Posted by: chhepyastra weekly | सेप्टेम्बर 4, 2010

प्रधानमन्त्रीको छैठौ चरणको निर्वाचन

प्रचण्ड पास, पौडेलको नाश निश्चित

काठमाडौा । आज प्रधानमन्त्री चयनको लागि व्यवस्थापिका संसद्मा छैठौा चरणको निर्वाचन हुादैछ । पााच-पााच पटकसम्मको निर्वाचनले समेत प्रधानमन्त्री चयन गर्न नसकेपछि आज पुनः निर्वाचन हुने भएको हो । आज हुने निर्वाचनबाट समेत मुलुकले नयाा प्रधानमन्त्री पाउने सम्भावना न्यून छ । पटक-पटकको निर्वाचनबाट प्रधानमन्त्री चयन हुन नसके माओवादी अब नयाा रणनीतिमा अगाडि बढ्ने भएको छ । संविधानसभा व्यवस्थापिका संसद्ले पााच-पााच पटकको निर्वाचनबाट समेत मुलुकलाई नयाा प्रधानमन्त्री दिन नसकेपछि माओवादी अध्यक्ष एवं प्रधानमन्त्रीका प्रत्याक्षी प्रचण्डले संसदीय व्यवस्था फेल भएको यसअघि नै बताएका थिए । उक्त भनाइ क्रमिकरुपमा प्रमाणित हुादै गएको छ । भारत हुने निर्वाचनबाट मुलुकले प्रधानमन्त्री पाउन नसकेले मुलुक जटिल राजनीतिक गत्यावरोधमा फस्ने जानकारहरुले बताएका छन् । उनीहरुले संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीको नेतृत्वमा सरकार गठन हुन नसके मुलुकले ठूलो क्षति बेहोर्नु पर्ने बताउादै देशलाई छिटोभन्दा छिटो निकास दिनसमेत अन्य राजनीतिक दलहरुसाग आग्रह गरेका छन् ।
देश प्रधानमन्त्री विहीनताको अवस्थामा रहेको लामो समय भइसक्यो । अझै पनि मुलुकले नयाा प्रधानमन्त्री पाउन नसक्नु देश असफल दिशातर्फ उन्मुख संकेत भएको विश्लेषकहरुले बताएका छन् । संविधानसभाको दोस्रो ठूलो दल एमाले र दोस्रो ठूलो दल कााग्रेसका कारण मुलुक गम्भीर संकटबाट गुजि्ररहेको छ । देशलाई निकास दिन एमालेले आˆनो तटस्थताको अडानमा पुनर्विचार गर्न आवश्यक भएको आवाज चौतर्फी उठ्न थालेको छ । आज हुने प्रधानमन्त्री निर्वाचनबाट मुलुकले प्रधानमन्त्री पाउन नसके काम चलाउ सरकारको निरन्तरता अरु बढ्नेछ । नजिकिादै गरेको कााग्रेसको बाह्रौा महाधिवेशनको कारण पनि अब प्रधानमन्त्रीको निर्वाचन लम्बिने सम्भावना देखिन्छ । संसद्मा बजेट ल्याउन नसक्दा देशको आर्थिक अवस्था डामाडोल हुने निश्चित छ । बजेट पास गर्न नसक्दा मुलुकका कर्मचारीले दशैा खर्चसमेत नपाउने निश्चित भएको छ भने विकास निर्माणको सम्पूर्ण कामकारवाही प्रभावित हुन पुगेको छ । शान्तिसुरक्षाको स्थिति नाजुक बन्दै गएको छ ।
मधेसी मोर्चासमेत यतिखेर प्रधानमन्त्री निर्वाचनमा तटस्थताको नाममा एकढिक्का भएका छन् । प्रचण्डको पक्षमा ˆलोरक्रस गरेर मतदान गरेका सभासद्हरु समेत भारतीय दूतको नेपाल भ्रमणपछि पुनः एकीकृत भएका छन् । भारतीय हस्तक्षेप खुल्लाखुल्ला रुपमा हुन थालेपछि अब राष्ट्रियताको लडाइा जोडतोडले बाहिर आएको माओवादीले बताउादै आएको छ । कााग्रेसका तर्फबाट प्रधानमन्त्रीका प्रत्यासी बनाएका रामचन्द्र पौडेल उही भारतीय आशीर्वादमा प्रधानमन्त्री हुने धुनमा रहेका छन् । जसको कारण नेपाली कााग्रेसको असलीरुप नेपाली जनताले फेरि एक पटक चिन्ने मौका पाएका छन् । माओवादीले राष्ट्रियताको लागि देखाएको त्यागले जनता ऊप्रति आकषिर्त भएका छन् । व्यवस्थापिका संसद्ले प्रचण्डलाई प्रधानमन्त्री चुन्न नसके पनि जनताको बीचमा माओवादीको विजय भएको जनजनले बताएका छन् । कााग्रेसको असफलता भन्नु नै संसदीय व्यवस्थाको असफलता भएको जानकारहरुले बताएका छन् । संसदीय व्यवस्था असफल हुनु भनेको माओवादीको जित हुनु हो । त्यसैले आजको निर्वाचनबाट माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निर्वाचित भए पनि वा नभए पनि नैतिकरुपले उनको जित हुनेछ र वर्तमान संक्रमणकालीन राजनीतिमा पनि पास हुनेछन् भने संसदीय व्यवस्थामा रमाइरहेको नेपाली कााग्रेस यस पटकको पराजयबाट रसातलमा पुग्नेछ भने नेपाली कााग्रेसको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलले राजनीतिक जीवन पूर्णरुपले समाप्त हुनेछ, साथै उनी नेपाली राजनीतिका एक असफल पात्र बन्न पुग्ने निश्चित छ ।

Advertisements

वर्गहरु

%d bloggers like this: