Posted by: chhepyastra weekly | सेप्टेम्बर 1, 2010

क्रान्तिकारीहरू हरेक पीडालई पचाउन सक्छन् ; क. शिखा
वि. सं. २०३३ साल जेठ २१ गते पिता दिलबहादुर रोकाया र माता पार्वती रोकायाको कोखबाट जन्मनुभएकी सुनिता रोकाया -क. शिखा) एक जुझारु क्रान्तिकारी नेतृ हुनुहुन्छ । क्रान्तिकारीहरू हरेक पीडालाई सहजै पचाउन सक्छन् भन्ने विश्वास राख्ने क. शिखाको जन्म भने भारतमा भएको हो । विद्यालय जीवनदेखि नै सर्वहारावर्गको मुक्ति आन्दोलनमा जोडिन पुग्नुभएकी क. शिखा भारतमा रहादा ‘अखिल भारत नेपाली एकता समाज’ साग संगठित भएर आˆनो राजनीतिक जीवन अगाडि बढाउनुभयो । हल नेवाः राज्य सचिवालय सदस्यको रूपमा महत्वपूर्ण भूमिका निभाइरहनुभएकी क. शिखाले जनयुद्धको दौरानमा थुप्रै सुखद र दुखद अनुभव र अनुभूतिहरू भोग्नुभएको छ । प्रस्तुत छ, क्षेप्यास्त्र साप्ताहिकको लागि उहाासाग गरिएको कुराकानीको सम्पादित अंश ः
० तपाईको पारिवारिक पृष्ठभूमि’bout केही बताइदिनुहोस् न ?
बुवाको जन्मथलो रुकुम भए तापनि अभाव, गरिबी र बेरोजगारीका कारण सानै उमेरमा रोजगारीको खोजीम्ाा भारततिर लाग्नुभयो र हिमाञ्चल र पञ्जाबका विभिन्न ठाउामा आफ्नो पसिना बगाउनु भयो र बुवा हाल पनि पञ्जाबमा नै जागिरे हुनुहुन्छ । यसै सिलसिलामा बुवाको विवाह गुल्मी जिल्लाकी पावर्ती घर्ती मगरसाग इण्डियामा नै भयो र मेरो जन्म दोस्रो सन्तानको रूपमा भयो । मभन्दा जेठो दाइ हुनुहुन्थ्यो । छ महिना कै उमेरमा उहाँको मृत्यु भयो र मभन्दा तीन वर्ष पछि बहिनी मन्जुको जन्म भयो । बुवाले मजदुरी गरेर नै हामीलाई हुर्काउनु भयो र दुःख-कष्टका बावजुद पनि हामीलाई राम्रो शिक्षा-दीक्षा दिलाउनु भयो । हाम्रो परिवार भारतमा बस्ने भएकोले राजनीतिमै त संलग्न थिएन तर देशको राजनीतिप्रति सधैा बुवाको चासो रहन्थ्यो । तर म सानै उमेरदेखि हाम्रो पार्टीको तात्कालीन वैधानिक मोर्चा अखिल भारत नेपाली एकता समाजमा संगठित भएर हाल यहाासम्म आइपुगेकी छु । पछि त्यो संगठनलाई भारतीय शासकहरूले पोटा कानुनअन्तर्गत प्रतिबन्ध लगायो र हाल नेपाली जनअधिकार सुरक्षा समितिको नामले लाखौा नेपाली जनताको बीच आÏनो गतिविधिलाई अगाडि बढाइरहेको छ । मलाई यहाँसम्म ल्याइपुर्‍याउन बुवाको महत्वपूर्ण भूमिका रहेको छ ।
० तपाईंको बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल सामान्य नै रहृयो । बुवाको दुईटी छोरी मात्र भएकोले हामीले त्यति दुःख-कष्ट व्यहोर्न परेन । बुवाले दुःखकष्ट गरेरै भए पनि हामीलाई अभाव हुन दिनु भएन । त्यसैले औपचारिक शिक्षा हासिल गर्नमा नै बाल्यकाल बित्यो । तर सानै उमेरमा आमासागको बिछोडले बेलाबेलामा पीडा महसुस भइरहन्थ्यो । समग्रमा भन्दा मेरो बाल्यकालीन अवस्था सुखद नै रहृयो ।
० तपाईंले औपचारिक शिक्षा कसरी सुरु गर्नुभयो ?
इण्डियामा नै बसोबास भएकोले पञ्जाबको राजधानी चण्डिगढसागै जोडिएको मोहाली भन्ने ठाउाबाट तीन वर्षको उमेरमा म बाल निकेतन भन्ने स्कूलमा भर्ना भएा र दुई वर्षपछि अर्को स्कूलमा पढन थालेा । मैले एसएलसीसम्म बोर्डिङ्ग स्कुलमा पढेा र पञ्जाब बोर्डबाट एसएलसी उत्तीर्ण गरेा । जागीर गर्नका लागि सरकारी स्कुल अनिवार्य पढनु पर्छ भन्ने मान्यता रहेकोले मैले आइए सरकारी स्कुलबाट उत्तीर्ण गरेा । पढाइ राम्रो भएकोले सधैा क्लासमा प्रथम नै हुन्थेा । त्योबाहेक खेलकूद र अन्य प्रतियोगिताहरूमा पनि भाग लिने गर्थें ।
० क्रान्तिमा लाग्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
देशमा अभाव, गरिबी र बेरोजगारीको पीडामा छटपटिएर नेपाली जनताहरू तात्कालिक रूपमा धेरै मात्रमा भारततिर जानुपर्ने बाध्यता र त्यहाा नेपालीमाथि हुने व्यवहार र कामकै सिलसिलामा थुप्रै नेपालीहरूको अनाहकमा ज्यान जानेजस्ता पीडादायी क्षणहरू पनि मेरो सम्झनामा रहेका छन् । त्यसैले यी कुराहरूले मलाई गहिरो प्रभाव पार्ने गथ्र्यो र मैले माथि नै भने जस्तै म हाम्रो पार्टीको भारतमा रहेको अखिल भारत नेपाली एकता समाजको सभा, सम्मेलनहरूमा सहभागी भइरहन्थेा । विदेशिएका नेपालीहरूको पीडा र स्वयं ममा पैदा भएको उन्मुक्तिको चाहनाले नै मलाई क्रान्तिमा लाग्ने पे्ररणा प्राप्त भयो र २०५० साल फागुनदेखि म औपचारिक रूपमा सांस्कृतिक परिवारमा संगठित भएर काम गर्न थालेा । अध्ययन जारी नै थियो । २०५१ साल वैशाख ३-४ गते मोहाली जिल्लाको सम्मेलन भयो र म सहसचिवको रूपमा चुनिएा ।
० पार्टीमा कहिलेदेखि सक्रिय रूपमा लाग्नु भएको थियो ?
माथि भने जस्तै बाल्यकालदेखि नै म संगठनका सामान्य गतिविधिहरूमा भाग लिइरहन्थेा । २०५० साल फागुनदेखि म औपचारिक रूपमा संगठित भएा र २०५१ सालमा एकता समाजको मोहाली जिल्ला सहसचिव हादै, २०५१ सालमै आईए को परीक्षा दिइसकेपश्चात् २०५१ साल जेठदेखि म पूर्णकालीन सदस्य भएर काम गर्न थालेा ।
० भारतमा रहेर कति वर्ष काम गर्नुभयो र के भूमिका निर्वाह गर्नुभयो ?
२०५० सालदेखि प्रवेशपश्चात् संगठनमा आÏनो भूमिका निर्वाह गर्ने क्रममा म एकता समाजको राज्य सदस्यसम्मको भूमिका निर्वाह गरेा भने सांस्कृतिक परिवारमा काम गर्दै जाने दौरानमा म भारतको अभिवादन सांस्कृतिक परिवारको २०५२ सालमा केन्दि्रय सदस्य भएा भने भारतमा हाम्रो पार्टीकै अखिल भारत नेपाली महिला समाज थियो त्योअन्तर्गत रहेर मोहालीमा हामीले महिला संगठनको निर्माण गर्‍यौा र मैले त्यसको सचिवको रूपमा रहेर भूमिका निर्वाह गर्दै जाादा जिल्ला अध्यक्ष भएा भने २०५३ साल वैशाखमा म केन्दि्रय सदस्य हुादै काम गर्दै जाने दौरानमा २०५४ सालको भेलाबाट केन्दि्रय कोषाध्यक्ष हुादै २०५७ सालको सुरुमा महिलाहरूको दिल्लीमा केन्दि्रय भेला सम्पन्न भयो र म केन्दि्रय अध्यक्षमा निर्वाचित भएा । २०५९ साल वैशाखमा लेनिन दिवस र पार्टी स्थापना दिवसको अवसर पारेर कोलकातामा महिलाको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भयो र म नै अध्यक्षको रूपमा निर्वाचित भएा भने पार्टीमा २०५१ सालदेखि सेल, इलाका, जिल्ला, उपब्यूरो हुादै २०५९ साल जेठदेखि पश्चिमोत्तर क्षेत्रीय ब्यूरो सदस्य भएर काम गरेा ।
० नेपालभित्र कहिले प्रवेश गर्नुभयो र कुन-कुन क्षेत्रमा कार्यरत हुनुभयो ?
नेपालभित्र मैले औपचारिक रूपमा २०५९ सालमा प्रवेश गरेा तर त्योभन्दा पहिला पनि म केही कार्यक्रमहरूमा सहभागी भएको थिएा । जस्तै- २०५१ सालको मध्यावधि चुनाव बहिस्कार कार्यक्रममा भारतमा कार्यरत प्यूठानका कमरेडहरूलगायत हामी प्यूठानमा सांस्कृतिक अभियान लिएर आयौा । २०५२ सालमा गुल्मी, कपिलवस्तु जिल्ला र बुटवलको केही ठाउामा भारतबाट आएर जिल्लाबासीसाग सांस्कृतिक अभियानहरू सञ्चालन गरियो भने २०५८ सालमा रोल्पामा भएको जनपरिषद् र सेनाको भेलामा पनि प्रतिनिधिको रूपमा उपस्थित भएा भने २०५९ साल चैत्र महिनामा औपचारिक रूपमा नेपालभित्र नै कार्यक्षेत्र लिएर संगठनकर्ताको पहिलो टिमको रूपमा मलगायत केही कमरेडहरूले नेपाल प्रवेश गर्‍यौा । २०५९ देखि २०६६ सम्म पूर्वी नेपालको मेची-कोशी ब्यूरोअन्तर्गत सुनसरीको सेक्रेटरी, मोरङ, सुनसरी संयुक्त जिल्लाको सहइन्चाज, हाुदै इन्चार्ज, इलाम जिल्लाको सहइन्चार्ज हुादै लिम्बुवान् राज्य बनेपश्चात् लिम्बुवान राज्य जनवर्गीय संगठनको प|mाक्सान इन्चार्जको रूपमा कार्यरत रहेा ।
० जनयुद्धको सबैभन्दा दुःखद क्षण सम्झनु हुन्छ ?
यस्ता क्षण त थुप्रै छन् । क्रान्तिकारीहरू हरेक पीडालाई पचाउन सक्छन् ’cause जस्तोसुकै चुनौती र दुःखलाई पचाउन सक्ने वैचारिक हतियार हुन्छ तर कुनै बेला भावनाप्रधान भइदिादो रहेछ । यस्तै एउटा बिर्सन नसक्ने क्षणमध्येको एउटा घटना मेरो कार्यक्षेत्र सुनसरी भएको बेला हामी महिलाको जिल्ला कमिटीको बैठक बसिरहेका थियौा । दुश्मनले घेरा हाल्यो र हामी सबै टिम विभाजन गरेर छुट्टाछुट्टै ठाउातिर लाग्यौा । त्योमध्यको एकजना पूर्णकालीन सदस्य क. मन्जु गुरुङसहित तीनजना होनहार कार्यकर्ताको एकै ठाउामा सुराकीद्वारा गिरÏतारीपश्चात् दुश्मनद्वारा वीभत्स हत्या भयो । जसले मलाई धेरै दिनसम्म मर्माहत बनायो ।
० जनयुद्धको कुनै रोमाञ्चक क्षणको याद छ ?
मेरो जीवनमा रोमाञ्चक क्षणमध्येको पहिलो, जनयुद्धको तैयारीको क्रममा २०५२ सालको श्रावणतिर भारतको दिल्लीमा भारतमा कार्यरत अगुवा कार्यकर्ताहरूको क. प्रचण्डद्वारा दिएको प्रशिक्षणमा सहभागी भएको क्षण । दोश्रो, २०५८ सालमा जनयुद्धको आधार इलाका रोल्पाको कुरेलीमा भएको जनपरिषद्को भेलामा सहभागी भएको क्षण । तेश्रो, पार्टीको निर्देशनमा २०६१ सालमा पूर्वी नेपालको सुनसरी जिल्लामा मनी एक्सनको योजना बन्यो । तीनजनाको निशस्त्र टिमले इटहरीको विद्युत प्राधिकरणबाट रु. ८ लाख कब्जा गरी जटिल स्थितिमा पनि टिम सकुशल आइपुगेको क्षण ।
० तपाईंको वैवाहिक स्थितिको ’boutमा केही बताइदिनु हुन्छ कि ?
मेरो विवाह २०५८ साल असारमा आन्दोलनकै क्रममा क. अपारसाग भयो । उहाा हाल पार्टीको केन्दि्रय सदस्य हुनुहुन्छ र थारुवान् राज्य समितिमा सहइन्चार्जको रूपमा कार्यरत हुनुहुन्छ र मेरी ५ वर्षकी एउटी छोरी अशिमा छ ।
० वर्तमान समयमा पार्टीको कुन क्षेत्र र तहमा रही कार्य गरिरहनु भएको छ ?
म हाल नेवाः राज्यको सचिवालय सदस्यको रूपमा रही गणतान्त्रिक सम्पर्क जिल्लाको सहइन्चार्ज रहेर आÏनो भूमिका निर्वाह गरिरहेको छु ।
० हालको दैनिकी कस्तो छ ?
एउटा राजनैतिककर्मी भइसकेपछि नेपाली राजनीतिको गतिविधिसागै मेरो आÏनो दैनिकी जोडिएको छ । विशेषगरी पार्टीको योजना मुताबिक वैचारिक राजनैतिक, सांगठनिक र संघर्षलगायतका कामहरू गर्नमै दिनहरू बित्छन् ।
० तपाईंको लक्ष्य के छ ?
न्याय, मुक्ति र स्वतन्त्रता प्राप्तिको निम्ति नयाा जनवादी क्रान्ति हुादै समाजवादी क्रान्ति सम्पन्न गर्ने मेरो लक्ष्य हो ।
० अन्त्यमा आमनेपाली जनसमुदायलाई के अपिल गर्न चाहनु हुन्छ ?
क्रान्ति र प्रतिक्रान्ति भीषण रूपमा टकराइरहेको आजको संक्रमणकालीन अवस्थामा धैर्यतापूर्वक आमूल परिवर्तनको निम्ति क्रान्तिकारी आन्दोलनमा सक्रिय सहभागी हुादै देशलाई निणर्ायक विजयमा पुर्‍याउन आमनेपाली जनसमुदायलाई अपिल गर्न चाहन्छु । साथै, आजको सूचना, सञ्चार र टेक्नोलोजीको युगमा साप्ताहिक क्षेप्यास्त्रले विगत तीन वर्षदेखि विचार, राजनीति, सूचना र समाचारले जनतालाई सुसज्जित बनाउादै आएको इतिहास साक्षी छ । वर्ग समाजमा सबै चीज वर्ग पक्षधर हुने तथ्य पनि स्पष्ट छ । वर्ग पक्षधरतासहित श्रमजीवी जनसमुदायको बौद्धिक खुराक र खोजमूलक समाचारले जनतालाई सुसज्जित बनाउादै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

Advertisements

वर्गहरु

%d bloggers like this: