Posted by: chhepyastra weekly | जुन 30, 2010

प्रमुख समाचार

सरकारको कार्यशैली, ँविनाशकाले विपरीत बुद्धि’

काठमाडौा । तीन दलबीच गत जेठ १४ गते भएको तीन बुादे सहमतिपश्चात् काम चलाउ सरकारको रूपमा रहेको गठबन्धन सरकार अन्तिम अवस्थामा आएर विभिन्न जनघाती निर्णय गर्दै अगाडि बढिरहेको छ । कााग्रेस र एमालेको पुरानो चरित्र र भ्रष्टाचारीरूप प्रवृत्तिको कारण अक्षम बनिसकेको सरकारले विनाशकालमा आएर विपरीत बुद्धि प्रदर्शन गर्न थालेको छ । गणतन्त्र स्थापनाको लागि लड्नेविरुद्ध सुराकी गरेर हत्या गराउने गिरोहहरूलाई सहिदको सम्मान दिएर गठबन्धन सरकारले सच्चा सहिदको घोर अपमान गरेको छ । विभिन्न दुर्घटनामा मारिएकालाई समेत सहिदको सम्मान दिएर कठ्पुतली सरकारले ‘विनाशकाले विपरीत बुद्धि’ भन्ने उखानलाई चरितार्थ पारेको छ । राज्य ढुकुटीको चरम् दुरुपयोग गर्दै माधव नेपाल नेतृत्वको सरकारले अन्धाधुन्दा रूपमा आˆनो भाइभारदारहरूलाई विभिन्न ठाउामा नियुक्ति गरेको छ भने आˆना आसेपासेलाई सरुवा-बढुवा गरेको छ । सरुवा-बढुवामा तल्लिन सरकारले आˆनो प्रभाव पछिसम्म पार्न यस्तो निर्णय गरेको जानकारहरू बताउाछन् । सरकारले आˆनो एक वर्षे कार्यकालको सम्पूर्ण दोष कर्मचारीमा थुपारेर आफू पानीमाथिको ओभानो बन्न खोजेको समेत उनीहरूले बताएका छन् । सत्ताको लोभ, भोक, लालचमा ग्रस्त गठबन्धन सरकारको नेतृत्व अब मुलुकले एक मिनेट पनि थेग्न नसक्ने राजनीतिक विश्लेषकहरूको ठहर रहेको छ । जनविरोधी गठबन्धन सरकारलाई सरकारको नेतृत्वमा बसिरहने अधिकार नभएको भन्दै माओवादीले तत्काल राष्ट्रिय सहमतिको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । भारतीय सरकारको दलाली गरेर पदमा टिक्न भारतकै शरणमा पुगेका सत्तारुढ दलहरूको चरित्रले देशले खोजेको शान्ति र संविधान प्राप्त नहुने माओवादीले बताएको छ ।
गणतन्त्रको बद्नाम गर्ने गणतन्त्रविरोधी शाहीकालका पक्षधर जनताका दुश्मनहरूलाई विभूषित गर्ने माधव नेपाल नेतृत्वको सरकारले छिटोभन्दा छिटो राजीनामा दिएर मुलुकको शान्ति र संविधान निर्माणको बाटोलाई खुल्ला गरिदिनुपर्ने आवाज चौतर्फीरूपमा उठ्न थलेको छ । माओवादीले भन्दै आएको विदेशी शक्तिको आडमा चलेको पुष्टि भएको कठ्पुतली सरकार प्रभुको आज्ञा नपाई सत्ता नछोड्ने मनस्थितिमा देखिन्छ । भ्रष्टचारीहरू अब बन्ने राष्ट्रिय सरकारमा नपर्ने भएपछि छटपटाउन थालेका छन् । जसको कारण उनीहरू सकेसम्म यही सरकारलाई निरन्तरता दिएर लुट मच्चाइरहन चाहन्छन् । गठबन्धन सरकारको कुतर्कहरूलाई मध्यनजर गर्दै हालै सम्पन्न माओवादी पोलिटब्युरो बैठकले सशक्त विरोध जनाएको छ । उसले यस कठ्पुतली सरकारसाग कुनै सम्झौता नगर्ने र प्रधानमन्त्रीको राजीनामा तत्काल आउनुपर्ने बताएको छ । संसद्को वर्षे अधिवेशन चलाउने वातावरण गुम्दै गएपछि गठबन्धन सरकार अध्यादेशमार्फत् बजेट घोषणा गर्ने कसरततर्फ आˆनो लविङ सुरु गर्न थालेको छ । प्रमुख प्रतिपक्षलाई समर्थनमा नलिई संसद्को हिउादे अधिवेशन स्थगित गर्ने माकुने सरकारको लोकतन्त्रप्रतिको गलत सोच फेरि नसच्चिए माओवादीले कडा विरोध जनाउने भएको छ । अक्षमताको चरम् नमुना बनेको माकुने सरकार अब छिटोभन्दा छिटो कुर्सीबाट हट्नुपर्ने आवाज जनजनमा उठेको छ ।

Advertisements

वर्गहरु

%d bloggers like this: