Posted by: chhepyastra weekly | जुलाई 11, 2010

राष्ट्रिय सहमतिको सरकार गठनको लागि अन्तिम अवस्थासम्म प्रयास गर्छौं

दीनानाथ शर्मा, प्रवक्ता- एकीकृत नेकपा माओवादी

० राष्ट्रिय सहमतिको सरकार गठनको लागि माओवादीले के गर्दैछ, बताइदिनुस् न ?
राष्ट्रिय सहमतिको सरकार गठनको लागि हाम्रो पार्टीले लामो समयदेखि विभिन्न चरणको आन्दोलन गर्दै आएको कुरा सबैलाई थाहै छ । सडक, सदन संघर्ष हुादै अहिले राजनीतिकरूपमा विभिन्न दलका साथीहरूसाग छलफलको कार्यक्रम निरन्तर रूपमा अगाडि बढाइराखेका छौा । तर, राष्ट्रिय सरकार बन्ने सन्तोषजनक परिणामहरू निस्केको छैन । राष्ट्रिय सहमतिको सरकार गठन गरी शान्ति र संविधानको मार्गलाई पूर्णता दिनुपर्छ भने अडानमा हाम्रो पार्टी रहिरहन्छ ।
० राष्ट्रिय सहमतिको सरकार गठनको लागि राष्ट्रपतिबाट दिइएको दोस्रो समय अवधिमा तपाईंहरू सहमतिको सरकार गठन गर्न सफल हुनुहुन्छ ?
राष्ट्रिय सहमति बन्न धेरै गाह्रो छ । संसद्वादी दलहरू सहमतिको माध्यमबाटभन्दा पनि बहुमतीय प्रणालीबाट अगाडि बढ्न खोजिरहेका छन् । उनीहरूले गणतन्त्र घोषणा हुने दिनदेखि नै संविधानमा संशोधन गरेर बहुमतीय प्रणालीमा जाने बाटो अख्तियार गरे । सहमतीय प्रणाली भनेको षड्यन्त्र गर्ने, बेइमानी गर्ने, सभासद्हरूको खरिद-बिक्री गर्ने, राष्ट्रको ढुकुटी सिध्याउने अनि लोकतन्त्रलाई संस्थागत हुन नदिने बाटो हो । यही बहुमतीय खेलमा लाग्दा नै दलहरू विगत साठी वर्षको लोकतान्त्रिक आन्दोलनमा असफल भएका हुन् । राष्ट्र लुट्नेको लागि संक्रमणकाल स्वर्ण युग रहेछ । इतिहासको सबैभन्दा बढी राष्ट्र बर्बाद हुने कालखण्ड भनेको विगतको एक वर्ष बनेको छ । संसद्वादी दलहरू संक्रमणकाललाई अझै लम्ब्याएर अस्थिरता, अन्योलता पैदा गरेर त्यसैको बीचबाट मुलुक बर्बाद गर्ने, लोकतन्त्रको नाममा लुटतन्त्र बढाउने काममा लागेका छन् । सहमतीय मार्गमा अगाडि बढ्दा संसद्वादी दलहरूको लुटको स्वर्ग नासिने हुादा उनीहरू बहुमतीय खेललाई निरन्तरता दिन चाहिरहेका छन् ।
० तपाईंहरू राष्ट्रिय सहमतिको लागि जुन कार्ययोजना बाहिर ल्याउनुभयो, त्यसबाट निकास निस्किन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?
अन्य दलहरूले आफूले गर्नुपर्ने कर्तग्य बिर्सिंदै हिाडिरहेका छन् । विगत लामो कालखण्डमा बाह्र बुादे समझदारीदेखि अहिलेसम्म सरकारको तर्फबाट पूरा गर्नुबाट दायित्व कति पनि पूरा गरे गरेनन् । उनीहरू घरजग्गा फिर्ताको कुरा गर्छन् । तर क्रातिकारी भूमिसुधार र सुकुमबासीको समस्या कुरा कहिल्यै उठाउादैनन् । एकपक्षीय रूपमा मात्र उनीहरू कुरा गरिरहेका छन् । उनीहरू सामन्ती भूस्वामित्वको सुनिश्चिता गर्नको लागि मात्र प्रयास गर्छन् । तर, आर्थिक, सामाजिक रूपान्तरणको दिशामा अघि बढ्न चाहादैनन् । सामाजिक अधिनायकवादको चरित्र यस्तै हुन्छ । त्यसकारण पछिल्लो समय कााग्रेस, एमालेले जुन कुरा अगाडि सारेका छन्, त्यसअनुसार हामी जिम्मेवारपूर्ण तरिकाले अगाडि बढेका छौा । हामीले अगाडि सारेका विषयहरूमा छलफल गरेर अगाडि बढ्न दलहरू तयार रहनुपर्छ
० द्वन्द्व व्यवस्थापनको लागि अलमली भर्खरै आˆनो साठीहप्ते कार्ययोजना अगाडि सारेको छ, यस विषयमा के भन्नुहुन्छ ?

द्वन्द्व व्यवस्थापन गर्न समय लाग्छ । अनमिनले अघि सारेको साठीहप्ते कार्ययोजनाको विषयमा हाम्रो पार्टीमा आधिकारिकरूपमा छलफल भएको छैन । तर, अनमिनले अघि सारेको कार्ययोजनाबाट मैले के बुझेको छु भने द्वन्द्व व्यवस्थापन गर्न समय लाग्छ ।
० तपाईंहरूको पार्टीभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा चुलिएको विवाद टुङ्गएिको हो ?
हाम्रो पार्टीभित्र कहिल्यै विवाद थिएन र अहिले पनि छैन । दुनियााका प्रतिक्रियावादी तथा साम्राज्यवादीहरूले क्रान्तिकारी पार्टीको नेतृत्वलाई व्यक्तिगत रूपमा बद्नाम गर्ने, कहीा नेतृत्वलाई भौतिकरूपमा सिध्याउने, केहीलाई वैचारिकरूपले सिध्याउने र संगठनलाई सिध्याउने योजनअनुसार काम गर्छन् । नेपालमा पनि नेकपा मओवादीका दुश्मनहरूले हाम्रो नेतृत्वमध्ये कसैलाई उाचो देखाउने कसैलाई नीच देखाउने र जनतामा भ्रम फैलाउने काम गरेका छन् । त्यसकारण म सम्पूर्ण कार्यकर्ता तथा जनतालाई के भन्छु भने हाम्रो पार्टीभित्र नेतृत्वको सवालमा कुनै विवाद छैन । यदि हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने भन्ने कुरा सुनिश्चित हुन्छ भने कसले गर्ने भन्ने कुरा त्यसपछि टुङ्गनिे विषय हो । अहिले कााग्रेस, एमालेहरू माओवादीको नेतृत्वमा सरकार गठन हुन नदिन लागिरहेको अवस्थामा पार्टीभित्र विवाद सिर्जना गराएर बहसलाई गलत दिशातर्फ मोड्नको लागि र आˆना षड्यन्त्रहरूलाई ढाकछोप गर्नको लागि गरेको घृणित खेल हो भन्ने बुझ्न म सम्पूर्ण जनतालाई आग्रह गर्दछु ।
० तपाईंहरूले द्वन्द्वकालमा आˆना लुटिएको सम्पत्ति र बेपत्ता परिवारको विषयमा दह्रो आवाज उठाउन सक्नुभएन भन्ने कार्यकर्ताको आरोप छ नि ?
यो कुरा सही हो । हामीले बाह्र बुादे सहमतिमा र विस्तृत शान्तिसम्झौतामा द्वन्द्वपीडितहरू बेपत्ताहरूको स्थिति सार्वजनिक गर्ने, सहिदहरूलाई राज्यको तर्फबाट सम्मान गर्ने सहमति गरेक थियौा । तर, राज्य पक्ष त्यतातर्फ ध्यान दिन चाहिरहेको छैन । ऊ एकोहोरो घरजग्गा फिर्ताको कुरा मात्र गर्छ । जुन कुरा नालायक छ । कहीा, कतै घरजग्गा हामीले कब्जा गरेका छैनौा । द्वन्द्वकालमा हाम्रा घरहरू भत्काइएका छन्, गाउाका गाउा आगो लगाइएको छ । सम्पत्ति लुटिएको छ, सेनाले राज्य पक्षले लुटेको विषय पनि छानबिन हुनुपर्छ । त्यसै भएर अनमिनले यी सबै विषयवस्तुको टुङ्गो लगाउन साठीहप्ते कार्ययोजना तयार गरेको हुनसक्छ ।
० शान्तिप्रक्रियामा आएपछि सबैभन्दा बढी तपाईंहरूकै नेता तथा कार्यकर्ताको हत्या भएको छ । तर, पार्टी नेतृत्वले त्यस विषयमा खासै चासो दिएको देखिएन नि ?
हामीले यस विषयमा निरन्तररूपमा संघर्ष गरिरहेका छौा । हामी शान्तिप्रक्रियामा आइसकेपछि पनि हाम्रा नेता तथा कार्यकर्ताको हत्या जारी नै छ । यहाा मानवअधिकारको कुरा गरेर मानवअधिकारको उल्लंघन गर्छन्, डलरको खेती गरेर पार्टीको नजिक बसेर पार्टीको पक्षमा वकालत गर्ने कथित मानवअधिकारवादीहरू पनि छन् । उनीहरू विभिन्न अन्तर्राष्ट्रिय जासुस संस्थासाग सम्बन्धित पनि छन् । हामी शान्तिप्रक्रियामा आइसकेपछि पनि दुई-तीन सय साथीहरूको हत्या भएको छ, तिनको ’boutमा यहााका कथित मानवअधिकारवादीहरूले केही कुरा गर्दैनन् । मानवअधिकारको रक्षा भनेको स्वतन्त्र, निष्पक्ष र न्यायपूर्ण हुनुपर्छ । हाम्रो पार्टी आˆना नेता तथा कार्यकर्ताको सुरक्षा पनि निकै चिन्तित छ ।
० भर्खरै मात्र डा. भक्तमान श्रेष्ठको अपराधिक समूहले अपहरण गरेको पुष्टि भयो तर त्यस घटनाको दोष तपाईंहरूमाथि ल्याइएको थियो, यस विषयमा के भन्नुहुन्छ ?
सरकारका प्रधानमन्त्री माधवकुमार नेपाल जसले सत्यतथ्यबिना आˆनो पदीय मर्यादाभन्दा तल झरेर माओवादी पार्टीमाथि डा. श्रेष्ठलाई अपहरण गरेको आरोप लगाए । अहिले आएर उनीहरूको असलीरूप प्रस्ट भएको छ । गृहमन्त्रीको रबैया पनि त्यसै खालको देखिएको थियो । नागरिक पत्रिकाले जुन रूपमा डा. श्रेष्ठको अपहरणमा माओवादीको संलग्नता रहेको प्रचारबाजी गर्‍यो, त्यो कुनै स्वतन्त्र पत्रकारिता होइन । घृणित त्यो त पत्रकारिताको नाङ्गो रूप नागरिक पत्रिकाले देखायो भन्ने पुष्टि भएको छ । ढिलो भए पनि प्रहरीले अपराधीहरूलाई आˆनो नियन्त्रणमा लिन सफल भएको छ, त्यसको लागि हामी प्रहरी प्रशासनलाई धन्यवाद दिन चाहन्छौा ।
० फेरि सरकार गठनको प्रसङ्गतर्फ लागौं, राष्ट्रिय सहमतिको सरकार गठन हुन सकेन भने त तपाईंहरू बुहमतीय सरकार गठनतर्फ लाग्नुहुन्छ ?
अझै पनि हामी राष्ट्रिय सहमतिको सरकार गठनको लागि अन्तिम अवस्थासम्म प्रयास गछौर्ं । यदि राष्ट्रिय सहमतिको सरकार गठन हुन सकेन भने तत्कालीन परिस्थितिअनुसार हाम्रो अगाडि बढ्छौा । त्यति नै बेला हामी हाम्रो बोलीहरू अगाडि सार्छौं ।
० अन्त्यमा यस क्षेप्यास्त्र साप्ताहिकमार्फत् सम्पूर्ण नेपाली जनतालाई के भन्न चाहनुहुन्छ ?
संसद्वादी पार्टीहरूले इतिहासको लामो साठी वर्षे कालखण्डमा राष्ट्रलाई बर्बाद गरेका छन् । अहिले पनि यिनीहरू शान्ति र संविधानभन्दा पनि निहित स्वार्थमै केन्दि्रत छन् । संसद्वादी दलहरू शान्ति र संविधान चाहादैनन् भन्ने कुरा पुष्टि भएको छ । जसरी प्रधानमन्त्री माधव नेपालले संविधानसभा मेरो एजेन्डा होइन भनेर भने त्यो उनले एक्लै भनेका होइनन् । त्यो सम्पूर्ण संसद्वादी दल र गठबन्धन सरकारको आवाज हो । जनताको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नको लागि एकजुट हुन विभिन्न प्रकारका भ्रमहरूबाट विचलित नहुन म सम्पूर्ण जनसमुदायलाई यस पत्रिकामार्फत् अपिल गर्दछु ।

Advertisements

वर्गहरु

%d bloggers like this: