Posted by: chhepyastra weekly | जुलाई 25, 2010

गलत सर्तहरू स्वीकारेर माओवादी सहकार्यमा जाादैन
नेत्रविक्रम चन्द्र ँविप्लव’, स्थायी समिति सदस्य, ए. नेकपा माओवादी
० प्रधानमन्त्री पदको लागि दुई पटक भएको निर्वाचनबाट समेत निकास निकाल्न सकेन नि ? यस विषयमा के भन्नुहुन्छ ?
दोस्रो पटकको निर्वाचनबाट समेत मुलुकले प्रधानमन्त्री नपाउने हाम्रो मोटामोटी पूर्वअनुमान थियो । राजतन्त्रको अन्त्यसागै नेपालको राजनीति बहुध्रुवमा विभाजित भएको छ । एउटा धार पश्चगामी विचारमार्फत् आएको छ भने अर्को धार अग्रगामी विचारमार्फत् मुलुकलाई अगडि बढाउने गरी आएको छ । आग्रगामी धार जनताको पक्षमा आएको छ भने अर्को पश्चगामी धार प्रतिक्रियावादमा पतन हुादैछ । पश्चगामी र अग्रगामी शक्तिहरूबीच संसद्मा यतिबेला संघर्ष पैदा भएको छ । कााग्रेसले पश्चगामी र यथस्थितिवादी धारको नेतृत्व गरिरहेको छ भने एमालेबीचमा ढुलमुले चरित्र देखाइरहेको छ । अहिले संसद्मा प्रधानमन्त्रीको लागि भएको कसरतले के देखाउाछ भने नेपाली समाजको रूपान्तरणको लागि प्रतिस्पर्धा अनिवार्य थियो, दुई ध्रुवमा बााडिन अनिवार्य थियो । अहिले संसद्मा देखिएको परिणामलाई मैले अनौठो ठानेको छैन । यो स्वभाविकै थियो ।
० यस्तो अवस्थामा अब मुलुकले कसरी निकास पाउाछ त ?
मुलुकले निकास पाउन राजनीतिक दलहरू विस्तृत शान्तिसम्झौता, संविधानसभा र अहिलेको अन्तरिम संविधानअनुसार अगाडि बढ्न तयार हुनुपर्छ । त्यसो गर्दा संविधानसभा निर्वाचनमा जनताले व्यक्त गरेको जनमतअनुसार माओवादी पार्टीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बन्छ । त्यसो भयो भने मुलुकले निकास पाउाछ । हाम्रो प्रस्ताव र जनताको जनमतलाई सम्मान गर्न यथास्थितिवादी र पश्चगामी दलहरू सहमत भएनन् भने नेपाली जनताले बााकी रहेको क्रान्ति नयाा प्रक्रियाद्वारा सम्पन्न गर्नुपर्ने हुन्छ । यस्तो प्रक्रिया बाध्यकारी अवस्थामा मात्र बाहिर आउाछ । अहिले माओवादीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन गरेर मुलुकको निकास दिनेतर्फ पहल गर्नुपर्छ ।
० तपाईंहरू राष्ट्रिय सरकार भन्नुहुन्छ, तर एउटा वामपन्थी दल एमाले अझै पनि तटस्थ रहने बताइरहेको छ यस्तो अवस्थामा कसरी सहमति बन्न सक्छ ?
नेपालमा यतिबेला तीन फरक-फरक विचार देखापरेको छ । एउटा क्रान्तिकारी विचार, दोस्रो पश्चगामी विचार र तेस्रो विचार मध्यमार्गी देखापरेको छ । यतिबेला यही तीन धारबीच प्रतिस्पर्धा भइरहेको छ । हाम्रो दृष्टिमा अन्ततः अग्रगामी, क्रान्तिकारी, जनपक्षीय विचारले विजय प्राप्त गर्नेछ । अहिले जे-जति समस्याहरू देखिएका छन् यो तीन धारबीच देखिएको प्रतिस्पर्धाको प्रतिबिम्बित हो । एमालेले आफूलाई सकेसम्म पश्चगामी धारमा नलैजाओस् भन्ने हामीले चाहन्छौा ।
० सत्तासमीकरणमा निणर्ायक भूमिकामा रहेका मधेसवादी मोर्चाले सरकारमा सहभागी हुनुअघि सारेका अवधारणापत्रलाई तपाईंको पार्टीले कसरी हेरेको छ ?
मधेसवादी दलहरू क्षेत्रीय दल हुन्, उनीहरू राजनीतिको केन्द्रीय धारलाई समाप्त गर्न सक्ने दलजस्तो मलाई लाग्दैन । क्षेत्रीयताको नाराभित्र एउटा निश्चित समुदायको नाराभित्र उनीहरूको मनोभावनालाई समेटेर अगाडि आएको एउटा धार मधेसवादी दलहरू हुन् । मधेसवादी दलसागको सहकार्य हामीले बढो विश्लेषण गरेर मात्र गर्नुपर्छ । मधेसवादी दलहरू नेपालको राजनीतिको केन्द्रीय धारमा समाहित हुन आइपुग्नुपर्छ । त्योबाहेक मधेसवादी दलका गलत सर्तहरूलाई स्वीकारेर माओवादी सरकारमा जाादैन ।
० मुलुकले जति ढिलो प्रधानमन्त्री पाउाछ, त्यति नै विदेशीहरूको चलखेल बढ्ने देखिन्छ नि होइन ?
यो एकदम सही कुरा हो । हामी लामो समयदेखि यही कुरा भन्दै आएका छौा । नेपली कााग्रेसले नेतृत्व गरेको पश्चगामी र प्रतिक्रियावादी धारा छ, त्यो धारको परिचालक विदेशी शक्ति नै हो । मुख्य नेतृत्व दिल्लीले गरिरहेको हामी प्रस्ट देख्छौा ।
० अहिले देखिएका तमाम समस्याहरूलाई चिर्दै अगाडि बढ्न तपाईंहरूले कुनै खाका तयार पार्नुभएको छ ?
हाम्रो पार्टी सहमति र सहकार्यमार्फत् अगाडि बढ्न तयार छ । माओवादी राष्ट्रिय सहमति गरेर मुलुकलाई अगाडि बढाउन चाहन्छ । सहमतिमा अगाडि बढ्नुको साटो अन्य दलहरू पछि र्फकन्छन्, भाग्छन् । नेपाली जनतालाई राज्यको मालिक बनाउने गरी आन्दोलनको विकल्प खोज्न माओवादी तयार छ । इतिहासले सावित गरेको कुरा सत्तासीन शासकवर्ग सजिलै जनतालाई मूलधारमा आउन दिन चाहादैनन्, जनताको अधिकारलाई सुनिश्चित गर्न चाहादैनन् । त्यस अर्थमा केही न केही संघर्ष नेपालको राजनीतिले अनिवार्य बनाइराखेको जस्तो हामीलाई महसुस हुन्छ । हाम्रो धारण के छ भने प्रधानमन्त्रीको निर्वाचन सकेसम्म जनमतको आधारमा पूरा गरौा । माओवादी आत्मसमर्पण गरेर जनतालाई धोखा दिएर पछाडि हट्दैन । नेपाली जनतालाई राज्यसत्ताको मालिक बनाउने हाम्रो पार्टीको मुख्य जिम्मेवारी रहेको छ । त्यो जनतालाई मालिक बनाउने ठाउासम्म माओवादी पुग्छ । माओवादीले कहिल्यै पनि जनतालाई धोका दिादैन ।
० तपाईंहरूसाग वाइसिएलको अर्धसैन्य संरचना भ·, जनसेनाको संख्या तोक्नुपर्ने, कब्जा गरिएको घरजगा फिर्ता गर्नुपर्नेलगायतका माग राखेर समर्थन गर्ने पार्टीहरू यी तमाम कुरा बिर्सेर एक्ल्याउने प्रयासतर्फ मात्र लागेका छ नि ?
यी इतिहासले खारेज गरेका औचित्यहीन कुरा गरेर टाउको दुखाउन जरुरी छैन । कााग्रेसलगायत अन्य केही दलहरूले जुन तर्क उठाइरहेका छन्, मलाई ती तर्कहरू पाखण्ड र खेलााइचीबाहेक अरु केही पनि होइनजस्तो लाग्छ । आफूले गरेको सहमति र सम्झौतालाई उल्ट्याएर जनतालाई भ्रम छर्ने काम हामीबाट कदापि हुादैन ।
० तपाईंहरूको पार्टीभित्र देखिएको विवाद टुङ्गएिर अब एकढिक्का भएर अगाडि बढ्नु भएको हो ?
एक ढिक्का र संघर्ष भन्ने कुरा एउटा पार्टीमा लगातार चलिरहने विषय हो । कुनै नेतालाई कुनै विषयमा एक ढिक्का मनपर्छ, कुनै नेतालाई कुनै विषयमा संघर्ष मन पर्छ । संघर्ष र एकताबाट नै विजय प्राप्त गर्न सकिन्छ । समाधानलाई रूपान्तरण गर्ने, पार्टीलाई रूपान्तरण गर्ने र आफैाले आफैालाई रूपान्तरण गर्ने प्रक्रिया, संघर्ष र एकताबाट मात्र सम्भव हुन्छ । पार्टीभित्र संघर्ष र रूपान्तरण टुङ्गयिो भन्न पनि मिल्दैन, त्यस्तै अरुले मान्छेहरूले आकांक्षा गरेअनुसारको स्तरमा छ भनेर पनि हामीले चिन्ता मान्नु हुादैन । हामी अहिलेका मुद्दाहरूमा एकमत छौा तर कैयौा आदेश, मान्यता, कैयौा विचारहरूको कुरामा हामी संघर्षमा पनि छौा । हामी कम्युनिस्टहरू आˆनो आदेशअनुसारको पार्टी, समाज र राष्ट्र बनाउन चाहन्छौा । त्यसको लागि संघर्ष जारी रहन्छ । संघर्ष गर्न हामी हिचकिचाउादैनौा ।
० वर्तमान समस्याले चााडै निकास पाउाछ भनेर जनतालाई कसरी आश्वस्त पार्नुहुन्छ ?
मुलुकको सहज निकासको सम्भावना एकदम कम छ । जनता क्रान्ति मै छ । आफू क्रान्तिमा हुादाको अवस्थालाई सतर्कतापूर्वक हेर्नुपर्छ र सतर्कतापूर्वक त्यसको पहलकद्मी लिनुपर्छ । चुनौती संघर्षको बीचबाट अहिलेको संकटलाई सामना गर्ने र समाधान दिनेतर्फ हामीले सोच्नुपर्छ । सहज निकासको अपेक्षा हामीले कदापि गर्नुहुादैन ।
० अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
नेपालको वर्तमान वस्तुस्थितिलाई सामना गर्न माओवादी पार्टी तयार छ । वर्तमान समस्याको निकास दिन माओवादी पार्टी सामथ्र्य राख्छ । यसमा विश्वस्त हुन सम्पूर्ण जनसमुदायलाई अपिल गर्दछु ।

यहाँका राजनैतिक पार्टीहरूको साइज नेपाली जनताले भन्दा विदेशी शक्तिकेन्द्रले निर्धारण गर्ने गरेको छ
मायाप्रसाद शर्मा ँपारशमणि’, केन्द्रीय सदस्य- ए. नेकपा माओवादी
० व्यवस्थापिका संसद्मा दुई-दुई पटक प्रधानमन्त्रीको लागि निर्वाचन गर्नुभयो तर टुङ्गोमा पुग्न सक्नु भएन । यसको कारण बताइदिनु हुन्छ कि ?
हामी सबैलाई थाहा छ कि दश वर्षे महान् जनयुद्ध १९ दिने जनआन्दोलन र मधेस आन्दोलनको मुख्य उद्देश्य संविधानसभाको निर्वाचनद्वारा शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउनु र नयाा संविधान निमार्ण गर्नु हो । संविधानसभाको निर्वाचनको परिणामले हाम्रो पार्टी ए. नेकपा -माओवादी) बहुमत दिन सकेन तापनि सबैभन्दा ठूलो पार्टी भने अवश्य बनायो । जनताले दिएको हैसियतलाई स्वीकार गरी नयाा सरकारको गठन गर्नुपर्नेमा नेपाली कााग्रेसले चार महिनासम्म देशको गति अगाडि दिएन । बल्लतल्ल बहुमतीय प्रणालीमा जाने सहमति भएदेखि नयाा सरकार निर्माणको बाटो खुल्यो । सरकार गठन भई काम गर्न थालेको केही महिना पछि हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले राजीनामा दिनुपर्ने बाध्यकारी स्थितिको निर्माण भयो । त्यसपछि माधव नेपालको नेतृत्वमा यथास्थितिवादी चरित्रको सरकार बन्यो । न त त्यो सरकारले शान्त्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउने बाटो खोल्यो न त संविधान लेख्ने बाटो रोज्यो । व्यापक जनदवावका बलमा माधव नेपालको सरकारले राजिनामा दिनु पर्‍यो । त्यसपछि पनि नेपाली कााग्रेस र एमाले भित्रको घोर दक्षिणपन्थी गुट आफ्नो नेतृत्वमा सरकार बनाउन चाहान्छ । त्यही तत्वले एमाले अध्यक्ष झलनाथ खनाललाई दुई तिहाईको ल्याउनु पर्ने कार्ड फालेर थोरै मतको कमी हुादा पनि स्वीकार्न सकेनन् । नेकाा आफैा लडेको, एमालेलगायतका दलहरूले नो भोट भनेका र हामीसाग आवश्यक संख्या नपुगेकाले दुई पटक गरिएको निर्वाचनले पनि सरकारको निर्माण गर्न सम्भव भएन । यो संसद्वादी पार्टीहरूको यथास्थितिवादी सोच सधैाभरि हुने वैदेशिक शक्तिकेन्द्रहरूको हस्तक्षेपका कारणले नेपालको राजनीतिमा अन्यौल बनाएको छ ।
० राजनीतिक दलहरूको यस्तो प्रकारका खेलहरूले देश र जनतालाई धोका भएन र ?
नेपाल र नेपाली जनताले सुगौली सन्धियता पटक पटक धोका खाादै आएका छन् । भारतीय शासकवर्गको नाङ्गो हस्तक्षेपका कारण नेपाली जनताको इच्छा र आकांक्षाअनुसार आफ्नो सरकार बनाउनमा समस्या पर्दै आएकोछ । आज पनि यो समस्या देखापर्नुमा भारतीय दलालहरूकै हात रहेको देखिन्छ । हाम्रो पार्टीले पहिलेदेखि नै भन्दै आएकोछ । देशमा रहेको संकटकालीन अवस्थामा राजनीतिमा सहमतीय प्रणाली छोडनु हुादैन । बहुमतीय प्रणाली शान्त्ति र नयाा संविधान निर्माण हुन नदिने खेल हो भन्दै आयौ । त्यो प्रकृयालाई सबैभन्दा बढी नेकााले नै लत्यायो । अहिले पनि हामीले सहमतिको लागि नै जोड गर्दै आएका छौैा । हामीले सहमतिको बिन्दु खोज्दै जाादा एमालेका झलनाथ खनाललाई समर्थन गर्न पुग्यौा र पत्र पनि गर्‍यौा । ३९१ मत एमालेले पाउादा पनि किन खुट्टा उभ्याउन सकेन । यो विश्वमा नवौा आश्चर्य प्रस्तुत गर्दै एमालेभित्रको घोर दक्षिणपन्थीको दबाबमा उम्मेदवारी फिर्ता लियो । मुख्य धोका त्यसैमा छ । अहिले पनि समयलाई पछाडि धकेलेर षड्यन्त्रको तानाबाना बुन्ने सोच छ । एमाले नो भोटका नारामा अडिने, कााग्रेस आˆनो बहुमत कहिलै पुर्‍याउन नसक्ने, अन्य दलहरूलाई पनि मिल्न नदिने यो कस्ाको खेल हो । समय बित्दै जान्छ र स्पष्ट पनि हुादै जान्छ । यो पुरानो संसदीय परिपाटी र पुरानो चिन्तनका कारणले नै जनताले धोका पाइरहेका छन् ।
० तपाईंहरूको सत्ता र सरकारको खेलको कारणले शान्त्ति र नयाा संविधान निर्माणको काम कतै ओझेलमा त पर्दैन ?
सबै पार्टीहरूले सरकारको नेतृत्व गरेर सत्तामा बस्न चाहना राख्नु स्वभाविकै कुरा हो । राजनीति गर्नु भनेको जोगी हुनु होइन । तर सरकारको नेतृत्व गर्न खोज्नु जनताको आदेशलाई स्वीकार गर्नु सक्नुपर्दछ । यहाा त “काहीा नभएको जात्रा हाडीा गाउामा भनेझैा” भइरहेको छ । यहाा जनताले प्रदान गरेको साइजअनुसार सहमतिको सरकार बनाउन स्वीकार गरेको भए समस्या नै आउने थिएन । राजनैतिक पार्टीहरूको साइज नेपाली जनताले भन्दा विदेशी शक्ति केन्द्रले दिने गरेको छ । त्यसैकारण नेपाली राजनीतिमा प्रभाव पर्ने गर्दछ । अहिले यथास्थितिवादी कााग्रेस र एमालेभित्रको एउटा गुट सत्तामा बसेर पूरै प्रतिक्रान्तिकारी कामहरू गरिरहेको छ । आफूलाई व्यक्तिवादी स्वार्थ, पदलोलुप प्रवृत्ति, विदेशीहरूसागको चाकडी, आर्थिक भ्रष्टाचारमा चुर्लुम्ब डुबेको छ । यसले पुरानो संयन्त्रलाई टिकाइराख्न र जनताको जनक्रान्ति र जनआन्दोलनबाट प्राप्त आमूल परिवर्तनका एजेण्डालाई पूरै अस्वीकार गर्दै आएको छ । यो पश्च्ागामी चिन्तन व्यवहारले नै हो । आज सामन्ती वर्ग कमजोर भए पनि सत्ता नोकरशाही दलाल पुाजीपतिवर्गको हातमा भएकाले नयाा संविधान लेखी देशमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिमा आमूल परिवर्तन गर्ने चाहादैन । बरु परिवर्तनकामी शक्तिलाई दमन गर्ने विस्तारवादी हैकम र हस्तक्षेपलाई निम्त्याई रहेका छन् । यो अत्यन्त खतरनाक प्रवृति हो ।
० सरकार गठनको यो खेलले विगतको जस्तै सभासद्हरूलाई खरिद-बिक्रीको प्रक्रियातिर त अगाडि बढ्दैन ?
त्यो प्रक्रिया अगाडि बढाउनतिर उल्टो मेहनत भइरहेकै होला । विदेशी शक्ति यो चाहन्छ कि कुनै पनि हालतमा यो देशमा माओवादीको नेतृत्वमा सरकार बनाउन दिने कुरा त परै जाओस् देशभक्त तथा प्रगतिशील कुनै पनि शक्तिलाई सरकारको नेतृत्व गर्न दिन चाहादैनन् । आˆनो अनुकूलको कठ्पुतली सरकार बनाउन चाहन्छ । त्यसका दलालहरूले पनि त्यो विधि अपनाउन सक्छन् । यो २१ औा शताब्दीका जनताका प्रतिनिधिहरूले त्यो रूप नअपनाउलान् भन्ने लाग्छ । जसले विगतको पुरानो संसदीय व्यवस्था नै असफल भयो ।
० तपाई एकीकृत -माओवादी) को जिम्मेवार नेता र सभासद् भएकाले भनिदिनुहोस् कि तपाईंको पार्टीले एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्नु भएको थियो रे, त्यो के हो ?
हो हाम्रो पार्टीले राष्ट्रिय संयुक्त सरकार गठनका लागि ठुलो आन्दोलन गर्‍यो । त्यही आन्दोलनको बलले माधव नेपालको कठ्पुतली सरकारले राजीनामा दिन बाध्य भयो । त्यसपछि संयुक्त राष्ट्रिय सरकार गठन गर्नमा निकै मेहनत गर्‍यौा । तर त्यो कुरा कााग्रेस र एमालेभित्रको प्रतिक्राान्तिकारी गुटले सहमति जुटाउन दिएन । प्रक्रिया बहुमतीयतिर गयो । बहुमतीय प्रक्रिया सुरु भए पनि सहमति खोज्यौा भन्ने हाम्रो पार्टीको चाहना थियो । एमाले पार्टी दुई तिहाई बहुमतको सरकार बनाउन ५ बुाद्धे सहमति आˆनै पार्टीमा गर्‍यो । एमाले अध्यक्ष झलनाथ खनालले नामावलीसहितको ४०१ जनाको हस्ताक्षर बुझाउने भन्ने निर्णय गर्‍यो । हाम्रो पार्टीले २३७ जनाले एमालेलाई समर्थन गरी राष्ट्रिय सहमतिको सरकार बनोस् भनेर लिखित रूपमा सर्मथन गर्‍यो । त्यसमा कााग्रेसले समर्थन गरेको भए राष्ट्रिय सहमतिको ढोका खुल्दथ्यो । समस्याको हल पनि हुन्थ्यो, तर त्यो कुरा किन भएन । त्यसपछि पनि वहुमतीय प्रक्रियामा जाादा हाम्रो र नेकााको निर्वाचन प्रक्रिया सकेर एमालेको अध्यक्ष झलनाथको पक्षमा मत दिनु भन्ने हाम्रो पार्टीले निर्देशन गर्‍यो । तर एमालले उम्मेदारी नै झिकिदियो । यदि त्यो नझिकेको भए दुई तिहाई बहुमतले झलनाथले जित्दथ्ये । पछि त्यो राष्ट्रिय सरकारको निर्माणको रूप धारणा गर्दथ्यो पटक-पटक निर्वाचन गर्नु पर्दैनथ्यो । त्यसको मुख्य रूपमा असमतिको कारण तत्व भनेको एमालेभित्रको दलाल गुट नै हो । जसको कारणले यो जटिलता थपिएको छ । बाादरले आˆनो घर पनि बनाउादै अर्काको घर पनि राख्दैन् भनेझैा गर्‍यो ।
० १७ गतेको प्रधानमन्त्रीको निर्वाचनमा के तपाईंहरूले जित्नु हुन्छ ?
हो त्यो अवधिमा विदेशी हस्तक्षेप भएन, सभासद्को खरिद-बिक्री जस्तो घृणित कार्य भएन भने हाम्रो पार्टी अध्यक्षले जित्नु हुन्छ । अस्ति नै टुङ्गी सक्ने थियो । थोरै मिल्ोर मात्र अल्भिmएको हो ।
० तपाईं संविधानसभा सदस्य भएको नाताले यो थप अवधिमा नयाा संविधान बन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? मलाई बताइदिनुहोस् ।
त्यो अवधिमा नयाा संविधान बन्नुपर्छ र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्छ । तर, नयाा संविधान नबनोस्, शान्ति प्रक्रिया भााडमै जाओस् । राज्य गुहयुद्धमा जाओस् र हतियारमा कमिसन र सेनाभर्तीका नाममा देशलाई लुटेर कङ्गाल बनाउन सकियोस् भन्ने परिर्वतनका बाध्यकारी समर्थकहरूको चाहना छ । त्यसैले निहुा खोजी रहेका छन् । संविधान निर्माण भााडियोस् र २०४७ सालको संविधान ब्युाताउन सजिलो होस् भन्ने प्रतिगामी यथास्थितिवादी शक्तिहरूको चाहना हुनसक्छ । त्यतैतिर तान्ने प्रयत्न चर्को छ । त्यसैले हाम्रो पार्टीले संविधान निर्माणको ग्यारेन्टी नहुादासम्म संविधानसभाको म्याद नथप्ने भन्ने अडान लिएको हो । त्यसपछि ३ बुाद्धे सहमति भयो । आज अर्को ढङ्गले परिस्थितिलाई मोड्ने प्रयत्न गरिएको छ ।
० पत्रिकामार्फत् अरु केही भन्नु छ कि ?
तपाईंको पत्रिकामार्फत् मेरा विचारलाई जनतामा पुर्‍याउने अवसर दिनु भएको छ, त्यसको लागि धन्यवाद दिन चाहन्छु । सधैा जनताको पक्षमा कलम चलाउादै आएको छ । निरन्तर श्रमजीवी वर्गको पक्षमा आˆनो कलम चलाउन सफल होस् भन्ने कामना गर्दछु ।

Advertisements

वर्गहरु

%d bloggers like this: