साताको कुराकानी

जनताको पक्षमा संविधान बन्ने छाट देखिदैन

मोहन वैद्य ‘किरण’, वरिष्ठ उपाध्यक्ष- एकीकृत नेकपा माओवादी

०     पार्टीभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेको छ, पार्टी फुट्ने भयो भनिन्छ नि के भन्नुहुन्छ ?

पार्टी फुट्न लाग्यो भन्ने कुरा सत्य होइन । हामीले हाम्रा कयौा कुराहरू बाहिर पनि ल्याएका छौा । तर, यो हाम्रो सहमतिकै  आधारबाट बाहिर ल्याइएको हो । हाम्रो केन्द्रीय समितिको बैठकले जनसरोकारसाग सम्बन्धित कयौा विषयहरू बाहिर लैजान उपयुक्त हुन्छ भनेर जस्तो संविधान निर्माणको प्रक्रिया, सेना समायोजनको प्रक्रिया यी र यस्ता जटिल विषयहरूमा देश र जनतासाग सम्बन्धित विषयहरूलाई खाली भित्र मात्र राखेर फाइदा हुादैन, भित्र मात्र बहस गरेर फाइदा हुादैन भनेर यो बहसलाई जनताको बीचमा पुर्‍याउदा फाइदा हुन्छ भनेर नै बैठकबाट निर्णय गरेर नै बाहिर पनि लैजाने काम भएको हो ।

दोस्रो कुरा, पार्टी भनेको विचार हो, सिद्धान्त हो, एउटा कार्यदिशा हो त्यसमा एकता भयो भने पार्टी रहन्छ, एकता हुन सकेन भने पार्टी फुट्छ यो सबैले बुझेकै कुरा हो । तर, हाम्रो यहाा सिद्धान्तको क्षेत्रमा, विचारको क्षेत्रमा र कार्यदिशाको क्षेत्रमा पनि एउटा गम्भीर बहस चलिरहेको छ । यो प्रक्रियामा अब अध्यक्ष प्रचण्ड कसरी अगाडि जानु हुन्छ त्यसमा निर्भर रहन्छ अहिले त छलफल, बहस भइरहेको छ । नेतृत्व पक्षले देश र जनतालाई धोखा दियो, सिद्धान्तप्रति धोखा दियो, क्रान्तिप्रति धोखा दियो भने त्यो बेलामा सोच्ने कुरा हो । अहिले हामी पार्टीभित्र अन्तरसंघर्ष, बहस चलाएर एकताबद्ध बनाएर जाने नै सोचेका छौ ।

०     तर, अध्यक्ष प्रचण्डले त तपाईंहरू जड्सूत्रवादी हुनुभयो, सिद्धान्तको मात्र कुरा गर्नुहुन्छ, व्यवहारमा उतार्न सक्नुहुन्न भनेर आरोप लगाइरहनुभएको छ नि ?

यो आरोप कुनै नया आरोप होइन । यो आरोप त माक्र्सवादको विकाससागै संशोधनवादीहरूले, दक्षिणपन्थी अवसरवादीहरूले क्रान्तिकारीहरूलाई लगाउादै आएको आरोप हो । यो आरोपको खण्डन लेनिनले पनि गर्नुभयो, माओले पनि गर्नुभयो, संसारभरिका क्रान्तिकारीहरूले गर्दै आइरहेका छन् । यो आरोप कुनै नया आरोप होइन ।

०     तपईंहरू क्रान्तिको कुरा उठाउदै हिड्नु हुन्छ तर पार्टीले जनयुद्धमा उठाएका एजेण्डाहरूलाई छोड्दै गएको छ, होइन र ?

खासगरी चुनवाङदेखि यहासम्म आउादा यहा कयौ गल्ती कमजोरीहरू भएका छन् र यसको मूल्याङ्कन गर्नुपर्छ । कयौ विषयमा हामीले फरक मत पनि राखेका छौ । हाम्रो पार्टीभित्र यी कुराहरूमा हाम्रो गम्भीर मतभेद छ यो साचो कुरा हो ।

०     हालै मात्र अध्यक्ष प्रचण्डले तपाईंहरूको साठगाठ पूर्वराजावादीहरूसाग छ भन्ने आरोप लगाउनु भएको छ, के यो साचो हो ?

यो अत्यन्तै गलत, तुच्छ र नीच प्रकारको आरोप हो । हिजो बाबुराम र अध्यक्षको बीचमा मतभेद हुादा बाबुरामजीले अध्यक्षलाई राजावादी भन्नुभएको थियो । अध्यक्षले बाबुरामलाई विस्तारवाद परस्त भन्नुभएको थियो । त्यस्ता आरोपहरू हिजो उहााहरूले एकअर्कालाई लगाउादै आएको हो । यसले पार्टीभित्रको दुई लाइन संघर्षलाई सही ढङ्गले, मैत्रीपूर्ण ढङ्गले अगाडि बढाएर लैजान सक्दैन । यी गलत प्रकारका आरोपहरू हुन । यी आरोपहरू तुच्छतापूर्ण र नीचतापूर्ण आरोपहरू हुन् ।

०     जेठ १४ मा जनसंविधान नबन्ने नै भयो भनेर हस्तक्षार अभियान थाल्नु भएको छ, किन ?

यो खबरदारीका लागि हो । अहिलेसम्मको स्थिति हेर्दा जनताको पक्षमा संविधान बन्ने छााट देखिादैन । संविधान बन्ने नबन्ने प्रमुख कुरा होइन, संविधान हिजो राणाकालमा पनि थियो, पञ्चायतमा पनि थियो र २०४७ को संविधान पनि थियो । तर, जनताको पक्षमा संविधान बन्छ कि बन्दैन भन्ने मुख्य कुरा हो । देश र जनताको पक्षमा संविधान बन्ने सम्भावन छैन । त्यसैकारण देशको पक्षमा, जनताको पक्षमा संविधान बनोस् र अब बन्ने संविधानले जनताका तमाम समस्याको सम्बोधन गरोस् भनेर नै हामीले यो हस्ताक्षर अभियान थालेका हौ । जनताले धेरै रगत बगाएका छन्, धेरैको सहादत भएको छ, त्यसको मूल्य यो संविधानले चुक्ता गर्नुपर्छ । त्यसैले जनताको पक्षमा संविधान बन्नुपर्छ भनेर खबरदारीस्वरूप देशव्यापी रूपमा हस्ताक्षर अभियान थालनी गरेका हौा ।

०     माओवादीकै नेतृत्वमा सरकार छ, जनसंविधान बन्ने स्थिति देखिादैन र जनताले राहत पनि पाएका छैनन्, यो त माओवादीका लागि लाजमर्दो विषय भएन र ?

सही हो । माओवादीको सरकार छ तर जनताले राहत पाएका छैनन् । सरकारले जुन कुरा पूरा गर्नुपर्ने हो त्यो पूरा गर्न सकिरहेको छैन ।

०     अब जेठ १४ पछिको स्थिति कस्तो होला ?

जेठ १४ पछिको स्थितिलाई अहिले नै आाकलन नगरौा । अझै पनि जनताको पक्षमा संविधान बन्छ कि भन्ने झिनो आशा बाकी छ ।  हामी जेठ १४ सम्ममा जनताको पक्षमा संविधान बनोस् भनेर कामना गर्दै त्यसको निम्ति प्रयास र संघर्ष दुवै गरौ । यदि त्यसो भएन भने त्यसपछिको जस्तोसुकै कठिन स्थिति आए पनि त्यो स्थितिको सामना गर्दै क्रान्तिलाई अगाडि बढाउने प्रक्रियामा हामी दृढतापूर्वक लाग्छौा भन्ने सोच्ने हो ।

०     त्यसो भए तपाईंहरू अझै पनि जनयुद्धमा उठाएका एजेण्डाहरू लागू गर्न प्रतिबद्ध हुनुहुन्छ ?

दस वर्षे जनयुद्धको एजेण्डा भनेको नेपाललाई अर्धसामन्ती, अर्धऔपनेवेशिक अवस्थाबाट मुक्त गर्दै नया जनवादी गणतन्त्रको स्थापना निम्ति जनयुद्ध सुरु गरिएको हो । त्यो लक्ष्य पूरा भएको छैन । जनयुद्धले निर्धारित गरेको लक्ष्यलाई पूरा गर्दै समाजवाद र साम्यवादको दिशाहरू दृढतापूर्वक अगाडि बढ्नको निम्ति हामी प्रतिबद्ध छौ ।

०     अन्त्यमा जनखबर अनलाइन सुरु हुन लागेको छ  , के भन्न चाहनु हुन्छ ?

जनखबर अनलाइन पत्रिका सुरु हुन लागेको सुन्दा खुशी लाग्यो । यो जनखबर अनलाइन पत्रिकाले प्रतिक्रियावादीहरू, संशोधनवादीहरू, र अवसरवादीहरूको भ्रम जाललाई चिर्दै जनतालाई सत्य तथ्य र यथार्थको जानकारी दिने महत्वपूर्ण भूमिका निर्वाह गरोस् भन्ने मेरो, हाम्रो समूहको र पार्टीको तर्फबाट सफलताको शुभकामना व्यक्त गर्दछु ।

www.janakhabar.com बाट

 

राष्ट्रिय स्वाधीनतासहितको सार्वभौम संविधान बन्नुपर्नेमा गडबढी देखिएपछि आन्दोलनमा उत्रनु परेको हो

 

कुलप्रसाद केसी ‘सोनाम’, पोलिटब्युरो सदस्य- एनेकपा माओवादी

 

०     संविधानसभाको समय सकिन लाग्दा तपाईंहरू आन्दोलनमा उत्रनु भएको छ, कारण के हो ?

संविधानसभाबाट जनताको संविधान बन्नुपर्छ भन्ने हाम्रो मान्यताविपरीत गएपछि आन्दोलनमा जानु परेको हो । जनताको पक्षमा संविधान बन्नुपर्छ, राष्ट्रिय स्वाधीनतासहितको सार्वभौम संविधान बन्नुपर्नेमा गडबढी देखिएपछि आन्दोलनमा उत्रनु परेको हो । संविधान जनताको पक्षमा बन्नेभन्दा पनि रहस्यमूलक ढङ्गले केही राजनीतिक नेताहरूको दिमागीउपज बनाउन थालेपछि आमजनतालाई सचेत बनाउनको निम्ति, आˆनो अधिकारहरू सुनिश्चित गराउनेको निम्ति आवाज बुलन्द गर्नुहोस् भन्नको निम्ति हो ।

०     उसो भए तपाईंहरूको आˆनै पार्टीको नेतृत्वमा सरकार हुादासमेत जनसंविधान बन्न नसक्ने भयो होइन त ?

मुख्य कुरा यो सरकार कुन जगमा बनेको छ भन्ने हो । चार बुादेले यो देशलाई कस्तो सन्देश दियो र कस्तो मोडालिटी दियो भन्ने एउटा रूप देखिसकियो । चार बुादे र सात बुादेले नेपालको सामाजिक, राजनीतिक अन्तरविरोध हल गर्दैन र झन् चर्काउाछ भन्ने कुरा सबै जनतासामु छर्लङ्ग भएकै विषय हो ।

०     तर, तपाईंको पार्टीको अध्यक्षले समेत सात बुादे सहमति अन्तिम सहमति हो भनेर स्वीकारिसकेको स्थिति छ नि होइन र ?

अनाडी र अन्तिम भन्ने कुरा माक्र्सवाद र द्वन्द्ववादमा हुन सक्दैन । यो कसैले भन्दैमा यो अन्तिम हुन सक्दैन । हिजो कसैले राजतन्त्रलाई अन्तिम व्यवस्था, पञ्चायतलाई अन्तिम व्यवस्था भनेजस्तै अभिव्यक्ति हो, यो । जनताको आाखाबाट हेर्नुभयो भने जनताको जो अपेक्षा थिो, त्योभन्दा बिलकुल विपरीत दिशाबाट राजनीतिक नेतृत्व अगाडि बढिरहेका देखिन्छ । कसैले अपिल गर्दैमा त्यो लागू हुन्छ भन्ने होइन । नेपालको सन्दर्भमा जनताको पक्षमा संविधान, संघीयता, समान र सभागितामूलक पद्धति र जनजीविकाका ग्यारेन्टीका कुरामा कसैले नजरअन्दाज गर्न सक्ने स्थिति छन् । लोकतन्त्रले यी तमाम विषयको सम्बोधन गर्नुपर्छ तर अहिले त्यो हुन सकिरहेको छैन ।

०     तपाईंले भनेभन्दा विपरीत तपाईंकै पार्टी अध्यक्ष तपाईंहरू -वैद्य पक्ष) पार्टी नीतिविपरीत जानुभयो, छापामार युद्धको तयारी गर्दै हुनहुन्छ भनेर आरोप लगाउादै हिाड्नुभएको छ नि, के भन्नुहुन्छ ?

पहिला त छापामार युद्धबाट किन आएको भनेर पुष्टि गर्नुपर्‍यो । कि त्यो बेठीक थियो भनेर आत्मा आलोचना गर्नुपर्‍यो । छापामार युद्धको औचित्य के थियो भनेर आज इतिहासले पुष्टि गरिसकेको छ । यो कसैको इच्छा र चाहनाको छापामार युद्धमा जाने कुरा हुादैन । युद्ध र शान्ति भनेको द्वन्द्वात्मक पक्ष हुन, जनताको हितमा भयो भने शान्तिको पक्षमा सबै छन्, जनताको हितविपरीत भयो भने कोही नेताले अपिल नगरे पनि चक्काजाम, सडक आन्दोलनहरू चलिनै रहेका छन् । त्यसैले ती सबै गलत हुन् बरु पार्टीको आधिकारिक धारणा जनताको संघीय गणतन्त्रको लागि लड्ने सामन्तवाद, साम्राज्यवादविरुद्धको संविधान बनाउने कुराको राजनीतिक पहलकद्मी मूल नेतृत्वले छोडेको कारणले हामीले त्यसको झण्डा उठाउन बाध्य भएका हौा । त्यसैले पार्टीको आधिकारिक संस्थापन पक्ष पनि हामी भएका छौा ।

०     तर, अध्यक्ष प्रचण्ड त केन्द्रीय कमिटीको बैठक बसालौा भन्दा तपाईंहरू भागेर हिाडिरहेको भन्नुहुन्छ त ?

पहिले केन्द्रीय कमिटीले गरेको निर्णयको कार्यान्वयन गर्नुपर्‍यो नि । त्योचाहिा नगर्ने अनि बहुमत र अल्पमतको कुरा गर्ने, यो सुहाउादो भएन । नेपाली जनयुद्धको ७५ प्रतिशत शक्ति र त्यसको नेतृत्व हाम्रो पक्षमा छ । तर, त्यसको बुझ पचाउादै हिजो जनयुद्धलाई धारे हात लगाउनेहरूको झुण्डलाई बहुमत ठान्नु मूर्ख हो । पार्टी नेतृत्वले यो कुरा बुझ्नुपर्छ । अहिले नेपालको एजेन्डा भनेको राजनीतिक रूपले समस्या समाधान गर्ने दिशातिरभन्दा तुजुकता देखाउने दिशातिर उन्मुख छ । नेतृत्व त्यतातिर जानु खोजिरहेको छ । त्यस्तो नटकीय बहुमतको कुनै अर्थ छैन । यसले नेतृत्वलाई झन् कमजोर बनाउाछ र समस्यालाई झन् चर्काउाछ ।

०     काग कराउादैछ भन्ने उखानजस्तै पार्टी नेतृत्वले तपाईंहरूलाई टेरपुच्छर लगाएको छैन, पङ्गु बनाइरहेको छ भनिन्छ नि ?

पङ्गु बनिरहेको छ भन्ने त तपाईंहरूले नै देखिरहनुभएको छ नि । जे गर्छु भन्ने त्यो नगर्ने, जे गर्दिन भन्ने त्यही गर्ने, त्यो पङ्गु हुन्छ कि जे कुरा हो, त्यो कुरा जनताको बीचमा लिएर जाने, जनताको तागत लिएर आउने, त्यो सबैले बुझेकै कुरा हो । हिजो जनयुद्धमा जाादा पनि एउटा शक्तिले पङ्गु, गुलेली खेलाउन नजान्नेले बन्दुक उठाउने भन्थे, यी खिसीटिउरी गर्ने नेताहरूलाई इतिहासले विदा गरिसकेको छ ।

०     तपाईंहरू क्रान्तिको कुरा गर्नुहुन्छ । तर, आˆनो पार्टीभित्रको विकृतिको थुप्रो हटाउन सक्नुभएको छैन, जनताले कसरी विश्वास गर्ने ?

हो, यही विकृतिका विरुद्ध पनि यो संघर्ष हो । पार्टीभित्रको र समाजमा रहेका विकृतिका विरुद्धको संघर्ष हो, यो हाम्रो । अहिले दैनिकीका समस्याका कारण जनता आहत बनेका छन्, के यही यो शान्ति, यही हो लोकतन्त्र ? हजारौा युवाहरूलाई नयाा नेपालको सपना देखाएर क्रान्तिमा होमियो, तिनीहरू अलपत्र परिरहेका छन् । के यही हो शान्ति ? दुईचार हजार मानिसको बर्दीलाई यता र उता पार्दैमा शान्ति कायम गर्‍यौ भनेर कसैले घमण्ड गर्छ भने त्योजस्तो बज्रस्वााठ कोही होइन भनेर बुझ्दा कुन्छ । शान्ति जनताको दिलदिमागमा, समाज, शासन पद्धतिमा आउनुपर्‍यो । दिनदिनै भएका निर्णयहरूलाई हेरौा, कुनै निर्णयले कुनै नेपाली गरिबहरूलाई कुन भूमिहीन किसानलाई, कुन मजदुरलाई सम्बोधन गरेको छ । कुन जागिरेको अधिकारलाई सुनिश्चित गरेको छ । जताततै सुकेको खरानीजस्तो भएको छ । तीनचारजनाको कुर्सीका लागि गरिएको दिमागी कसरतले नेपालको अहिलेको अन्तरविरोध हल हुदैन, यसको निम्ति नया शिराबाट नया राजनीतिक सहमति हुनु जरुरी छ ।

०     जेठ १४ मा तपाईंहरूले भनेजस्तो जनसंविधान बन्ने निश्चित छ भनिहाल्नु भयो, अब के देशको स्थिति कस्तो हुन्छ त ?

अब देशमा नया संक्रमण सुरु हुन्छ । नया राष्ट्रिय ध्रुवीकरण सुरु हुन्छ, नयाा गतिविधि हुन्छन्, खराबहरूको अस्तित्व समाप्त हुन्छ, असलहरूको  उदय हुन्छ । एउटा नया राष्ट्रवादी ताकत र जनवादी ताकतको उदय हुन्छ ।

०     भन्नाले अब तपाईंहरू पुनः संघर्षमा उत्रनु हुन्छ ?

संघर्ष नगरेर राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य भएको होइन । केवल संसदीय प्रतिस्पर्धालाई मात्र जनताका ठान्नेहरूले गणतन्त्रको प्रगतिशील सुधार, विकास, परिवर्तनलाई सम्बर्द्धन गर्न सकेनन्, त्यसैले संघर्ष जानुको विकल्प छैन ।

०     जेठ १४ सम्म यही सरकारले निरन्तरता पाउाछ वा कुनै विकल्प सोच्नुभएको छ ?

यो सरकारको बहस नै ओझेलमा परिसक्यो किनकि नेपालमा राष्ट्रिय एजेन्डा संविधान कस्तो हुने र शान्तिको प्रकृति कस्तो हुने भन्नेतिर मोडिइसक्यो त्यसैले यो सरकार रहनु र नरहनुको कुनै अर्थ छैन ।

०     तपाईहरूको भावी कार्यक्रम के हो ?

पहिलो, जनताको पक्षमा जनसंविधान नै हो । जनताको संविधान बनाउनका निम्ति लाखौा, करोडौा जनताका हस्ताक्षर संकलन गर्ने अभियान सञ्चालन गर्ने, राष्ट्रिय स्वाभिमान, असमान सन्धि, सम्झौता र विधेयकहरूको विरोध गर्ने, जनताको दैनिकीका विषय शान्तिसुरक्षा, जनधनको रक्षाको सवाल र भ्रष्टाचार कमिसनतन्त्र र गलत ठेकेदारी प्रथाको विरुद्धमा संघर्ष थालिनेछ । यस्तै संघर्षका कार्यक्रमसागै महान् जनआन्दोलनको पुष्टि हुन्छ ।

०     अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

भोका, नाङ्गाहरूको आङ र पेट हेरेर लेखिने संविधानको औचित्य छ । त्यसलाई प्रगतिशील संविधानको रूपमा स्वीकार्न सकिन्छ । तर, कोही अध्यारो कुनाबाट कतैबाट ड्रˆट तयार पारेर जबर्जस्ती हृवीप जारी गरेर, टेबल ठटाउादैमा आएको संविधान नेपाली जनताको आक्रोश र आवेगको शिकार बन्न सक्छ । त्यसकारण यसमा विवेक पुर्‍याउनुपर्छ । अब नयाा ढङ्गले रजनीतिक बहस गर्नुपर्छ । किनकि हरेक क्षण परिवर्तनशील छन्, यो समयको माग र आवश्यकता जनताको मनोविज्ञान र भावना र राष्ट्रको अवस्थालाई हेरेर निर्णय लिने समय आएको छ । जसले यी कुरा बुझेर अग्रगामी निर्णय लिन सक्छन्, उनीहरू सफल हुन्छन् । जसले यही सम्पूर्ण हो, अरु गलत हो भनेर आफू महान् बन्न खोज्छन्, त्यसको पतन हुन्छ, यो इतिहासले पुष्टि गरिसकेको कुरा हो । त्यसैले अबको दुई महिना नेपाली जनता सचेत र सतर्क भएर बस्नु आवश्यक छ ।

नया नेपाल निर्माणका लागि माओवादीको विकल्प छैन

हस्तबहादुर केसी, केन्द्रीय सल्लाहकारएकीकृत नेकपामाओवादी

    एमाओवादी पार्टीभित्रको अन्तरसंघर्षलाई कसरी हेर्नुभएको ?

हाम्रो पार्टी एकीकृत नेकपा -माओवादी) एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एउटा अभिन्न अङ्ग पनि हो । अहिले एमाओवादी पार्टीभित्र विचारधारात्मक अन्तरसंघर्ष र दुईलाइन संघर्ष चलिरहेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण संघर्ष चल्दै आएको छ । माक्र्सवादी कार्यदिशाको विकास संशोधनवादी कार्यदिशाका विरुद्धको संघर्षका बीचबाट हुने गर्दछ । इतिहास साक्षी छ, माक्र्सवादको जन्मसितै संशोधनवाद पनि विकसित हुादै आएको छ । यो संघर्ष पहिलो इन्टरनेसनल कालमा अराजकतावाद र अवसरवादका विरुद्ध परिलक्षित रहेको थियो भने यो संशोधनवाद दोस्रो अन्तर्राष्ट्रिय कालमा मुख्यतः पुाजीवादको साम्राज्यवादमा परिणत भएपछिको अवस्थामा खुलेर प्रकट भयो । तेस्रो अन्तर्राष्ट्रियदेखि यता माक्र्सवाद-लेनिनवादको विकाससितै संशोधनवाद पनि विभिन्न रूपमा प्रकट हुादै आएको छ ।

हामी माक्र्सवादीहरूले बुझेको कुरा के हो भने वर्गसंघर्ष, सशस्त्र संघर्ष तथा सर्वहारा अधिनायकत्वको परित्याग र माक्र्सवादका आधारभूत सैद्धान्तिक मान्यताहरूको तोडमरोड तथा अपव्याख्या गर्नु संशोधनवाद हो । संशोधनवाद भनेको पुाजीवादी विचारधारा हो । जहासम्म अहिले एमाओवादी पार्टीभित्र चलिरहेको अन्तरसंघर्षको कुरा छ, यो गम्भीर विषय पनि हो । कम्युनिस्ट पार्टी भनेको विपरीतहरूको एकत्व हो । पार्टीभित्र चल्ने दुईलाइन संघर्षबाट पार्टीलाई नयाा ढङ्गको कम्युनिस्ट पार्टी बनाउनका लागि आवश्यक मद्दत पुग्दछ । अन्तरसंघर्ष वा दुईलाइन संघर्ष क्रान्तिकारी कम्युनिस्ट पार्टीको जीवन हो । अन्तरसंघर्ष वा दुईलाइन संघर्षका बीचबाट नयाा ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण हुन्छ । पार्टीलाई क्रान्तिकारी बनाइराख्नका लागि माक्र्सवाद-लेनिनवाद-माओवादको सैद्धान्तिक पथप्रदर्शन र क्रान्तिकारी कार्यदिशा, सांगठानिक सिद्धान्त तथा कार्यशैलीको एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले अवलम्बन गर्न अनिवार्यरूपमा आवश्यक हुन्छ ।

कम्युनिस्ट पार्टीभित्र दुइलाइन संघर्ष विभिन्न रूपमा चल्ने गर्दछ । अहिले एमाओवादी पार्टीभित्र पनि क्रान्तिकारी माक्र्सवाद र संशोधवादको बीचमा, क्रान्तिकारी माक्र्सवादी कार्यदिशा र संशोधनवादी कार्यदिशाका बीचमा दुईलाइन संघर्ष वा विचारधारात्मक अन्तरसंघर्ष भीषण रूपमा चलिरहेको छ । पालुङटार प्लेनमले पेस गरेको नेपाली क्रान्तिको जनविद्रोहको क्रान्तिकारी कार्यदिशालाई थाती राखेर पार्टीको मूल नेतृत्वले पुाजीवादीहरूले साम्राज्यवादीहरू  विस्तारवादीहरू र तिनका नेपाली दलालहरूले अघि सार्दै आएको शान्ति र संविधानसम्बन्धी दक्षिणपन्थी तथा संशोधनवादी कार्यदिशालाई आत्मसात गर्न पुगेपछि पार्टीभित्र दुईलाइन संघर्ष वा विचारधारात्मक अन्तरसंघर्ष भीषण बन्द गएको हो । नेपाली समाजमा वर्गसंघर्ष पेचिलो बन्दै गयो, त्यसको प्रत्यक्ष प्रतिबिम्ब पार्टीभित्र पर्नु अनिवार्य थियो, त्यसको परिणामले नै एमाओवादी पार्टीभित्र अन्तरसंघर्ष चर्किएको हो ।

गत माघ १ गते सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले अध्यक्ष क. प्रचण्डले प्रस्तुत गरेको शान्ति र संविधानसम्बन्धी दक्षिणपन्थी एवं संशोधनवादी कार्यदिशा र पार्टीका वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य ‘किरण’ ले प्रस्तुत गरेको नेपाली क्रान्तिको क्रान्तिकारी जनविद्रोहको कार्यदिशालाई थाती राखेर सामन्तवादी र साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघर्ष गणतन्त्रात्मक संविधान बनाउन अन्तिमसम्म प्रयत्न गर्ने, त्यसमा षड्यन्त्र भए जनविद्रोहमा जाने भन्ने निर्णय भएपछि यतिबेला पार्टीभित्र चलिरहेको अन्तरसंघर्ष केही मत्थर भएजस्तो छ । तर, पार्टीको मूल नेतृत्वले मधेसवादी दलहरूसाग गरिएको राष्ट्रघाती चार बुादे सम्झौतामा लोकतान्त्रिक संविधान बनाउने भन्ने मस्यौदामा हस्ताक्षर गरिसकेको र एमाओवादी कााग्रेस र एमालेसागको राष्ट्रघाती ७ बुादे सम्झौतापत्रमा जनमुक्ति सेनालाई विधिवतरूपमा निशस्त्रीकरण गर्ने र विघटन गर्ने सर्तमा हस्ताक्षर गरिसकेको हुनाले र जनमुक्तिसाग विघटनको अन्तिम बिन्दुमा पुगिसकेको छ, त्यसपछि देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरू एमाओवादीका विरुद्ध एकजुट भएर खनिनेवाला छन्, त्यसपछि पार्टीले अघि सारेको जनसंविधान निर्माण गर्न दिनेवाला छैनन्, त्यतिबेला जनविद्रोहको कार्यदिशा पुनः अगाडि आउनेछ र फेरि पार्टीभित्रको दुईलाइन संघर्ष र अन्तरसंघर्ष अरु पेचिलो बन्न अनिवार्य हुनेछ । ’cause संशोधनवादी कार्यदिशा बोकेको पार्टीको ठूलो हिस्सा फेरि पनि जनविद्रोहको कार्यदिशामा सामेल भएर अगाडि बढ्ने सम्भावना क्षीण भएर गएको छ ।

    तपाईं एक राजनीतिक विश्लेषक पनि हुनुहुन्छ, हालै एक बृहत् कार्यक्रममा एमालेले एमाओवादीभन्दा ˆनो लाइन ठीक भन्दै वास्तविक कम्युस्टि पार्टी एमाले भएको बताएको यस विषयमा के भन्नुहुन्छ ?

संशोधनवादीहरूले इतिहासदेखि नै आˆनो लाइन ठीक छ भन्दै आएका छन् र इमानदार कार्यकर्ताहरू आमजनतालाई भ्रमको खेती गर्ने र कम्युनिस्ट आन्दोलनलाई बिसर्जनमा पुर्‍याउादै आएका छन् । बर्नस्टिन, काउस्की, ख्रश्चोभ, ल्यु प्याओ चीलगायत सबै सशोधनवादीहरूले आफूलाई कम्युनिस्ट हुा नै भन्दथे । त्यस्तै एमाले पनि ख्रुश्चोभी नवसंशोधनवादको नेपाली प्रतिनिधि हो । जनताको बहुदलीय जनवादजस्तो ख्रुश्चोभी नवसंशोधनवादी विचारलाई आˆनो मार्गदर्शक सिद्धान्त बनाएको छ र माक्र्सवाद – लेनिनवादलाई तिलाञ्जली दिइसकेको छ । बहुलवादलाई एमालेले आˆनो आदर्श सिद्धान्त मान्दछ । तर, एमाओवादी भने माक्र्सवाद-लेनिनवाद-माओवादको मार्गनिर्देशन र पथप्रदर्शनमा चल्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी हो, जसले दस वर्षे जनयुद्ध सञ्चालन गरेर आएको पार्टी हो । जनमुक्ति सेनाको निर्माण, आधार इलाकाहरूको निर्माण, नयाा जनसत्ताहरू र जनकम्युनिस्टहरूको निर्माण र जनसरकारसमेत निर्माण गरेर समानान्तर सरकारसमेत चलाएर आएको पार्टी हो । र, एमाओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । माक्र्सवाद-लेनिनवाद-माओवादको क्रान्तिकारी मार्गनिर्देशनमा चल्ने क्रान्तिकारी कम्युनिस्टहरूलाई दक्षिणपन्थी संशोधनवादी पार्टीहरूलाई उग्रवामपन्थी, जड्सूत्रवादी र आतंककारीसमेत भन्दै आएका छन् । एमालेले पनि एमाओवादीलाई उग्रवामपन्थी जड्सूत्रवादी र आतंककारी भन्दै आएको छ । जनयुद्धको प्रक्रियाबाट सिˆट भएर संविधानसभामार्फत् जनताको चाहना र भावनाबमोजिम सामन्तवाद र साम्राज्यवादविरोधी सारतत्व भएको जनताको संघर्ष गणतन्त्रात्मक संविधान बनाएर नेपाली क्रान्तिका बााकी कार्यभार पूरा गर्ने गरी एमाओवादी यो अवस्थामा आइपुगेको र एमाओवादीको मूल नेतृत्व र सरकारको नेतृत्वसमेत गरेको पार्टीको एउटा ठूलै हिस्सा एमालेजस्तै बन्दै गएको, पार्टीको कार्यशैली र जीवनशैली पनि एमालेको भन्दा पनि अझै गिर्दै गएको र विचारका हिसाबले पनि दक्षिणपन्थी तथा संशोधनवादी बाटो पक्रादै गएको देखेर एमालेले सिङ्गो एमाओवादी पंक्तिलाई आफैाजस्तो देख्न पुगेर एमालेले त्यस्तो विश्लेषण गर्न पुगेको हो । तर, वास्तविकता एमालेले देखेजस्तो उसले भनेजस्तो होइन । एमाओवादी पार्टी क्रान्तिकारी पार्टी हो । नेपाली सर्वहारावर्गको राजनीतिक अगुवा दस्ता हो । र, एमाओवादी पार्टी नै नेपाली क्रान्तिको निणर्ायक नेतृत्वदायी शक्ति पनि हो ।  नेपाली क्रान्तिको बााकी कार्यभार पूरा गर्ने ऐतिहासिक अभिभारा पनि एमाओवादीको नै हो । जनताको बीचमा भ्रम छर्नका लागि मात्रै एमालेले त्यस्तो भनेको हो, वास्तविकता त्यस्तो होइन ।

    के त्यसो भए माओवादी ˆना लक्ष्यमा अडिग भन्न खोज्नुभएको हो ? के त्यसमा तथ्यगत आधारहरू बताइदिनुस् ?

हो, एमाओवादी पार्टीको सिङ्गो पंक्ति नेपाली क्रान्तिको आˆनो लक्ष्यबाट विमुख भएको छैन, अलग भएको छैन । मूल कुरा उसले लिएको विचार हो । यसले माक्र्सवाद-लेनिनवाद-माओवादलाई मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्त मान्दै आएको छ । माक्र्सवादको मूल कडीको रूपमा रहेको सशस्त्र संघर्ष, वर्गसंघर्ष र सर्वहारावर्गको अघि नायकत्वको सिद्धान्तलाई यसले परित्याग गरेको छैन । जनयुद्धको मूल्य, मान्यता र आदर्शलाई परित्याग गरिसकेको छैन । नेपाली क्रान्तिको आधार भनेकै दश वर्षे सशस्त्र जनयुद्ध हो । जनयुद्धको जगमा जनविद्रोह गर्ने भन्ने नीति र योजनालाई एमाओवादी पार्टीले परित्याग गरेको छैन । क्रान्तिको बाटो सरल रेखाबाट नभएर बाङ्गोटिङ्गो र विविध प्रकारका घुम्तीहरू पार गर्दै अघि बढ्ने गर्दछ । अहिले शान्तिप्रक्रियासाग जनसंविधान बनाएर नेपाली क्रान्तिलाई अगाडि बढाउने योजना र उद्देश्यका साथ संसद्वादी दलहरूसाग सहकार्य गर्दै अघि बढिरहेको छ । तर, पार्टीको मुख्य नेतृत्व र सरकारको नेतृत्वसमेत सम्हाली रहेकाहरूमा वैचारिक विचलन आएको र दक्षिणपन्थी अवसरवाद हावी हुादै गएका कारण व्यवहारमै बुर्जुवा शैलीको विकास भएको पक्कै हो र त्यसैले पार्टीभित्र दुईलाइन संघर्ष वा विचारधारात्मक अन्तरसंघर्ष चलिरहेको छ । यो अन्तरसंघर्षले पार्टीलाई रूपान्तरण गर्ने जनविद्रोहमार्फत् नेपाली क्रान्ति सम्पन्न गर्ने भन्ने नीति  आमरूपमा स्थापित भइसकेको हुनाले एमाओवादी पार्टी पूरै आˆनो लक्ष्यबाट विचलित भइसक्यो, भागिसक्यो भन्नचाहिा मिल्दैन ।

    तर, माओवादी विस्तारै ˆनो जनयुद्धका लक्ष्यबाट पछि हट्दै गएको के अझै माओवादीलाई जनताले विश्वास गर्छन्जस्तो लाग्छ ?

हो, तपाईंले भनेजस्तै केही समय माओवादी आˆनो जनयुद्धका लक्ष्यबाट पछि हट्दै गएकोचाहिा सत्य हो । ’cause पार्टीको नेतृत्वले शान्तिसम्झौता गर्ने नाममा जनयुद्ध समाप्त भएको घोषणा गर्नु, आधार इलाकाहरूको खारेजी, नयाा जनसत्ताहरू र जनसरकारहरूको विघटन गर्दै जानु, कार्यनीति र कार्यदिशा ठोस गर्ने र कार्यान्वयन गर्ने मामिलामा नै नेतृत्वले नै गडबढी गर्दै जाने जुन प्रवृत्तिहरू देखापरे, त्यसलाई एमाओवादी पार्टी आˆना लक्ष्यबाट पछि हट्दै गएको पनि सााचो हो । त्यति मात्र होइन, राष्ट्रघाती चार बुादे सम्झौता, बिप्पा सम्झौता, राष्ट्रघाती ७ बुादे सम्झौतामा हस्ताक्षर गर्नु र जनमुक्ति सेनालाई विधिवत्रूपमा विघटन गर्न पुग्नुले पार्टीले आˆनो जनयुद्धका लक्ष्यहरूबाट पछि हट्दै गएको देखिन्छ । तर, पनि यी तमाम खाले विचलनका विरुद्ध पार्टीभित्र दुईलाइन संघर्ष भीषणरूपमा चलिरहेको छ । दुईलाइन संघर्ष वा विचारधारात्मक अन्तरसंघर्षले पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्ने र नयाा ढङ्गको कम्युनिस्ट  निर्माण हुने माक्र्सवादी सच्चाईलाई सम्पूर्ण क्रान्तिकारी कार्यकर्ताहरू र आमजनताले बुझिकेका हुनाले नेपाली जनताले विश्वास गर्ने पार्टी भनेकै माओवादी पार्टी नै । ’cause अन्तरसंघर्ष भने धानबालीमा उमि्रएको झारपात उखेलेर ˆयाकेपछि किसानले राम्रो धान फलाएजस्तै हो । यसले पार्टीभित्रका संशोधनवादीहरू अवसरवादीहरूलाई किनारा लगाएरै भए पनि नया ढङ्गको पार्टी बन्दछ भन्ने विश्वास भएकाले नै जनताले यसलाई नै विश्वास गरेका हुन् र भोलि पनि गर्ने छन् । र, नेपाली क्रान्ति सम्पन्न गर्ने र नया नेपाल निर्माण गर्नका लागि माओवादीको विकल्प छैन । तपाईं ढुक्कै रहनुहोस् जनताले माओवादीलाई नै विश्वास गर्दछन् ।

    संविधान जारी हुने दिन नजिकिादैछ, तोकिएको समयमा तपाईंहरूले भनेजस्तो जनसंविधान आउाछ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

पार्टीको आमलक्ष्य त जनवाद, समाजवाद र साम्यवाद नै हो । तर, जनसंविधान निर्माण गर्ने पार्टीको तात्कालिक कार्यदिशा अर्थात् तात्कालिक कार्यनीति हो । कार्यनीतिले रणनीतिलाई सहयोग गर्दछ । नेपाली जनताको चाहना र भावनाबमोजिम जनसंविधान निर्माण गरेर नेपाली क्रान्ति सम्पन्न गर्नका लागि अघि बढ्ने भन्ने पार्टीको योजना हो । तर, पार्टीले यो गति र वर्गसंघर्षको बढ्दो चापलाई हेर्दा जनसंविधान तोकिएकै समयमा आउाछ भनेर मलाई पटक्कै विश्वास छैन । ’cause पार्टीमा नेतृत्वको ठूलो भूमिका हुन्छ । जनसंविधान बनाउने उद्देश्य हुन्थ्यो भने पार्टीको मूल नेतृत्वले जनयुद्धले निर्माण गरेको आधार इलाकाहरू र जनसत्ताको खारेज गर्ने थिएन, जनमुक्ति सेनाको विघटन गर्ने थिएन, देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूका सामु आत्मसमर्पण गर्दै राष्ट्रघाती सम्झौताहरू गर्ने नै थिएन । समयको ढिलाचाडो मुख्य विषय होइन, मुख्य विषय त विचारको हो । पार्टीका मुख्य नेतृत्व नै जनसंविधान बनाउने प्रश्नमा दृढ नभएको देखिएकोले मलाई जनसंविधान कुनै पनि हालतमा बन्न सक्दैन भन्ने पो लागेको छ । भन्नुहोस् न जनसंविधान निर्माणको आधारको रुपमा जनमुक्ति सेनालाई विघटन गर्ने, विगतका प्रतिबद्धताहरू पनि छोड्दै जाने, अनि जनसंविधान पनि बनाउने भन्ने कुरा आफैामा अन्तरविरोधी कुरा हो । यो तरिकाले जनसंविधान बन्दैन र त्यतिबेला हाम्रासामु जनविद्रोहमा जानुको विकल्प पनि रहने छैन ।

    अन्त्यमा थप केही भन्न चाहनुहुन्छ कि ?

तपाईंको लोकपि्रय यस क्षेप्यास्त्र साप्ताहिक पत्रिकामार्फत् देश संक्रमणकालीन अवस्थाको गम्भीर मोडमा उभिएको छ । यस अवस्थाको अन्त्य गर्ने एक मात्र साधन जनसंविधान निर्माणको सवाल हो । तर, देशी, विदेशी प्रतिक्रियावादीहरू जनसंविधान कुनै पनि हालतमा बन्न नदिने दौडमा छन् । पार्टीको नेतृत्व पनि उनीहरूका पछिपछि लत्रादै आएको छ । यदि जनसंविधान बन्न दिइएन भने नेपाली जनताले विद्रोह गर्ने छन् । हामी त्यसको नेतृत्व गर्ने छौ र नेपाली क्रान्तिलाई विजयसम्म पुर्‍याउने छौा । सबैलाई यसैमा दृढ भएर अगाडि बढ्न आग्रह गर्दछु ।

सबै वामपंथी, लोकतन्त्रवादी तथा देशभक्त क्रान्तिकारीहरु एकताबद्ध भई सचेत तथा साहसपूर्वक स्वणरीम क्षितिज तिर अघि बढौं

रामबहादुर थापा ‘बादल’, महासचिव- एनेकपा माओवादी

०     हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीभित्रको तमाम विवादहरु समाधान गर्‍यो भनियो तर व्यवहारमा त्यस्तो देखिएन नि ?

केन्द्रीय समितिको विशेष बैठकले पार्टीमा उत्पन्न गम्भीर समस्याहरुको समाधान गर्न व्यापक बहसपश्चात् एउटा साझा नीति तथा विधि तय गरेको थियो । जनयुद्ध दिवससम्म त्यो अंशतः कार्यान्वयन भयो । त्यसले भित्र र बाहिर आमरुपमा आशाको सञ्चार पनि गर्‍यो । तर, त्यसपछि त्यसले निरन्तरता प्राप्त गर्न सकेको छैन, अपितु पार्टी पुनः पुरानै ठाउामा फर्किरहेको त छैन भन्ने प्रश्नहरु उठ्न थालेको छ । शान्ति, संविधान, सरकार तथा संगठन’bout जे-जति सहमति भएका थिए कतै ती सबै धरापमा पर्ने त होइनन् भन्ने आशंकाका काला बादलहरु फेरि मडारिन थालेका छन् । यसले हतोत्साहित भएका शत्रुहरु फेरि उत्साहित भएका छन्≤ जनता तथा कार्यकर्ताहरु चिन्ता तथा अकर्मण्यताले पिरोलिएका छन् । स्थायी कमिटी तथा कार्यालयको बैठक निरन्तर बसिरहेको छ । तर, त्यसले उत्पन्न गत्यारोध चिर्न सकेको छैन । आशा गरौ, यो अवस्था कुनै न कुनै रुपमा छिट्टै अन्त्य हुनेछ ।

०     पार्टीले जनयुद्धताका उठाएका मुद्दाहरु ओझेलमा परेका छन्, के साच्चै माओवादी पार्टी आˆनो लक्ष्यबाट चुकेकै हो त ?

 निसन्देह जनयुद्धले उठाएका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका मुद्दाहरु बृहत् शान्ति सम्झौतापश्चात् क्रमशः ओझेलमा पर्दै गएको छ र त्यसको ठाउ यथास्थितिवादले ओगट्दै गइरहेको छ । परिणामतः यसले माओवादी पार्टी आˆनो लक्ष्यबाट चुकेकै हो त भन्ने गम्भीर प्रश्न जन्माएको छ । निश्चय पनि यो नकारात्मक स्थिति पैदा हुनुमा आन्तरिक कारण नै प्रमुख हुन आउाछ । यसको स्वाभाविक अर्थ- एकातिर पार्टीले आफूमा अन्तरनिहित विविध प्रवृत्तिहरुलाई नियन्त्रण एवं रुपान्तरण गर्न नसक्नु हो भने अर्कोतिर वर्गसंघर्षका नीति तथा विधिहरुमा सामयिक विकास गरी व्यावहारिक सफलता हासिल गर्न नसक्नु पनि हो । त्यसैले राजनैतिक दृष्टिले मुख्यतः दक्षिणपन्थी बिसर्जनवाद जो वस्तुतः राष्ट्रिय एवं वर्ग -आत्मसमर्पणवादको रुपमा प्रकट भइरहेको छ) का विरुद्ध भित्र र बाहिर निणर्यक रुपमा संघर्ष गर्न जरुरी छ । यो क्रममा नै जनयुद्धले उठाएका मुद्दाहरुलाई नयाँ उचाइमा पुनस्र्थापित गर्न सकिन्छ ।

०     अहिले हप्ता-१० दिनभित्र जनसेनाका शिविरहरु खाली गराउने भनेर तपाईंकै पार्टीका अध्यक्षले भनिरहनु भएको छ । के अब तपाईंहरु जनसेनालाई समायोजनको नाममा विलय गराउन तयार हुनुभएको हो ?

बृहत् शान्ति सम्झौतालाई बुझ्ने तथा कार्यान्वयन गर्ने पार्टीको निर्धारित नीति, विधि’bout पार्टीभित्र गम्भीर मतभेद रहेको कुरा सर्वविदितै छ । तथापि भर्खरै सम्पन्न केन्द्रीय समितिको विशेष बैठकले ‘शान्ति, संविधान, सरकार, सडक’ लाई एकीकृत एवं अविच्छिन्न प्रक्रियाको रुपमा अघि बढाउने नीतिमा विशेष जोड् दिएको छ । अन्तरिम संविधानले पुरानो सेनाको लोकतान्त्रिकरण र जनमुक्ति सेनाको व्यावसायीकरण गरी नयाँ राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत दुवै सेनाको समायोजन गर्दै राष्ट्रिय सेना निर्माण गर्ने संवैधानिक मान्यता स्थापित गरेको छ । यसको साथै, बृहत् शान्ति सम्झौता तथा अन्य राजनैतिक सहमतिहरुले पनि जनमुक्ति सेनाको ‘विलय’ वा आत्मसमर्पणको सिद्धान्त प्रतिपादन गरेको छैन । निश्चय पनि जनसेनाका शिविरहरु अनन्तकालसम्म कायम रहन सक्तैनन् । राष्ट्रिय समस्याहरुको समग्र समाधानसहित ती सबै शिविरहरु नयाँ राष्ट्रिय सेनाका ब्यारेकहरुमा रुपान्तरित हुनेछन् । अन्यथा, षड्यन्त्र भएमा ती प्रतिरोधका मोर्चाहरुमा परिणत हुनेछन् ।

०     पार्टीभित्र चरम् आर्थिक अनियमितता भइरहेको छ भनेर आवाज उठिरहेको समयमा त्यसको छानबिन गर्न छाडेर फेरि वाइसिएललाई आर्थिक प्याकेज दिने भन्दै सभासद् र अन्य व्यक्तिबाट चन्दा उठाउने कुरा प्रचारमा आएको छ, यो कतिको जायज हो ?

केन्द्रीय समितिमा क. प्रचण्ड तथा क. किरणद्वारा प्रस्तुत दुवै प्रस्तावहरुमा पार्टीमा चरम् व्यक्तिवाद हावी हुादै गएको र त्यसले पार्टीलाई फुट तथा बिसर्जनको दिशातिर धकेल्दै लगिरहेको तथ्य उजागर गरिएको छ । कम्युनिस्ट पार्टीभित्र ‘भ्रष्टाचार’ मौलाउनुको अर्थ व्यक्तिगत महत्वाकांक्षा तथा स्वार्थलाई प्राथमिकता एवं प्रमुखता दिनु हो । यसको अन्तिम तात्पर्य पार्टीमा वैचारिक एवं राजनैतिक विचलन प्रबल बन्दै जानु हो । त्यसैले, यसको क्रान्तिकारी एवं वैज्ञानिक समाधानका लागि मुख्यतः वैचारिक, राजनैतिक पक्षमा जोड् दिादै प्राविधिक एवं पद्धतिगत पक्षमा पनि उचित ध्यान दिनु पर्दछ । यसै सन्दर्भमा वाइसिएल समस्या’bout पार्टीमा ठोस वैचारिक एवं संगठनात्मक कदम उठाउने निर्णय भएको छ । अहिले त्यो कार्यान्वयवनको प्रक्रियामा छ ।

०     डा. बाबुराम भट्टराईलाई धोबीघाट भेलामार्फत् तपाईंहरुले नै सरकारको नेतृत्वमा पुर्‍याउनुभयो । तर, भट्टराई प्रधानमन्त्री बनेपछि राजनीतिक रुपमा सबैभन्दा बढी घाटा तपाईंहरुकै विचार समूहलाई भयो भनिन्छ नि ? स्वीकार्नुहुन्छ ?

निश्चय पनि उपाध्यक्ष क. बाबुरामलाई केन्द्रीय समितिले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आˆनो प्रतिनिधि तय गरेको हो । हाम्रो विचार समूहको सहमति रहेको कुरा पनि शतप्रतिशत सत्य हो । तर, पार्टी तथा हाम्रो विचार समूहको निर्णयबाट उहाँ कदापि प्रधानमन्त्री बन्नु भएको होइन । ऐतिहासिक तथ्य के हो भने उहाँ कतिपय दृश्य तथा अदृश्य शक्तिहरुसाग भएको ‘चारबुँदे सहमति’ को वरदानस्वरुप प्रधानमन्त्री बन्नु भएको हो । बिप्पादेखि जग्गासम्मका परिघटनाहरुले यो कुरोलाई अकाट्यरुपमा पुष्टि गरिसकेको छ ।

हो, पार्टीले आˆनो कुनै पनि सदस्यलाई पार्टी, जनता तथा राष्ट्रको हितहरुको रक्षा एवं विकासका लागि कुनै पनि मोर्चामा पठाउन सक्दछ । यदि उक्त पात्रले इमानदारीपूर्वक आˆनो दायित्व निर्वाह गर्दछ भने त्यसले सबैको हित गर्दछ र त्यो प्रतिनिधि पनि महान् एवं गौरवशाली बन्दछ । तर, यसको विपरीत भयो भने त्यो पार्टी, जनता एवं राष्ट्रप्रति गम्भीर विश्वासघात बन्न पुग्दछ । दुर्भाग्यवश आज त्यही भइरहेको छ । ऐतिहासिक नियम के हो भने कतिपय बेला कार्यनीतिक घाटाले रणनीतिक लाभ हुन्छ र कतिपय बेला कार्यनैतिक लाभले रणनैतिक घाटा हुन्छ । अहिले हाम्रो अन्तरसंघर्ष तथा वर्गसंघर्षमा ठीक यही परिघटना चरितार्थ भइरहेको छ ।

०     सरकार परिवर्तनको कुरा उठिरहेको छ, कहिलेसम्म राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना छ ?

केन्द्रीय समितिले अबिलम्ब राष्ट्रिय संयुक्त सरकारको गठनका लागि पहल गर्ने निर्णय गरेकै हो । अन्य दलहरुसाग पनि यही सहमति हुादै आएको हो । पार्टीका केन्द्रीय निकायहरुमा सदैब यो निर्णय कार्यान्वयनको प्रश्न उठने गरेकै छ । तर, यसले मूर्तरुप लिन अद्यावधि कुनै लक्षण देखापरेको छैन । बरु घटनाक्रम ठीक उल्टो दिशातिर उद्यत भइरहेको छ । ’cause, प्रतिगामी शक्तिहरु माओवादीलाई प्रथमतः ‘आत्महत्या’ गराउने कदाचित त्यो षड्यन्त्र असफल भएमा अन्ततः ‘हत्या’को षड्यन्त्रलाई अघि बढाउने नीतिअन्तर्गत क्रियाशील भएको तथ्य दिनप्रतिदिन स्पष्ट हुादै गइरहेको छ । त्यसैले शिविर खाली नहुादासम्म अर्थात् जनमुक्ति सेनालाई यो या त्यो रुपमा पूर्णतः आत्मसमर्पण नगराउादासम्म संयुक्त सरकार तथा संविधान निर्माणको प्रक्रियालाई अघि नबढाउने उनीहरुको घोषित नीति रहादै आएको छ । यति मात्रै होइन, यथास्थितिवादी संविधान बनाउने कुरामा सहमति अर्थात् राजनैतिक आत्मसमर्पण नहुँदासम्म संविधान बन्न नदिने प्रतिगामीहरुको चक्रब्यूह पनि स्पष्टै छ । यसका साथै प्रायोजित एवं निर्देशित ‘विधेयक’हरु पारित नहुादासम्म नाकाबन्दी र धम्कीहरुको बम वषर्ा पनि उनीहरु निरन्तर गर्दै आइरहेका छन् । पार्टी तथा जनतामा फुट, चौतर्फी घूसपैठ तथा उत्तेजनात्मक प्रचार अभियान पनि चलाइरहेका छन् । यो गम्भीर चुनौतिलाई सफलतापूर्वक सामना गर्न सर्वप्रथम क्रान्तिकारी विचार, कार्यदिशा तथा पद्धतिप्रति दृढ रहादै आन्तरिक एकतालाई मजबुत गरी व्यापक जनपरिचालनबाट जनताको शान्ति, संविधान तथा संयुक्त सरकारको आकांक्षालाई मूर्तरुप दिन सकिन्छ ।

० पार्टीले तपाईंलाई भावी प्रधानमन्त्रीका लागि उभ्याएको छ भनिन्छ, के सााच्चै भविष्यमा हामीले तपाईंलाई प्रधानमन्त्रीको रुपमा पाउन सक्छौा ?

यो मिडियाको प्रचारबाजी मात्र हो । पार्टीले यस प्रकारको कुनै निर्णय गरेको छैन । संयुक्त राष्ट्रिय सरकारको गठन गर्न ठोस पहल गर्न केन्द्रीय समितिले निर्णय गरेको छ । नेतृत्व’bout पार्टीले सबै विकल्पहरु खुला राखेको छ ।

०     संविधान जारी गर्ने दिन नजिकिदै छ, समस्याहरु ज्यका त्यू छन्, यस्तो अवस्थामा तपाईंहरुले चाहेजस्तो संविधान आउला र ?

राष्ट्र र जनताका समस्याहरु फगत् ज्यूँका त्यूँ छैनन्, अपितु विकराल एवं विस्फोटक बन्दै गइरहेका छन् । लाखौ बेरोजगार युवायुवतीहरुको विदेश पलायन, आमअराजकता, महँगी, भ्रष्टाचार तथा तस्करीका नयाँ-नयाँ कीर्तिमानहरु, राजधानीको मुटुमा दिनदाहाडै हत्या एवं विस्फोटन, साम्राज्यवादीहरुको नाङ्गो हस्तक्षेप तथा अतिक्रमणमा अभूतपूर्व वृद्धि, आदि आर्थिक, राजनैतिक तथा सांस्कृतिक संकटहरुले राष्ट्र र जनताले चाहे जस्तो संविधान -नयाँ नेपाल) टड्कारो भएको स्पष्ट हुन्छ । तर, त्यो संविधान कसले ल्याउने र बनाउने भन्ने प्रश्न सर्वाधिक महत्वको विषय हो । निसन्देह त्यो क्रान्तिकारी नेतृत्व तथा जनताको ऐतिहासिक पहलकद्मी तथा हस्तक्षेपकारी भूमिकाबाट सम्पन्न हुन सक्तछ । हामी इतिहास निर्माणको द्वन्द्वात्मक नियमप्रति विश्वस्त भएकोले आज वा भोलि सहिदहरुको सपना निश्चय पनि साकार हुनेछ ।

०     तपाईंहरुले चाहे जस्तो संविधान नबने के गर्नुहुन्छ ? भावी योजना केही छ ?

राष्ट्र स्वाधीन नभए के हुन्छ ? राष्ट्रिय स्वाधीनताको लडाइा भिन्नरुपमा जारी रहने छ । जनताहरुले मुक्ति नपाए के हुन्छ ? त्यो नयाँ अनुभवसहित अघि बढ्ने छ । उत्पीडित वर्ग र जातिहरुले शासन एवं शोषणमाथि विजय नपाए के हुन्छ ? असफलता तथा हारबाट सिक्दै पूर्ण विजयका लागि नयाँ अभियान सुरु हुनेछ । आधा आकाश तथा धरती ओगट्ने महिलाहरु, दलित तथा धार्मिक अल्पसंख्यकहरुले सामन्तवाद, साम्राज्यवादको एकाधिकारबाट छुट्कारा नपाए के हुन्छ ? उनीहरु अझै एकताबद्ध हुादै विशेषाधिकार तथा समानताको निम्ति सहिदपथमा लामबद्ध हुनेछन् । सारमा भन्नु पर्दा नेपालको जनक्रान्ति नयाँ संश्लेषण तथा नयाँ संकल्पसहित आˆनो गन्तव्यतिर अग्रसर हुनेछ ।

प्रतिगामी शक्तिहरु दोहोरो कार्यनीति-‘आत्मसमर्पण तथा दमन’ अनुसार अघि बढिरहेको कुरा अहिलेसम्मका परिघटनाहरुले पुष्टि गरिसकेका छन् । त्यसैले, अग्रगामी शक्तिहरुले पनि दुई कार्यनीति- ‘अधिकार तथा प्रतिरोध’ अनुसार आˆनो योजनाहरु निर्माण गर्नुपर्दछ । जेठ १४ गतेपश्चात् नयाँ त्रिपक्षीय प्रक्रियाको थालनी हुनेछ र त्यसको कुल परिणाम र ठोस स्वरुपको निर्धारण तात्कालीन वर्गशक्ति सन्तुलनले तय गर्नेछ । अहिले सबै पक्षहरु त्यसको सम्भावित स्वरुपहरुको आाकलन तथा तयारीमा जुटेका छन् ।

०     माओवादी पार्टी अझै पनि आˆनो लक्ष्यमा दृढ छ भनेर आमनेपालीलाई आश्वस्त पार्न सक्नुहुन्छ ? कसरी ?

 वैचारिक एवं राजनैतिक दृष्टिले हामीले हाम्रो क्रान्तिकारी विचार, कार्यदिशा तथा नेतृत्वको पक्षमा भित्र र बाहिर निरन्तर संघर्ष गर्दै आएका छौा र यो प्रक्रियालाई अविचलित रुपमा अघि बढाउादै जानेछौा । व्यवहारिक दृष्टिले राष्ट्र तथा जनताको पक्षमा कोरा सैद्धान्तिक बहसमा सीमित नभई त्यसलाई ठोस वर्गसंघर्ष -संगठन तथा संघर्षका सबै रुपहरुको अभ्यास) तथा बलिदानमा रुपान्तरण गर्ने कुरामा हामी जोड् दिन चाहन्छौ । सिद्धान्त र व्यवहार, विवेक र बलिदान, सिर्जना र साहस, वर्गसंघर्ष र अन्तरसंघर्ष, …आदि वस्तुका दुवै पक्षलाई द्वन्द्वात्मक रुपमा संयोजन एवं परिचालन गर्दै जीवन र जगत्लाई बुझ्न र बदल्न सकेमा मात्र अन्ततः जनतालाई आश्वस्त र विश्वस्त पार्न सकिन्छ भन्ने तथ्यमा हामी सुस्पष्ट छौा ।

०     अत्यमा थप केही भन्न चाहनुहुन्छ ?

अहिलेको तात्कालीन परिस्थिति बाहृयरुपमा अन्धकारमय जस्तो देखिए पनि यसको अन्तर्यमा उज्यालो हुर्किरहेको छ । आजको कठिनाई तथा जटिलताले असीम प्रसव पीडा दिए तापनि यसको गर्भमा नयाँ नेपालको सुन्दर शिशु बाहिर आउन छट्पटी रहेको छ । निश्चय पनि सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद तथा ’emका दलालहरुले गम्भीर चुनौतिहरु तेस्र्याए पनि करोडौा जनताको आमूल परिवर्तनका अपराजेय आकांक्षाहरुले उज्ज्वल सम्भावनाहरु पनि पैदा गरेका छन् । आज नेपाली समाज युगान्तकारी उथलपुथलको ऐतिहासिक प्रक्रियाबाट अघि बढिरहेको छ । आउनुहोस्, हामी सबै वामपन्थी, लोकतन्त्रवादी तथा देशभक्त क्रान्तिकारीहरु एकताबद्ध भई सचेत तथा साहसपूर्वक स्वणिर्म क्षीतिजतिर अघि बढौ ।

पार्टीभित्र विकृति बढ्दै गएको छ ।

नारायण शर्मा पौडेल, पोलिटब्युरो सदस्य- एनेकपा माओवादी

०     पछिल्लो केन्द्रीय समितिको बैठकबाट माआवादी पार्टीभित्रको विवाद सुल्भिmयो भन्ने थियो तर व्यवहारमा त्यस्तो देखिएन नि ?

कम्युनिस्ट पार्टीभित्र विचार, बहस एवं विवाद हुनु स्वभाविक नै हो । कुनै समय विवाद एवं बहस उच्च गतिमा हुन्छ भने कहिले मन्द गतिमा हुन्छ । कम्युनिस्ट पार्टीभित्र त्यो निरन्तर चलिरहन्छ । केन्द्रीय समितिबाट सबै विषयमा सहमति भएको होइन, केही विषयमा मात्र सहमति भएको हो । पार्टीको आगामी कार्यदिशा’bout बहस जारी नै छ । बहस एकताको लागि जारी छ पार्टीमा पूरा सैद्धान्तिकरूपमा एकता भएको छैन । राजनीतिक तहमा केही जटिलताहरू छन् । त्यसलाई व्यापक बहस गर्दै अगाडि बढ्छौा ।

०     तर, बहस जारी छ भन्दा पनि पार्टीले गरेका निर्णयहरू नै कार्यान्वयन नभएपछि त्यसले पार्टीको छविमा आाच पुर्‍याउादैन र ?

हो, हाम्रो पार्टीमा निर्णय गर्ने तर कार्यान्वयन गर्न नसक्ने केही कमजोरी छ । कार्यकर्ताबीच यस विषयलाई लिएर रोचक ठट्टासमेत हुने गरेको छ । क्रान्तिकारीहरूले हार खानु हुादैन । निरन्तर क्रान्तिको मार्गमा अगाडि बढ्नुपर्छ । अब हामी जनताका पक्षमा ठूलाठूला निर्णय गर्दै कार्यान्वयनको चरणमा प्रवेश गर्नुपर्छ । निर्णय कार्यान्वयन नगर्दा जनतामा विश्वासको वातावरण कम हुादै गएको छ ।

०     अहिले तपाईंको पार्टीको नेतृत्वमा सरकार छ तर सरकारको कार्यशैली हेर्दा जनता रुष्ट छन्, त्यसले त पार्टीको छविमा समेत आाच पुर्‍यायो होइन र ?

सरकार माओवादीको नाममा छ तर काम त्यस्तो हुन सकिरहेको छैन । माओवादीको सिद्धान्तको आधारमा सरकार बन्छ भने त्यो सााच्चिकै अर्थमा माओवादीको सरकार बन्नुपर्छ तर होइन, सरकार त्यो दिशामा अगाडि बढ्न सकेको छैन । नाम मात्र माओवादी व्यवहारमा खाओवादी हुने हो भने त्यसले जनतामा पार्टीको छवि गिर्छ । अहिले माओवादी नेतृत्वको सरकारलाई सबैतिरबाट असफल बनाउने, माओवादीको सरकार पनि कस्तो हुने रहेछ भन्ने देखाउने, भट्टराई, पुष्पमकल दाहाल सबै उस्तै त हुन नि भन्ने पार्ने भ्रम छर्ने षड्यन्त्र भइरहेको छ । माओवादीलाई असफलसिद्ध गर्न विभिन्न क्षेत्रबाट आक्रमण भएको छ । त्यसबाट क्रान्तिकारीहरू विचलित हुनुहुादैन । माओवादी विचारधारालाई असफलसिद्ध गरेर माओवादीलाई क्रान्तिकारी धारबाट विमुख बनाउने प्रपञ्च भइरहेको छ । यो खतराबाट पार्टी नेतृत्वले पाठ सिकेर अगाडि बढ्न जरुरी छ ।

०     तपाईंहरू पूरै मुलुकलाई रूपान्तरण गर्छु भनेर जनयुद्धमा लाग्नुभयो तर आˆनै पार्टीलाई रूपान्तरण गर्न सक्नु भएन नि ? यो स्वीकार्नु हुन्छ ?

पार्टीलाई रूपान्तरण गर्न नसकिएको कुरा सही हो । पार्टीभित्र विकृति बढ्दै गएको छ । विश्व समाजलाई शिक्षा दिन सकिन्छ भनेर सुरु गरिएको हाम्रो आन्दोलनमा आफैा रूपान्तरण हुन नसक्दा एउटा दुःखद् अवस्था आइपरेको छ । नेपाली राजनीतिमा अन्य पार्टीको नेतृत्वको तुलनामा हाम्रो पार्टीको छवि आफैा राम्रो छ । तर, कम्युनिस्ट संघर्षमा लाग्नुपर्छ । त्यसले पार्टीलाई सिद्धान्तअनुसारको व्यवहारमा पुर्‍याउाछ ।

०     संसद्वादी पार्टीहरूले माओवादीलाई दाह्रा र नङ्ग्रा नभएको बाघजस्तामे बनाउाछौा भन्थे ठ्याक्कैं त्यस्तै अवस्था आयो नि होइन ?

हाम्रो पार्टी त्यस्तै अवस्था त पुगेको छैन । जनता, राष्ट्रको सेवा गर्न माओवादी तयार छ । कसैले चाहादैमा माओवादी पार्टीलाई दाह्रा र नङ्ग्रा नभएको बाघजस्तो बनाउन सक्दैन । संसद्वादीहरू त्यसतर्फ लागेका छन् तर उनीहरूको चाहना कदापि पूरा हुादैन । संसद्वादीहरू जसरी हुन्छ, विश्वबाट कम्युनिस्टलाई ध्वस्त पार्न लागेका छन् । त्यो उनीहरूको सपना कदापि पूरा हुादैन । जनतालाई अधिकार सम्पन्न बनाउने सवालमा हामी जस्तोसुकै कामकारवाही गरेर अगाडि बढ्न तयार छौा । हामीलाई कसैले दाह्रा र नङ्ग्रा नभएको बाघ बनाउन सक्दैन । त्यस्तो प्रयास कसैले गर्छ भने ऊ आफैा सिद्धिएर जान्छ भन्नेमा शंका नगर्दा हुन्छ ।

०     राष्ट्रिय सरकार बनाउने विषयमा कुरा उठेको थियो, त्यस विषयमा के भइरहेको छ ?

राष्ट्रिय सरकार गठनको विषयमा पार्टीभित्र र बाहिर बहस चलेको छ । अहिलेको आवश्यकता पनि राष्ट्रिय सहमतिकै सरकार हो । पार्टीका नेताहरू राष्ट्रिय सहमतिको सरकार गठनमा जुटेका छन् । नेपालको राजनीतिमा भारतको हस्तक्षेप रहादै आएको कुरा सर्वविदितै छ । यस सन्दर्भमा राष्ट्रिय सहमतिको सरकार बनाउन नदिने वातावरण चलिरहेका छन् । हामीलाई लाग्छ, त्यस्तो षड्यन्त्रलाई चिर्दै हामी राष्ट्रिय सहमतिको सरकार गठन गर्न सक्छौा । मुलुकलाई शान्ति र संविधान दिन पनि अब राष्ट्रिय सहमतिको सरकारको विकल्प छैन । नेताहरू त्यसतर्फ गम्भीर बन्न जरुरी छ ।

०     जेठ १४ भित्र तपाईंहरूले चाहेजस्तो संविधान आउनेमा विश्वस्त हुनुहुन्छ ?

हामीले चाहेजस्तो संविधान बन्ने अवस्था छैन । तर, हामी त्यसअनुकूलको वातावरण तयार गर्ने प्रयासमा छौा । हाम्रो प्रयास जनता, राष्ट्रको पक्षमा हुने खालको संविधान बनाउन केन्दि्रत हुन्छ । तर, संसद्वादीहरू जनतालाई मालिक बनाउने खालको संविधान बनाउन चाहादैनन् । त्यसबाट हामी सजग हुनैपर्छ । जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउने प्रयास हाम्रो पार्टीले अन्तिम अवस्थासम्म गर्छ । हामी षड्यन्त्रलाई चिर्दै अगाडि बढ्ने प्रयास गर्छौं ।

०     जनताले चाहेजस्तो सविधान नबनेपछि तपाईंहरूले जनतालाई धोका दिएको भएन र ?

हाम्रो अन्तिम लक्ष्य समाजवाद नै हो । तत्कालीन लक्ष्य नयाा जनवादमा पुग्ने हो । अहिले हामीले भनेजस्तो संविधान बनेन भने पनि हाम्रो लक्ष्य जारी रहन्छ । हामी आˆनो लक्ष्यबाट विचलित हुनुहुादैन । जनतालाई दिएको बाचा जसरी पनि पूरा गर्नु जरुरी छ । हामी जनतालाई कुनै पनि धोका दिन सक्दैनौा । जनताका सपना पूरा गर्ने हाम्रो दायित्व हो । हामी हाम्रो लक्ष्यप्रति दृढ छौा । हामी हाम्रो लक्ष्यप्रतिको मार्गमा अडिग छौा ।

०     भनेपछि अहिले तत्काल जनविद्रोह सम्भव छैन ?

तत्काल जनविद्रोह सम्भव छैन, तत्काल त्यस्तो वातावरण पनि देखिादैन । शान्तिपूर्ण तरिकाले क्रान्ति हुन्छ भन्ने कुरा हामी सैद्धान्तिकरूपमा विश्वस्त छैनौा । शान्तिपूर्ण तरिकाले क्रान्ति नहुने भएपछि जनविद्रोहको विकल्प छैन । हामी जनविद्रोहमार्फत् क्रान्ति सम्पन्न गर्ने गरी अगाडि बढ्नुपर्छ । विद्रोहको वातावरण बनिहाल्यो भन्ने कुरा अहिले छैन । तर, हामीले त्यस्तो वातावरण बनाउने कार्य पहलकद्मी लिनैपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा वातावरण तयारपछि विद्रोह गर्न कसैले रोक्न सक्दैन, त्यतिबेला विद्रोह हुन्छ ।

०     अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

मुलुक अहिले संक्रमणकालबाट गुजि्ररहेको छ । हामी राष्ट्रको परिवर्तनको लागि जस्तोसुकै कदम चाल्न पनि पछि पर्नु हुादैन । पार्टीभित्र देखापरेका कमीकमजोरीलाई सच्याउादै अगाडि बढ्नुपर्छ । पार्टीलाई सुधार गरेर रूपान्तरण गरेर अगाडि बढ्नुपर्छ । हामी बलियो हुनको लागि पार्टीलाई सुदृढीकरण गर्दै हाम्रो लक्ष्य प्राप्तिको दिशातर्फ अगाडि बढ्न पार्टी एकढिक्का हुनुपर्छ ।

जनविद्रोह परिस्थितिले सिर्जना गर्ने कुरा हो

धर्मेन्द्र बास्तोला, पोलिटब्युरो सदस्य- एनेकपा माओवादी

०     केन्द्रीय समितिको बैठकबाट माओवादी एकढिक्का भएको नेपाली जनताले देख्न पाएनन् नि ?

आमजनताले पार्टी एकढिक्का भएर अगाडि बढेको हेर्नै चाहन्छन् । हाम्रो पार्टी यतिबेला त्यही दिशातर्फ अगाडि बढेको छ । पार्टी सम्मानजनक सेना समायोजन, साम्राज्यवाद, सामन्तवाद विरोधी सारतत्व भएको जनताको संघीय गणतन्त्रको संविधान बनाउनुपर्छ भन्ने कुरामा एकमतले सहमत भएको छ । यस विषयमा नेतृत्वबीच कुनै मतभेद छैन । हाम्रो योजनाविरुद्ध एवं जनताको चाहनाविरुद्धभित्र र बाहिरबाट हरेकखालका हत्कण्डा हुन सक्छन् । हामी त्यसलाई चिर्न सक्ने गरी अगाडि बढ्नुपर्छ । जनयुद्ध दिवससम्म आउादा देशव्यापी प्रशिक्षण सम्पन्न भएको छ । त्यस क्रममा पार्टी एकढिक्का भएको अनुभूति सम्पूर्ण कार्यकर्ता पंक्तिको रहेको छ । जनताले चाहेको दिन आउन अझै केही समय एवं मेहनत लाग्न सक्छ । त्यसतर्फ हामी सजग एवं जागरुक हुादै अगाडि बढ्दैछौा ।

०     माओवादी ठूलाठूला निर्णय गर्छ तर कार्यान्वयनको चरणमा एकदम कमजोर देखिएको तपाईंकै कार्यकर्ताको आरोप रहेको छ नि ?

निर्णय कार्यान्वयनमा गएन भन्ने आरोप सापेक्षरूपमा सही हो । नेपाली राज्यसत्ता जनताको हातमा भइदिएको भए जति निर्णय जनताका हितमा गरिन्छ ती सबै कार्यान्वयनमा जानसक्ने हुन्थ्यो । तर, यतिबेला सत्ता सामन्ती, नोकरशाही, दलाल, पुाजीपतिवर्गको हातमा हुने, सरकार माओवादीको नेतृत्वमा हुने जुन अवस्था छ । यही कारण पनि जति निर्णयहरू गरिन्छ, त्यो कार्यान्वयनको चरणमा जान नसकेको हो । गरिएका निर्णय कार्यान्वयनमा लान सबै जनता, कार्यकर्ता संघर्षमा जानुपर्छ । कडाइका साथ अगाडि बढ्ने हो भने जनहितका पक्षमा गरिएका निर्णयहरू कार्यान्वयनको चापमा पुर्‍याउन सकिन्छ । त्यसमा हामीले विशेष ढङ्गले अगाडि बढ्न हिचकिचाउनु हुादैन ।

०     यतिबेला तपाईंहरूकै पार्टीले सरकारको नेतृत्व गरिरहेको छ तर सरकारको काम कारवाही हेर्दा त पार्टीले लाज मान्नुपर्ने अवस्था छ नि ?

यो कुरा सही हो । सरकारको व्यवहार एवं कार्यशैली हेर्दा त्यस्तै देखिन्छ । तर, अहिलेको सत्ता सर्वहारावर्गको अधिनायक भएको सत्ता होइन । यदि त्यस्तो सत्ता हुन्नथ्यो भने यस्तो लाजमर्दो अवस्था हुन्नथ्यो । अहिले जुन परिवेश देखिएको छ, यसले यो प्रमाणित गरेको छ कि नेपालमा संसदीय व्यवथा पूर्णरूपमा असफल भएको छ । यो व्यवस्था पूरै दुर्गन्धित भएको छ । यो एक सेकेन्ड पनि टिक्न लायक छैन । माओवादी सरकारमा गएर जनताका पक्षमा केही गर्छु भन्दा यहााका दलाल, नोकरशाही, सामन्तहरूले कुनै न कुनै रूपमा जालझेल गरेर त्यसलाई साम्राज्यवाद एवं विस्तारवादतिरको औपनिवेशमा धकेलिरहन चाहन्छन् । यसको विरुद्ध हामीले चौतर्फीरूपमा असफल एवं ध्वस्त भएको प्रमाणित गर्दछ । त्यसको विकल्पमा जनताको जनवादी सत्ता स्थापना गर्नुपर्छ भन्ने कुरा अझ जोड गरी अगाडि आएको छ ।

०     सबै कुरा अवगत हुादाहुादै पनि तपाईंहरू किन जनविद्रोहको लागि खुट्टा कमाउनुहुन्छ ?

जनविद्रोह परिस्थितिले सिर्जना गर्ने कुरा हो । जनविद्रोहको लागि खुट्टा कमाएको कुरा सत्य होइन । विद्रोहको लागि वातावरण तयार हुनुपर्छ । अझ अनुकूल वातावरणबिना जनविद्रोह सफल हुादैन भन्ने कुरा विश्व इतिहासले देखाइसकेको छ, आजभन्दा सय वर्ष अगाडि लेनिनले अमेरिकी सत्ता फोहोरको डङ्गुरमा मिल्काउनको लागि तमतयार छ । तर, त्यो मिल्क्याउनको लागि एउटा शक्ति त्यहाा तयार हुनुपर्छ भन्नुभएको थियो । अमेरिकामा त्यस्तो शक्तिको कहिल्यै उदय भएन । त्यो शक्ति बरु रुसमा पैदा हुन पुग्यो । जसले पुरानो सत्तालाई ध्वस्त गर्दै नयाा जनवादी सत्ता स्थापना हुन पुग्यो । हाम्रो देशमा पनि धेरै पटक विद्रोहको लागि अनुकूल वातावरण तथा हुन पुग्यो । तर, त्यसले सही मार्ग पक्रन सकेन । हामी जनयुद्धमार्फत् शान्तिप्रक्रियामा आएकाछौा । हामी अहिले शान्तिपूर्ण तरिकाले देशको परिवर्तनलाई अगाडि बढाउन चाहन्छौा । यदि शान्तिपूर्ण प्रक्रियाबाट मुलुकको परिवर्तन गर्न कहीा, कतैबाट अवरोध सिर्जना हुन्छ भने त्यसबेला विद्रोह गर्न पाउनु जनताको अधिकार हुन्छ । जनता अहिले शान्तिपूर्ण प्रक्रियाबाट परिवर्तन भएको हेर्न चाहन्छ । त्यसलाई उसले पर्खिराखेको छ । यद्यपि नेपालमा विद्रोहको लागि धेरै पटक परिस्थिति पैदा भयो । संविधानसभाको चुनावताका त्यो सम्भावना थियो, जनमुक्ति सेनाको विघटनको चरणको बेलामा त्यो सम्भावना थियो, जनताका घरजग्गा फिर्ता गर्ने सवालमा लगायत अन्य अवस्थाहरू सिर्जना भइरहेका थिए । अब जनताका पक्षमा संविधान बन्न नदिने अवस्थामा पनि विद्रोहको एउटा अवस्था सिर्जना हुन्छ । यहाा हरेक सेकेन्ड, हरेक मिनेट, हरेक घण्टा, हरेक दिन, हरेक हप्ताहप्तामा विद्रोहको परिस्थितिहरू देखापरेका हुन् । तर, त्यस्तो अवस्था रहादारहादै पनि हाम्रो पार्टी शान्तिप्रक्रियाबाट नै जनताको संविधान बनाए, मुलुकलाई परिवर्तन गर्न चाहन्छन् । हामी जनता विद्रोहमा जानुपर्ने अवस्था नआओस् भन्ने चाहन्छौा । जनताको संविधान बनोस्, सम्मानजनक सेना समायोजन होस्, मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक र सैद्धान्तिक रूपान्तरण होस् भन्ने हामी चाहन्छौा ।

०     तपाईंहरूले जनयुद्धको क्रममा आमजनतालाई बााडेका आश्वासन त त्यसै तुहिन पुगे नि होइन ?

जनमुक्ति सेना बाबुराम नेतृत्वको सरकार बनेपछि एक प्रकारले विघटन नै भएको छ । जनमुक्ति सेनालाई कानुनी हिसाबले हतियारबाट अलग गर्ने प्रक्रियाले त्यसलाई विघटन नै गर्दछ । हामीले सम्मानजनक सेना समायोजनको प्रस्ताव केन्द्रीय समिति बैठकबाट पारित गरिसकेका छौा । हामो प्रस्तावलाई नेपाली सेनाले समेत सकारात्मकरूपमा लिएको छ । तर, नेपालका संसद्वादी पार्टीहरू जनमुक्ति सेनालाई जसरी हुन्छ, विघटित गर्न चाहन्छन् । हामी जग्गाको सवालमा सामन्ती उत्पादन सम्बन्धलाई ध्वस्त गरेर औद्योगिक उत्पादन सम्बन्धको स्थापना गर्नको लागि सामन्तीका जग्गा कब्जा गरेका थियौा । चार बुादे जुन सहमतिमा यो सरकार गठन हुन पुग्यो । त्यसले यो सरकारलाई राष्ट्रघाती बनाउने कुरा स्वभाविक थियो । तर, त्यो कुरालाई पार्टीले सल्ट्याएको छ । त्यसमा सामन्तका जग्गाको सवालमा राज्यले उचित नियम बनाएर सम्बोधन गर्ने सहमति भएको छ । अहिले हामीले भनेका सबै कुराहरू हुन सकिरहेको छैन । जसमा अहिले वर्गयुद्ध छ । एक वर्गले अर्को वर्गमाथि प्रहार गरिरहेको छ । यसैबीचबाट हामी हाम्रो उद्देश्य पूरा गर्न लागिपरेका छौा । हामी जनताले बोकेको आशा, अभिलाशा मर्न दिादैनौा । त्यसमाथि तुषारापात पनि भएको छैन । भोलि जनताको सत्ता स्थापना भएपछि पााच-सात वर्षभित्र त्यसले त्यो सम्पूर्ण कुरा पूरा गर्न सक्छ ।

०     संसद्वादी दलहरू आˆनो अडानबाट दायााबायाा नहुने, सहमतिको नाममा माओवादीले मात्र सधैा घुाडा टेक्नुपर्ने अवस्था देखिएको छ नि, यस विषयमा के भन्नुहुन्छ ?

अहिले माओवादीले मात्र अडान छाड्दै गएको जस्तो अवस्था देखापरेको छ । जनता वास्तविक अधिकार प्राप्तिको लागि हामी एक इञ्च पछाडि हट्न सक्दैनौा भनेर हाम्रो अध्यक्षले भन्दै आउनुभएको छ । त्यससागसागै उहााले ती अधिकार प्राप्तिको लागि हामी लचकताको पराकाष्ठासम्म समेत पुग्ने उहााले बताउादै आउनुभएको छ । हाम्रो पार्टीको अहिलेको नीति पनि त्यही नै हो । संसद्वादी दलहरूले भनेअनुसार नै हामी लचकता प्रदर्शन गर्दै अगाडि बढेका थियो । हामी ३५ हजार जनमुक्ति सेनाबाट १९ हजारमा झर्‍यौा, यो लचकताको पाराकाष्ठा हो । १९ हजारबाट छ हजारको मात्र समायोजन गर्ने भन्ने सहमति पनि लचकताको पाराकाष्ठा नै हो । हामीले हरेक क्षेत्रमा लचकताको पाराकाष्ठा अपनाउादै आएका छौा । यसरी हेर्दा जनताले माओवादीले घुाडा टेक्यो भन्न सक्छन् तर हामी कदापि घुाडा टेक्दैनौा, जनताको अधिकारलाई ग्यारेन्टी गर्ने सवालमा हामी अझ प्रखर भएर अगाडि बढ्छौा । हामीले यतिबेला ठाउा खोजिरहेका छौा । संसद्वादी र माओवादी मिल्ने र राज्यको रूपान्तरण गर्ने सवालमा हामी प्रयास गरिरहेका छौा । तर, संसद्वादीहरू हामीलाई संसद्वादी बनाउन हरेक प्रकारले कोसिस गरेकाछन् । संसद्वादीहरूको पश्चगामी सोच र माओवादीको अग्रगामी सोचको बीचमा यतिबेला संघर्ष चलिरहेको छ । उनीहरू गोवर खोस्री रहेका छन् । हामी कदापि घुाडा टेक्न सक्दैनौा । कहीले तल कहिले माथिको अवस्था मात्र देखिएको हो ।

०     राष्ट्रिय सरकार गठन गर्ने विषयमा के भइरहेको छ ?

यो प्रक्रिया चलिरहेको छ । हाम्रो केन्द्रीय समिति बैठकले चार बुादे राष्ट्रघाती सम्झौतामा खडा भएको वर्तमान सरकारको चरित्र ठीक नभएको निष्कर्ष निकाल्दै यो सरकारको वास्तविक हुनुपर्छ भन्ने केन्द्रीय समितिको निर्णय हो । बाबुराम भट्टराई प्रधानमन्त्री भएर होइन कि चार बुादे सहमतिको कारण यो सरकार राष्ट्रघाती, जनघाती हुन पुगेको छ । राष्ट्रिय स्वाधीनताको जगमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्ने निर्णय हाम्रो पछिल्लो केन्द्रीय समिति बैठकले गरेको छ । त्यसका लागि अहिले पहलकद्मी भइरहेको छ ।

०     माओवादी पार्टी भत्किएको छैन, बिगि्रएको छैन भनेर जनतालाई आश्वास्त पार्न सक्नुहुन्छ ?

लेनिनले सुागुरको खोरलाई मान्छे बस्ने बनाउने हो भने हामी सुागुरको खोरभित्र प्रवेश गर्नुपर्छ भन्नुभएको छ । हाम्ो देशलाई सुागुरको खोर बनाइएको छ । देश भाडामा चलेको जस्तो छ । नेपालको राष्ट्रियता कैद भएको छ । यस्ता फोहोरहरुलाई तह लगाउन हामी यहाा प्रवेश गर्‍यौा । सुागुरको खोरभित्र पसेपछि हाम्रो शरीरमा पनि सुागुरको गन्ध टाासिएको छ । यो सत्य कुरा हो । अहिले हाम्रो कतिपय मन्त्रीहरू भ्रष्ट भएको कुरा बाहिर आएको छ, नातावाद, कृपावादको कुरा आइरहेका छन् । हामी सफर गर्ने क्रममा केही फोहोरहरू हामीमा यो पनि लाग्न पुगेको कुरा सााचो हो । हामी सफा गर्ने क्रममा छौा । यसबीचमा हाम्रो पार्टी भोज पनि त्यस्ता प्रकृति देखापरेका छन् । सुागुरको खोर सफा भइसकेपछि विकृतिको अन्त्य हुन्छ ।

०     अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

यस क्षेप्यास्त्र साप्ताहिक पत्रिकामार्फत् जनताले सही, सत्य कुरा थाहा पाउन । त्यसको लागि यो पत्रिकाले हरपल पहल गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।

जनताको संविधान नलेखिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।

खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्युरो सदस्य- एनेकपा माओवादी

०     सत्रौ जनयुद्ध दिवस आइपुगेको छ, के यसबीचमा तपाईंहरूको लक्ष्य पूरा भयो त ?

अहिले हामी सशस्त्र जनयुद्धलाई स्थगित गरेर संसद्वादी दलहरूसाग विगत पाच वर्षदेखि शान्तिप्रक्रियामार्फत् वैचारिक राजनीतिकरूपमा टेबुल संघर्षमा छौा । अहिले संघर्षको रूप बद्लेर हामी अगाडि बढिरहेका छौा । यो दुवैको योगलाई हेर्ने हो भने हामीले नेपालमा स्थापना गर्न खोजेको सामन्त, नोकरशाह सत्ताको अन्त्य र जनताको जनवादी सत्ता स्थापना नै हो । हामी यो प्रक्रियाको निकै नजिक पुगेका छौ । यो नै ठूलो उपलब्धि हो । यो पााच वर्षको बीचमा पार्टीभित्र विचारको बहसमा महत्वपूर्ण भूमिका खेलेको छ । पछिल्लो समय एक पटक प्रतिक्रियावादी, अवसरवादीहरू फेरि असफलसिद्ध भएका छन् । नेपाली जनता क्रान्तिकारी विचार, जनयुद्ध फेरि नयाा ढङ्गले नयाा चरणमा विजयी भएको छ । यो नै ठूलो उपलब्धिको रूपमा लिनुपर्छ ।

०     तर, तपाईंले भनेभन्दा विपरीत माओवादी संसदीय भासमा भासियो, आˆनो लक्ष्यबाट विमुख हुादै गएको छ भन्ने आरोप लगाउाछन् नि ?

संविधानसभा निर्वाचनपछि हाम्रो पार्टीभित्र संगठन, आचरण र संस्कारको दृष्टिले मालेमावादी हाम्रा मान्यतालाई चुनौती दिने खालका विकृति र विसंगति आएकै हुन् । जनताले आˆनो तहबाट हाम्रो पार्टीप्रति गर्ने आलोचनालाई मनोगत भन्न सकिादैन, त्यसलाई सकारात्मकरूपमा लिनुपर्छ । विकृति र विसंगति पार्टीभित्र देखिएपछि नै पार्टी जीवनमरणको भीषण संघर्षमा प्रवेश गर्‍यो । त्यो संघर्षको बीचबाट पार्टी अहिले नीति, संगठन र विचारको दृष्टिले नयाा ठाउामा पुगेको छ । त्यसले नयाा आकारसमेत निर्माण गरेको छ । पार्टीलाई संसद्वादी धारमा ढल्काउन चाहनेहरू पछिल्लो समय असफल भएका छन् । अहिले माओवादी पार्टीभित्र अभिजात वर्गीय संसद्वाद जो पस्न थालेको थियो फेरि परास्त भएको छ । यो पार्टी माओवादी नै हुन्छ अरु हुनै सक्दैन ।

०     माओवादी पार्टी खाली टालटुले तरिकाले समस्या समाधान गर्छ, पार्टीभित्र समस्या छ तर समाधान गर्न सकिरहेको छैन भनेर चौतर्फी आलोचना भइरहेको छ नि ?

विचारको अभाव पार्टीभित्रको समस्या होइन, समस्या नीति बनिसकेपछि कार्यान्वयनमा जाने सवालमा हो । नीतिलाई तोडमोड गरी लागू गर्ने सन्दर्भमा समस्या हो र यसरी सही रूपमा बाहिर विवाद एवं समस्या पैदा भएको हो । नीति सही बन्ने लागू नहुने नै विगतको मुख्य समस्या हो । अहिले पार्टी त्यसबाट माथि उठेर अगाडि बढिरहेको छ । अहिले हामीले केन्द्रीय समितिमार्फत् नीति नियमहरू निर्माण गरेका छौा । अब पार्टी सही ढङ्गले नीति कार्यान्वयन गर्दै अगाडि बढ्छ । अहिले पार्टीले मुलुकको मुख्य मुद्दा सेना समायोजन र संविधान निर्माणमा आˆनो स्पष्ट धारणा अघि सारेको छ । संविधान राज्यसत्तालाई बदल्ने खाले हुनुपर्छ । राज्यसत्तामा दलाल, नोकरशाह र सामन्तहरू होइन कि मजदुर किसान र मध्यमवर्ग आउनुपर्छ । राज्यको मूल प्रवाहमा सबै दलित, पीडित सबैको पहुाच हुनुपर्छ । जनताको संविधान लेख्न हामी दृढ छौा । जनताको संविधान नलेखिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।

०     अहिले तपाईंहरूकै पार्टीको नेतृत्वमा सरकार रहेको छ तर सरकारको कार्यशैली हेर्दा त पार्टीले लाज मान्नुपर्ने अवस्था देखिन्छ नि ?

सरकारको पछिल्लो कार्यशैली हेर्दा लाज मान्नुपर्ने खालको देखिन्छ । सुरुमै यो सरकार गलत आधारमा खडा भएको हो । गलत आधार र मान्यतामा बनेको सरकारले काम राम्रो गर्न सक्ने हुनै सक्दैनथ्यो । हामीले त्यहीबेला नै राजनीतिक दृष्टिले यो सरकारको विरोध गरेका थियौा । त्यो विरोध अहिले आएर प्रमाणित भएको छ । आमजनतामा यो सरकार इतिहासमा सबैभन्दा बद्नाम सरकार भयो भन्ने परेको छ । अब नयाा ढङ्गले खोज्ने बेला आएको छ ।

०     पार्टीको निर्देशन नमान्ने प्रधानमन्त्रीलाई अब कति समय सरकारमा राखिराख्नु हुन्छ ?

सरकारको विषयमा स्थायी समितिमा छलफल चलिरहेको छ । स्थायी समिति बैठकबाट नै हामी सरकारको विषयमा निर्णयमा पुग्छा । अहिलेको आवश्यकता भनेको राष्ट्रिय सरकार हो, त्यसको लागि केन्द्रीय समिति बैठकले यसअघि नै निर्णय गरिसकेको छ । अन्य दलहरूले पनि संसद्मा यो सरकारको राजीनामा मागिराखेको अवस्थामा यो सरकारको औचित्य समाप्त भएको प्रस्ट भइसकेको छ । सरकारको विषयमा हामी स्थायी समिति बैठकबाट निर्णय गर्छौं ।

०     अहिले माओवादी पार्टीभित्र नेपाली उखान ‘काग कराउादै गर्छ पिना सुक्दै गर्छ’ जस्तो देखिएको छ । यस्तो अवस्थामा तपाईंहरू कसरी अगाडि बढ्नु हुन्छ ?

बसहलाई संश्लेषण गरेर नीति बन्ने हो, त्यसलाई दृढताका साथ कार्यान्वयन गर्नु पार्टीका सम्पूर्ण नेतादेखि कार्यकर्तासम्म सबैको कर्तव्य हो । नीतिलाई कोही नेताले धोका दिन्छ भने त्यो आˆनो वर्ग र क्रान्तिलाई धोका दिएको हुन्छ । हामी आˆनो ठाउाबाट आˆनो नीति, कार्यान्वयन गरेर अगाडि बढिरहेका छौ, जसले पार्टीको नीतिलाई आत्मसात गर्दै लागू गरेको छैन, त्यसविरुद्ध हामी अगाडि बढिरहेका छौ । हामी आˆनो जिम्मेवारी पूरा गर्दै अगाडि बढिरहेका छौ । आˆनो जिम्मेवारी पूरा गर्नबाट पछि हट्ने नेतृत्वविरुद्ध हाम्रो संघर्ष जारी रहेको छ । हामी यो पहलकद्मीमा लागिरहेका छौ ।

०     जनसेनाको सम्मानजनक समायोजन हुने भनिएको थियो तर उनीहरूलाई बिचल्ली पारेर विघटनतर्फ पुर्‍याउनु भयो नि होइन ?

अहिले सेना समायोजनमार्फत् राष्ट्रिय सेना निर्माणको कुरा निकै अस्तव्यस्त भएको छ । छ हजार पााच सयको संख्यामा जनमुक्ति सेनालाई व्यक्तिगतरूपमा होइन, समूहगतरूपमा प्रवेश गराइनुपर्छ । उनीहरूलाई सशस्त्ररूपमा नै समायोजन गरिनुपर्छ । जनसेनालाई कुनै पनि हालतमा विघटन हुन नदिने हाम्रो नीति बनिसकेको हुनाले अबका दिनहरू सकारात्मकरूपमा अगाडि बढ्लान् ।

०     माओवादी पार्टीलाई दाह्रा र नङ्ग्रा नभएको बाघ बनाउने भनेर संसद्वादी दलहरू लागेका थिए, अहिले त्यो प्रमाणित भयो नि होइन ?

संसद्वादीहरूले जुन ढङ्गले भने त्यो हाम्रोविरुद्धको षड्यन्त्र हो । उनीहरूले भन्दैमा हामी दाह्रा र नङ्ग्रा नभएको बाघ कसरी हुन्छौ, हुादैनौ । बरु हामी हाम्रै कारणले गर्दा दाह्रा, नङ्ग्रा नभएका जस्ता भएका थियौा । त्यसैले पार्टीभित्र भीषण बहस चल्यो । त्यस बहसले पार्टीलाई अझै बलियो बनायो । यो प्रस्ट्याइले सबैका अनुमान गलत सावित भएका छन् ।

०     तपाईं सभासद्समेत हुनुहुन्छ तोकिएको समयभित्र नयाा संविधान जारी हुनेमा आशावादी हुनुहुन्छ ?

अहिलेको संविधान निर्माणको समस्या भनेको समयावधिको अपर्याप्तता होइन । संविधानका मुख्य मुद्दाहरू जनताको आकांक्षा र चाहनाअनुसार निष्कर्षमा पुर्‍याउनु नै अहिलेको राजनीतिक समस्या हो । संसद्वादीहरू संविधान निर्माणको नाममा दलाल, नोकरशाह र सामन्ती सत्तालाई संस्थागत गर्ने संविधान बनाउन चाहन्छन् । उनीहरू त्योभन्दा माथि उठेनन् भने चार वर्ष संविधानसभाको म्याद थपिए पनि संविधान बन्दैन । त्योबाट माथि उठेर संसद्वादीहरू जनताको स्वायत्तताको सुनिश्चितता भएको संविधान बनाउन तयार भयो भने बााकी समयमा संविधान जारी हुन्छ । यस विषयमा कााग्रेसले एमाले विशेष गरी गम्भीर बन्नुपर्छ ।

०     तपाईंहरूले भनेजस्तो संविधान बनेन भने तपाईंहरू जनविद्रोहमा जानु हुन्छ ?

अहिलेको हाम्रो नीति भनेकै वजनताको संविधान निर्माणको लागि घनिभूत ढङ्गले लाग्नु नै हो । हामी त्यसको लागि अन्तिम पहल गर्ने निर्णयमा पुगेका छौ । संविधानसभामार्फत् जनसेनाको सम्मानजनक समायोजन, राष्ट्रिय सेनाको निर्माण अनि जनसंविधान बनोस् भन्ने हामी चाहन्छौा । त्यसको लागि हामी क्रियाशील हुन्छौा । यसको विरुद्ध षड्यन्त्र हुन थाल्योभ ने उनीहरूबाटे यस प्रक्रिया अवरुद्ध हुन पुगछ । संविधान निर्माणलगायत समग्र शान्तिप्रक्रियामा अवरोध भयो भने यनिणर्ायक आन्दोलनमा उत्रनको लागि हामीले जनतालाई अपिल गर्नेछौा । किनकि हामी नेपाली जनताको पार्टी हौा । हामीलाई नेपाली जनताले ठूलो जिम्मेवारी दिएका छन् । हामीले त्यो पूरा गर्न कुनै पनि हालतमा चुक्ने छैनौा ।

०     अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

नेपाली जनताले अहिलेको सन्दर्भमा हाम्रो पार्टीको संविधान निर्माण, सेना समायोजनलगायत अन्य विषयमिा धारणा चाहिरहेको थियो । यस्तो अवस्थामा यस पत्रिकाले हाम्रो पार्टीको धारणा राख्ने अवसर दिएकोमा पत्रिकालाई धन्यवाद दिन चाहन्छु ।

सरकार उल्टो दिशातिर लागि रहेको छ

कुलप्रसाद के.सी. ‘सोनाम’, पोलिटव्यूरो सदस्य- एनेकपा माओवादी

० के.स.को बैठकपछि प्रशिक्षण कार्यक्रममा नेताहरु देश दौडाहामा निस्किएका छन्, के पार्टीभित्रको विवाद टुङ्गएिको हो ?

हाललाई टंुगिएको छ । जनताको संघीय गणतन्त्रको संविधान बनाउने कुरो साम्राज्यवाद, सामन्तवाद विरोधी सारतत्व भएको संविधान जारी गर्ने  सर्तमा हामी एकढिक्का भएका छौा ।

०     सरकारको राजीनामाको कुरा कार्यान्वयन भए नि ?

जारी नै छ, त्यसको प्रक्रिया पुर्‍याउने कुरा हुन्छ, यसको विकल्पमा हामीले राष्ट्रिय स्वाधीन सरकारको नारा दिने भनेका छौा । पार्टीले जनतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाको ग्यारेन्टी गर्ने गरेर सरकारलाई नयाा रूप दिने भनेको हो । चार बुादेको जगमा बनेको सरकारको आधारमा होइन भनेका छौा ।

०     समायोजनको नाममा जनमुक्ति सेनालाई निकालिादैछ, के भन्नुहुन्छ ?

समायोजनको ठूलो प्रक्रिया त बााकी नै छ, त्योभन्दा अगाडि रिग्रुपिङ नटुङग्याई गर्दा गल्ती हुन्छ । त्यसलाई कामय राख्दै अगाडि बढ्ने सवालमा सहमति कायम गर्ने र जाने भन्ने पार्टी निर्णय हो । सरकारले उल्टो दिशातिर लागिरहेको छ । सत्तालिप्साको खेल र राष्ट्रिय स्वाधीनतामा खेलबाड, केयौा विधेयकमा दलालीकरण देखिएकोले यो सरकार विघटन नै हुनुपर्छ ।

०     तपाईंहरू कराउादै गर्ने सरकारले आˆनो लक्ष्य पूरा गरी छाड्ने देखियो नि ?

सरकारले दुर्गति भोग्दै छ । केही पपुलिष्ट प्रोग्राम दिनखोजिरहेको छ हेरौा अझै । हेलो सरकारमा १०० जनाले पनि कल गर्न छोडिसके । यसको मतलब सरकार गर्न सक्ने खालको होइन भन्ने प्रमाण हो । सहमतिलाई मुख्य बनाएर राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको जगमा बनाउने कि विदेशी इशारा चल्ने यी दुई मुद्दा नेपालका अहिलेका प्रमुख मुद्दा हुन् । यो सरकार दलालीकरणबाट प्रेरित छ भने कुरा त ७ बुादेबाट र तिनका ल्याकत र संविधानसभामा तिनले प्रस्तुत गर्ने विधयेकहरूले नै पुष्टि गर्छ । यो सरकार कसैको इशारामा टिकिराखेको छ, त्यसैले यो कसैको कठ्पुतली बनेको छ भन्ने हो ।

०     आˆनै पार्टी सरकार छ तपाईंहरूले नियन्त्रण गर्न सक्नु भएको छैन पार्टीको साख गिरेन र ?

यही विषयले पार्टीभित्रको मतभेद चरमचुलीमा पुर्‍यायो, सडकमा पनि गयो । जुन उद्देश्यका साथ सरकारलाई पठाइएको थियो । त्यो विपरित दिशामा गएपछि नै पार्टीभित्र संघर्ष सुरु भयो ।  सडकमा पनि व्यक्त भयो । त्यसकारण पार्टीभित्रको विवादलाई अलग ढंगले बुझ्नु राजनीतिक सेटमा भएको अन्तरका कारणले भएको भन्ने बुझ्नुपर्छ ।

०     पार्टी नीति विपरित जानेलाई किन कारवाही नगरेको ?

कारवाहीभन्दा यो चिन्तनगत सवाल हो । जुन विचारधारात्मक राजनीतिक रूपले जुन मिसनमा माओवादी पार्टी गठन भयो र जनयुद्धको विकास हुादै यहाासम्म आइपुग्यो । त्यसैमा सहकार्य गर्दै आएका जिम्मेवार कमरेडमा जुन विचलनको रूप देखिन्छ । त्यसैले अब पार्टीको संगठनात्मक पद्धति मान्ने कि नमान्ने भन्ने र राजनीतिक रूपले कसरी सोचिन्छ भन्ने बहस बनेको हुनाले यो नयाा बहसको विषय हो र यसलाई हामीले स्वाभाविक रूपले लिएका छौा ।

०     पार्टीभित्र वर्ग विभाजन भयो भनेर के. स. मा कुरा उठ्यो कसरी समाधान गर्नुहुन्छ ?

महान् शुद्धीकरणमा जान सबै तत्पर भएमा सम्भव छ । तर, आरोप-प्रत्यारोपमा मात्र टुङ्ग्याउने खेल भएमा अब यो रोकिादैन, विकृति अझ बढेर जान्छ ।

०     ठूला नेता नै विलासितामा लागे भनिन्छ के भन्नुहुन्छ नि ?

हो ती नेताले अब आˆनो वर्ग तथा र ध्येय नभूलेर पछाडि र्फकने साहस गर्नुपर्छ । नयाा क्रान्तिकारी बन्ने बाटो हो । यही विषयमा पार्टीमा दबाब, संघर्ष, अन्र्तसंघर्ष चलेको हो ।

०     जनसंविधान र जनविद्रोह सम्भव देख्नुहुन्छ ?

यो सम्भव छ । यो नभएमा, नेपालको कुनै पनि समस्या हल हुनेवाला छैन । आयोगको पङ्गुता पनि देख्नुभयो । झगडा गर्ने आयोग बनाएर के काम । यस्ता आयोग बनाएर समाधान निस्किादैन । नयाा विचारधारा र बहस सबै पार्टीभित्र चलाउन जरुरी भइसकेको छ ।

०     आˆनै पार्टीको विवादमा रुमल्लिएका बेला राज्यको विवाद कसरी मिलाउनु हुन्छ ?

राष्ट्र भनेको एउटा प्रवृत्ति हो । पार्टीभित्र पनि तिनै प्रवृत्तिका मान्छे छन् । नेपालका प्रमुख दुई मुद्दा दलाल, नोकरशाही प्रवृत्तिको संरक्षण गर्ने र राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको पक्षपोषण गर्ने प्रवृत्ति सबै पार्टीमा छन् । अरु पार्टीमा पनि हेर्नुस् यी विषयलाई लिने सवालमा अन्तरद्वन्द्व छ । क्रान्तिको मिसनबाट आएको पार्टी भएकोले हाम्रो पार्टीमा अलिकति दायााबायाा आउादावित्तिकै यस्ता उथलपुथल आउनु स्वाभाविक छ । किनकि माओवादी पार्टी कोल्याप्स हुनु भनेको राष्ट्रको एउटा ठूलो हिस्सा कोल्याप्स हुनु हो । जनताको मुक्तिको पक्षमा नै जनताले साथ दिएको क्रान्तिमा भाग लिएको र ठूलो आशा बोकी जनतामा जन्मिएको माओवादी पार्टी हो । यो मिसनबाट कोही विचलित हुनुहुन्न भन्ने हो । केही मान्छे विलासितातिर पुगे भन्ने आवाज आएको छ त्यो सााचो हो ।

०     यही विश्लेषणमा रहेर पार्टी फुट्छ भनिन्छ नि ?

माओवादी पार्टीको मूल प्रवृत्ति भनेको क्रान्तिकारी धारालाई नेतृत्व दिने कुरा नै हो । केही प्रवृत्ति यताउता लाग्ने, विचलित हुने संसद्वादमा गएर टुङ्गनिे कुरालाई नकार्न सकिन्न किनकि वस्तु दुई भागमा विभाजित हुन्छ । अहिलेको एकता पनि यही सैद्धान्तिक एकतासित गाासिएको हुनाले यो विषय हल गर्न हामी तत्पर छौा भनेर मुख्य नेतृत्वदेखि सबैले एक पटक इतिहासको रक्षा गरौा र विरासतहरू मेटौा भन्ने सहमति भएको छ ।

०     जनसत्ताले गरेको निर्णय सरकारले लागू गर्ने कुरा अदालतले उल्टायो, के भन्नु हुन्छ ?

अदालतका केही निर्णय सकारात्मक पनि होलान् । अदालत शक्तिकेन्द्रको रूपमा उदय हुन खोजेको छ, यो राम्रो विषय होइन । सरकार आˆनै निर्णयबाट पछि हाट्नु भनेको त पङ्गु बन्नु हो । बरु सरकारबाटै हट्नुपर्छ तर निर्णयबाट पछि हट्नु हुन्न । निर्णय गर्दा विवेक प्रयोग गरेर मात्र गर्नुपर्छ । निर्णय गरेर फेरि पछि हट्दा त्यो सरकार काम लाग्दैन  ।

०  जनसत्ता, जनअदातल र जनपरिषद् ब्यूाताउन खोजेको आरोप छ नि ?

त्यो ठीक हो । यदि समाधान निकाल्न राजी भएनन् भने जनसत्ताले गरेको निर्णय लागू हुन्छ, जो जनताले गरेका निर्णय हुन् । नेपालमा ठूलो प्रतिक्रान्तिकारी हिस्सा उदय हुन थालेको छ । तर, यसले गृहयुद्धलाई थेग्न सक्दैन । हामी जनताभन्दा बाहिर रहन सक्दैनौा । जनतालाई मर्का पर्‍यो भने जनताको पक्षमा उभिन पर्‍यो नि हामी तयार छौा । जनसत्ताले गरेका निर्णय सारा जनताले मान्न सहमति गरेको हो । कुनै शक्तिले उल्लंघन गर्न थालेपछि त्यसको विकल्प त खोज्नु पर्‍यो नि । त्यसैले, आवश्यक परे जनसत्ता ब्यूताउनेदेखि जनअदालत बनाउने समानान्तर सरकार बनाउने अधिकार जनतालाई छ, कसैले रोक्न सक्दैन । राजतन्त्रजस्तो निरङ्कुशताले त सकेन भने संसद्वादी दलहरुले गर्न खोज्नु दुर्भाग्य हो ।

०     जेठ १४ मा संविधान बन्ने छााट देखिादैन, के जनविद्रोह हुन्छ त ?

जनताको बीचमा गएर एउटा मस्यौदा दिएर फेरि नयाा संविधानको रूपरेखा दिनुपर्छ त्यो नमान्ने तत्वमाथि जाइलाग्ने हुनसक्छ । प्रतिक्रान्ति आउन थाले क्रान्ति अनिवार्य छ, त्यसलाई हामीले जनताको जनविद्रोह भनेका छौा । त्यो अनिवार्य हो कसैले रोकेर रोकिन्न ।

०     अन्तमा केही भन्नु छ कि ?

राष्ट्रले मुक्ति पाउनको लागि राष्ट्रिय स्वाधीनतासहितका जनताको संघीय गणतन्त्रको संविधानको लागि त्यसको पक्षमा हामी सबै उभियौ । इतिहासले हामीलाई यो ड्युटी दिएको छ, त्यो पूरा गरौा भन्न चाहन्छु ।

पार्टी एकताबद्ध भएर अगाडि बढेको छ

नेत्रविक्रम चन्द , विप्लव’, स्थायी समिति सदस्य- एनेकपा माओवादी

०     पार्टीको केन्द्रीय समितिको बैठकपछि तपाइर्ंहरू प्रशिक्षण कार्यक्रममा एक भएर प्रस्तुत हुनुभएको छ, के साच्चै पार्टीभित्रको विवाद टुङ्गएिकै हो त ?

यसमा दुईवटा पाटाहरू छन्, एउटा नमिलेका कुराहरू छन्, एउटा मिलेका कुराहरू छन् । नमिलेका कुरा दुईवटै दस्तावेजमा आ-आˆनो ठाउामा राखेर केही साझा निष्कर्षहरू, निर्णयहरू गरेका छौा, त्यसलाई हामीले साझा प्रस्ताव भनेका छौ । मिलेको कुरा यही हो । त्यसमा मुख्यतः नेपाली क्रान्तिको कार्यदिशा, तत्काल, पार्टीले लागू गर्ने कार्यनीति र कामकारवाहीलाई अगाडि बढाउन तयार गरिएको कार्ययोजना नै हो । यी तीनवटा विषयमा हाम्रो सहमति भएको छ ।

०     यसरी आˆनो पार्टीभित्रै शंकाको स्थितिमा तपाईंहरूले राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सक्नुहुन्छ र ?

आजको नेपालमा राष्ट्रिय राजनीतिलाई पहलभित्र लिनु निकै महत्वको कुरा हो । हाम्रो ख्यालमा अहिले हामीले जे पास गर्‍यौ, त्यही कुराले जनतालाई अस्पष्टता भएका विषयहरू, आशंका भएका विषय र चिन्ता भएका र गरेका विषयहरूलाई प्रस्ट्याउन सकिन्छ भने हामीलाई परेको छ किनकि जनतामा मुख्यतः माओवादी पार्टी कता जाला भन्ने अन्योलता थियो, त्यसलाई हामीले माओवादी पार्टी जनवादी क्रान्ति पूरा गर्ने दिशातिर नै अगाडि बढेको छ भन्ने स्पष्ट पारेको छौा । दोस्रो भर्खर लागू गर्ने भनेका चाहिा जनताको संविधान निर्माण गर्नको निमित्त प्रयत्न गर्ने, भएन भने जनतालाई विद्रोहको निम्ति तयारी हालतमा राख्ने र तेस्रो कुरा, अहिले जनताको संविधान र राष्ट्रिय स्वाधीनताको विरुद्धमा जुन षड्यन्त्रहरू भएका छन्, त्यसविरुद्धमा जागरण अभियानहरू चलाउने भन्ने स्पष्ट छ । यी कुराहरूले राष्ट्रिय राजनीतिलाई प्रभावकारी ढङ्गले नियन्त्रणमा राख्न सकिन्छ भन्ने हाम्रो मान्यता हो ।

०     चार बुादे सहमति र सेना समायोजन प्रक्रियाविरुद्ध तपाईंहरूले चर्को आवाज उठाउनु भएको थियो, यस विषयमा केन्दि्रय समिति केही नबोलेकोजस्तो देखियो नि होइन ?

होइन, यसमा हाम्रो दुईवटा दृष्टिकोण छन् । प्रचण्ड र बाबुरामले हामीले ठीकै गरेका छौा भन्ने पेस गर्नुभएको थियो । हामीले त्यो गल्ती भयो, त्यो आत्मसमर्पणतिर जाने खतरा भयो भन्ने राखेका थियौा । यो दुईवटा विषय कार्यकर्तासम्म जान पाउाछ । यसमा अहिले भर्खर एउटाले अर्कोको प्रस्ताव वा दृष्टिकोण स्वीकार गरेको स्थिति छैन ।

०     तर, तपाईंहरूले भनेजस्तो कार्यकर्ता तहसम्म पुग्दा कामकारवाही त टुङ्गसिक्ने अवस्था छ नि, होइन र ?

हो, यो पनि सत्य हो । कैयौ कुराहरू कार्यान्वयनको तहसम्म जाने सम्भावना पनि छ । त्यसैले हामीले अहिले विवादित विषयहरूलाई कार्यान्वयन नगरौा भनेर सहमति गरेका छौ ।

०     बाबुराम नेतृत्वको सरकारलाई फिर्ता बोलाउने भनिएको थियो । अहिलेसम्म कार्यान्वयन भएको छैन । के यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनेतिर लाग्नुभएको त होइन ?

चार बुादे र सात बुादे सहमतिको आधारमा संगठित भएको यो सरकारको सन्दर्भ समाप्त भइसकेको छ । अब नया आधारहरूमा सरकार निर्माण गर्नेतिर लाग्नुपर्छ । यो कुरा बाबुराम आफैाले पनि बुझ्नुपर्ने कुरा हो ।

०     सरकारले हालै ल्याएको सुशासनको कार्ययोजना पार्टीभित्र छलफल भएर सहमतिमा ल्याइएको हो ?

सरकार र पार्टीको बीचमा तालमेल नबन्नु नै हाम्रो पार्टीको सबभन्दा कमजोर पाटो हो । धेरैजसो विवादहरू, धेरैजसो समस्याहरू सरकार र पार्टीबीच बनेका असमझदारीहरूले नै गर्दा भएका छन् । सरकारमा जानुपर्छ भन्नेमा पार्टी एक छ तर सरकारलाई वर्गसंघर्षको मोर्चा कसरी बनाउने र जनताका विरोधीहरूसाग सरकारमा बसेर कसरी संघर्ष गर्ने भन्ने विषय नटुङ्गनिुले धेरै समस्या पैदा गराएको छ । तथापि बाबुरामजीले ल्याउनु भएको कार्ययोजनाको ’boutमा पार्टीभित्र छलफल भएको छैन ।

०     भनेपछि  अहिले पनि पार्टी र सरकारबीच तालमेल हुन सकिरहेको छैन ?

सरकारको ’boutमा केन्दि्रय समितिले सरकार फर्किनुपर्छ अर्थात् सरकार नयाा ढङ्गले निर्माण गर्नुपर्छ भन्ने निर्णय गरेको छ । त्यसकारण यो सरकारसाग सिङ्गो पार्टी एकताबद्ध हुने भन्ने कुरै भएन ।

०     सरकारले जनसत्ताको निर्णय लागू गर्ने बताएको छ, यस विषयमा के भन्नुहुन्छ ?

सरकारको यो निर्णयलाई हामीले सकारात्मकरूपमा लिएका छौा । यस’boutमा जनताले, जनवर्गीय संगठनहरूले पनि समर्थन गरिसकेका छन् । आवश्यक पर्‍यो भने यसको पक्षमा जनपरिचालन पनि गर्ने हाम्रो सोचाइ छ ।

०     तपाईंहरू जनसत्ताबाट सुरु गर्दै जनअदालत र जनपरिषद् पनि ब्युाताउन लाग्नुभएको छ भन्ने अन्य दलहरूको आरोप छ नि, के भन्नुहुन्छ ?

मानिसहरू आ-आˆनो स्वार्थअनुरूपका कुरा उठाउाछन् । आफूलाई सनक चढेको भरमा उठाउाछन् । कुरा त्यसो होइन, सिङ्गै राज्य व्यवस्था, राज्य प्रणालीलाई जनताको हातमा ल्याउनुपर्छ भन्ने माओवादी दृष्टिकोण छादैछ । यो एक्लै बस्दा जनसत्ता बनायो, जनअदालत बनायो, जनसेना बनायो, यसले जनवादी व्यवस्थाका सामान्य आधारहरू निर्माण गरेर आएको हो । हाम्रो चाहना सहमतिमा ल्याएर दुईवटै वर्ग र दुईवटै दृष्टिकोण अटाउन सक्ने र काम गर्न सक्ने सहमतिले नै हो भन्ने हो । तर, जहाासम्म अहिले तुरुन्तै ब्युाताउने कि नब्युाताउने भन्ने कुरा यो सरकार र कााग्रेस-एमालेको रबैयामा भर पर्छ ।

०     तत्कालको स्थिति हेर्दा दलहरू संविधान लेखनभन्दा अन्य विवादहरूमा अल्भिmएका छन् । यसले गर्दा समयमा संविधान बन्ने छाट देखिादैन, यस विषयमा के भन्नुहुन्छ ?

कााग्रेस, एमालेको पश्चगामी दृष्टिकोण र पश्चगामी व्यवहारको कारण जनताको संविधान बन्ने सम्भावना निकै न्यून भएर गएको छ । यसमा अझै सुधार आएको छैन ।

०     के यस्तो अवस्थामा जनविद्रोह सम्भव छ ?

जनविद्रोह भन्ने कुरा केही नेताहरूको आकांक्षा र लहडमा हुने कुरा होइन, जनविद्रोह त जनताको अधिकार, जनताको चेतना र संगठित शक्तिमा भरपर्ने कुरा हो । नेपालमा जनयुद्ध भयो, जनआन्दोलन भयो, त्योबाट अगाडि सारिएको प्रस्तावहरूमा जनता सहमत छन् । यदि यी कुराहरूलाई कााग्रेस, एमालेहरूले बुझेनन् भने आˆनो अधिकारको लागि जनता सडकमा आउने कुरा, संघर्षमा आउने, विद्रोहमा आउने कुरालाई हामीले स्वाभाविक ठान्नुपर्छ ।

०     तपाईंहरू आˆनो पार्टीको विवाद मिलाउन सक्नु हुन्न, देशलाई कसरी विवादमुक्त बनाउन सक्नुहुन्छ भनेर प्रश्न उठाइादैछ, यस विषयमा के भन्नुहुन्छ ?

अहिले हामीले पार्टीभित्रको विवादलाई सापेक्षितरूपले मिलायौा भन्ने नै हो । एक चरणलाई माओवादी पार्टी एकताबद्ध भएर नै अगाडि बढेको छ, यसमा कुनै शंका मान्नुपर्दैन । जहाासम्म सबै विवादहरू मिल्ने भन्ने कुरा हो, एउटा पार्टीमा बहसहरू भइरहन्छ, त्यो अगाडि पनि बढिरहन्छ । मुख्य कुरा पार्टीले आˆनो रङ नबद्लोस, जनताको जिम्मेवारी नछोडोस्, नत्यागोस् र राज्यलाई रूपान्तरण गर्ने ठाउासम्म पुर्‍याओस् भन्ने नै हो त्यसमा हामी दृढ छौ ।

मन्त्री र मन्त्रालय हाम्रा लागि गौण हुन्

सीपी गजुरेल ‘गौरव’, सचिव-एकीकृत नेकपा माओवादी

०     केन्द्रीय समिति बैठकले पार्टीभित्रको समस्या समाधान गर्नुभन्दा झनै बल्भिmएको जस्तो देखिन्छ, वास्तविकता के हो ?

केन्द्रीय समिति बैठकबाट एउटा निष्कर्ष निकाल्ने प्रयास भएको थियो । बैठकबाट समस्या झनै बल्भिmएको अवस्था त छैन । मौखिक रूपमा भएका सहमति लिखितरूपमा लिपिबद्ध हुन सकिरहेको छैन । समस्या समाधानको लागि हामी प्रयासरत छौा, हेर्दै जाऔा के हुन्छ ?

०     पटक-पटक स्थगित भएर बसेको केन्द्रीय समिति बैठकले पनि निष्कर्ष निकाल्न नसक्दा सबैभन्दा ठूलो पार्टीको लाजमर्दो विषय भएन र ?

हाम्रो पार्टीभित्र र राजनीतिक विचारको दृष्टिमा ठूलो अन्तर छ, सामान्य अन्तर मात्र होइन, त्यसकारण यसलाई सहजै मिलाउन सकिने अवस्था छैन । व्यापक छलफल एवं अन्तरक्रियाबाट मात्र निकास निकाल्दै निचोडमा पुग्न सकिन्छ । अहिले हामी कार्ययोजना र कार्यक्रम मिलाएर लैजाऔा भन्ने विषयमा सहमत भएका छौा ।

०     तपाईंहरूलाई मागेजस्तो मन्त्रालय दिएर चित्त बुझाउने भनेर संस्थापन पक्ष लागिरहेको छ, के तपाईंहरूले सरकारमै जान यत्रो लडाइा गर्नुभएको हो ?

हामी सरकारमा जानकै लागि यो लडाइा लडेको होइन । मन्त्री बन्न र रोजेको मन्त्रालय पाउन होइन, हामीले विचारको लडाइा गरेको हो । पार्टीको आदर्श र क्रान्तिकारी धारलाई बचाइराख्न हामीले विचारको लडाइा गरेका हौा । मन्त्री र मन्त्रालय हाम्रा लागि गौण हुन् । कार्ययोजना र कार्यक्रममा सहमति नभई रोजेको मन्त्रालय लिन संस्थापन पक्षले गरेको आग्रहलाई हामीले अस्वीकार गरिदिएका छौा । मुख्य कुरा पार्टीको विचार र कार्यदिशा नै हो ।

०     सरकारमा सहभागी नहुने हो भने सरकार विघटनको कुरा तपाईंहरूले किन उठाउनु भएको त ?

यो सरकारले हाम्रो पार्टीको योजना कार्यान्वयन गर्न सकिरहेको छैन । सरकार मधेशी मोर्चाको एजेन्डामा अगाडि बढिराखेको छ । यो सरकार र सर्वत्र असफल भइसकेको छ । बाबुरामकै नेतृत्वमा अहिले राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने अवस्था छैन । कतैबाट हेर्दा पनि यो सरकारले आˆनो औचित्य पुष्टि गर्न सक्दैन । त्यसकारण यो सरकार विघटन भएर अर्को सरकार बन्नुपर्छ भन्ने हाम्रो माग हो ।

०     तपाईंहरू सबै कुरालाई छाडेर जनविद्रोहको लाइनमा अगाडि बढ्नुभयो भन्ने संस्थापन पक्षको आरोप छ नि ?

वर्तमान गठबन्धन सरकार गलत आधारमा खडा भएको छ । यसले राष्ट्रघाती एवं जनघाती काम गर्दै अगाडि बढिरहेको छ भनेर हामीले पहिल्यै नै भनेका थियौा । पछिल्लो समयमा आएर यो कुरा व्यवहारले समेत पुष्टि गर्दै गयो । जुन प्रयोजनको लागि यो सरकार गठन भएको थियो, त्यसमा सफल नभएपछि यसको अस्तित्व रहने कुरै रहादैन । हामी शान्ति र संविधान निर्माणको विरोधी होइन । एक थान संविधान बनाउनकै लागि मात्र बनाएर संविधानसभाको जिम्मेवारी पूरा हुनेवाला छैन । हामी जनसंविधान बन्नुपर्छ भन्ने पक्षमा लडिरहेका छौा ।

०     अहिले सेना समायोजन एवं व्यवस्थापनको मुद्दा बीचैमा रोकिएको छ, अब तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ ?

सात बुादे सहमति गर्ने बेलामा हामीले यो तरिकाले सेना समायोजनको प्रक्रिया निष्कर्षमा पुग्दैन भनेका थियौा । हामीले त्यतिबेला नै विरोध जनाएका थियौा । हामीले त्यतिबेला जे भनेका थियौा, त्यो कुरा अहिले आएर पुष्टि भएको छ । जनमुक्ति सेनालाई निशस्त्र पारेर विघटन गर्ने षड्यन्त्र भइरहेको हामीले बुझेका छौा । अहिले त्यही प्रयास भइरहेको छ ।

०     पार्टीभित्र नयाा-नयाा वर्गहरूको जन्म भइरहेको छ, तिनीहरूलाई पाखा लगाउन तपाईंहरू किन सक्नुहुन्न ?

निश्चित प्रक्रियामार्फत् पार्टीभित्र देखिएका समस्याहरू समाधान गर्नुपर्छ । यस विषयमा पार्टीभित्र छलफल भइरहेको छ । पार्टी सुदृढीकरणको लागि केही समय लाग्छ । योजना बनाएर प्रक्रियामा अगाडि बढ्ने हो भने पार्टीभित्र देखापरेका समस्याहरू सहज रूपमा समाधान हुन्छ ।

०     तपाईंहरू आफूलाई जनवादी भन्नुहुन्छ तर तपाईंहरूकै पार्टीभित्र जनवादी केन्दि्रयताको अभ्यास भइरहेको छैन, निरङ्कुशता हावी भइरहेको छ भनिन्छ नि ?

पार्टीभित्र लामो समयदेखि नेतृत्वको केन्दि्रकरण गर्ने भनेर त्यही अभ्यास हामीले गर्दै आयौा । अहिले परिस्थिति बद्लिएको छ । हामी शान्ति प्रक्रियाको क्रममा छौा । अहिले युद्धकालको जस्तो केन्दि्रकरण सम्भव छैन । तर, अहिले पनि नेतृत्वबाट केन्दि्रकरणको अभ्यास गर्ने जुन प्रयास हुादै आएको छ, त्यसले गर्दा पार्टीभित्रको आन्तरिक जनवाद धरापमा परेको छ । हामीले अहिले जनवादको अभ्यास त गरिराखेका छौा तर त्यहााभित्र संघर्ष पनि चलिराखेको छ ।

०     पार्टी आफैा एक ढिक्का हुन सकेको छैन, यस्तो पार्टीले कसरी देश र जनताको मुक्ति गर्छ भनेर तपाईंहरूलाई आशंकाले हेरिादैछ नि ?

पार्टी भनेको एउटा विचार, क्रान्ति र आन्दोलन हो । विचार, कार्यक्रम र नीतिको आधारमा एकताबद्ध हुने हो । सबैलाई छाडेर निष्पक्ष एकता सम्भव छैन । विचार, राजनीति क्रान्तिकारी छ कि छैन आमूल परिवर्तनको पक्षमा छ कि छैन भन्ने कुराले नै पार्टीभित्रको एकतालाई निर्धारण गर्छ ।

०     अब तपाईंहरू कस्तो नीतिमा अगाडि बढ्नुहुन्छ ?

शान्ति, संविधान र जनविद्रोहलाई अलग-अलग रूपमा जसरी व्याख्या गर्ने गरिएको छ, यो नै गलत हो । शान्ति, संविधान र जनविद्रोह यी त आपसमा सम्बन्धित विषय हुन् । जनविद्रोहको तयारी गरेर नै शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउन सकिन्छ । र जनसंविधान निर्माण गर्न सकिन्छ । आमूल परिवर्तनको लागि जनविद्रोह अनिवार्य भएको छ ।

०     तर, पार्टी अध्यक्षले त हाम्रो क्रान्ति पूरा भइसक्यो अब संसदीय अभ्यासमै अगाडि बढ्ने हो भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् नि ?

पार्टी अध्यक्षले एउटा पत्रिकासागको अन्तर्वार्तामा जनवादी क्रान्ति पूरा भएको भन्दै थोरै बााकी रहेको कार्यभार समाजवादी क्रान्तिले पूरा गर्छ भन्नुभएको थियो । संसदीय व्यवस्थामा जानु थियो भने हामीले दस वर्षे जनयुद्ध किन लड्यौा, संसदीय व्यवस्थाबाट संसदीय व्यवस्थामा आउन हजारौाको बलिदान किन भयो ? भन्ने प्रश्न स्वभाविकरूपमा उठ्छ । यसको जवाफ हामीले दिनैपर्छ । क्रान्ति पूरा भएको छैन, सहिदले देखाएको बाटोमा हामी निरन्तर अगाडि बढ्नुपर्छ ।

०     तर, यस्तो कुरा गर्दा तपाईंहरूलाई त संस्थापन पक्षले पार्टी छोडेर जान भनेको छ नि ?

पार्टी कसैको पेवा होइन, हामी त्यसमा भर्ना भएको पनि होइन । कसैलाई पार्टी छोडेर जान भन्ने अधिकार पनि छैन । पार्टी भनेको विचार, चिन्तन, राजनीति र आन्दोलन हो । क्रान्तिको धारबिना पार्टी हुादैन । हामीले नै माओवादी पार्टीको सही प्रतिनिधित्व गरेका छौा ।

०     भनेपछि तपाईंहरू आफूलाई आधिकारिक संस्थापन पक्ष ठान्नुहुन्छ ?

अहिले संस्थापन पक्ष र असंस्थापन पक्षको बहस होइन । मुख्य बहस विचार, राजनीतिक र क्रान्तिकारी आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने कुरा हो ।

०     तपाईंहरू कसरी क्रान्ति पूरा गर्दै हुनुहुन्छ, आमजनतालाई आश्वस्त पार्न सक्नुहुन्छ ?

क्रान्ति पूरा गर्ने कुरा विचार, कार्यक्रम एवं योजनाले प्रस्ट गर्ने कुरा हो । यसैका आधारमा क्रान्ति अगाडि बढ्छ । हाम्रो व्यवहार एवं कार्यशैलीले समेत त्यसलाई निर्धारण गर्ने गर्छ । पार्टीभित्र सुदृढीकरण अभियान थाल्दै अगाडि बढ्नुपर्छ । यो अभियान वर्गसंघर्षकै दौरानमा पूरा हुादै जान्छ । वर्गसंघर्षबाट पार्टी सुदृढीकरण हुादै जान्छ ।

संस्थापन पक्ष अब आफू खुसी ढङ्गले अगाडि बढ्न पाउदैन

इन्द्रमोहन सिग्देल, पोलिटब्युरो सदस्य- एकीकृत नेकपा माओवादी

०     केन्द्रीय समिति बैठक चलिरहेको छ, बैठकले के उपलब्धि हासिल गर्ने देख्नुभएको छ ?

केन्द्रीय समिति बैठक पार्टीको आगामी कार्यदिशाको विषयमा केन्दि्रत छ । बैठकमा पेस भएका दुई छुट्टाछुट्टै कार्यदिशामाथिको छलफलको क्रम सकिएको छ । मुख्यगरी केन्द्रीय समितिमा प्रस्तुत दुई कार्यदिशामध्ये एउटा शान्ति र संविधानको नाममा पार्टी र क्रान्तिलाई संसद्वादमा फसाउने र अर्को शान्ति र समग्र उपलब्धिलाई टेकेर अग्रगमनमा जाने भन्नेमा केन्दि्रत छ । एक चरणको छलफल पूरा भएको छ । आज बस्ने केन्द्रीय समिति बैठकमार्फत् व्यापक छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रयास गर्दैछौा ।

०     के अहिलेको अवस्थामा पार्टी एकढिक्का भएर अगाडि बढ्छ भन्ने लाग्छ ?

पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्छ भन्ने सबैको चाहना हो । पार्टीको मूल राजनीतिक कार्यदिशालाई भुलेर पार्टी एकढिक्का रहन सक्दैन । मुख्य कुरा राजनीतिक लाइननै हो । संगठन, विचार, राजनीतिकै आधारमा बढ्ने हुनाले विचार र राजनीतिलाई पार्टीले सही ढङ्गले ग्रहण गर्न सक्यो भने पार्टीको वैचारिक एकतासाग सांगठानिक एकता पनि रहन्छ । अहिलेको हाम्रो मुख्य प्रयास वैचारिक, सांगठानिकलगायत, राजनीतिक एकता कायम गर्ने नै हो ।

०     तपाईंहरू आˆनै पार्टीभित्रका साथीहरूबीच एकअर्कामा हिलो छ्यापाछ्याप गरेर अगाडि बढिरहनु भएको छ । यस्तो अवस्थामा केन्द्रीय समिति बैठकले कतै टालटुले नीति ल्याउने त होइन ?

पार्टीभित्र हिलो छ्यापाछ्याप छ भन्ने कुरा सत्य होइन । जब वैचारिक र राजनीतिक विषयहरूमा छलफल चल्छ, त्यो बेलामा आलोचनाहरू हुन्छन् । त्यसलाई हिलो छ्यापाछ्याप भन्न मिल्दैन ।

०     सरकार परिवर्तनको विषयमा के छलफल चलिरहेको छ, भट्टराई नेतृत्वको सरकारले नै राष्ट्रिय सहमतिको रूप लिने सम्भावना छ ?

भट्टराई नेतृत्वको सरकारले जनचाहना, राष्ट्रको आवश्यकताअनुसार काम गरेको छैन । सरकार जुन आधारमा निर्माण भएको छ, त्यो आधार नै गलत छ । त्यसकारण पनि यो सरकार जनता र राष्ट्रको पक्षमा छैन । यो सरकारले तत्काल राजीनामा दिनुपर्छ भन्ने हाम्रो मुख्य अडान रहेको छ । यो सरकारको राजीनामा पछि अर्को नयाा सरकार कस्तो गठन हुने भन्ने विषयमा पार्टीभित्र छलफल हुन्छ ।

०     माओवादी पार्टीभित्र तीनखाले अभिजात, मध्यम र निम्नवर्ग भएको कुरा उठिरहेको छ, त्यसलाई कसरी समाधान गरेर अगाडि बढ्नु हुन्छ ?

हामीले पार्टी कन्द्रीय समिति बैठकमा यस विषयमा व्यापक छलफल गरेका छौा । पार्टीभित्र देखापरेका समस्यालाई समाधान नगरी क्रान्ति सफल हुन सक्दैन । पार्टीभित्र देखिएका यस्ता समस्यालाई नीति बनाएर हल गर्नुपर्छ । जनवादी केन्द्रीयतालाई ठीक ढङ्गले लागू गराउने हो भने पार्टीभित्र देखिएका यस्ता समस्याको समाधान हुन्छ ।

०     पार्टीभित्रका समस्या र बेथितिका ’boutमा बोल्दा तपाईंहरूलाई पार्टी छाडेर गए हुन्छ भनिएको छ नि होइन ?

पार्टी आˆनो आधिकारिक मार्ग र दिशामा अगाडि बढ्नुपर्छ । अहिले सामन्तवाद र साम्राज्यवादविरोधी संविधान लेख्ने, दिगो शान्तिको लागि अगाडि बढ्ने, सम्मानजनक ढङ्गले सेना समायोजन गरेर मुलुकलाई अग्रगमनतर्फ लैजाने पार्टीका घोषित नीतिहरू हुन् । पार्टीको घोषित नीतिहरूबाट अध्यक्ष वा नेतृत्व विचलन भएर जाने अनि हामीलाई पार्टी छोड भन्ने यो त प्रश्नै आउादैन । पार्टीको घोषित नीति र आधिकारिक नीतिहरू नेतृत्वले छोड्दै गएको हुनाले उहााहरू नै पार्टीको लाइनबाट विचलित भएर बाहिर गइरहेको प्रस्ट हुन्छ ।

०     भनेपछि तपाईंहरू देश र जनताको मुक्तिको लागि क्रान्तिको दिशामा अग्रसर नै हुनुहुन्छ ?

स्वाभाविकरूपमा हामी क्रान्ति छोड्दैनौा र यो छोड्ने कुरा पनि हुादैन । क्रान्ति कसरी अगाडि बढ्छ भन्ने विषयमा ठोस परिस्थितिको ठोस विश्लेषण गरी अगाडि बढ्ने कुरा हो । हामीले जनविद्रोह, जनवादी क्रान्तिको जुन कुरा गरेका छौा । त्यो भोलि नै भूमिगत हुने, बन्दुक उठाउने भन्ने होइन । जनविद्रोह र जनवादी क्रान्तिको विषयलाई लिएर जुन अतिरञ्जना फैलाउने काम भएको छ । त्यो सबै गलत कुरा हो । मूल कुरा संसद्वादमा डुब्ने कि त्यहााबाट फुत्केर क्रान्तिलाई निरन्तरतामा अगाडि बढाउने भन्ने नै अहिलेको अहम् प्रश्न हो । त्यसकारण नेपालमा हामी जनवादी क्रान्ति हुादै समजाबाट साम्यवादसम्म अगाडि बढ्नको लागि दृढताका साथ अगाडि बढ्छौा ।

०     तर, पार्टी अध्यक्षले त तपाईंहरूले सरकारमा भनेजस्तो र स्थान नपाएर यी सबै गतिविधि भइरहेको आरोप लगाउनुभएको छ नि ?

यो विचारलाई न्यूनीकरण गरेर प्राविधिक कुरालाई उठाउने प्रपञ्च मात्र हो । अध्यक्षले वैचारिक दम सकिएर प्राविधिक विषयहरूलाई उठाएर मुख्य विषयलाई विषयान्तर गर्न खोजेको हो । त्यसमा सत्यता छैन । विचारमा विचलन आएपछि प्राविधिक पाटो उठाएर त्यसले विचारमाथि प्रहार गर्ने असफल प्रयासमा अध्यक्ष लाग्नुभएको छ । उहााको यो प्रयास सफल हुने अवस्था छैन ।

०     अब तपाईंहरूको आगामी रणनीति कस्तो रहन्छ ?

यस विषयमा केन्द्रीय समितिमा छलफल चलिरहेको छ । साथीहरूबीच व्यापक छलफलपछि पार्टी कसरी अगाडि बढ्छ, त्यसको निचोड आउाछ । अहिले यो छलफलकै क्रममा छ ।

०     तपाईंहरूले पार्टी महासचिव बादललाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्नुभएको छ नि, के छ उहााको सम्भावना ?

अहिले हामीले बादललाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको भन्ने होइन, भट्टराई नेतृत्वको सरकारले राष्ट्र र जनताको पक्षमा भन्दा पनि राष्ट्र, जनता र क्रान्तिको विरुद्धमा काम गरिराखेको हुनाले यो सरकारलाई फिर्ता बोलाउने भनिएको हो । यो सरकार फिर्ता आइसकेपछि कसको नेतृत्वमा नयाा सरकार गठन गर्ने भन्ने विषयमा छलफल खुला छ । अबको उम्मेदवार को हुने भन्ने सन्दर्भमा बादलको नाम अगाडि आएको हो । बादलकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने त्यस्तो मूलखालको मागचाहिा होइन ।

०     सरकार गठनताका मधेशी मोर्चासाग भएको सहमति खारेज हुन्छ कि कार्यान्वयनमा अगाडि बढ्छ ?

नेपाली सेनालाई समावेशी बनाउनुपर्छ भन्ने हाम्रो भनाइ रहादै आएको छ । मधेशीहरू सेनामा समावेश हुनुहुादैन भन्ने हाम्रो भनाइ एवं मनसाय होइन । मुख्य कुरा के हो भने दस वर्षे जनयुद्धमा राष्ट्र र जनताको पक्षमा लडेको जनमुक्ति सेनालाई बिसर्जनको दिशामा लैजाने र अरु सबै कुरालाई छाडेर मधेशीहरूको नाममा दस हजार युवालाई सेनामा ल्याउने भन्ने कुरा मिलेन भन्ने मात्र हाम्रो धारणा हो । हामीले मधेशीलाई नेपाली सेनामा सहभागी गराइनु हुन्न भन्ने सन्दर्भमा उठाइएको विषय होइन । नेपाली नागरिकता बााड्दा अलि होस् पुर्‍याइयोस् भन्ने हाम्रो भनाइ हो । अन्धाधुन्धा रूपमा नागरिकता बााड्न भएन ।

०     पछिल्लो पटक थपिएको समयमा संविधान जारी होला ?

पछिल्लो हर्कत हेर्दा एउटा खोस्टो संविधान जारी हुने सम्भावना देखिएको छ । तर, जनताको पक्षमा संविधान जारी हुने सम्भावना भने क्षीण हुादै गएको छ । हामी जनताको संविधान बन्नुपर्छ भन्दै आˆना कुराहरू जोडतोडले उठाइरहेका छौा, त्यो क्रम जारी रहन्छ ।

०     तपाईंहरू विरोध गर्दै जानु हुन्छ, संस्थापन पक्ष आˆनो ढङ्गले अगाडि बढ्छ, यस्तो अवस्थामा माओवादी पार्टी संसद्वादी भासमा भासिने भयो भनिन्छ नि ?

संस्थापन पक्ष अब आफूखुसी ढङ्गले अगाडि बढ्न पाउादैन । हामीले यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल गरेका छौा । संस्थापन पक्षका भनिने साथीहरू रूपान्तरित भएर क्रान्तिको दिशामा अगाडि आउन जरुरी छ । हामी क्रान्तिलाई अगाडि बढाइरहन्छौा ।

०     भनेपछि पार्टीभित्र अझै फुटको सम्भावना छ ?

फुट होइन, केही मान्छेहरू क्रान्तिबाट थाकेर बस्छन् भने क्रान्तिलाई निरन्तरता दिन चाहनेहरू अगाडि बढ्छन् । यसलाई फुट भन्न मिल्दैन । यो फुट होइन । ०     पार्टी अध्यक्षले विचार र आदर्शको कुरा मात्र गरेर हुादैन, क्रान्ति पूरा भयो अब जनविद्रोह सम्भव छैन भनिरहेको अवस्थामा तपाईंहरू जनविद्रोहको कुरा गरिरहनुभएको छ नि ?

जनविद्रोह आज गर्ने भोलि गर्ने भन्ने होइन । बहसलाई यसरी मोड्नु हुादैन । जनविद्रोह एकदुई महिनाभित्र हुन्छ भन्ने कुरा होइन । अध्यक्षले अहिले जनविद्रोह सम्भव छैन भनिरहादा हामीले जनविद्रोह अझै सम्भव छ भनिरहेका छौा ।

०     त्यसो भए पार्टी संसद्वादी भासमा फस्दै गएको स्वीकार्नुहुन्छ ?

पार्टी संसद्वादमा फस्दैछ भनेर नै हामीले पार्टीभित्र विचारको बहस चलाएका हौा । हामीले चाहेको अझै पूरा भएको छैन । क्रान्तिलाई मौलिक ढङ्गले अगाडि बढाउन जरुरी छ । संस्थापन पक्षले पार्टीको आधिकारिक निर्णय भन्दै जुन गलत ढङ्गले अगाडि बढिरहेको छ, बरु त्यसले पार्टीलाई संसद्वादमा फसाउाछ ।

०     अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

नेपाली जनताले लामो समयदेखि जुन खालका संघर्ष गर्दै आएका छन्, सारमा त्यो संघर्ष भनेको सामन्तवाद र साम्राज्यवादविरुद्धकै संघर्ष हो । नेपाली जनताले आˆनो संघर्षबाट नेपालमा सच्चा जनतन्त्र र राष्ट्रियताको स्थापना गर्न चाहन्छन् । त्यो अवस्थामा नेपाली जनताका दुश्मनहरू प्राप्त उपलब्धिलाई खत्तम गर्न लागिपरेका छन् । त्यस प्रकारका हर्कतको पक्षमा हाम्रै पार्टीभित्रका संस्थापन पक्षका साथीहरू लागेको देखिन्छ । यसको विरुद्धमा पार्टीभित्र गम्भीर वैचारिक संघर्ष छ । संघर्षको प्रक्रियाबाटै नेपाली जनताले चाहेको मुक्तिको मार्ग दिशामा अगाडि बढ्ने कुरामा हामी प्रतिबद्ध छौ । यो प्रतिबद्धताप्रति आमनेपाली जनसमुदायको सहयोग र समर्थन रहनेछ भन्ने कुरामा हामी विश्वस्त छौ ।

नेतृत्व जिम्मेवारीबोधबाट च्युत हुदै गएको छ

हरिभक्त कडेल ‘प्रतीक’, पोलिटब्युरो सदस्य- एनेकपा -माओवादी

०     जारी केन्द्रीय समितिको बैठकले कस्तो निचोड निकाल्ने अपेक्षा गर्नुभएको छ ?

केन्द्रीय समितिको बैठक ठिकै ढङ्गले अगाडि बढिरहेको छ । पार्टीभित्रको कार्यशैली र योजनाको ’boutमा पनि राम्रोसाग छलफल चलिरहेको छ । अहिल्यै नै कति कुरा मिल्छ, त्यो त भन्न सकिादैन । तर, त्यहााभित्र चलेको बहसले जनताप्रति उत्तरदायी राष्ट्रप्रति उत्तरदायी, आन्दोलनप्रति उत्तरदायी हुनुपर्छ र आन्दोलनसागै क्रान्तिलाई पूर्णता दिनेतर्फ जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने कुराको जोडतोडले उठान गरेको छ ।

०     तर, पार्टी संस्थापन पक्षका नेताहरू त पार्टी फुटाउनुपर्छ, एकजुट भएर अगाडि बढ्न सकिादैन भनेर अभिव्यक्ति दिादै हिाडेका छन् नि, यस विषयमा के भन्नुहुन्छ ?

छलफलको क्रममा अति प्रवृत्तिहरू देखापरेका छन् । पार्टीभित्र पेलेर जानुपर्छ मिचेर जानुपर्छ भन्ने खालका पनि छन्, यो नौलो होइन । व्यक्तिगत स्वार्थमा लागेकाहरू आˆनो भाग खोसिन्छ कि भनेजस्तो व्यवहार देखाइरहेका छन् । सिङ्गो आन्दोलनबाट स्थापित नेताहरूले तहल्का टिप्पणी गर्न सुहाउादैन, त्यसरी जे मन लाग्यो, त्यही बोल्दा नेताहरूमा जवाफदेहिता नभएको ठहर्छ ।

०     सर्वहारावर्गको पक्षमा आन्दोलन गर्नुभएको तपाईंहरूको पछिल्लो व्यवहार र जीवनशैली हेर्दा त क्रान्ति पूरा होलाजस्तो देखिादैन नि ?

यस विषयमा केन्द्रीय समिति बैठकमा कुरा उठेको छ । राष्ट्रिय स्वाधीनता, आत्मसम्मान, स्वाभिमानको लागि हामी संघर्षमा लाग्यौा । वर्गसंघर्ष गर्दै जनयुद्धमार्फत् अहिलेको अवस्थामा आइपुगेका छौा । क्रान्ति, व्यक्तिको लागि होइन, समग्र राष्ट्रको आमूल परिवर्तनको लागि क्रान्ति गरिएको हो । त्यसबाट दायााबायाा गर्ने अधिकार कसैलाई पनि छैन । व्यक्तिगत स्वार्थपूर्ति गर्ने साधनको रुपमा नेपाली क्रान्तिलाई पछिल्लो समय जसरी प्रयोग गर्न खोजिएको छ, त्यो दुःखदायी कुरा हो । यो पार्टीभित्र देखिएका गलत प्रवृत्तिको भण्डाफोर गर्छौा । जनताका अगाडि त्यस्तालाई नङ्ग्याउाछौा । जनता र राष्ट्रलाई शोषण गरेर बनाइएका आलिसान महलहरू कब्जा हुन्छन्, चाहे त्यो जोसुकैको होस् ।

०     तपाईंले भनेभन्दा विपरीत पार्टीको नेतृत्वपंक्ति, पार्टीबाट सरकारमा सहभागी भएकाहरू नै भ्रष्टाचारमा लिप्त भएको कुरा बाहिर आइरहेको छ नि ? त्यसलाई कसरी समाधान गर्नुहुन्छ ?

हामीले क्रान्ति गरेको आमशोषित, पीडित जनसमुदायलाई मुक्ति दिन हो । सम्पूर्ण मुलुकको नै मुक्ति गर्ने भनेर हामी लडेका हौा । यस्तो अवस्थामा कुनै नेताहरू व्यक्तिगत स्वार्थको लागि आन्दोलनबाट भागेर गए भने उनीहरू जनतिरस्कृत हुनेछन् । जनताका दुश्मनका रूपमा देखापर्छन् । यसलाई हल गर्न पार्टी नेता, कार्यकर्ताले आफूभित्रको फोहोरमैलालाई ˆयााक्न सक्नुपर्छ । आफैालाई सुधार्न आफैासाग संघर्ष गर्ने साहस गर्नुपर्छ । आफैालाई सुधार्न नसक्नेले बाहिरको वर्गसंघर्षमा भूमिका खेल्न सक्दैन ।

०     माओवादी पार्टी आफैा पारदर्शी छैन, यसले मुलुकलाई कसरी पारदर्शी बनाउला भन्ने जनआरोप तपाईंहरूमाथि छ नि ?

यस प्रकारको आरोपभित्र आंशिक सत्यता हुन सक्छ । त्यसलाई हल गर्न नेतृत्वले पहलकद्मी लिनैपर्छ । नेतृत्व जो अगुवा उही…… भनेजस्तो भयो भने त्यसले समस्या पैदा गर्छ । आˆनो स्थापित व्यक्तित्वबाट नेतृत्व च्युत भइसकेपछि जनताका नजरमा तिनीहरू गिर्छन् । क्रान्तिको मोर्चामा अडिग भएर लागेका नेतृत्वहरू पछिल्लो समयमा आएर विचलित भएको इतिहास हामीसाग छ । त्यसागसागै जीवनभर क्रान्तिमा होमिन माक्र्स, एंगेल्स्, माओ, लेनिनहरू पनि छन् । पार्टीभित्रका फोहोरहरूलाई हामीले हटाउनै पर्छ । त्यसको लागि हामी संघर्ष गर्नु परे पनि पछि हट्दैनौा ।

०     पार्टीले जनसेनाको नाममा राज्यको करोडौा रकम लिएको कुरा बाहिर आइरहेको छ, यस विषयमा केन्द्रीय समिति बैठकले छिनोफानो गर्ला ?

केन्द्रीय समिति बैठकमा यस विषयमा कुरा उठेको छ । किरण कमरेडको राजनीतिक प्रस्तावमा पनि यो कुरा उठेको छ । पार्टीभित्रका कार्यशैली पारदर्शी नहुने, हिसाब-किताबमा पारदर्शिता नदेखिने यस्तो व्यवहारले पार्टीभित्र अभिजात वर्ग जन्मिएको प्रमाणित भएको छ । केही त्यस्ता अभिजातवर्गले पार्टीलाई दुहुनो गाई बनाइरहेका छन् । हामीले त्यस्तो खालको कार्यशैली र व्यवहारको विरुद्ध संघर्ष गरेका छौा ।

०     तपाईंहरूले पार्टी र क्रान्तिको पक्षमा आवाज उठाउादै आइरहनुभएको छ तर तपाईंहरूलाई नै पार्टी संस्थापन पक्षले पार्टी छाडेर गए हुन्छ भनिरहेको छ नि ?

मान्छेहरू आˆनो व्यवहारमा चुक्दै गएपछि यस्ता खाले अभिव्यक्ति दिन हिचकिचाउादैनन् । किनकि सर्वहारा, गरिब जनतालाई उनीहरू पाखे देख्न थाल्छन्, उनीहरूको जनतालाई अपहेलित गर्न थाल्छन् र उनीहरू बुर्जुवा र हुनेखानेहरूलाई आˆनो परममित्र ठान्न पुग्छन् । यस खालको अभिव्यक्ति दिने मान्छेहरू स्वयम् पतन भएर जान्छन् । इतिहासले यो प्रमाणित गरिसकेको छ ।

०     अब तोकिएको समयभित्र नयाा संविधान बन्छ भन्ने तपाईंलाई लाग्छ ?

माओवादीले आˆनो अडान र प्रतिबद्धता छाड्दै गएपछि आत्मसमर्पण गर्दै गएपछि जनविरोधी संविधान त बन्ला ? जनताको संविधान बन्ने सम्भावना अत्यन्तै क्षीण भएको छ । जनताको संविधान नबन्ने पक्कापक्की भएको अवस्था देखिादैछ ।

०     उसो भए, संसारलाई परिवर्तन गर्छु भनेर हिाड्नु भएको तपाईंहरूलाई संसद्वादीहरूले नै आˆनो कित्तामा परिवर्तन गरिदिए होइन त ?

हामी शान्तिप्रक्रियामा आइसकेपछि केही उपलब्धि त हासिल गर्‍यौा । हामीले गणतन्त्र पायौा, त्यो हाम्रै एजेन्डा हो । तर, गणतन्त्र जनताको गणतन्त्र हुन सकेको छैन । यो गणतन्त्र बुर्जुवा गणतन्त्र भएको छ । हामी सिङ्गो देशलाई बदल्ने भनेर आएका छौा । तर, सहरले हाम्रै एउटा नेतृत्व पंक्तिलाई बद्लिदियो । उनीहरूलाई स्वार्थपरक, व्यक्तिवादी, सुविधाभोगी बनाइदिएको छ । नेतृत्व जिम्मेवारबोधबाट च्युत हुादै गएको छ । हामी दक्षिणपन्थी, सुधारवादीधारको विरुद्धमा, अवसरवादी धारको विरुद्ध लडिरहेका छौा । पार्टीभित्रको अहिलेको वैचारिक संघर्ष पनि त्यसकै परिणाम हो ।

०     भनेपछि दस वर्षे जनयुद्ध र दसौा हजार सपुतको बलिदानी खेर गयो, अब नयाा ढङ्गले फेरि क्रान्ति गर्नुपर्छ भन्न खोज्नुभएको हो ?

सहिदको बलिदानलाई खेर फाल्ने काम केही नेतृत्वबाट हुादैछ । हामी महान् सपुतका बलिदानलाई कुनै पनि हालतमा खेर जान दिादैनौा । पार्टीभित्र अझै कैयौा क्रान्तिकारी नेतृत्वहरू छन् । जनता अहिले पनि परिवर्तनकै पक्षमा छ । जनता मुक्ति चाहन्छन् । जनताले पार्टी बिगि्रयो भनेर चिन्ता जाहेर गरिरहेका छन् । हामी क्रान्तिको झण्डालाई झुक्न दिादैनौा । क्रान्तिकारी विचारलाई मर्न दिादैनौा । हामी क्रान्तिको मार्गमा अगाडि बढ्छौा ।

०     तपाईंले भनेका कुराहरूमा विश्वास गर्ने आधारहरू के-के छन् ।

हामी अहिले बहसको क्रममा छौा । नराम्रोसागै राम्रो पनि हुन्छ । पार्टीभित्र इमानदार नेताहरूको एउटा पंक्ति पनि छ । उनीहरू व्यक्तिगत सुखसुविधाको लागि लागेका छैनन् । उनीहरूको खानपिन, रहनसहन, बसाइ-उठाइ, उनीहरूको सम्बन्धहरू राम्रोसाग केलाएर हेरियो भने यहाा एउटा उज्यालो बाटो पनि छ, जसले क्रान्तिको नेतृत्व गर्न सक्छ । ऊ, नेतृत्व गर्न तयार पनि छ भन्ने प्रमाणित गर्दछ । यहाा सिङ्गो पार्टी ध्वस्त भइसक्यो भन्ने होइन । पार्टीभित्र क्रान्तिकारी धार पनि क्रियाशील छ भन्ने कुरा कदापि भुल्नु हुादैन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: