Posted by: chhepyastra weekly | अक्टोबर 3, 2010

संविधानको व्याख्या गर्ने निकायले नै संविधानको उल्लंघन गरेको छ

कालीबहादुर मल्ल, केन्द्रीय सदस्य- एनेकपा माओवादी

० नवौ पटकको निर्वाचनबाट पनि प्रधानमन्त्री चुन्न सक्नुभएन, के भन्नुहुन्छ ?
यस विषयमा धेरै भन्नुभन्दा पनि विषय स्पष्ट छ कि के कारणले प्रधानमन्त्री चुन्न सकिएन ? यसमा आन्तरिक कारण नेपालका कतिपय संसदीय पार्टी र नेतृत्वको आˆनो देश र जनताभन्दा वैदेशिक शक्ति विशेषगरी भारतप्रतिको इमानदारिता, बफादारीपन र प्रतिबद्धता जिम्मेवार छ भने बाहृयरूपले भारतीय विस्तछारवादको हस्तक्षेपको कारण जिम्मेवार छ । तेस्रो पक्ष भनेको नेपालको अन्तरिम संविधानमा भएको यससम्बन्धी व्यवस्था र व्यवस्थापिका नियमावली पनि हो । सभासद्हरूको कुरा गर्दा उनीहरू मत हाल्ने हालेकै छन् नहाल्नेले हालेनन् । हामीलाई थाहा छ देश आज प्रधानमन्त्री चुनिन्छ भन्ने दिन सभासद्लाई थुनेर दलको बैठक गठरिन्छ भने सभासद् र दलहरूको भूमिकालाई पनि सबैको समान ढङ्गले बुझ्नु हुादैन ।
० के यो संसदीय व्यवस्थाको असफलता हो ?
हो Û संसदीय व्यवस्थाका अवगुणमध्ये एउटा यही हो । विगतका यिनै र यस्तै प्रयोगले मुलुकलाई लथलिङ्ग बनायो, अव्यवस्था बढायो र अत्यासलाग्दो अझ भनौा कहालीलाग्दो स्थिति पैदा गरेकोले नयाा ढङ्गले नेपाली समाजलाई चलाउनुपर्ने आवश्यकता र मागअनुसार १० औा हजारको बलिदानी भयो र गणतन्त्र पनि आयो । तर, आज त्यो गणतन्त्रलाई संसदीय गणतन्त्रमा पपरिणत गर्न यस्ता क्रियाकलाप भइरहेका छन् । राष्ट्रिय आवशयकता र परिवर्तनको अनिवार्यतालाई स्वीकार नगर्नेहरूले नै यो बासी र असफल सिद्धान्त प्रयोग गर्दा पुरानै परिणाम आउाछ ।
० तपाईंको पार्टीले एमालेसाग गरेको सहमतिले पनि कुनै निकास निकाल्न सकेन होइन र ?
हाम्रो पार्टी देशको सबैभन्दा जिम्मेवार, गम्भीर, क्रान्तिकारी पार्टी हुनुको नाताले जनताले सम्पूर्ण प्रतिक्रियावादीहरूका षड्यन्त्र, जालझेल र सत्तोसरापका बाबजुद पनि ठूलो पार्टी र पत्यक्षमा बहुमत दिएर पठाए । त्यही ओज र जिम्मेवारी बोधले एमालेसाग मात्र होयन, देशका सबै पार्टीसाग सहमति गरेर नै देशलाई असफल हुन् र जनतालाई निराश हुनबाट जोगाउन सकिन्छ भनेर नै यो कदम चालियो, त्यसको ढोका मात्र एमालेबाट खोलिएको हो । विडम्बना Û यसरी जिम्मेवारीपूर्ण बर्ताउ र पहललाई यसको भारतीय चश्माले हेदा उल्टो देखिादोरहेछ । विश्वास गरौा यो सहमतिको अभियानलाई नेपाली चश्मा लगाएर सबैले हेर्नेछन् र सबै अवरोध हट्नेछन् ।
० म्याद थप भएको चार महिना बितिसक्दा पनि संविधान निर्माणको कुनै प्रक्रिया अघि बढेको छैन, सभासद्को नाताले के भन्नुहुन्छ ?
स्पष्ट शब्दमा भन्नुपर्दा सभासद्हरूलेब नाउनुपर्ने संविधान बनाइसकेर पनि एक वर्ष पहिले बुझाइसके । बााकी दलहरूले बनाउने र घोषणा गर्ने काम रहेको छ । त्यो त्यतिबेला पूरा हुन्छ, जतिबेला संसदीय पार्टीहरूले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा आफैाले गरेका भाषणलगायतका नारा र गरेका प्रतिबद्धता तथा लाखोा जनताको उपस्थितिलाई राम्ररी सम्भिmन्छन् । अर्को कुरा संविधानसभा कुनै एक पार्टी होइन, त्यो समावेशी र समानुपातिक छ । त्यसो हुादा हरेक सभासद् आफू समाहित दलको घोषणापत्रको आधारमा चुनिएर वा पार्टीको कोटामा आएका छन् भन्ने बुझ्नुपर्छ । यहाा संविधान सभासद्को मात्र नभएर मुद्दासाग सम्बन्धित छ । जबसम्म यहााको जातीय, वर्गीय, क्षेत्रीय र लिङ्गीय मुद्दालाई हेर्ने दृष्टिकोण सापेक्षितरूपले समान हुादैन तबसम्म यस्तै हुन्छ । सहमति भए बाकी समयमा धेरै काम हुन्छन् । संविधान छिट्टै आउाछ ।
० यस्तो स्थितिमा तोकिएको समयमा नयाा संविधान जारी हुन सक्छ त ?
सक्दैन । फेरि पनि दोहोर्‍याएर वा जोड दिएर भन्नुपर्दा पुरानो विचारका पक्षधरहरूले आˆनो असफल सिद्धान्तको पुनः प्रयोगको मूखृता त्याग्नुपर्छ र परिवर्तनलाई स्वीकार गर्नुपर्छ अन्यथा तपाईंले भनेजस्तै हुन्छ ।
० देशमा अराजकता बढ्दै गएको छ, यही बहानामा राष्ट्रपति सक्रिय हुन खोज्दैछन् के भन्नुहुन्छ ?
हो Û राष्ट्रपतिले यस्तैयस्तै बेला आˆनो सक्रियताको भूमिका रााको बालेर संविधानमा खोज्ने गरेका छन् । जस्तो कि गतसाल उनले भन्दथे ‘राष्ट्रपति सेरेमोनियल कहाा छ संविधानमा ? त्यसको केही दि नभित्रै सेनापतिलाई पुनर्वहाली गरेर आˆनो भित्री चाहना प्रस्ट्याइदिए । यतिबेला पनि उनी आˆनै सोचले भन्दा पनि गत दिनहरू जस्तै अरुको भरिया हुन सक्छन् । तर, स्थिति त्यति सजिलो छैन । राष्ट्रपतिको कदमपछिको विरोधको ज्वाला पनि देखेकै हो । यदि कसैले त्यस्तो दुस्साहस गर्‍यो भने सहमतिले सीमित अधिकार पाएको जनताले आˆनै बलबुता -ठूलो संघर्षले) पूर्ण अधिकार प्राप्त गर्नेछन् ।
० पूर्वराजाको सक्रियताले फेरि कतै राजसंस्था फर्किने त होइन भन्ने स्थिति पैदा हुादैछ, यसमा तपाईं के भन्नुहुन्छ ?
थला परेको बाघ उठ्न खोज्नु स्वभाविक हो । तर, बाघले आˆनो मुटुमै चोट लागेको र चिकित्सकले सकिादैन भने पछि उपाय छैन भन्ने बुझ्नुपर्छ । नेपालमा भूपूराजाले त्यो बुझेकै छन् । यदि बुझेका छैनन् भने तपाईंको पत्रिकामार्फत् के भन्न चाहन्छु भने अब भूपू राजाले पुरानो सोचले पहिलेकै स्थानमा होइन, नयाा सोचले मात्र नयाा ढङ्गले अस्तित्व रक्षा गर्न सकिन्छ । स्पष्ट छ, नेपालको राष्ट्रियता संकटमा छ ।र त्यसको रक्षाको एनेकपा -माओवादी) को नेतृत्वमा हुने राष्ट्रिय स्वाधीनताको रषाको आन्दोलनमा सक्रिय सहभागिता जनाउनुपर्छ । योबाहेक अन्य तरिका अपनाएमा दुस्साहस मात्र हुने निश्चित छ । ’cause हिजो राजा भएर प्रयोग गरेको विधि विफल भएको प्रस्ट छ ।
० तपाईंको पार्टीको विस्तारित बैठकको मिति र स्थान परिवर्तन भएको छ, यसको कारण के हो ?
यस’bout मैले विस्तृत जानकारी त पाएको छैन तैपनि संक्षिप्तमा यति भनौा कि त्यो आवश्यकताका जहाा पनि हुन सक्छ । यो भेला नभएर विस्तारित बैठक भएको हुनाले देशैभरिका उपस्थित हुने प्रतिनिधिको सहजता र भावको कुरा पनि छ, त्यो कहाा गर्दा हुन्छ, त्यहीा गर्नुपर्छ । अन्य ठाउामा कमवेशी कार्यक्रम भएकै छन् तर, यसपाली नयाा ठाउामा व्यवहारिक र मनोभावनाको दृष्टिले त्यही ठाउा छानिएको हो । अरु केही होइ ।
० तर पार्टीभित्रको अन्तरद्वन्द्वको कारण विस्तारित भेलाको नीति र स्थान परिवर्तन भएको भनिन्छ नि, यथार्थ के हो ?
यो गलत प्रचार हो । किनकि पार्टीको हरेक कार्यक्रमस्थलको छनौटको आधार व्यवस्थापन, सूचना सञ्चार, यातायात, प्रतिनिधिको पायक र जनभावना नै हो । अन्तरद्वन्द्वले स्थान परिवर्तन गरेकोतर्फ वस्तुसङ्गत छैन । हो Û एउटा सत्य कुरा के हो भने विखण्डित नेपालको केन्दि्रकरण अभियान गोर्खाबाटै सुरु भएको हुनाले गोर्खाली राजाको उद्देश्य जे भए पनि परिणाममा एकीकृत नेपाल बनाउने अभियान थियो । आज नेपालको राष्ट्रियतामा ठूलो हस्तक्षेप भएको छ, यतिबेला । गोर्खालीले यो बुझ्नैपर्छ कि पुर्खाले आज्र्याको राज्य वैदेशिक हस्तक्षेप तीव्र छ र ये कार्यक्रमले त्यो भाव दिनुपर्छ कि अब राष्ट्रियताको लडाइा लड्ने बेला आएको छ ।
० तपाईंको पार्टीका सभाद् बालकृष्ण ढुङ्गेललाई हालै सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैद गर्ने फैसला गर्‍यो, यसमा तपाईंको धारणा के छ ?
यो स्पष्ट छ कि संविधानको व्याख्या गर्ने निकायले संविधानकै उल्लंघन गरेको छ । ’cause बृहत् शान्तिसम्झौता अन्तरिम संविधानको अङ्ग भएपछि त्यसमा भएको व्यवस्थाबमोजिम माओवादीका नाममा भएका मुद्दा खारेज हुनेछन् । यो त शान्तिसम्झौताविपरीत र उल्लंघन हो । अर्को कुरा न्यायपालिका स्वतन्त्र छ भन्ने सैद्धान्तिक कुरा गरे पनि व्यवहारमा त्यस्तो छैन । यतिबेला, जतिबेला माओवादी र संसदीय पाटर्प्ी अथवा सरकार र माओवादीबीचको सम्बन्धमा खटपट भएको बेला यो निर्णय गर्नु र डोल्पामा पनि पुरानै झूठा मुद्दाको आधारमा माओवादी कार्यकर्तालाई जेल हाल्नु अशुभ ंकेत हो । फेरि यतिबेला अर्को फैसला पनि भएको छ कि राष्ट्रपतिको विरुद्धमा परेको रिटको फैसला । यसमा अर्को कुनै निर्णय गर्नु नपर्ने भएकाले खारेजीको फैसला छ । मेरो सुनाइमा इन्हुरेडले दायर गरेको रिट प्रधानसेनापतिको विषयलाई लिएर राष्ट्रपतिले चालेको कदम संविधानसम्मत थियो या थिएन भन्ने हो । सर्वोच्चले गर्नुपर्ने न्याय यो हो कि महामहिम राष्ट्रपतिको कदममा संवैधानिक या अवैधानिक के हो ? कटवाल प्रधानसेनापति र प्रचण्ड प्रधानमन्त्री नरहेकोले अर्को निर्णय गर्नु नपर्ने भन्ने फैसला भनेको बिरामी मरिसकेकोले उपचार प्रक्रियाको विषयमा कुरा गर्नु नपर्ने भनेजस्तै हो । एउटा जान्नैपर्ने कुरा के भने डोल्पामा मरिसकेको मानिसलाई ज्यानकेश र डाका मुद्दा हराइएको छ । विषयको सारमा बालकृष्ण ढुङ्गेलको मुद्दा र फैसला शान्ति भााड्नेमा आधारित छ ।
० माओवादलिाई सरकारको घेराबन्दी र अदालतको शान्तिसम्झौता विपरीतको फैसलाले पुनः युद्धतर्फ धकेल्ने त होइन ?
हो , राज्यका गतिविधिले त्यही प्रस्ट्याउाछन् । तर, ख्याल गर्नुपर्ने के हो भने स्थिति उनीहरूले गरेको आाकलन र चाहनाभन्दा भिन्न छ । किनकि देश यतिबेला वैदेशिक हस्तक्षेपको चक्रब्युहमा फसेको छ र वर्तमानमा राज्यको तर्फबाट गरिने हर्कतहमरु विस्तारवादी भारतको नदिेृशनमा छन्, ठीक यतिबेला हरेक देशभक्त जुर्मुराउाछ र राष्ट्रिय स्वाधीनताको रक्षाको लागि उठ्ने हूरी तूफानले स्थितिलाई अर्कै ठाउामा पुर्‍याइदिनेछ । उनीहरूले सोचेजस्तै माओवादी फेरि जनयुद्धमा फर्कियोस् र आफू मनपरि गरौाला भनी कसैलेन सोचे हुन्छ । जसरी हिजो लोकतन्त्रका लागि जनयुद्ध र जनआन्दोलन एकीकृत भए त्यस्तै गरी अब १९५० देखि लादिएको औपनिवेशिक अवस्थाको अन्त्य गर्न सम्पूर्ण देशभक्त, वमपन्थी र क्रान्तिकारीहरू एकढिक्का हुादेछन्, त्यसैले अब माओवादी एक्लै जनयुद्धमा जान र भूमिगत हुनुपर्दैन ।
० यी तमाम संकटका बाबजुद माओवादी कसरी अगाडि बढ्छ त
स्पष्ट छ, नेपालमा गणतन्त्रको घोषणापछि राष्ट्रियताको मुद्दा अगाडि आयो । हिजोका खासगरी २०४६ को आन्दोलनपछि राष्ट्रियता र लोकतन्त्रका चुनौती समान थिए तैपनि एकबेला एउटै प्रमुख बन्ने गर्दथ्यो तर अहिले राष्ट्रियता खतरामा रहेको छ । यसको रक्षाको लागि स.घर्ष प्रथम काम मानेर माओवादी आˆनो स्पष्ट दृष्टिकोणसहित नीति र योजनाका साथ अगाडि बढ्दैछ । माओवादी विज्ञानका विद्यार्थीको पार्टी हुनुले विज्ञानप्रति पूवाृग्रही होइन इमानदार भएर सम्पूर्ण देशभक्त शक्तिसाग हातेमालो गरेर स्वाधीन नेपाल निपर्माणको अभियानमा जुट्दैछ । संघर्षमा हामफालेपछि संकटहरू संघर्षले नै तितर-वितर पार्ने छ ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
तपाईंको पत्रिकामार्फत् मेरो विचार राख्ने मौका दिनुभएकोमा धन्यवादका साथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको संघर्षमा आमनेपाली जनतालाई विविध ढङ्गले सुसूचित, प्रशिक्षित र आन्दोलित गर्न यो पत्रिकाले प्रभावकारी प्रशिक्षकको भूमिका खेलोस् साथै नजिकिादै गरेको विजयादशमीको अवसरमा आमजनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Advertisements

वर्गहरु

%d bloggers like this: