Posted by: chhepyastra weekly | सेप्टेम्बर 12, 2010

माओवादीलाई कसैले पनि घेराबन्दी गर्न सक्दैन
हरिबोल गजुरेल ‘शीतल’, पोलिटब्युरो सदस्य, एकीकृत नेकपा माओवादी
० सात-सात पटकको निर्वाचनबाट पनि मुलुकले नयाा प्रधानमन्त्री पाउन सकेन, अब कसरी अगाडि बढ्नुहुन्छ
केन्द्रीय समितिको बैठकले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्छ । हामी नयाा प्रक्रियामा पनि जान सक्छौा । अहिले चलिरहेकै प्रक्रियाबाट निकास निस्कने सम्भावना न्यून बन्दै गएको छ ।
० अनमिनको म्याद थप्नको लागि सरकार र तपाईंहरूबीच सहमति भएर एउटै पत्र पठाउन लाग्नुभएको हो ?
सरकारले शान्तिसम्झौताविपरीत एकतर्फीरूपमा पत्र पठाएको छ । यसतर्फ हाम्रो पार्टीको गम्भीर आपत्ति रहेको छ । शान्तिसम्झौता अनुकूलको पत्र हामीले हाम्रोतर्फबाट अनमिनलाई पठाएका छौा । सरकार र माओवादीबीच विवाद बढेपछि अनमिनले संयुक्त पत्रको माग गरेको छ । अनमिनले संयुक्त पत्रको माग गरेपछि यस विषयमा अहिले छलफल चलिरहेको छ ।
० संयुक्त पत्र पठाउने सम्भावना छ ?
अनमिनको म्याद थपिएन भने शान्तिप्रक्रिया खतरामा पर्छ । शान्ति र संविधान जनताको चाहना भएको हुनाले स्वाभाविकरूपले यसको दबाब सरकारमाथि पनि छ, अन्य दलहरूमाथि पनि छ । चौतर्फीरूपमा आएको दबाबले हामी सहमतिमा पुग्छौा । अनमिनलाई संयुक्त पत्र जान्छ ।
० सरकारले राजीनामा दिएको तीन महिना पुग्न लागिसक्यो, यसबीचमा राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा सरकारको वैधानिकता’bout प्रश्न उठ्न थालेको छ । मुलुकको आर्थिक अवस्था डामाडोल छ । बजेट पनि आउन सकिरहेको छैन । यस्तो अवस्थाले देशलाई अन्योलतातर्फ लाादैन र ?
काम चलाउ सरकारले गर्ने क्रियाकलाप नै हास्यास्पद छ । यही सरकारलाई नयाा ढङ्गले ब्युाताउन खोजिएको हो कि भन्ने आशंका पनि पैदा हुन थालेको छ । प्रधानमन्त्री निर्वाचनमा परिणामा निस्कन नदिन विभिन्न तत्वहरू यही कारण जोडतोडले लागिपरेका छन् । जो संविधान र शान्ति भााड्न चाहन्छन् तिनीहरू यो सरकारको पक्षमा छन् । त्यसकारण मुलुकमा अन्योलता देखापरेको छ । यसलाई नेपाली जनताले बुझ्दै गएको छ । प्रधानमन्त्री निर्वाचनको परिणाम हाम्रो पक्षमा निस्कन नदिन भारतको मुख्य भूमिका रहेको छ । नेपाली जनताको बीचमा भारतको विस्तारवादी चरित्र उदाङ्गो भएको छ । यो अवस्था भनेको नेपालको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको लागि संघर्ष गर्ने राम्रो वातावरण तयार भएको छ भन्ने मलाई लाग्छ ।
० तपाईंले भारतीय हस्तक्षेप बढेको त भन्नुभयो तर तपाईंहरूले चीनसाग सभासद् खरिदको लागि पचास करोड मागेको कुरा हालै सार्वजनिक भएको छ नि, यस विषयमा के भन्नुहुन्छ ?
टेप प्रकरणका कुरा वाहियात हुन् । चिनियाा दूतावासले महराजीसाग पैसाको कुरा गर्‍यो भन्ने हुनै सक्दैन । चीनले कहिल्यै पनि त्यस्तो काम गर्दैन । हाम्रो पार्टी कार्यालय काठमाडौामै छ, चिनियाा दूतावासको कार्यालय पनि काठमाडौा मै छ । उनीहरूले सहयोग गर्ने नै हो भने प्रत्यक्ष त्यहीा भेटेर छलफल गर्न सक्थे । टेलिफोनबाट कुरा हुन जरुरी नै हुन्थेन । हाम्रो पार्टीलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको कुरा प्रमाणित भएको छ । त्यसको सत्यतथ्य पछि आउाछ नै ।
० नेकपा -माले) का महासचिव सीपी मैनालीले पनि तपाईंहरूमाथि आर्थिक चलखेल गरेको आरोप लगाएका छन् नि ? यस विषयमा के भन्नुहुन्छ ?
सीपी मैनालीजस्तो अनैतिक त दुनियाामा कुनै मान्छे छैन । वामपन्थीलाई सहयोग नगर्ने उनको व्यवहार र शैलीबाट रुष्ट भएर नै उनको पार्टीका सभासद्हरूले पार्टीबाट विद्रोह गरेका हुन् । झापा विद्रोहको नायक अहिले वामपन्थीको प्रधानमन्त्री उम्मेदवार हुादा भोट नदिएर तटस्थ बस्ने । त्यस्तो मान्छेलाई समर्थन गरेर वामपन्थी विचार भएको व्यक्ति कसरी बस्न सक्छ । सीपीले आˆनो प्रतिक्रियावादी चरित्रमाथि पर्दा हाल्नको लागि माओवादीविरुद्ध अफवाह फैलाइरहेका छन् । वामपन्थीको हैसियतमा रोहितजीले माओवादीलाई समर्थन गर्नु भो तर सीपीले तटस्थ बसेर माओवादीको विरोध गरे । त्यसबाट रुष्ट भएका सभासद्हरूले उनको विरुद्ध विद्रोह गरेका हुन् ।
० अनमिनले रक्षामन्त्री र सेनापतिको अभिव्यक्तिमाथि आˆनो तिक्तता पोख्यो अब अनमिनको म्याद थप भएपछि उसलाई सहयोग गर्न सबै तयार होलान् त ?
सरकारले भारतको निर्देशनमा अनमिनलाई विवादमा तानिरहेको छ । भारतले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिनै चाहादैन । नेपालको शान्तिप्रक्रिया अनमिन ल्याउन नदिन भारत सुरुदेखि नै लागिरहेको छ । त्यतिबेला हाम्रो पार्टीको जोडले गर्दा नै अनमिन नेपालको शान्ति प्रक्रियामा आएको छ । भारत जसरी हुन्छ, अनमिनलाई नेपालबाट हटाउन चाहन्छ । अनमिनलाई हटाउनुको अर्थ जारी शान्तिप्रक्रिया भङ्ग गर्नु, संविधान निर्माणको प्रक्रियालाई अवरुद्ध गर्ने र फेरि नयाा शिराबाट फाासीवादी अभ्यास गर्ने भारतको योजना छ । नेपाली सेना र माओवादीको बीचमा अन्तरविरोध सृष्टि गर्न समेत भारतले प्रयास गरिरहेको छ । ढिलो चााडो सबै चीजहरू सतहमा आउाछन् । भारतको योजना सफल हुादैन ।
० तपाईंहरूको पार्टीका सभासद् बालकृष्ण ढुङ्गेललाई अदालतले सर्वश्वसहित कैद गर्ने फैसला गरेको छ, यस विषयमा के भन्नुहुन्छ ?
उनीहरूले यसलाई कस्तो प्रतिक्रिया आउाछ भनेर प्रयोगको रूपमा गरेका छन् । जनयुद्धका मुद्दाहरूलाई लिएर अहिले फैसला गर्नुपर्ने जरुरी थिएन । अदालतको पनि अहिले स्वतन्त्र भूमिका छैन । पुरानो सत्ताको एउटा अङ्ग अदालतले पनि परिवर्तन रुचाइरहेको छैन । अदालतको भूमिका कस्तो हुने, न्यायाधीशनको नियुक्ति कसरी हुने भन्ने विषयमा व्यापक छलफल भइरहेको छ । संसद्भन्दा माथि एउटा व्यक्ति हुन सक्दैन । संसद्को सर्वोच्चता सत्ताको सर्वोच्चतालाई एउटा व्यक्तिको मातहतमा ल्याउने प्रयास अहिले भइरहेको छ । अदालतको वर्तमान संरचना पुरानै संरचनामा बनेको छ । पुरानै मान्यताअनुसार न्यायाधीशहरू प्रशिक्षित भएका छन् । न्यायालयले संविधान निर्माणको प्रक्रिया अवरोध पुर्‍याउनको लागि यस्ता खालका निर्णयहरू गरिरहेका छन् ।
० तपाईंहरूको नेता, कार्यकर्ताको हत्या भइरहेको छ, विभिन्न खालका मुद्दाहरू लगाइएका छन् तर पार्टीले यस सन्दर्भमा ठोस निर्णय गरेर अगाडि बढ्न सकेको देखिादैन नि ?
हामीमाथि भए गरेका घटनाका विषयलाई गम्भीरतापूर्वक लिादै प्रतिक्रिया पनि दिादै आएको छ । यस विषयमा हाम्रो पार्टीको केन्द्रीय समिति बैठकमा बहस चलिरहेको छ । बहसको टुङ्गो लागेपछि हामी नयाा शिराबाट अगाडि बढ्छौा ।
० तपाईंहरूको पार्टीभित्र पनि आन्दोलन गर्ने, नगर्ने, सरकारमा जाने नजाने विषयमा चर्को विवाद छ, भनिन्छ नि ?
कम्युनिस्ट पार्टीभित्र बहस हुने कुरा स्वभाविकै हो । पार्टीभित्रको बहसलाई हामीले स्वागत गर्नुपर्छ । वर्गसंघर्ष यो उचाइमा आइसकेपछि पार्टीमा त्यसको असर नपर्ने कुरा भएन । देखापरेका केही समस्याहरूलाई चिर्नको लागि विचार राजनीतिमा विकास गर्नुपर्ने आवश्यकता छ । पुराना विचारले अहिलेका समस्याहरू हल गर्न सक्दैन । यस विषयमा हाम्रो पार्टीभित्र व्यापक बहस चलिरहेको छ । अहिलेको बहस विस्तारित बैठकमा गएर टुङ्गन्िछ । त्यसपछि पार्टी एकताबद्ध भएर सही बाटोमा अगाडि बढ्छ ।
० विभिन्न सञ्चार माध्यममार्फत् पार्टीभित्रको जुहारी चलेको देखिन्छ नि ?
चुनवाङ बैठकभन्दा अघिका पार्टीभित्रको बहस पनि मिडियामा आएकै हो । अहिले हामी खुल्ला परिवेशमा छौा । यस्ता अवस्थामा पार्टीभित्रको कुरा बढी आउनु स्वभाविकै हो । वर्गसंघर्षको प्रतिबिम्ब अन्तरसंघर्ष हो भनिसकेपछि वर्गसंघर्षका लक्षणहरू अन्तरसंघर्षको रूपमा देखिनु स्वभाविक नै हो ।
० तपाईंहरूको पार्टीभित्र देखिएको अन्तरसंघर्ष र तपाईंहरूको पार्टीविरुद्ध भएको घेराबन्दी बढ्दै जाादा शान्ति र संविधान निर्माण प्रक्रिया निष्कर्षमा पुग्छ त ?
माओवादी पार्टीलाई कसैले घेराबन्दी गर्न सक्दैन । माओवादीको पक्षमा लाखौालाख जनता छन् । अहिलेको घटनाक्रमले जनता बुझ्दै गएका छन् । हाम्रोतर्फबाट भएका कमीकमजोरीको ’boutमा हामीले समीक्षा गरिरहेका छौा । लाखौा जनताको साथ भएपछि कसैको घेराबन्दीले केही गर्नेवाला छैन । जनताको घेरबान्दीले अन्यको घेराबन्दीलाई सजिलै तोड्छ ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ कि ?
यस क्षेप्यास्त्र साप्ताहिकले वामपन्थी जनमत तयार गर्न, राष्ट्रियताको पक्षमा गणतन्त्रको पक्षमा आवाज उठाइरहेको छ । यो सकारात्मक छ । यसको क्षेत्र अझै विस्तार गर्न नेपाली क्रान्तिमा सहयोग पुर्‍याउन म आग्रह गर्दछु ।

Advertisements

वर्गहरु

%d bloggers like this: