाा ढङ्गले विकास गर्न मद्दत गर्नेछ । हामी हाम्रो पार्टीलाई माक्र्सवादी विचारबाट नै अगाडि हुन्छ । हामी माक्र्सवाद, लेनिनवाद र माओवादीको विचारधारात्मक लाइनमा टेकेर पार्टीलाई अगाडि बढाउाछौा । पार्टीको विषयमा जनताले पछिल्लो दिनमा चिन्ता व्यक्त गर्ने र प्रश्न उठाउने गरेका छन्, त्यसले पार्टीलाई आˆनो क्रान्तिकारी लाइन लिन दबाब दिएको छ । हाम्रो पार्टी कुनै पनि हालतमा एमालेकरण हुादैन, बरु एक्काइसौा शताब्दीको ज्वाजल्यमान कम्युनिस्ट क्रान्तिकारी पार्टी हुन्छ भन्ने कुरामा जनतालाई विश्वास दिलाउन चाहन्छु । पछिल्लो दिनमा पार्टीभित्र विकास भएको गैरसर्वहारा आचार देखापरेका छन्, त्यसलाई हामी क्रमिकरूपमा समाधान गर्छौं । पार्टीभित्र चलेको स्वच्छ बहसलाई प्रतिक्रियावादीहरूले बाहिर माओवादी पार्टीभित्र चरम अन्तरद्वन्द्व छ भनेर प्रचार गरिरहेका छन् । यो सरासर झूट हो ।
० तपाईंले पार्टीभित्र अन्तरद्वन्द्व छैन त भन्नु भो तर शीर्ष नेताहरू नै एकअर्कालाई आरोप लगाउादै हिाड्नु हुन्छ नि, यस विषयमा के भन्नुहुन्छ ?
एउटा जीवित कम्युनिस्ट पार्टीभित्र पार्टीको आˆनो विचार र अनुसन्धानको लागि हुने बहसलाई रचनात्मक, स्वच्छ, सैद्धान्तिक र राजनीतिक बनाउनुपर्छ भन्ने निर्देशन माक्र्सवादले हामीलाई गर्छ । यो माक्र्सवादी मान्यता हो । कम्युनिस्ट पार्टीभित्र क्रान्तिकारी लाइन र गैरक्रान्तिकारी लाइनको बीचमा बहस र संघर्ष हुने हुादा कच्चा माक्र्सवादी लाइन र गैरसर्वहारा लाइनले पार्टीभित्रको बहसका मालेमावादले विकास गरेको मान्यतालाई अनुशरण गर्नुभन्दा त्यसको खिलाफमा त्यस्ता बहसलाई गालीगलौजमा लाने र त्यसलाई अवरुद्ध बनाउने प्रयास हुन्छ । बाहिर आइरहेका बहस हाम्रो खराबीका कारण भएको हो र हामी त्यस्ता खराबीलाई नियन्त्रण गर्न चाहन्छौा । सञ्चार माध्यममा भएका यस्ता आरोपहरूलाई सम्पूर्ण क्रान्तिकारीहरूले नियन्त्रण गर्नुपर्छ ।
० अहिले नेपाली माओवादी पार्टीको भारतीय माओवदीलाई जनमुक्ति सेनाका कमान्डरहरूले तालिम दिएको कुरा पनि बाहिर प्रचारमा आइरहेको छ । यसको वास्तविकताचाहिा के हो ?
हामी कम्युनिस्टहरू अन्तर्राष्ट्रियतावादी हौा । हामी सर्वहारा राष्ट्रवाद र अन्तर्राष्ट्रवादको अनुशरण गर्छौं । विश्वका सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू हाम्रो भाइचारा पार्टीहरू हुन् । उहााहरूसाग राजनीतिक, वैचारिक र संगठनात्मक दृष्टिले हाम्रो सम्बन्ध भइरहन्छ । हाम्रो साझा लक्ष्य भनेकै विश्वभरिका मजदुरको मुक्ति हो । त्यसो हुादा विश्वभरिका क्रान्तिकारीहरू र भारतीय क्रान्तिकारीहरूसाग पनि हाम्रो भावनात्मकदेखि संगठनात्मक सम्बन्ध हुन्छ । भारतीय क्रान्ति र नेपालको क्रान्तिको विषयमा एकआपसमा छलफल गर्ने कुरा स्वभाविकै हो । प्रतिक्रियावादीहरूबाट हामीले यो कुरा लुकाउन पनि आवश्यक छैन । प्रतिक्रियावादीहरूले श्रमजीवी जनतालाई शोषण गर्न विश्वव्यापी सञ्जाल बनाउने अनि श्रमजीवी जनताको मुक्तिको लागि कम्युनिस्टहरूको सञ्जाल बनाउन किन नपाउने ? आˆनो सञ्जाल विस्तार गर्न पाउने हाम्रो अधिकारको कुरा हो । नेपाली माओवादीले भारतीय माओवादीलाई तालिम दिएको भन्ने कुरा भारतीय विस्तारवादीहरूको षड्यन्त्रको पछिल्लो कडी हो । नेपालको जारी शान्तिप्रक्रियाले भारतीय शासकवर्गलाई समेत झकझकाइरहेको छ । नेपालमा शान्ति र परिवर्तन स्थापित भयो भने त्यसबाट भारतीय शासकवर्गको प्रजातन्त्रको मुखुन्डो उदाङ्गो हुनेवाला छ । त्यसैकारण पनि भारतीय शासकवर्गले हाम्रोविरुद्ध षड्यन्त्र गरिरहेको छ । भारतीय विस्तारवादले पछिल्लो समय यहाा तयार गरेका नयाा एजेन्डाहरूको रक्षाको लागि पनि यस्तो प्रचार गरिएको हो । शान्तिप्रक्रियाका विरुद्ध आˆना नयाा दलालहरूको रक्षा गर्नको लागि भारतले विभिन्न प्रचारबाजी गरिरहेको छ । यस्तो षड्यन्त्रलाई चिर्न क्रान्तिकारी शक्तिहरू तयार रहनुपर्छ ।
० अब बजेटतर्फ लागौं, यस महिनाको अन्त्यतिर संसद्बाट बजेट पास हुन सकेन भने मुलुक डामाडोल हुने स्थिति छ, यसलाई कसरी निकास दिनुहुन्छ ?
हामी यतिबेला शान्तिप्रक्रियाको क्रममा छौा भने सागसागै मुलुकले अशान्तिको महसुस गर्ने अवस्था पनि सिर्जना हुादै गएको छ । बजेटको सन्दर्भमा राजनीतिसाग जोडिएको विषय हो । बजेट र विकास निर्माणको प्रक्रियालाई कसले नेतृत्व प्रदान गर्ने भन्ने कुरा राजनीतिक मुद्दा हो । सही राजनीतिक निकासबिना बजेट जनताको हितमा आउन सक्दैन । नेपाली कााग्रेसको हठ र राजनीतिकरूपमा प्रतिक्रियावादी चरित्रका कारण बजेट आउनमा अवरोध भइरहेको छ । त्यसमा एमालेभित्रको एउटा हिस्सा पनि सामेल भएको छ । माओवादी पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्छ । नयाा बन्ने सरकारले बजेट र अन्य राजनीतिक मुद्दाको नेतृत्व गर्नुपर्दछ, त्यसो हुन सक्यो भने मात्र निकास निस्कन्छ ।
० आगामी मंसिर ५ गतेदेखि गोरखाको पालुङटारमा पार्टीको छैठौा विस्तारित बैठक हुादैछ, यस बैठकपछि पार्टी कसरी अगाडि बढ्छ ?
छैठौा विस्तारित बैठकबाट हामी हाम्रो पार्टीलाई पूर्णरूपमा रूपान्तरण गर्न चाहन्छौा । हामी पार्टीलाई विचार, कार्यदिशा आदिको आधारमा नयाा बनाउन चाहन्छौा । पार्टीलाई अहिले नयाा विचार चाहिरहेको छ । त्यसो नभई पार्टीले नेपालका विद्यमान राजनीतिक जटिलताको हल गर्न सक्ने देखिादैन । माओवादी पार्टीलाई सच्चा क्रान्तिकारी पार्टी बनाएर मात्र हामी विस्तारित बैठकबाट निस्कन्छौा ।
० तपाईं संविधानसभाको सदस्य पनि हुनुहुन्छ, थपिएको समयमै नयाा संविधान जारी हुनेमा तपाईं विश्वस्त हुनुहुन्छ ?
जटिलताहरू धेरै छन् । अहिलेको अवस्था हेर्ने हो भने बााकी रहेको समयमा संविधान जारी हुन्छ भन्न सकिादैन । संविधान समयमै बनाउने हो भने नयाा पहलकद्मी लिन जरुरी छ । अहिले संविधान बनाउने विषयमा गम्भीर मतभेद रहेको छ । बुर्जुवा संविधान बनाउने कि नेपाली जनताको जनसंविधान बनाउने भन्ने विषयमा व्यापक विवाद छ । यही अन्तरविरोधको कारण संविधान निर्माण प्रक्रियले गति लिन नसकेको हो । जनताको संविधान बनाउन कााग्रेस र एमाले तयार भएको बााकी रहेको समयभित्र संविधान बनाउन सक्छौा । अहिलेकै प्रक्रियाबाट जनताको संविधान बन्नेमा म विश्वस्त छैन । बााकी रहेको समयभित्र संविधान बनेन भने संविधानसभाबाट बाहिर उठेर जनताको बीचमा संविधान लेख्ने प्रक्रिया सुरु हुन्छ कि ।
० भनेपछि तपाईंहरू संविधानसभाबाट संविधान जारी हुन सकेन भने सडकबाट भने पनि जनताको संविधान जारी गर्नुहुन्छ ?
अन्तिम प्रयास संविधानसभाबाटै संविधान बनाउनेमा हामी लाग्छौा । यदि संविधनसभाबाट संविधान बनाउादा जनसंविधान बन्न सकेन भने हामी संविधानसभाबाट संविधान बनाउन सक्दैनौा । हामी जनसंविधान निर्माणको लागि संघर्ष गर्छौं । हाम्रो पार्टीले जनसंविधान निर्माणको लागि कोसिस गर्दा संसद्वादी पार्टीहरू बाधक भए भने हामी जनताको माझमा गएर जनतालाई आˆनो संविधान आफैा लेख्न लगाउाछौा । जनताले लेख्ने संविधान सडकबाटै लेख्ने हो । संविधानसभाबाट संविधान लेखिए सडकबाट संविधान जारी गर्न जनताको पार्टी हुनुको नाताले हामीले नेतृत्व लिनैपर्छ ।

अब फिनिसिङ र सजावटको काम मात्र बााकी रहेको छ
हितराज पाण्डे, तमुवान् इन्चार्ज- एनेकपा माओवादी,
० तपाईंहरूको छैठौा विस्तारित बैठकको तयारी कुन अवस्थामा पुगेको छ ?
भर्खरै मात्र तमुवान् राज्य समितिको पूर्ण बैठक सम्पन्न भयो । त्यो पूर्ण बैठकले विस्तारित बैठकका लागि अहिलेसम्म भएका समग्र तयारीको मूल्यांकन गर्‍यो । विस्तारित बैठक तयारीको लागि हामीले तेह्रवटा उपसमिति निर्माण गरेका थियौा । त्यसको नेतृत्व केन्द्रीय सदस्यहरूले नै गरेका छौा । सबै उपसमितिले बैठकमा आ-आˆनो रिपोर्ट प्रस्तुत गरेका छन् । अहिलेसम्म पचहत्तर प्रतिशत काम सम्पन्न भएको मूल्यांकन हामीले गरेका छौा । अहिले तयारीको काम अरु द्रूत गतिमा बढिरहेको छ । हामीले ७० वट कटेरा निर्माणको काम सम्पन्न गरिसकेका छौा । तीन सयवटा शौचालय पनि बनाइसकेका छौा । हामीले ७० मिटर लम्बाइ र ५० मिटर चौडाइको मुख्य हल निर्माण गरिसकेका छौा । बैठकस्थलमा बिजुली बत्ती, पानीको सम्पूर्ण व्यवस्था गरिएको छ । अब फिनिसिङ र सजावटको काम मात्र बााकी रहेको छ, अरु सम्पूर्ण तयारी पूरा भएको छ ।
० गाउामा बैठक गर्दै हुनुहुन्छ, स्थानीय जनताको सहयोग कस्तो पाउनुभएको छ ?
गोरखा जिल्ला पालुङटर गाविसको वडा नं. ८ मा हाम्रो बैठकस्थल रहेको छ । हामीले पालुङटार गाविसको वडा नं. ७, ८ र ३ का जनताको घरमा पनि बसोबासको व्यवस्था गरेका छौा । जनताहरूले असाध्यै राम्रो सहयोग गरिरहनुभएको छ । बैठकमा आउने प्रतिनिधिहरूलाई बसोबासको लागि जनताको घर र बैठकस्थलमै निर्माण गरिएका कटेराहरूमा व्यवस्था मिलाएका छौा ।
० तपाईंहरूको छैठौा विस्तारित बैठक नजिकिादै गर्दा पार्टीभित्रको द्वन्द्व त झनै चर्किएको कुरा बाहिर आइरहेको छ नि ?
हाम्रो पार्टी सर्वहारावर्गको पार्टी हो । सर्वहारावर्गको पार्टीभित्र बहसहरू निरन्तर चलिरहन्छ । हाम्रो पार्टीको यो विस्तारित बैठकमार्फत् सबै बुझाइहरूलाई एक ठाउामा ल्याउने र पार्टीलाई अझै सुदृढ एकतामा अगाडि बढाउने काममा हामी लागिरहेका छौा । अहिले बाहिर जति भ्रमहरू फिाजाइएका छन्, यी सबै भ्रमलाई निमिट्यान्न पार्ने गरी यो विस्तारित बैठकले चोटिलो जवाफ दिनेछ । हाम्रो पार्टीअध्यक्ष प्रचण्डको नेतृत्वमा एक ढिक्का हुनेछ । पार्टी नयाा ढङ्गले अगाडि बढ्नेछ । नेपाली जनताको संघीय गणतन्त्र निर्माणको लागि हामी निरन्तर क्रान्तिलाई अगाडि बढाइरहने छौा ।
० भनेपछि छैठौा विस्तारित बैठकबाट तपाईंहरू अझै सशक्त भएर निस्कनुहुन्छ ?
विचारको तहमा छैठौा विस्तारित बैठक हाम्रो पार्टीको सबैभन्दा ठूलो केन्द्रीकरण हो । करिब छ-सात हजारको केन्द्रीकरण हामी गर्दैछौा । यति ठूलो केन्द्रीकरणपश्चात हाम्रो पार्टी अझै बढी एकताबद्ध हुनेछ अझै सुदृढ हुनेछ । हाम्रो बुझाइमा एकता कायम हुनेछ । यसले नेपाली जनताले चाहेको जनताको संघीय गणतन्त्र नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्नेमा हामी ढुक्क छौ।

Advertisements

वर्गहरु

%d bloggers like this: