Posted by: chhepyastra weekly | March 24, 2012


राष्ट्रिय स्वाधीनतासहितको सार्वभौम संविधान बन्नुपर्नेमा गडबढी देखिएपछि आन्दोलनमा उत्रनु परेको हो

कुलप्रसाद केसी ‘सोनाम’, पोलिटब्युरो सदस्य- एनेकपा माओवादी

० संविधानसभाको समय सकिन लाग्दा तपाईंहरू आन्दोलनमा उत्रनु भएको छ, कारण के हो ?
संविधानसभाबाट जनताको संविधान बन्नुपर्छ भन्ने हाम्रो मान्यताविपरीत गएपछि आन्दोलनमा जानु परेको हो । जनताको पक्षमा संविधान बन्नुपर्छ, राष्ट्रिय स्वाधीनतासहितको सार्वभौम संविधान बन्नुपर्नेमा गडबढी देखिएपछि आन्दोलनमा उत्रनु परेको हो । संविधान जनताको पक्षमा बन्नेभन्दा पनि रहस्यमूलक ढङ्गले केही राजनीतिक नेताहरूको दिमागीउपज बनाउन थालेपछि आमजनतालाई सचेत बनाउनको निम्ति, आˆनो अधिकारहरू सुनिश्चित गराउनेको निम्ति आवाज बुलन्द गर्नुहोस् भन्नको निम्ति हो ।
० उसो भए तपाईंहरूको आˆनै पार्टीको नेतृत्वमा सरकार हुादासमेत जनसंविधान बन्न नसक्ने भयो होइन त ?
मुख्य कुरा यो सरकार कुन जगमा बनेको छ भन्ने हो । चार बुादेले यो देशलाई कस्तो सन्देश दियो र कस्तो मोडालिटी दियो भन्ने एउटा रूप देखिसकियो । चार बुादे र सात बुादेले नेपालको सामाजिक, राजनीतिक अन्तरविरोध हल गर्दैन र झन् चर्काउाछ भन्ने कुरा सबै जनतासामु छर्लङ्ग भएकै विषय हो ।
० तर, तपाईंको पार्टीको अध्यक्षले समेत सात बुादे सहमति अन्तिम सहमति हो भनेर स्वीकारिसकेको स्थिति छ नि होइन र ?
अनाडी र अन्तिम भन्ने कुरा माक्र्सवाद र द्वन्द्ववादमा हुन सक्दैन । यो कसैले भन्दैमा यो अन्तिम हुन सक्दैन । हिजो कसैले राजतन्त्रलाई अन्तिम व्यवस्था, पञ्चायतलाई अन्तिम व्यवस्था भनेजस्तै अभिव्यक्ति हो, यो । जनताको आाखाबाट हेर्नुभयो भने जनताको जो अपेक्षा थिो, त्योभन्दा बिलकुल विपरीत दिशाबाट राजनीतिक नेतृत्व अगाडि बढिरहेका देखिन्छ । कसैले अपिल गर्दैमा त्यो लागू हुन्छ भन्ने होइन । नेपालको सन्दर्भमा जनताको पक्षमा संविधान, संघीयता, समान र सभागितामूलक पद्धति र जनजीविकाका ग्यारेन्टीका कुरामा कसैले नजरअन्दाज गर्न सक्ने स्थिति छन् । लोकतन्त्रले यी तमाम विषयको सम्बोधन गर्नुपर्छ तर अहिले त्यो हुन सकिरहेको छैन ।
० तपाईंले भनेभन्दा विपरीत तपाईंकै पार्टी अध्यक्ष तपाईंहरू -वैद्य पक्ष) पार्टी नीतिविपरीत जानुभयो, छापामार युद्धको तयारी गर्दै हुनहुन्छ भनेर आरोप लगाउादै हिाड्नुभएको छ नि, के भन्नुहुन्छ ?
पहिला त छापामार युद्धबाट किन आएको भनेर पुष्टि गर्नुपर्यो । कि त्यो बेठीक थियो भनेर आत्मा आलोचना गर्नुपर्यो । छापामार युद्धको औचित्य के थियो भनेर आज इतिहासले पुष्टि गरिसकेको छ । यो कसैको इच्छा र चाहनाको छापामार युद्धमा जाने कुरा हुादैन । युद्ध र शान्ति भनेको द्वन्द्वात्मक पक्ष हुन, जनताको हितमा भयो भने शान्तिको पक्षमा सबै छन्, जनताको हितविपरीत भयो भने कोही नेताले अपिल नगरे पनि चक्काजाम, सडक आन्दोलनहरू चलिनै रहेका छन् । त्यसैले ती सबै गलत हुन् बरु पार्टीको आधिकारिक धारणा जनताको संघीय गणतन्त्रको लागि लड्ने सामन्तवाद, साम्राज्यवादविरुद्धको संविधान बनाउने कुराको राजनीतिक पहलकद्मी मूल नेतृत्वले छोडेको कारणले हामीले त्यसको झण्डा उठाउन बाध्य भएका हौा । त्यसैले पार्टीको आधिकारिक संस्थापन पक्ष पनि हामी भएका छौा ।
० तर, अध्यक्ष प्रचण्ड त केन्द्रीय कमिटीको बैठक बसालौा भन्दा तपाईंहरू भागेर हिाडिरहेको भन्नुहुन्छ त ?
पहिले केन्द्रीय कमिटीले गरेको निर्णयको कार्यान्वयन गर्नुपर्यो नि । त्योचाहिा नगर्ने अनि बहुमत र अल्पमतको कुरा गर्ने, यो सुहाउादो भएन । नेपाली जनयुद्धको ७५ प्रतिशत शक्ति र त्यसको नेतृत्व हाम्रो पक्षमा छ । तर, त्यसको बुझ पचाउादै हिजो जनयुद्धलाई धारे हात लगाउनेहरूको झुण्डलाई बहुमत ठान्नु मूर्ख हो । पार्टी नेतृत्वले यो कुरा बुझ्नुपर्छ । अहिले नेपालको एजेन्डा भनेको राजनीतिक रूपले समस्या समाधान गर्ने दिशातिरभन्दा तुजुकता देखाउने दिशातिर उन्मुख छ । नेतृत्व त्यतातिर जानु खोजिरहेको छ । त्यस्तो नटकीय बहुमतको कुनै अर्थ छैन । यसले नेतृत्वलाई झन् कमजोर बनाउाछ र समस्यालाई झन् चर्काउाछ ।
० काग कराउादैछ भन्ने उखानजस्तै पार्टी नेतृत्वले तपाईंहरूलाई टेरपुच्छर लगाएको छैन, पङ्गु बनाइरहेको छ भनिन्छ नि ?
पङ्गु बनिरहेको छ भन्ने त तपाईंहरूले नै देखिरहनुभएको छ नि । जे गर्छु भन्ने त्यो नगर्ने, जे गर्दिन भन्ने त्यही गर्ने, त्यो पङ्गु हुन्छ कि जे कुरा हो, त्यो कुरा जनताको बीचमा लिएर जाने, जनताको तागत लिएर आउने, त्यो सबैले बुझेकै कुरा हो । हिजो जनयुद्धमा जाादा पनि एउटा शक्तिले पङ्गु, गुलेली खेलाउन नजान्नेले बन्दुक उठाउने भन्थे, यी खिसीटिउरी गर्ने नेताहरूलाई इतिहासले विदा गरिसकेको छ ।
० तपाईंहरू क्रान्तिको कुरा गर्नुहुन्छ । तर, आˆनो पार्टीभित्रको विकृतिको थुप्रो हटाउन सक्नुभएको छैन, जनताले कसरी विश्वास गर्ने ?
हो, यही विकृतिका विरुद्ध पनि यो संघर्ष हो । पार्टीभित्रको र समाजमा रहेका विकृतिका विरुद्धको संघर्ष हो, यो हाम्रो । अहिले दैनिकीका समस्याका कारण जनता आहत बनेका छन्, के यही यो शान्ति, यही हो लोकतन्त्र ? हजारौा युवाहरूलाई नयाा नेपालको सपना देखाएर क्रान्तिमा होमियो, तिनीहरू अलपत्र परिरहेका छन् । के यही हो शान्ति ? दुईचार हजार मानिसको बर्दीलाई यता र उता पार्दैमा शान्ति कायम गर्यौ भनेर कसैले घमण्ड गर्छ भने त्योजस्तो बज्रस्वााठ कोही होइन भनेर बुझ्दा कुन्छ । शान्ति जनताको दिलदिमागमा, समाज, शासन पद्धतिमा आउनुपर्यो । दिनदिनै भएका निर्णयहरूलाई हेरौा, कुनै निर्णयले कुनै नेपाली गरिबहरूलाई कुन भूमिहीन किसानलाई, कुन मजदुरलाई सम्बोधन गरेको छ । कुन जागिरेको अधिकारलाई सुनिश्चित गरेको छ । जताततै सुकेको खरानीजस्तो भएको छ । तीनचारजनाको कुर्सीका लागि गरिएको दिमागी कसरतले नेपालको अहिलेको अन्तरविरोध हल हुदैन, यसको निम्ति नया शिराबाट नया राजनीतिक सहमति हुनु जरुरी छ ।
० जेठ १४ मा तपाईंहरूले भनेजस्तो जनसंविधान बन्ने निश्चित छ भनिहाल्नु भयो, अब के देशको स्थिति कस्तो हुन्छ त ?
अब देशमा नया संक्रमण सुरु हुन्छ । नया राष्ट्रिय ध्रुवीकरण सुरु हुन्छ, नयाा गतिविधि हुन्छन्, खराबहरूको अस्तित्व समाप्त हुन्छ, असलहरूको उदय हुन्छ । एउटा नया राष्ट्रवादी ताकत र जनवादी ताकतको उदय हुन्छ ।
० भन्नाले अब तपाईंहरू पुनः संघर्षमा उत्रनु हुन्छ ?
संघर्ष नगरेर राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य भएको होइन । केवल संसदीय प्रतिस्पर्धालाई मात्र जनताका ठान्नेहरूले गणतन्त्रको प्रगतिशील सुधार, विकास, परिवर्तनलाई सम्बर्द्धन गर्न सकेनन्, त्यसैले संघर्ष जानुको विकल्प छैन ।
० जेठ १४ सम्म यही सरकारले निरन्तरता पाउाछ वा कुनै विकल्प सोच्नुभएको छ ?
यो सरकारको बहस नै ओझेलमा परिसक्यो किनकि नेपालमा राष्ट्रिय एजेन्डा संविधान कस्तो हुने र शान्तिको प्रकृति कस्तो हुने भन्नेतिर मोडिइसक्यो त्यसैले यो सरकार रहनु र नरहनुको कुनै अर्थ छैन ।
० तपाईहरूको भावी कार्यक्रम के हो ?
पहिलो, जनताको पक्षमा जनसंविधान नै हो । जनताको संविधान बनाउनका निम्ति लाखौा, करोडौा जनताका हस्ताक्षर संकलन गर्ने अभियान सञ्चालन गर्ने, राष्ट्रिय स्वाभिमान, असमान सन्धि, सम्झौता र विधेयकहरूको विरोध गर्ने, जनताको दैनिकीका विषय शान्तिसुरक्षा, जनधनको रक्षाको सवाल र भ्रष्टाचार कमिसनतन्त्र र गलत ठेकेदारी प्रथाको विरुद्धमा संघर्ष थालिनेछ । यस्तै संघर्षका कार्यक्रमसागै महान् जनआन्दोलनको पुष्टि हुन्छ ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
भोका, नाङ्गाहरूको आङ र पेट हेरेर लेखिने संविधानको औचित्य छ । त्यसलाई प्रगतिशील संविधानको रूपमा स्वीकार्न सकिन्छ । तर, कोही अध्यारो कुनाबाट कतैबाट ड्रˆट तयार पारेर जबर्जस्ती हृवीप जारी गरेर, टेबल ठटाउादैमा आएको संविधान नेपाली जनताको आक्रोश र आवेगको शिकार बन्न सक्छ । त्यसकारण यसमा विवेक पुर्याउनुपर्छ । अब नयाा ढङ्गले रजनीतिक बहस गर्नुपर्छ । किनकि हरेक क्षण परिवर्तनशील छन्, यो समयको माग र आवश्यकता जनताको मनोविज्ञान र भावना र राष्ट्रको अवस्थालाई हेरेर निर्णय लिने समय आएको छ । जसले यी कुरा बुझेर अग्रगामी निर्णय लिन सक्छन्, उनीहरू सफल हुन्छन् । जसले यही सम्पूर्ण हो, अरु गलत हो भनेर आफू महान् बन्न खोज्छन्, त्यसको पतन हुन्छ, यो इतिहासले पुष्टि गरिसकेको कुरा हो । त्यसैले अबको दुई महिना नेपाली जनता सचेत र सतर्क भएर बस्नु आवश्यक छ ।

Posted by: chhepyastra weekly | March 10, 2012


सरकार बन्दैछ बेकार
प्रधानमन्त्री बाबुराम हुदैछन् बदनाम
काठमाडौ । डा बाबुराम भट्टराईले सरकारको नेतृत्व गर्न पाए भने देशको कायापलट हुनेछ भनी विश्वास गर्ने आमनेपाली जनता अहिले निराश बनेका छन् । डा. बाबुराम भट्टराईले अर्थमन्त्री हुादा गरेका काम र ल्याएका योजनाको उच्च मूल्यांकन गरेरै नेपाली जनताले उनले अब मुलुक हााक्न पाए भने तमाम दुःख, कष्ट निवारण हुनेछ भन्ने जुन विश्वास गरेका थिए, अहिले त्यो सबै झूठा सावित भएको छ । सबै राजनीतिक दल र आमनेपाली जनताले हेर्न चाहेको डा. बाबुराम भट्टराईको नेतृत्वको सरकार अहिले आएर यति निकम्मा भएको छ कि आमनेपाली जनता र सबै राजनीनिक दल उनको कार्यशैली देखेर वाक्कदिक्क बनेका छन् ।
डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व सम्हाल्ना साथ दिएको अभिव्यक्तिले नेपाली जनतालाई आशाका किरण देखाएको थियो । ४५ दिनभित्र शान्ति र संविधानको निम्ति ठोस कार्य गर्ने, नसके पद ओगटेर नबसी मार्ग प्रशस्त गरिदिने महान् अभिव्यक्ति दिने भट्टराईले अब आफू विदेशमा बनेको महागो गाडी नचढी नेपालमै बनेको मुस्ताङ म्याक्स चढ्ने घोषणा गरेर नेपाली जनतामा अब देशमा अवश्य केही राम्रै हुन्छ भन्ने आशाको दियो जलाएका थिए । प्रधानमन्त्री भट्टराईले जब तत्काल राहतको लागि भन्दै पराहत प्याकेज सार्वजनिक गरे तब उनको कुटिल चाल देखेर सबै ठूला राजनीतिक दल र आमनेपाली जनता झस्कन पुगे । उनले राहतको प्याकेजमा जनताका दैनिकी समस्याका समाधान गर्ने नाममा १० हजार मधेसी युवालाई सामूहिक रूपमा सेनामा भर्ना गर्ने, नेपाली नागरिकता अन्धाधुन्दा तरिकाले वितरण गर्ने, मन्द विषय मिलाएर ल्याए । उनका यस क्रियाकलापबाट शंका मानेका जनताले त्यसपछि एकपछि अर्को गर्दै देश र जनघाती योजना र कार्यक्रमहरू देख्न र सुन्न पर्यो । आफूले सरकार सम्हालेपछि एक महिनासम्म कुनै राष्ट्रसेवक कर्मचारीलाई उसको जिम्मेवारीबाट नहटाउने सार्वजनिक अभिव्यक्ति दिएका भट्टराईले आˆनो सत्ताको लागि मधेसी मोर्चालाई खुसी पार्न सात दिन पनि ननाघ्दै गृहसचिव लीलामणि पौडेललाई सरुवा गरिदिए । त्यसपछि सुरु भयो, उनको असली रूप । बोलीमा एक व्यवहारमा अर्को गर्दै प्रधानमन्त्री भट्टराईले एकपछि अर्को राष्ट्रघाती र जनघाती कामको शृंखला कायम गर्दै आएका छन् । बिप्पा सम्झौता, जग्गा फिर्ता, जनसत्ताको निर्णय कार्यान्वयन गर्ने निर्णय, महागी र भ्रष्टाचार रोक्ने प्रतिबद्धता र राष्ट्रियतासम्बन्धी सवालमा भट्टराई सरकारले एकपछि अर्को गर्दै थप माथि थप गल्ती गर्दै गइरहृयो ।
कुनै पनि निर्णय गर्दा आवेग र लहडमा निर्णय लिने भट्टराई सरकारले आफूले गरेका प्रायजसो निर्णयहरू कार्यान्वयन गर्न सकिरहेका छैन । सरकारमा बसेर आˆनै दलको पूर्ण समर्थन लिन नसकेका भट्टराईले सत्ता साझेदार दलहरूको पनि पूर्ण विश्वास लिन सकेका छैनन् । उनका मन्त्रिमण्डलका सदस्यहरू बेलगाम छन् । मन्त्रीहरू भ्रष्टाचारमा लिप्त छन्, राष्ट्र र राष्ट्रियताविरुद्ध खुलेआम अभिव्यक्ति दिादै हिाड्छन्, सामान्य कूटनीतिक मर्यादा पालन गर्न नसकेर विदेशमा बेइज्जत भएका छन् । देशभित्र अपराध, अन्याय, अत्याचार, महागी, भ्रष्टाचार मौलाएको छ । प्रहरी, प्रशासन र प्रचलित कानुन कुन चराको नामजस्तो भएको छ । शान्ति र संविधान निर्माणको कुरा भाषणमा सीमित भएको छ । तर, पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कुनै चिन्ता र चासो छैन । उनीहरूलाई चिन्ता छ त केवल आˆनो कुर्सीको र कसरी हुन्छ, त्यसको आयु लम्ब्याउने विषयको नै ।
शान्ति, संविधान र मुलुकको अमनचयनमा रत्तिभर चिन्ता नलिएका प्रधानमन्त्री भट्टराईले यतिबेला गृहमन्त्री विजयकुमार गच्छदारको हुकुममा वितरण गरिन लागेको नागरिकता वितरणलाई कार्यान्वयन गर्न ठूलो चिन्ता परेको छ । सर्वोच्च अदालतले समेत गलत ठहर्याइसकेको विषयलाई प्रधानमन्त्रीले पनि संविधान नै संशोधन गर्छु तर मधेसी मोर्चालाई बेखुसी हुन दिन्न भन्दै रातारात संविधान नै संशोधन गर्न तयार हुनुले उनको असली रूप जाहेर गर्दछ । आमनेपाली जनता, सबै राजनीतिक दल र सर्वोच्चले समेत गलत ठहर्याइसकेको विषयमा प्रधानमन्त्री किन यसरी मरिहत्ते गर्दैछन् ? अहिले आमजनता र राजनीतिक दल यसै विषयमा केन्दि्रत भएका छन् । मुलुकको हितका लागि ठोस काम गर्न नसके ४५ दिनपछि राजीनामा दिने बताएर सरकारको बागडोर सम्हाल्न पुगेका भट्टराई तिरस्कृत भइसक्दासमेत सरकारमा टासिरहेका छन् । उनको यस्तो क्रियाकलापले आमजनता निराश र अक्रोशित भएका छन् । त्यसैले प्रधानमन्त्री बाबुराम भट्टराई मुखमा रामराम… छुरा भएका व्यक्ति रहेछन् भन्ने आमजनमानसमा परेको छ । प्रधानमन्त्री डा. बाबुराम जति धेरै सरकारमा बस्छन्, त्यति नै हुादै जानेछन् बद्नाम र जनताको नजरमा यो सरकार बेकार साबित भइसकेको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ ।

Posted by: chhepyastra weekly | March 3, 2012


सबै वामपंथी, लोकतन्त्रवादी तथा देशभक्त क्रान्तिकारीहरु एकताबद्ध भई सचेत तथा साहसपूर्वक स्वणरीम क्षितिज तिर अघि बढौं


रामबहादुर थापा ‘बादल’, महासचिव- एनेकपा माओवादी

० हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीभित्रको तमाम विवादहरु समाधान गर्यो भनियो तर व्यवहारमा त्यस्तो देखिएन नि ?
केन्द्रीय समितिको विशेष बैठकले पार्टीमा उत्पन्न गम्भीर समस्याहरुको समाधान गर्न व्यापक बहसपश्चात् एउटा साझा नीति तथा विधि तय गरेको थियो । जनयुद्ध दिवससम्म त्यो अंशतः कार्यान्वयन भयो । त्यसले भित्र र बाहिर आमरुपमा आशाको सञ्चार पनि गर्यो । तर, त्यसपछि त्यसले निरन्तरता प्राप्त गर्न सकेको छैन, अपितु पार्टी पुनः पुरानै ठाउामा फर्किरहेको त छैन भन्ने प्रश्नहरु उठ्न थालेको छ । शान्ति, संविधान, सरकार तथा संगठनबारे जे-जति सहमति भएका थिए कतै ती सबै धरापमा पर्ने त होइनन् भन्ने आशंकाका काला बादलहरु फेरि मडारिन थालेका छन् । यसले हतोत्साहित भएका शत्रुहरु फेरि उत्साहित भएका छन्≤ जनता तथा कार्यकर्ताहरु चिन्ता तथा अकर्मण्यताले पिरोलिएका छन् । स्थायी कमिटी तथा कार्यालयको बैठक निरन्तर बसिरहेको छ । तर, त्यसले उत्पन्न गत्यारोध चिर्न सकेको छैन । आशा गरौ, यो अवस्था कुनै न कुनै रुपमा छिट्टै अन्त्य हुनेछ ।
० पार्टीले जनयुद्धताका उठाएका मुद्दाहरु ओझेलमा परेका छन्, के साच्चै माओवादी पार्टी आˆनो लक्ष्यबाट चुकेकै हो त ?
निसन्देह जनयुद्धले उठाएका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका मुद्दाहरु बृहत् शान्ति सम्झौतापश्चात् क्रमशः ओझेलमा पर्दै गएको छ र त्यसको ठाउ यथास्थितिवादले ओगट्दै गइरहेको छ । परिणामतः यसले माओवादी पार्टी आˆनो लक्ष्यबाट चुकेकै हो त भन्ने गम्भीर प्रश्न जन्माएको छ । निश्चय पनि यो नकारात्मक स्थिति पैदा हुनुमा आन्तरिक कारण नै प्रमुख हुन आउाछ । यसको स्वाभाविक अर्थ- एकातिर पार्टीले आफूमा अन्तरनिहित विविध प्रवृत्तिहरुलाई नियन्त्रण एवं रुपान्तरण गर्न नसक्नु हो भने अर्कोतिर वर्गसंघर्षका नीति तथा विधिहरुमा सामयिक विकास गरी व्यावहारिक सफलता हासिल गर्न नसक्नु पनि हो । त्यसैले राजनैतिक दृष्टिले मुख्यतः दक्षिणपन्थी बिसर्जनवाद जो वस्तुतः राष्ट्रिय एवं वर्ग -आत्मसमर्पणवादको रुपमा प्रकट भइरहेको छ) का विरुद्ध भित्र र बाहिर निणर्यक रुपमा संघर्ष गर्न जरुरी छ । यो क्रममा नै जनयुद्धले उठाएका मुद्दाहरुलाई नयाँ उचाइमा पुनस्र्थापित गर्न सकिन्छ ।
० अहिले हप्ता-१० दिनभित्र जनसेनाका शिविरहरु खाली गराउने भनेर तपाईंकै पार्टीका अध्यक्षले भनिरहनु भएको छ । के अब तपाईंहरु जनसेनालाई समायोजनको नाममा विलय गराउन तयार हुनुभएको हो ?
बृहत् शान्ति सम्झौतालाई बुझ्ने तथा कार्यान्वयन गर्ने पार्टीको निर्धारित नीति, विधिबारे पार्टीभित्र गम्भीर मतभेद रहेको कुरा सर्वविदितै छ । तथापि भर्खरै सम्पन्न केन्द्रीय समितिको विशेष बैठकले ‘शान्ति, संविधान, सरकार, सडक’ लाई एकीकृत एवं अविच्छिन्न प्रक्रियाको रुपमा अघि बढाउने नीतिमा विशेष जोड् दिएको छ । अन्तरिम संविधानले पुरानो सेनाको लोकतान्त्रिकरण र जनमुक्ति सेनाको व्यावसायीकरण गरी नयाँ राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत दुवै सेनाको समायोजन गर्दै राष्ट्रिय सेना निर्माण गर्ने संवैधानिक मान्यता स्थापित गरेको छ । यसको साथै, बृहत् शान्ति सम्झौता तथा अन्य राजनैतिक सहमतिहरुले पनि जनमुक्ति सेनाको ‘विलय’ वा आत्मसमर्पणको सिद्धान्त प्रतिपादन गरेको छैन । निश्चय पनि जनसेनाका शिविरहरु अनन्तकालसम्म कायम रहन सक्तैनन् । राष्ट्रिय समस्याहरुको समग्र समाधानसहित ती सबै शिविरहरु नयाँ राष्ट्रिय सेनाका ब्यारेकहरुमा रुपान्तरित हुनेछन् । अन्यथा, षड्यन्त्र भएमा ती प्रतिरोधका मोर्चाहरुमा परिणत हुनेछन् ।
० पार्टीभित्र चरम् आर्थिक अनियमितता भइरहेको छ भनेर आवाज उठिरहेको समयमा त्यसको छानबिन गर्न छाडेर फेरि वाइसिएललाई आर्थिक प्याकेज दिने भन्दै सभासद् र अन्य व्यक्तिबाट चन्दा उठाउने कुरा प्रचारमा आएको छ, यो कतिको जायज हो ?
केन्द्रीय समितिमा क. प्रचण्ड तथा क. किरणद्वारा प्रस्तुत दुवै प्रस्तावहरुमा पार्टीमा चरम् व्यक्तिवाद हावी हुादै गएको र त्यसले पार्टीलाई फुट तथा बिसर्जनको दिशातिर धकेल्दै लगिरहेको तथ्य उजागर गरिएको छ । कम्युनिस्ट पार्टीभित्र ‘भ्रष्टाचार’ मौलाउनुको अर्थ व्यक्तिगत महत्वाकांक्षा तथा स्वार्थलाई प्राथमिकता एवं प्रमुखता दिनु हो । यसको अन्तिम तात्पर्य पार्टीमा वैचारिक एवं राजनैतिक विचलन प्रबल बन्दै जानु हो । त्यसैले, यसको क्रान्तिकारी एवं वैज्ञानिक समाधानका लागि मुख्यतः वैचारिक, राजनैतिक पक्षमा जोड् दिादै प्राविधिक एवं पद्धतिगत पक्षमा पनि उचित ध्यान दिनु पर्दछ । यसै सन्दर्भमा वाइसिएल समस्याबारे पार्टीमा ठोस वैचारिक एवं संगठनात्मक कदम उठाउने निर्णय भएको छ । अहिले त्यो कार्यान्वयवनको प्रक्रियामा छ ।
० डा. बाबुराम भट्टराईलाई धोबीघाट भेलामार्फत् तपाईंहरुले नै सरकारको नेतृत्वमा पुर्याउनुभयो । तर, भट्टराई प्रधानमन्त्री बनेपछि राजनीतिक रुपमा सबैभन्दा बढी घाटा तपाईंहरुकै विचार समूहलाई भयो भनिन्छ नि ? स्वीकार्नुहुन्छ ?
निश्चय पनि उपाध्यक्ष क. बाबुरामलाई केन्द्रीय समितिले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आˆनो प्रतिनिधि तय गरेको हो । हाम्रो विचार समूहको सहमति रहेको कुरा पनि शतप्रतिशत सत्य हो । तर, पार्टी तथा हाम्रो विचार समूहको निर्णयबाट उहाँ कदापि प्रधानमन्त्री बन्नु भएको होइन । ऐतिहासिक तथ्य के हो भने उहाँ कतिपय दृश्य तथा अदृश्य शक्तिहरुसाग भएको ‘चारबुँदे सहमति’ को वरदानस्वरुप प्रधानमन्त्री बन्नु भएको हो । बिप्पादेखि जग्गासम्मका परिघटनाहरुले यो कुरोलाई अकाट्यरुपमा पुष्टि गरिसकेको छ ।
हो, पार्टीले आˆनो कुनै पनि सदस्यलाई पार्टी, जनता तथा राष्ट्रको हितहरुको रक्षा एवं विकासका लागि कुनै पनि मोर्चामा पठाउन सक्दछ । यदि उक्त पात्रले इमानदारीपूर्वक आˆनो दायित्व निर्वाह गर्दछ भने त्यसले सबैको हित गर्दछ र त्यो प्रतिनिधि पनि महान् एवं गौरवशाली बन्दछ । तर, यसको विपरीत भयो भने त्यो पार्टी, जनता एवं राष्ट्रप्रति गम्भीर विश्वासघात बन्न पुग्दछ । दुर्भाग्यवश आज त्यही भइरहेको छ । ऐतिहासिक नियम के हो भने कतिपय बेला कार्यनीतिक घाटाले रणनीतिक लाभ हुन्छ र कतिपय बेला कार्यनैतिक लाभले रणनैतिक घाटा हुन्छ । अहिले हाम्रो अन्तरसंघर्ष तथा वर्गसंघर्षमा ठीक यही परिघटना चरितार्थ भइरहेको छ ।
० सरकार परिवर्तनको कुरा उठिरहेको छ, कहिलेसम्म राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना छ ?
केन्द्रीय समितिले अबिलम्ब राष्ट्रिय संयुक्त सरकारको गठनका लागि पहल गर्ने निर्णय गरेकै हो । अन्य दलहरुसाग पनि यही सहमति हुादै आएको हो । पार्टीका केन्द्रीय निकायहरुमा सदैब यो निर्णय कार्यान्वयनको प्रश्न उठने गरेकै छ । तर, यसले मूर्तरुप लिन अद्यावधि कुनै लक्षण देखापरेको छैन । बरु घटनाक्रम ठीक उल्टो दिशातिर उद्यत भइरहेको छ । किनभने, प्रतिगामी शक्तिहरु माओवादीलाई प्रथमतः ‘आत्महत्या’ गराउने कदाचित त्यो षड्यन्त्र असफल भएमा अन्ततः ‘हत्या’को षड्यन्त्रलाई अघि बढाउने नीतिअन्तर्गत क्रियाशील भएको तथ्य दिनप्रतिदिन स्पष्ट हुादै गइरहेको छ । त्यसैले शिविर खाली नहुादासम्म अर्थात् जनमुक्ति सेनालाई यो या त्यो रुपमा पूर्णतः आत्मसमर्पण नगराउादासम्म संयुक्त सरकार तथा संविधान निर्माणको प्रक्रियालाई अघि नबढाउने उनीहरुको घोषित नीति रहादै आएको छ । यति मात्रै होइन, यथास्थितिवादी संविधान बनाउने कुरामा सहमति अर्थात् राजनैतिक आत्मसमर्पण नहुँदासम्म संविधान बन्न नदिने प्रतिगामीहरुको चक्रब्यूह पनि स्पष्टै छ । यसका साथै प्रायोजित एवं निर्देशित ‘विधेयक’हरु पारित नहुादासम्म नाकाबन्दी र धम्कीहरुको बम वषर्ा पनि उनीहरु निरन्तर गर्दै आइरहेका छन् । पार्टी तथा जनतामा फुट, चौतर्फी घूसपैठ तथा उत्तेजनात्मक प्रचार अभियान पनि चलाइरहेका छन् । यो गम्भीर चुनौतिलाई सफलतापूर्वक सामना गर्न सर्वप्रथम क्रान्तिकारी विचार, कार्यदिशा तथा पद्धतिप्रति दृढ रहादै आन्तरिक एकतालाई मजबुत गरी व्यापक जनपरिचालनबाट जनताको शान्ति, संविधान तथा संयुक्त सरकारको आकांक्षालाई मूर्तरुप दिन सकिन्छ ।
० पार्टीले तपाईंलाई भावी प्रधानमन्त्रीका लागि उभ्याएको छ भनिन्छ, के सााच्चै भविष्यमा हामीले तपाईंलाई प्रधानमन्त्रीको रुपमा पाउन सक्छौा ?
यो मिडियाको प्रचारबाजी मात्र हो । पार्टीले यस प्रकारको कुनै निर्णय गरेको छैन । संयुक्त राष्ट्रिय सरकारको गठन गर्न ठोस पहल गर्न केन्द्रीय समितिले निर्णय गरेको छ । नेतृत्वबारे पार्टीले सबै विकल्पहरु खुला राखेको छ ।
० संविधान जारी गर्ने दिन नजिकिदै छ, समस्याहरु ज्यका त्यू छन्, यस्तो अवस्थामा तपाईंहरुले चाहेजस्तो संविधान आउला र ?
राष्ट्र र जनताका समस्याहरु फगत् ज्यूँका त्यूँ छैनन्, अपितु विकराल एवं विस्फोटक बन्दै गइरहेका छन् । लाखौ बेरोजगार युवायुवतीहरुको विदेश पलायन, आमअराजकता, महँगी, भ्रष्टाचार तथा तस्करीका नयाँ-नयाँ कीर्तिमानहरु, राजधानीको मुटुमा दिनदाहाडै हत्या एवं विस्फोटन, साम्राज्यवादीहरुको नाङ्गो हस्तक्षेप तथा अतिक्रमणमा अभूतपूर्व वृद्धि, आदि आर्थिक, राजनैतिक तथा सांस्कृतिक संकटहरुले राष्ट्र र जनताले चाहे जस्तो संविधान -नयाँ नेपाल) टड्कारो भएको स्पष्ट हुन्छ । तर, त्यो संविधान कसले ल्याउने र बनाउने भन्ने प्रश्न सर्वाधिक महत्वको विषय हो । निसन्देह त्यो क्रान्तिकारी नेतृत्व तथा जनताको ऐतिहासिक पहलकद्मी तथा हस्तक्षेपकारी भूमिकाबाट सम्पन्न हुन सक्तछ । हामी इतिहास निर्माणको द्वन्द्वात्मक नियमप्रति विश्वस्त भएकोले आज वा भोलि सहिदहरुको सपना निश्चय पनि साकार हुनेछ ।
० तपाईंहरुले चाहे जस्तो संविधान नबने के गर्नुहुन्छ ? भावी योजना केही छ ?
राष्ट्र स्वाधीन नभए के हुन्छ ? राष्ट्रिय स्वाधीनताको लडाइा भिन्नरुपमा जारी रहने छ । जनताहरुले मुक्ति नपाए के हुन्छ ? त्यो नयाँ अनुभवसहित अघि बढ्ने छ । उत्पीडित वर्ग र जातिहरुले शासन एवं शोषणमाथि विजय नपाए के हुन्छ ? असफलता तथा हारबाट सिक्दै पूर्ण विजयका लागि नयाँ अभियान सुरु हुनेछ । आधा आकाश तथा धरती ओगट्ने महिलाहरु, दलित तथा धार्मिक अल्पसंख्यकहरुले सामन्तवाद, साम्राज्यवादको एकाधिकारबाट छुट्कारा नपाए के हुन्छ ? उनीहरु अझै एकताबद्ध हुादै विशेषाधिकार तथा समानताको निम्ति सहिदपथमा लामबद्ध हुनेछन् । सारमा भन्नु पर्दा नेपालको जनक्रान्ति नयाँ संश्लेषण तथा नयाँ संकल्पसहित आˆनो गन्तव्यतिर अग्रसर हुनेछ ।
प्रतिगामी शक्तिहरु दोहोरो कार्यनीति-’आत्मसमर्पण तथा दमन’ अनुसार अघि बढिरहेको कुरा अहिलेसम्मका परिघटनाहरुले पुष्टि गरिसकेका छन् । त्यसैले, अग्रगामी शक्तिहरुले पनि दुई कार्यनीति- ‘अधिकार तथा प्रतिरोध’ अनुसार आˆनो योजनाहरु निर्माण गर्नुपर्दछ । जेठ १४ गतेपश्चात् नयाँ त्रिपक्षीय प्रक्रियाको थालनी हुनेछ र त्यसको कुल परिणाम र ठोस स्वरुपको निर्धारण तात्कालीन वर्गशक्ति सन्तुलनले तय गर्नेछ । अहिले सबै पक्षहरु त्यसको सम्भावित स्वरुपहरुको आाकलन तथा तयारीमा जुटेका छन् ।
० माओवादी पार्टी अझै पनि आˆनो लक्ष्यमा दृढ छ भनेर आमनेपालीलाई आश्वस्त पार्न सक्नुहुन्छ ? कसरी ?
वैचारिक एवं राजनैतिक दृष्टिले हामीले हाम्रो क्रान्तिकारी विचार, कार्यदिशा तथा नेतृत्वको पक्षमा भित्र र बाहिर निरन्तर संघर्ष गर्दै आएका छौा र यो प्रक्रियालाई अविचलित रुपमा अघि बढाउादै जानेछौा । व्यवहारिक दृष्टिले राष्ट्र तथा जनताको पक्षमा कोरा सैद्धान्तिक बहसमा सीमित नभई त्यसलाई ठोस वर्गसंघर्ष -संगठन तथा संघर्षका सबै रुपहरुको अभ्यास) तथा बलिदानमा रुपान्तरण गर्ने कुरामा हामी जोड् दिन चाहन्छौ । सिद्धान्त र व्यवहार, विवेक र बलिदान, सिर्जना र साहस, वर्गसंघर्ष र अन्तरसंघर्ष, …आदि वस्तुका दुवै पक्षलाई द्वन्द्वात्मक रुपमा संयोजन एवं परिचालन गर्दै जीवन र जगत्लाई बुझ्न र बदल्न सकेमा मात्र अन्ततः जनतालाई आश्वस्त र विश्वस्त पार्न सकिन्छ भन्ने तथ्यमा हामी सुस्पष्ट छौा ।
० अत्यमा थप केही भन्न चाहनुहुन्छ ?
अहिलेको तात्कालीन परिस्थिति बाहृयरुपमा अन्धकारमय जस्तो देखिए पनि यसको अन्तर्यमा उज्यालो हुर्किरहेको छ । आजको कठिनाई तथा जटिलताले असीम प्रसव पीडा दिए तापनि यसको गर्भमा नयाँ नेपालको सुन्दर शिशु बाहिर आउन छट्पटी रहेको छ । निश्चय पनि सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद तथा तिनीहरुका दलालहरुले गम्भीर चुनौतिहरु तेस्र्याए पनि करोडौा जनताको आमूल परिवर्तनका अपराजेय आकांक्षाहरुले उज्ज्वल सम्भावनाहरु पनि पैदा गरेका छन् । आज नेपाली समाज युगान्तकारी उथलपुथलको ऐतिहासिक प्रक्रियाबाट अघि बढिरहेको छ । आउनुहोस्, हामी सबै वामपन्थी, लोकतन्त्रवादी तथा देशभक्त क्रान्तिकारीहरु एकताबद्ध भई सचेत तथा साहसपूर्वक स्वणिर्म क्षीतिजतिर अघि बढौ ।

Posted by: chhepyastra weekly | February 25, 2012


पार्टीभित्र विकृति बढ्दै गएको छ

नारायण शर्मा पौडेल, पोलिटब्युरो सदस्य- एनेकपा माओवादी

० पछिल्लो केन्द्रीय समितिको बैठकबाट माआवादी पार्टीभित्रको विवाद सुल्भियो भन्ने थियो तर व्यवहारमा त्यस्तो देखिएन नि ?

कम्युनिस्ट पार्टीभित्र विचार, बहस एवं विवाद हुनु स्वभाविक नै हो । कुनै समय विवाद एवं बहस उच्च गतिमा हुन्छ भने कहिले मन्द गतिमा हुन्छ । कम्युनिस्ट पार्टीभित्र त्यो निरन्तर चलिरहन्छ । केन्द्रीय समितिबाट सबै विषयमा सहमति भएको होइन, केही विषयमा मात्र सहमति भएको हो । पार्टीको आगामी कार्यदिशाबारे बहस जारी नै छ । बहस एकताको लागि जारी छ पार्टीमा पूरा सैद्धान्तिकरूपमा एकता भएको छैन । राजनीतिक तहमा केही जटिलताहरू छन् । त्यसलाई व्यापक बहस गर्दै अगाडि बढ्छौा ।

० तर, बहस जारी छ भन्दा पनि पार्टीले गरेका निर्णयहरू नै कार्यान्वयन नभएपछि त्यसले पार्टीको छविमा आाच पुर्याउादैन र ?

हो, हाम्रो पार्टीमा निर्णय गर्ने तर कार्यान्वयन गर्न नसक्ने केही कमजोरी छ । कार्यकर्ताबीच यस विषयलाई लिएर रोचक ठट्टासमेत हुने गरेको छ । क्रान्तिकारीहरूले हार खानु हुादैन । निरन्तर क्रान्तिको मार्गमा अगाडि बढ्नुपर्छ । अब हामी जनताका पक्षमा ठूलाठूला निर्णय गर्दै कार्यान्वयनको चरणमा प्रवेश गर्नुपर्छ । निर्णय कार्यान्वयन नगर्दा जनतामा विश्वासको वातावरण कम हुादै गएको छ ।

० अहिले तपाईंको पार्टीको नेतृत्वमा सरकार छ तर सरकारको कार्यशैली हेर्दा जनता रुष्ट छन्, त्यसले त पार्टीको छविमा समेत आाच पुर्यायो होइन र ?

सरकार माओवादीको नाममा छ तर काम त्यस्तो हुन सकिरहेको छैन । माओवादीको सिद्धान्तको आधारमा सरकार बन्छ भने त्यो सााच्चिकै अर्थमा माओवादीको सरकार बन्नुपर्छ तर होइन, सरकार त्यो दिशामा अगाडि बढ्न सकेको छैन । नाम मात्र माओवादी व्यवहारमा खाओवादी हुने हो भने त्यसले जनतामा पार्टीको छवि गिर्छ । अहिले माओवादी नेतृत्वको सरकारलाई सबैतिरबाट असफल बनाउने, माओवादीको सरकार पनि कस्तो हुने रहेछ भन्ने देखाउने, भट्टराई, पुष्पमकल दाहाल सबै उस्तै त हुन नि भन्ने पार्ने भ्रम छर्ने षड्यन्त्र भइरहेको छ । माओवादीलाई असफलसिद्ध गर्न विभिन्न क्षेत्रबाट आक्रमण भएको छ । त्यसबाट क्रान्तिकारीहरू विचलित हुनुहुादैन । माओवादी विचारधारालाई असफलसिद्ध गरेर माओवादीलाई क्रान्तिकारी धारबाट विमुख बनाउने प्रपञ्च भइरहेको छ । यो खतराबाट पार्टी नेतृत्वले पाठ सिकेर अगाडि बढ्न जरुरी छ ।

० तपाईंहरू पूरै मुलुकलाई रूपान्तरण गर्छु भनेर जनयुद्धमा लाग्नुभयो तर आˆनै पार्टीलाई रूपान्तरण गर्न सक्नु भएन नि ? यो स्वीकार्नु हुन्छ ?

पार्टीलाई रूपान्तरण गर्न नसकिएको कुरा सही हो । पार्टीभित्र विकृति बढ्दै गएको छ । विश्व समाजलाई शिक्षा दिन सकिन्छ भनेर सुरु गरिएको हाम्रो आन्दोलनमा आफैा रूपान्तरण हुन नसक्दा एउटा दुःखद् अवस्था आइपरेको छ । नेपाली राजनीतिमा अन्य पार्टीको नेतृत्वको तुलनामा हाम्रो पार्टीको छवि आफैा राम्रो छ । तर, कम्युनिस्ट संघर्षमा लाग्नुपर्छ । त्यसले पार्टीलाई सिद्धान्तअनुसारको व्यवहारमा पुर्याउाछ ।

० संसद्वादी पार्टीहरूले माओवादीलाई दाह्रा र नङ्ग्रा नभएको बाघजस्तामे बनाउाछौा भन्थे ठ्याक्कैं त्यस्तै अवस्था आयो नि होइन ?

हाम्रो पार्टी त्यस्तै अवस्था त पुगेको छैन । जनता, राष्ट्रको सेवा गर्न माओवादी तयार छ । कसैले चाहादैमा माओवादी पार्टीलाई दाह्रा र नङ्ग्रा नभएको बाघजस्तो बनाउन सक्दैन । संसद्वादीहरू त्यसतर्फ लागेका छन् तर उनीहरूको चाहना कदापि पूरा हुादैन । संसद्वादीहरू जसरी हुन्छ, विश्वबाट कम्युनिस्टलाई ध्वस्त पार्न लागेका छन् । त्यो उनीहरूको सपना कदापि पूरा हुादैन । जनतालाई अधिकार सम्पन्न बनाउने सवालमा हामी जस्तोसुकै कामकारवाही गरेर अगाडि बढ्न तयार छौा । हामीलाई कसैले दाह्रा र नङ्ग्रा नभएको बाघ बनाउन सक्दैन । त्यस्तो प्रयास कसैले गर्छ भने ऊ आफैा सिद्धिएर जान्छ भन्नेमा शंका नगर्दा हुन्छ ।

० राष्ट्रिय सरकार बनाउने विषयमा कुरा उठेको थियो, त्यस विषयमा के भइरहेको छ ?

राष्ट्रिय सरकार गठनको विषयमा पार्टीभित्र र बाहिर बहस चलेको छ । अहिलेको आवश्यकता पनि राष्ट्रिय सहमतिकै सरकार हो । पार्टीका नेताहरू राष्ट्रिय सहमतिको सरकार गठनमा जुटेका छन् । नेपालको राजनीतिमा भारतको हस्तक्षेप रहादै आएको कुरा सर्वविदितै छ । यस सन्दर्भमा राष्ट्रिय सहमतिको सरकार बनाउन नदिने वातावरण चलिरहेका छन् । हामीलाई लाग्छ, त्यस्तो षड्यन्त्रलाई चिर्दै हामी राष्ट्रिय सहमतिको सरकार गठन गर्न सक्छौा । मुलुकलाई शान्ति र संविधान दिन पनि अब राष्ट्रिय सहमतिको सरकारको विकल्प छैन । नेताहरू त्यसतर्फ गम्भीर बन्न जरुरी छ ।

० जेठ १४ भित्र तपाईंहरूले चाहेजस्तो संविधान आउनेमा विश्वस्त हुनुहुन्छ ?

हामीले चाहेजस्तो संविधान बन्ने अवस्था छैन । तर, हामी त्यसअनुकूलको वातावरण तयार गर्ने प्रयासमा छौा । हाम्रो प्रयास जनता, राष्ट्रको पक्षमा हुने खालको संविधान बनाउन केन्दि्रत हुन्छ । तर, संसद्वादीहरू जनतालाई मालिक बनाउने खालको संविधान बनाउन चाहादैनन् । त्यसबाट हामी सजग हुनैपर्छ । जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउने प्रयास हाम्रो पार्टीले अन्तिम अवस्थासम्म गर्छ । हामी षड्यन्त्रलाई चिर्दै अगाडि बढ्ने प्रयास गर्छौं ।

० जनताले चाहेजस्तो सविधान नबनेपछि तपाईंहरूले जनतालाई धोका दिएको भएन र ?

हाम्रो अन्तिम लक्ष्य समाजवाद नै हो । तत्कालीन लक्ष्य नयाा जनवादमा पुग्ने हो । अहिले हामीले भनेजस्तो संविधान बनेन भने पनि हाम्रो लक्ष्य जारी रहन्छ । हामी आˆनो लक्ष्यबाट विचलित हुनुहुादैन । जनतालाई दिएको बाचा जसरी पनि पूरा गर्नु जरुरी छ । हामी जनतालाई कुनै पनि धोका दिन सक्दैनौा । जनताका सपना पूरा गर्ने हाम्रो दायित्व हो । हामी हाम्रो लक्ष्यप्रति दृढ छौा । हामी हाम्रो लक्ष्यप्रतिको मार्गमा अडिग छौा ।

० भनेपछि अहिले तत्काल जनविद्रोह सम्भव छैन ?

तत्काल जनविद्रोह सम्भव छैन, तत्काल त्यस्तो वातावरण पनि देखिादैन । शान्तिपूर्ण तरिकाले क्रान्ति हुन्छ भन्ने कुरा हामी सैद्धान्तिकरूपमा विश्वस्त छैनौा । शान्तिपूर्ण तरिकाले क्रान्ति नहुने भएपछि जनविद्रोहको विकल्प छैन । हामी जनविद्रोहमार्फत् क्रान्ति सम्पन्न गर्ने गरी अगाडि बढ्नुपर्छ । विद्रोहको वातावरण बनिहाल्यो भन्ने कुरा अहिले छैन । तर, हामीले त्यस्तो वातावरण बनाउने कार्य पहलकद्मी लिनैपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा वातावरण तयारपछि विद्रोह गर्न कसैले रोक्न सक्दैन, त्यतिबेला विद्रोह हुन्छ ।

० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

मुलुक अहिले संक्रमणकालबाट गुजि्ररहेको छ । हामी राष्ट्रको परिवर्तनको लागि जस्तोसुकै कदम चाल्न पनि पछि पर्नु हुादैन । पार्टीभित्र देखापरेका कमीकमजोरीलाई सच्याउादै अगाडि बढ्नुपर्छ । पार्टीलाई सुधार गरेर रूपान्तरण गरेर अगाडि बढ्नुपर्छ । हामी बलियो हुनको लागि पार्टीलाई सुदृढीकरण गर्दै हाम्रो लक्ष्य प्राप्तिको दिशातर्फ अगाडि बढ्न पार्टी एकढिक्का हुनुपर्छ ।

Posted by: chhepyastra weekly | February 12, 2012


नेपालमा क्रान्तिको विकल्प छैन

नेत्रविक्रम चन्द ‘विप्लव


लगभग पार्टीमा डेढ महिना चलेको बहसमा हामी सबैले नेपाली क्रान्ति, यसको कार्यदिशा यसका कार्यनीति र कार्यक्रमहरूबारे निकै जीवन्त र धारिलो बहस गर्यो । मेरो विचारमा यो बहस निकै खुल्ला र स्पष्ट पनि थियो । बहसमा कार्यदिशाबारे हामीले स्पष्ट गरेका छौा कि क्रान्तिको वर्तमान कार्यदिशा जनवादी क्रान्ति नै हुनुपर्दछ । किनकि यतिबेला पनि नेपाल अर्धसामन्तवाद र अर्धऔपनिवेशिक उत्पीडनबाट मुक्त भएको छैन अर्थात् आज पनि नेपाली जनता दुई ठूला उत्पीडनको मारमा परिरहेका छन् । ती उत्पीडनबाट मुक्त गर्नुनै नेपाली क्रान्तिको कार्यदिशाको प्रमुख सदस्य रहेको छ । यो काम जनवादी क्रान्तिले मात्र पूरा गर्न सक्दछ । जसलाई हामीले जनताको संघीय गणतन्त्र पनि भनेका छौा । यसलाई पार्टीले पुनः स्पष्ट गरेको छ । हामी एक पटक जनतालाई उत्साहित पार्दै र शत्रुहरूलाई निराश पार्दै एक भएका छौ । यो एकता सामान्य तरिकाले भएको चाहिा होइन । यसमा नेताहरूको निकै मेहनत छ । अझ नेताको मात्र नभनौा कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूको पनि ठूलै सहयोग छ । यसमा हामी सबैले पनि आ-आˆनो ठाउाबाट सक्दो योगदान पुगाएका छौा । बहसको क्रममा हामी पुगेको साझा निस्कर्ष यो हो कि नेपाली क्रान्तिलाई हाम्रो टिम र हाम्रै पार्टीले मात्र नेतृत्व गर्न सक्छ र त्यो गर्न हामी तयार हुनुपर्दछ, जनतामा पनि माओवादीले देशलाई क्रान्तिबाट यहाासम्म ल्यायो यसले नै क्रान्त्को टुङ्गो लगाउनु पर्दछ र जनताको व्यवस्था स्थापना गर्नुपर्दछ भन्न्ो अपेक्षा छ, कार्यकर्ता र शुभचिन्तकहरूको पनि पार्टी एक पटक जुटेर क्रान्तिालाई पार लगाउनेतिर जानु पर्दछ भन्ने आकांक्षा छ । यी सबै तत्वको निस्कर्षमा यो एक हुन सकेको हो । पार्टी सञ्चालनबारे हामीले अनौठो लाग्ने जनवादी नीति तया गरेका छौा । मिलेकोमा सागसाग्ौ नमिलेकोमा आ-आˆनै भन्ने । यो झट्ट हेर्दा कतै नभएको जस्तो लाग्छ वास्तवमा हो पनि यस्तो नीति कतै थिएन तर हामीले यसलाई नेपाली क्रान्तिको उपज र जनवादको अधिकतम प्रयोग मानेको छौा ताकि एकता बनाउन सहयोग पुगोस् । तपाईंहरूले उठाएको संगठनात्मक समस्यामा पनि यो नियम लागू हुन्छ । तर। त्यसलाई छिट्टै नयाा समाधान दिनुपर्छ ।
नया जनवादी क्रान्तिका आधारहरूबारे हामीले धेरै ठाउामा चर्चा गर्दै आएका छौा । तैपनि यहाा निम्न आधारहरू उल्लेख गर्न सकिन्छ-
क) राजनैतिक दृष्टिले नेपाली राज्यव्यवस्था र शासन प्रणाली अर्धपुाजीवादी वा अर्धसामन्तवादी र दलाल पुाजीवादी अर्थात् विदेशि शक्तिद्वारा निर्देशित छ । यस्तो राजनैतिक समस्याको हल नयाा जनवादले गर्ने हो ।
ख) नेपालको आर्थिक सम्बन्ध पनि सामन्तवादी आधारमा खडा भएको दलाल, पुाजीव्ादी चरित्रको सम्बन्ध छ । जो नेपाली जनताको दुर्दशाको कारण पनि हो यसको हल पनि नयाा जनवादी क्रान्तिले नै गर्न सक्छ ।
ग) नेपाली जनतालाई सुखी र स्वाधीन जीवन दिने हो भने हामी क्रान्तिकारीहरूले नेपालका किसान, मजदुर, दलित, महिला, जनजाति, मधेसी आदि उत्पीडित जनतामा भर परेर लग्नुपर्दछ । यो काम पनि नयाा जनवादले गर्ने हो ।
घ) नेपालमा क्रान्ति सम्पन्न गर्दा अर्को नभइ नहुने शक्ति भनेको देशभक्त हो । कम्युनिष्ट क्रान्त्िाकारी, मजदुर किसान र देशभक्त शक्तिको मोर्चाबन्दी पनि अनिवार्य हो, यो कार्य पनि नयाा जनवादी क्रान्तिले नै गर्न सक्छ ।
ङ) यसबाहेक जनमुक्ति सेनाको अर्थात् जनताको लडाकु शक्तिको पनि आवश्यकता हाम्रो जस्तो देशमा जरुरी र सम्भावना छ त्यो पनि जनवादी क्रन्तिको आधार हो ।
रूपान्तरण सम्भव छ । सम्भव मात्र होइन अनिवार्य आवश्यकतामा राख्नुपर्दछ । योबिना आजको विश्वमा र आजको नेपालमा न क्रान्तिकारी पार्टी निमार्ण गर्न सकिन्छ न जनता र कार्यकर्तालाई विश्वस्त राख्न सकिन्छ न त नेपालको लागि आवश्यक बन्न्ा गएको क्रान्तिनै सम्पन्न गर्न सकिन्छ । अझ भनौा भने क्रान्तिकारी रूपान्तरणबिना जनवाद र समाजवादकै नेतृत्व र निमार्ण गर्न सकिन्छ । हाम्रो विचारमा बीसौा शताब्दीको समस्यानै यसैमा छ ।
जहाासम्म उत्तरआधुनिकतावाद र नवमाक्र्सवादको फैलादो समस्याले रूपान्तरणमा पार्ने प्रभावको कुरा छ, त्यो त हामी क्रान्तिकारीहरूको लागि कुनै नयाा र मूल समस्या नै होइन । रूपान्तरण त हाम्रो मामिला हो उनीहरूको होइन । विचलनकारी तत्वहरू त सामन्तवाददेखि पुाजीवादसम्म र पुाजीवाददेखि साम्राज्यवादसम्म भई नै हाल्दछन्, हुादै आएकै हुन् । हामी त आˆनो लक्ष्य र उद्देश्यमा गतिवान् हुन सक्नु पर्दछ सबै कुरा ठीक भएर जान्छन् ।
अध्यक्षले क्रान्त्िा र क्रान्तिको कार्यदिशाको बारेमा जे-जति सोचहरू राख्नु भएको छ, ती कुरा उहााका आˆना धारणाहरू हुन् । ती पार्टीमा प्रस्तावको रूपमा पेस भएका छैनन् र पास पनि भएका छैनन् । उहााका कुराहरूलाई हामीले पार्टी नीतिअन्तर्गत नै नमिलेकोमा आ-आˆनै भन्ने अन्तर्गत बुझ्नुपर्दछ । कुरा साफ देखिन्छ । कैयौा मान्छेलाई लाग्छ कि अब त नेपालमा क्रान्त्िा सम्भव छैन । हाम्रो विचारमा एउटा दृष्टिकोणबाट यस्तो देखिन्छ । यथास्थितिवादी, विकासवादी, अभिजातवादी र संसद्वादी दृष्टिकोणबाट यस्तो देखिन्छ । तर, यो सही होइन । क्रान्ति सम्पन्न्ा हुने र नहुने कुरा कसैले मनोगत ढङ्गले व्याख्या गर्दैमा भइहाल्ने होइन । यो त वस्तुगत र क्रान्तिकारी कम्युनिष्ट पार्टीको मनोगत क्षमताद्वारा निर्धारण हुने कुरा हो । यो कोणबाट हामीले हेर्यौा भने नेपालमा अब त झन् क्रान्त्िाको विकल्प छैन । नेपालमा राजतन्त्रको अन्त्य भयो बााकी के परिवर्तन भएको छ र ? जमिनदारी प्रथा कायमै छ, दलालहरूको हालिमुहाली झन् बढेर गएको छ, भ्रष्ट नोकरशाहहरूको रजाइ झाागिएको छ, नेताहरूमा भ्रष्टता चुलिादै गएको छ । जब कि महान् जनयुद्ध र नेपालका सबै क्रान्तिमा जनताले चाहेको प्रमुख कुरा भनेको यी तत्वहरूको अन्त्य र परिवर्तन थियो र छ । जब जनताको जीवनमा कुनै परिवर्तन छैन फेरि पनि मुठ्ठभिर तत्वहरूले मात्र फाइदा उठाउने हो भने समस्या कसरी हल हुन्छ । जब जनताका समस्या जटिल बन्दै जान्छन् भने क्रान्तिलाई कसले नकार्न, रोक्न र टार्न सक्छ यो त पूरै असम्भव कुरा हो । बरु नयाा प्रकारले क्रान्ति अपरिहार्य बन्ने कुुरा हो । यसप्रति क्रान्त्िाकारीहरू आशावादी मात्र हुने होइन पूरै विश्वस्त बन्नुपर्दछ ।
हाम्रो विचार समूहको कुरा अहिले नगरौा तर निश्चित हो कि हामीले क्रान्ति गर्नै पर्दछ । मोटामोटी हामी धेरै माओवादी अहिले क्रान्तिलाई नयाा र मौलिक प्रकारले क्रान्ति गर्नुपर्दछ भन्नेमा छौा । यदि कुनै कमरेड क्रान्तिबाट पछि हट्नु भएछ र आˆनै व्याक्तिगत जीवनतिर फर्किनु भए छ भने पनि हामी क्रान्तिलाई सम्पन्न्ा गरिछाडने छौा । अरु सबै सम्भव छ तर क्रान्ति, जनता र आˆनो वर्गलाई धोका दिएर अभिजात वर्गीय जीवन बिताउन सम्भव छैन, यो सबैले लेखी राखे हुन्छ । हाम्रा पार्टीका नेता, कार्यकर्ता र आमक्रान्तिकारी जनसमुदायले जोस्, साहस र सिर्जनशीलताका साथ अरु नयाा काम गर्न जरुरी छ । देश संक्रमणकालको जटिलतामा छ र हामीले यसलाई परिवर्तनको दिशामा अवतरण बनाउनुपर्दछ । यो काम यथास्थितिवादी, पश्चगामी र संशोधनवादीबाट सम्भव छ, संशोधनवादीबाट सम्भव छैन, क्रान्तिकारीहरूले नै गर्नुपर्दछ ।
-नेता नेत्रविक्रम चन्द ‘विप्लव’ सागको कुराकानीमा आधारित)

Posted by: chhepyastra weekly | February 11, 2012


जनताको संविधान नलेखिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।
खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्युरो सदस्य- एनेकपा माओवादी
० सत्रौ जनयुद्ध दिवस आइपुगेको छ, के यसबीचमा तपाईंहरूको लक्ष्य पूरा भयो त ?
अहिले हामी सशस्त्र जनयुद्धलाई स्थगित गरेर संसद्वादी दलहरूसाग विगत पाच वर्षदेखि शान्तिप्रक्रियामार्फत् वैचारिक राजनीतिकरूपमा टेबुल संघर्षमा छौा । अहिले संघर्षको रूप बद्लेर हामी अगाडि बढिरहेका छौा । यो दुवैको योगलाई हेर्ने हो भने हामीले नेपालमा स्थापना गर्न खोजेको सामन्त, नोकरशाह सत्ताको अन्त्य र जनताको जनवादी सत्ता स्थापना नै हो । हामी यो प्रक्रियाको निकै नजिक पुगेका छौ । यो नै ठूलो उपलब्धि हो । यो पााच वर्षको बीचमा पार्टीभित्र विचारको बहसमा महत्वपूर्ण भूमिका खेलेको छ । पछिल्लो समय एक पटक प्रतिक्रियावादी, अवसरवादीहरू फेरि असफलसिद्ध भएका छन् । नेपाली जनता क्रान्तिकारी विचार, जनयुद्ध फेरि नयाा ढङ्गले नयाा चरणमा विजयी भएको छ । यो नै ठूलो उपलब्धिको रूपमा लिनुपर्छ ।
० तर, तपाईंले भनेभन्दा विपरीत माओवादी संसदीय भासमा भासियो, आˆनो लक्ष्यबाट विमुख हुादै गएको छ भन्ने आरोप लगाउाछन् नि ?
संविधानसभा निर्वाचनपछि हाम्रो पार्टीभित्र संगठन, आचरण र संस्कारको दृष्टिले मालेमावादी हाम्रा मान्यतालाई चुनौती दिने खालका विकृति र विसंगति आएकै हुन् । जनताले आˆनो तहबाट हाम्रो पार्टीप्रति गर्ने आलोचनालाई मनोगत भन्न सकिादैन, त्यसलाई सकारात्मकरूपमा लिनुपर्छ । विकृति र विसंगति पार्टीभित्र देखिएपछि नै पार्टी जीवनमरणको भीषण संघर्षमा प्रवेश गर्यो । त्यो संघर्षको बीचबाट पार्टी अहिले नीति, संगठन र विचारको दृष्टिले नयाा ठाउामा पुगेको छ । त्यसले नयाा आकारसमेत निर्माण गरेको छ । पार्टीलाई संसद्वादी धारमा ढल्काउन चाहनेहरू पछिल्लो समय असफल भएका छन् । अहिले माओवादी पार्टीभित्र अभिजात वर्गीय संसद्वाद जो पस्न थालेको थियो फेरि परास्त भएको छ । यो पार्टी माओवादी नै हुन्छ अरु हुनै सक्दैन ।
० माओवादी पार्टी खाली टालटुले तरिकाले समस्या समाधान गर्छ, पार्टीभित्र समस्या छ तर समाधान गर्न सकिरहेको छैन भनेर चौतर्फी आलोचना भइरहेको छ नि ?
विचारको अभाव पार्टीभित्रको समस्या होइन, समस्या नीति बनिसकेपछि कार्यान्वयनमा जाने सवालमा हो । नीतिलाई तोडमोड गरी लागू गर्ने सन्दर्भमा समस्या हो र यसरी सही रूपमा बाहिर विवाद एवं समस्या पैदा भएको हो । नीति सही बन्ने लागू नहुने नै विगतको मुख्य समस्या हो । अहिले पार्टी त्यसबाट माथि उठेर अगाडि बढिरहेको छ । अहिले हामीले केन्द्रीय समितिमार्फत् नीति नियमहरू निर्माण गरेका छौा । अब पार्टी सही ढङ्गले नीति कार्यान्वयन गर्दै अगाडि बढ्छ । अहिले पार्टीले मुलुकको मुख्य मुद्दा सेना समायोजन र संविधान निर्माणमा आˆनो स्पष्ट धारणा अघि सारेको छ । संविधान राज्यसत्तालाई बदल्ने खाले हुनुपर्छ । राज्यसत्तामा दलाल, नोकरशाह र सामन्तहरू होइन कि मजदुर किसान र मध्यमवर्ग आउनुपर्छ । राज्यको मूल प्रवाहमा सबै दलित, पीडित सबैको पहुाच हुनुपर्छ । जनताको संविधान लेख्न हामी दृढ छौा । जनताको संविधान नलेखिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।
० अहिले तपाईंहरूकै पार्टीको नेतृत्वमा सरकार रहेको छ तर सरकारको कार्यशैली हेर्दा त पार्टीले लाज मान्नुपर्ने अवस्था देखिन्छ नि ?
सरकारको पछिल्लो कार्यशैली हेर्दा लाज मान्नुपर्ने खालको देखिन्छ । सुरुमै यो सरकार गलत आधारमा खडा भएको हो । गलत आधार र मान्यतामा बनेको सरकारले काम राम्रो गर्न सक्ने हुनै सक्दैनथ्यो । हामीले त्यहीबेला नै राजनीतिक दृष्टिले यो सरकारको विरोध गरेका थियौा । त्यो विरोध अहिले आएर प्रमाणित भएको छ । आमजनतामा यो सरकार इतिहासमा सबैभन्दा बद्नाम सरकार भयो भन्ने परेको छ । अब नयाा ढङ्गले खोज्ने बेला आएको छ ।
० पार्टीको निर्देशन नमान्ने प्रधानमन्त्रीलाई अब कति समय सरकारमा राखिराख्नु हुन्छ ?
सरकारको विषयमा स्थायी समितिमा छलफल चलिरहेको छ । स्थायी समिति बैठकबाट नै हामी सरकारको विषयमा निर्णयमा पुग्छा । अहिलेको आवश्यकता भनेको राष्ट्रिय सरकार हो, त्यसको लागि केन्द्रीय समिति बैठकले यसअघि नै निर्णय गरिसकेको छ । अन्य दलहरूले पनि संसद्मा यो सरकारको राजीनामा मागिराखेको अवस्थामा यो सरकारको औचित्य समाप्त भएको प्रस्ट भइसकेको छ । सरकारको विषयमा हामी स्थायी समिति बैठकबाट निर्णय गर्छौं ।
० अहिले माओवादी पार्टीभित्र नेपाली उखान ‘काग कराउादै गर्छ पिना सुक्दै गर्छ’ जस्तो देखिएको छ । यस्तो अवस्थामा तपाईंहरू कसरी अगाडि बढ्नु हुन्छ ?
बसहलाई संश्लेषण गरेर नीति बन्ने हो, त्यसलाई दृढताका साथ कार्यान्वयन गर्नु पार्टीका सम्पूर्ण नेतादेखि कार्यकर्तासम्म सबैको कर्तव्य हो । नीतिलाई कोही नेताले धोका दिन्छ भने त्यो आˆनो वर्ग र क्रान्तिलाई धोका दिएको हुन्छ । हामी आˆनो ठाउाबाट आˆनो नीति, कार्यान्वयन गरेर अगाडि बढिरहेका छौ, जसले पार्टीको नीतिलाई आत्मसात गर्दै लागू गरेको छैन, त्यसविरुद्ध हामी अगाडि बढिरहेका छौ । हामी आˆनो जिम्मेवारी पूरा गर्दै अगाडि बढिरहेका छौ । आˆनो जिम्मेवारी पूरा गर्नबाट पछि हट्ने नेतृत्वविरुद्ध हाम्रो संघर्ष जारी रहेको छ । हामी यो पहलकद्मीमा लागिरहेका छौ ।
० जनसेनाको सम्मानजनक समायोजन हुने भनिएको थियो तर उनीहरूलाई बिचल्ली पारेर विघटनतर्फ पुर्याउनु भयो नि होइन ?
अहिले सेना समायोजनमार्फत् राष्ट्रिय सेना निर्माणको कुरा निकै अस्तव्यस्त भएको छ । छ हजार पााच सयको संख्यामा जनमुक्ति सेनालाई व्यक्तिगतरूपमा होइन, समूहगतरूपमा प्रवेश गराइनुपर्छ । उनीहरूलाई सशस्त्ररूपमा नै समायोजन गरिनुपर्छ । जनसेनालाई कुनै पनि हालतमा विघटन हुन नदिने हाम्रो नीति बनिसकेको हुनाले अबका दिनहरू सकारात्मकरूपमा अगाडि बढ्लान् ।
० माओवादी पार्टीलाई दाह्रा र नङ्ग्रा नभएको बाघ बनाउने भनेर संसद्वादी दलहरू लागेका थिए, अहिले त्यो प्रमाणित भयो नि होइन ?
संसद्वादीहरूले जुन ढङ्गले भने त्यो हाम्रोविरुद्धको षड्यन्त्र हो । उनीहरूले भन्दैमा हामी दाह्रा र नङ्ग्रा नभएको बाघ कसरी हुन्छौ, हुादैनौ । बरु हामी हाम्रै कारणले गर्दा दाह्रा, नङ्ग्रा नभएका जस्ता भएका थियौा । त्यसैले पार्टीभित्र भीषण बहस चल्यो । त्यस बहसले पार्टीलाई अझै बलियो बनायो । यो प्रस्ट्याइले सबैका अनुमान गलत सावित भएका छन् ।
० तपाईं सभासद्समेत हुनुहुन्छ तोकिएको समयभित्र नयाा संविधान जारी हुनेमा आशावादी हुनुहुन्छ ?
अहिलेको संविधान निर्माणको समस्या भनेको समयावधिको अपर्याप्तता होइन । संविधानका मुख्य मुद्दाहरू जनताको आकांक्षा र चाहनाअनुसार निष्कर्षमा पुर्याउनु नै अहिलेको राजनीतिक समस्या हो । संसद्वादीहरू संविधान निर्माणको नाममा दलाल, नोकरशाह र सामन्ती सत्तालाई संस्थागत गर्ने संविधान बनाउन चाहन्छन् । उनीहरू त्योभन्दा माथि उठेनन् भने चार वर्ष संविधानसभाको म्याद थपिए पनि संविधान बन्दैन । त्योबाट माथि उठेर संसद्वादीहरू जनताको स्वायत्तताको सुनिश्चितता भएको संविधान बनाउन तयार भयो भने बााकी समयमा संविधान जारी हुन्छ । यस विषयमा कााग्रेसले एमाले विशेष गरी गम्भीर बन्नुपर्छ ।
० तपाईंहरूले भनेजस्तो संविधान बनेन भने तपाईंहरू जनविद्रोहमा जानु हुन्छ ?
अहिलेको हाम्रो नीति भनेकै वजनताको संविधान निर्माणको लागि घनिभूत ढङ्गले लाग्नु नै हो । हामी त्यसको लागि अन्तिम पहल गर्ने निर्णयमा पुगेका छौ । संविधानसभामार्फत् जनसेनाको सम्मानजनक समायोजन, राष्ट्रिय सेनाको निर्माण अनि जनसंविधान बनोस् भन्ने हामी चाहन्छौा । त्यसको लागि हामी क्रियाशील हुन्छौा । यसको विरुद्ध षड्यन्त्र हुन थाल्योभ ने उनीहरूबाटे यस प्रक्रिया अवरुद्ध हुन पुगछ । संविधान निर्माणलगायत समग्र शान्तिप्रक्रियामा अवरोध भयो भने यनिणर्ायक आन्दोलनमा उत्रनको लागि हामीले जनतालाई अपिल गर्नेछौा । किनकि हामी नेपाली जनताको पार्टी हौा । हामीलाई नेपाली जनताले ठूलो जिम्मेवारी दिएका छन् । हामीले त्यो पूरा गर्न कुनै पनि हालतमा चुक्ने छैनौा ।

Posted by: chhepyastra weekly | February 4, 2012


सरकार उल्टो दिशातिर लागि रहेको छ
कुलप्रसाद के.सी. ‘सोनाम’, पोलिटव्यूरो सदस्य- एनेकपा माओवादी
० के.स.को बैठकपछि प्रशिक्षण कार्यक्रममा नेताहरु देश दौडाहामा निस्किएका छन्, के पार्टीभित्रको विवाद टुङ्गएिको हो ?
हाललाई टंुगिएको छ । जनताको संघीय गणतन्त्रको संविधान बनाउने कुरो साम्राज्यवाद, सामन्तवाद विरोधी सारतत्व भएको संविधान जारी गर्ने सर्तमा हामी एकढिक्का भएका छौा ।
० सरकारको राजीनामाको कुरा कार्यान्वयन भए नि ?
जारी नै छ, त्यसको प्रक्रिया पुर्याउने कुरा हुन्छ, यसको विकल्पमा हामीले राष्ट्रिय स्वाधीन सरकारको नारा दिने भनेका छौा । पार्टीले जनतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाको ग्यारेन्टी गर्ने गरेर सरकारलाई नयाा रूप दिने भनेको हो । चार बुादेको जगमा बनेको सरकारको आधारमा होइन भनेका छौा ।
० समायोजनको नाममा जनमुक्ति सेनालाई निकालिादैछ, के भन्नुहुन्छ ?
समायोजनको ठूलो प्रक्रिया त बााकी नै छ, त्योभन्दा अगाडि रिग्रुपिङ नटुङग्याई गर्दा गल्ती हुन्छ । त्यसलाई कामय राख्दै अगाडि बढ्ने सवालमा सहमति कायम गर्ने र जाने भन्ने पार्टी निर्णय हो । सरकारले उल्टो दिशातिर लागिरहेको छ । सत्तालिप्साको खेल र राष्ट्रिय स्वाधीनतामा खेलबाड, केयौा विधेयकमा दलालीकरण देखिएकोले यो सरकार विघटन नै हुनुपर्छ ।
० तपाईंहरू कराउादै गर्ने सरकारले आˆनो लक्ष्य पूरा गरी छाड्ने देखियो नि ?
सरकारले दुर्गति भोग्दै छ । केही पपुलिष्ट प्रोग्राम दिनखोजिरहेको छ हेरौा अझै । हेलो सरकारमा १०० जनाले पनि कल गर्न छोडिसके । यसको मतलब सरकार गर्न सक्ने खालको होइन भन्ने प्रमाण हो । सहमतिलाई मुख्य बनाएर राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको जगमा बनाउने कि विदेशी इशारा चल्ने यी दुई मुद्दा नेपालका अहिलेका प्रमुख मुद्दा हुन् । यो सरकार दलालीकरणबाट प्रेरित छ भने कुरा त ७ बुादेबाट र तिनका ल्याकत र संविधानसभामा तिनले प्रस्तुत गर्ने विधयेकहरूले नै पुष्टि गर्छ । यो सरकार कसैको इशारामा टिकिराखेको छ, त्यसैले यो कसैको कठ्पुतली बनेको छ भन्ने हो ।
० आˆनै पार्टी सरकार छ तपाईंहरूले नियन्त्रण गर्न सक्नु भएको छैन पार्टीको साख गिरेन र ?
यही विषयले पार्टीभित्रको मतभेद चरमचुलीमा पुर्यायो, सडकमा पनि गयो । जुन उद्देश्यका साथ सरकारलाई पठाइएको थियो । त्यो विपरित दिशामा गएपछि नै पार्टीभित्र संघर्ष सुरु भयो । सडकमा पनि व्यक्त भयो । त्यसकारण पार्टीभित्रको विवादलाई अलग ढंगले बुझ्नु राजनीतिक सेटमा भएको अन्तरका कारणले भएको भन्ने बुझ्नुपर्छ ।
० पार्टी नीति विपरित जानेलाई किन कारवाही नगरेको ?
कारवाहीभन्दा यो चिन्तनगत सवाल हो । जुन विचारधारात्मक राजनीतिक रूपले जुन मिसनमा माओवादी पार्टी गठन भयो र जनयुद्धको विकास हुादै यहाासम्म आइपुग्यो । त्यसैमा सहकार्य गर्दै आएका जिम्मेवार कमरेडमा जुन विचलनको रूप देखिन्छ । त्यसैले अब पार्टीको संगठनात्मक पद्धति मान्ने कि नमान्ने भन्ने र राजनीतिक रूपले कसरी सोचिन्छ भन्ने बहस बनेको हुनाले यो नयाा बहसको विषय हो र यसलाई हामीले स्वाभाविक रूपले लिएका छौा ।
० पार्टीभित्र वर्ग विभाजन भयो भनेर के. स. मा कुरा उठ्यो कसरी समाधान गर्नुहुन्छ ?
महान् शुद्धीकरणमा जान सबै तत्पर भएमा सम्भव छ । तर, आरोप-प्रत्यारोपमा मात्र टुङ्ग्याउने खेल भएमा अब यो रोकिादैन, विकृति अझ बढेर जान्छ ।
० ठूला नेता नै विलासितामा लागे भनिन्छ के भन्नुहुन्छ नि ?
हो ती नेताले अब आˆनो वर्ग तथा र ध्येय नभूलेर पछाडि र्फकने साहस गर्नुपर्छ । नयाा क्रान्तिकारी बन्ने बाटो हो । यही विषयमा पार्टीमा दबाब, संघर्ष, अन्र्तसंघर्ष चलेको हो ।
० जनसंविधान र जनविद्रोह सम्भव देख्नुहुन्छ ?
यो सम्भव छ । यो नभएमा, नेपालको कुनै पनि समस्या हल हुनेवाला छैन । आयोगको पङ्गुता पनि देख्नुभयो । झगडा गर्ने आयोग बनाएर के काम । यस्ता आयोग बनाएर समाधान निस्किादैन । नयाा विचारधारा र बहस सबै पार्टीभित्र चलाउन जरुरी भइसकेको छ ।
० आˆनै पार्टीको विवादमा रुमल्लिएका बेला राज्यको विवाद कसरी मिलाउनु हुन्छ ?
राष्ट्र भनेको एउटा प्रवृत्ति हो । पार्टीभित्र पनि तिनै प्रवृत्तिका मान्छे छन् । नेपालका प्रमुख दुई मुद्दा दलाल, नोकरशाही प्रवृत्तिको संरक्षण गर्ने र राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको पक्षपोषण गर्ने प्रवृत्ति सबै पार्टीमा छन् । अरु पार्टीमा पनि हेर्नुस् यी विषयलाई लिने सवालमा अन्तरद्वन्द्व छ । क्रान्तिको मिसनबाट आएको पार्टी भएकोले हाम्रो पार्टीमा अलिकति दायााबायाा आउादावित्तिकै यस्ता उथलपुथल आउनु स्वाभाविक छ । किनकि माओवादी पार्टी कोल्याप्स हुनु भनेको राष्ट्रको एउटा ठूलो हिस्सा कोल्याप्स हुनु हो । जनताको मुक्तिको पक्षमा नै जनताले साथ दिएको क्रान्तिमा भाग लिएको र ठूलो आशा बोकी जनतामा जन्मिएको माओवादी पार्टी हो । यो मिसनबाट कोही विचलित हुनुहुन्न भन्ने हो । केही मान्छे विलासितातिर पुगे भन्ने आवाज आएको छ त्यो सााचो हो ।
० यही विश्लेषणमा रहेर पार्टी फुट्छ भनिन्छ नि ?
माओवादी पार्टीको मूल प्रवृत्ति भनेको क्रान्तिकारी धारालाई नेतृत्व दिने कुरा नै हो । केही प्रवृत्ति यताउता लाग्ने, विचलित हुने संसद्वादमा गएर टुङ्गनिे कुरालाई नकार्न सकिन्न किनकि वस्तु दुई भागमा विभाजित हुन्छ । अहिलेको एकता पनि यही सैद्धान्तिक एकतासित गाासिएको हुनाले यो विषय हल गर्न हामी तत्पर छौा भनेर मुख्य नेतृत्वदेखि सबैले एक पटक इतिहासको रक्षा गरौा र विरासतहरू मेटौा भन्ने सहमति भएको छ ।
० जनसत्ताले गरेको निर्णय सरकारले लागू गर्ने कुरा अदालतले उल्टायो, के भन्नु हुन्छ ?
अदालतका केही निर्णय सकारात्मक पनि होलान् । अदालत शक्तिकेन्द्रको रूपमा उदय हुन खोजेको छ, यो राम्रो विषय होइन । सरकार आˆनै निर्णयबाट पछि हाट्नु भनेको त पङ्गु बन्नु हो । बरु सरकारबाटै हट्नुपर्छ तर निर्णयबाट पछि हट्नु हुन्न । निर्णय गर्दा विवेक प्रयोग गरेर मात्र गर्नुपर्छ । निर्णय गरेर फेरि पछि हट्दा त्यो सरकार काम लाग्दैन ।
० जनसत्ता, जनअदातल र जनपरिषद् ब्यूाताउन खोजेको आरोप छ नि ?
त्यो ठीक हो । यदि समाधान निकाल्न राजी भएनन् भने जनसत्ताले गरेको निर्णय लागू हुन्छ, जो जनताले गरेका निर्णय हुन् । नेपालमा ठूलो प्रतिक्रान्तिकारी हिस्सा उदय हुन थालेको छ । तर, यसले गृहयुद्धलाई थेग्न सक्दैन । हामी जनताभन्दा बाहिर रहन सक्दैनौा । जनतालाई मर्का पर्यो भने जनताको पक्षमा उभिन पर्यो नि हामी तयार छौा । जनसत्ताले गरेका निर्णय सारा जनताले मान्न सहमति गरेको हो । कुनै शक्तिले उल्लंघन गर्न थालेपछि त्यसको विकल्प त खोज्नु पर्यो नि । त्यसैले, आवश्यक परे जनसत्ता ब्यूताउनेदेखि जनअदालत बनाउने समानान्तर सरकार बनाउने अधिकार जनतालाई छ, कसैले रोक्न सक्दैन । राजतन्त्रजस्तो निरङ्कुशताले त सकेन भने संसद्वादी दलहरुले गर्न खोज्नु दुर्भाग्य हो ।
० जेठ १४ मा संविधान बन्ने छााट देखिादैन, के जनविद्रोह हुन्छ त ?
जनताको बीचमा गएर एउटा मस्यौदा दिएर फेरि नयाा संविधानको रूपरेखा दिनुपर्छ त्यो नमान्ने तत्वमाथि जाइलाग्ने हुनसक्छ । प्रतिक्रान्ति आउन थाले क्रान्ति अनिवार्य छ, त्यसलाई हामीले जनताको जनविद्रोह भनेका छौा । त्यो अनिवार्य हो कसैले रोकेर रोकिन्न ।
० अन्तमा केही भन्नु छ कि ?
राष्ट्रले मुक्ति पाउनको लागि राष्ट्रिय स्वाधीनतासहितका जनताको संघीय गणतन्त्रको संविधानको लागि त्यसको पक्षमा हामी सबै उभियौ । इतिहासले हामीलाई यो ड्युटी दिएको छ, त्यो पूरा गरौा भन्न चाहन्छु ।

Posted by: chhepyastra weekly | January 30, 2012


पार्टी एकताबद्ध भएर अगाडि बढेको छ

नेत्रविक्रम चन्द , विप्लव’, स्थायी समिति सदस्य- एनेकपा माओवादी

० पार्टीको केन्द्रीय समितिको बैठकपछि तपाइर्ंहरू प्रशिक्षण कार्यक्रममा एक भएर प्रस्तुत हुनुभएको छ, के साच्चै पार्टीभित्रको विवाद टुङ्गएिकै हो त ?
यसमा दुईवटा पाटाहरू छन्, एउटा नमिलेका कुराहरू छन्, एउटा मिलेका कुराहरू छन् । नमिलेका कुरा दुईवटै दस्तावेजमा आ-आˆनो ठाउामा राखेर केही साझा निष्कर्षहरू, निर्णयहरू गरेका छौा, त्यसलाई हामीले साझा प्रस्ताव भनेका छौ । मिलेको कुरा यही हो । त्यसमा मुख्यतः नेपाली क्रान्तिको कार्यदिशा, तत्काल, पार्टीले लागू गर्ने कार्यनीति र कामकारवाहीलाई अगाडि बढाउन तयार गरिएको कार्ययोजना नै हो । यी तीनवटा विषयमा हाम्रो सहमति भएको छ ।
० यसरी आˆनो पार्टीभित्रै शंकाको स्थितिमा तपाईंहरूले राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सक्नुहुन्छ र ?
आजको नेपालमा राष्ट्रिय राजनीतिलाई पहलभित्र लिनु निकै महत्वको कुरा हो । हाम्रो ख्यालमा अहिले हामीले जे पास गर्यौ, त्यही कुराले जनतालाई अस्पष्टता भएका विषयहरू, आशंका भएका विषय र चिन्ता भएका र गरेका विषयहरूलाई प्रस्ट्याउन सकिन्छ भने हामीलाई परेको छ किनकि जनतामा मुख्यतः माओवादी पार्टी कता जाला भन्ने अन्योलता थियो, त्यसलाई हामीले माओवादी पार्टी जनवादी क्रान्ति पूरा गर्ने दिशातिर नै अगाडि बढेको छ भन्ने स्पष्ट पारेको छौा । दोस्रो भर्खर लागू गर्ने भनेका चाहिा जनताको संविधान निर्माण गर्नको निमित्त प्रयत्न गर्ने, भएन भने जनतालाई विद्रोहको निम्ति तयारी हालतमा राख्ने र तेस्रो कुरा, अहिले जनताको संविधान र राष्ट्रिय स्वाधीनताको विरुद्धमा जुन षड्यन्त्रहरू भएका छन्, त्यसविरुद्धमा जागरण अभियानहरू चलाउने भन्ने स्पष्ट छ । यी कुराहरूले राष्ट्रिय राजनीतिलाई प्रभावकारी ढङ्गले नियन्त्रणमा राख्न सकिन्छ भन्ने हाम्रो मान्यता हो ।
० चार बुादे सहमति र सेना समायोजन प्रक्रियाविरुद्ध तपाईंहरूले चर्को आवाज उठाउनु भएको थियो, यस विषयमा केन्दि्रय समिति केही नबोलेकोजस्तो देखियो नि होइन ?
होइन, यसमा हाम्रो दुईवटा दृष्टिकोण छन् । प्रचण्ड र बाबुरामले हामीले ठीकै गरेका छौा भन्ने पेस गर्नुभएको थियो । हामीले त्यो गल्ती भयो, त्यो आत्मसमर्पणतिर जाने खतरा भयो भन्ने राखेका थियौा । यो दुईवटा विषय कार्यकर्तासम्म जान पाउाछ । यसमा अहिले भर्खर एउटाले अर्कोको प्रस्ताव वा दृष्टिकोण स्वीकार गरेको स्थिति छैन ।
० तर, तपाईंहरूले भनेजस्तो कार्यकर्ता तहसम्म पुग्दा कामकारवाही त टुङ्गसिक्ने अवस्था छ नि, होइन र ?
हो, यो पनि सत्य हो । कैयौ कुराहरू कार्यान्वयनको तहसम्म जाने सम्भावना पनि छ । त्यसैले हामीले अहिले विवादित विषयहरूलाई कार्यान्वयन नगरौा भनेर सहमति गरेका छौ ।
० बाबुराम नेतृत्वको सरकारलाई फिर्ता बोलाउने भनिएको थियो । अहिलेसम्म कार्यान्वयन भएको छैन । के यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनेतिर लाग्नुभएको त होइन ?
चार बुादे र सात बुादे सहमतिको आधारमा संगठित भएको यो सरकारको सन्दर्भ समाप्त भइसकेको छ । अब नया आधारहरूमा सरकार निर्माण गर्नेतिर लाग्नुपर्छ । यो कुरा बाबुराम आफैाले पनि बुझ्नुपर्ने कुरा हो ।
० सरकारले हालै ल्याएको सुशासनको कार्ययोजना पार्टीभित्र छलफल भएर सहमतिमा ल्याइएको हो ?
सरकार र पार्टीको बीचमा तालमेल नबन्नु नै हाम्रो पार्टीको सबभन्दा कमजोर पाटो हो । धेरैजसो विवादहरू, धेरैजसो समस्याहरू सरकार र पार्टीबीच बनेका असमझदारीहरूले नै गर्दा भएका छन् । सरकारमा जानुपर्छ भन्नेमा पार्टी एक छ तर सरकारलाई वर्गसंघर्षको मोर्चा कसरी बनाउने र जनताका विरोधीहरूसाग सरकारमा बसेर कसरी संघर्ष गर्ने भन्ने विषय नटुङ्गनिुले धेरै समस्या पैदा गराएको छ । तथापि बाबुरामजीले ल्याउनु भएको कार्ययोजनाको बारेमा पार्टीभित्र छलफल भएको छैन ।
० भनेपछि अहिले पनि पार्टी र सरकारबीच तालमेल हुन सकिरहेको छैन ?
सरकारको बारेमा केन्दि्रय समितिले सरकार फर्किनुपर्छ अर्थात् सरकार नयाा ढङ्गले निर्माण गर्नुपर्छ भन्ने निर्णय गरेको छ । त्यसकारण यो सरकारसाग सिङ्गो पार्टी एकताबद्ध हुने भन्ने कुरै भएन ।
० सरकारले जनसत्ताको निर्णय लागू गर्ने बताएको छ, यस विषयमा के भन्नुहुन्छ ?
सरकारको यो निर्णयलाई हामीले सकारात्मकरूपमा लिएका छौा । यसबारेमा जनताले, जनवर्गीय संगठनहरूले पनि समर्थन गरिसकेका छन् । आवश्यक पर्यो भने यसको पक्षमा जनपरिचालन पनि गर्ने हाम्रो सोचाइ छ ।
० तपाईंहरू जनसत्ताबाट सुरु गर्दै जनअदालत र जनपरिषद् पनि ब्युाताउन लाग्नुभएको छ भन्ने अन्य दलहरूको आरोप छ नि, के भन्नुहुन्छ ?
मानिसहरू आ-आˆनो स्वार्थअनुरूपका कुरा उठाउाछन् । आफूलाई सनक चढेको भरमा उठाउाछन् । कुरा त्यसो होइन, सिङ्गै राज्य व्यवस्था, राज्य प्रणालीलाई जनताको हातमा ल्याउनुपर्छ भन्ने माओवादी दृष्टिकोण छादैछ । यो एक्लै बस्दा जनसत्ता बनायो, जनअदालत बनायो, जनसेना बनायो, यसले जनवादी व्यवस्थाका सामान्य आधारहरू निर्माण गरेर आएको हो । हाम्रो चाहना सहमतिमा ल्याएर दुईवटै वर्ग र दुईवटै दृष्टिकोण अटाउन सक्ने र काम गर्न सक्ने सहमतिले नै हो भन्ने हो । तर, जहाासम्म अहिले तुरुन्तै ब्युाताउने कि नब्युाताउने भन्ने कुरा यो सरकार र कााग्रेस-एमालेको रबैयामा भर पर्छ ।
० तत्कालको स्थिति हेर्दा दलहरू संविधान लेखनभन्दा अन्य विवादहरूमा अल्भिmएका छन् । यसले गर्दा समयमा संविधान बन्ने छाट देखिादैन, यस विषयमा के भन्नुहुन्छ ?
कााग्रेस, एमालेको पश्चगामी दृष्टिकोण र पश्चगामी व्यवहारको कारण जनताको संविधान बन्ने सम्भावना निकै न्यून भएर गएको छ । यसमा अझै सुधार आएको छैन ।
० के यस्तो अवस्थामा जनविद्रोह सम्भव छ ?
जनविद्रोह भन्ने कुरा केही नेताहरूको आकांक्षा र लहडमा हुने कुरा होइन, जनविद्रोह त जनताको अधिकार, जनताको चेतना र संगठित शक्तिमा भरपर्ने कुरा हो । नेपालमा जनयुद्ध भयो, जनआन्दोलन भयो, त्योबाट अगाडि सारिएको प्रस्तावहरूमा जनता सहमत छन् । यदि यी कुराहरूलाई कााग्रेस, एमालेहरूले बुझेनन् भने आˆनो अधिकारको लागि जनता सडकमा आउने कुरा, संघर्षमा आउने, विद्रोहमा आउने कुरालाई हामीले स्वाभाविक ठान्नुपर्छ ।
० तपाईंहरू आˆनो पार्टीको विवाद मिलाउन सक्नु हुन्न, देशलाई कसरी विवादमुक्त बनाउन सक्नुहुन्छ भनेर प्रश्न उठाइादैछ, यस विषयमा के भन्नुहुन्छ ?
अहिले हामीले पार्टीभित्रको विवादलाई सापेक्षितरूपले मिलायौा भन्ने नै हो । एक चरणलाई माओवादी पार्टी एकताबद्ध भएर नै अगाडि बढेको छ, यसमा कुनै शंका मान्नुपर्दैन । जहाासम्म सबै विवादहरू मिल्ने भन्ने कुरा हो, एउटा पार्टीमा बहसहरू भइरहन्छ, त्यो अगाडि पनि बढिरहन्छ । मुख्य कुरा पार्टीले आˆनो रङ नबद्लोस, जनताको जिम्मेवारी नछोडोस्, नत्यागोस् र राज्यलाई रूपान्तरण गर्ने ठाउासम्म पुर्याओस् भन्ने नै हो त्यसमा हामी दृढ छौ ।

Posted by: chhepyastra weekly | January 21, 2012


एनेकपा माओवादीको के. स. निर्णय


बलियो बन्यो क्रान्तिकारी धार, तयार हुदैछ जनविद्रोहको आधार

काठमाडौ । लामो विवाद र बहसपछि सम्पन्न भएको एनेकपा माओवादीको केन्द्रीय समिति बैठक हालै सम्पन्न भएको छ । बैठकले माओवादी, फुट्छ र संसद्वादी दलहरूको जीत हुन्छ भन्दै रमाउनेहरूलाई गतिलो झापड दिएको छ । माओवादीकै कतिपय नेताहरूले जतनविद्रोह सम्भव नभएको र अहिलेको अवस्थामा शान्ति र संविधान निर्विकल्प भएको बताउादै आए तापनि पार्टीकै अर्को पक्ष अर्थात् वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षले पार्टी संसद्वादी दलदलमा फस्न नसक्ने भन्दै पार्टीले क्रान्तिकारी योजना अगाडि बढाउनुपर्ने धारणा राख्दै आएको थियो । दस वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै नयाा नेपाल बनाउने आˆनो पार्टीको लक्ष्यमा चुक्नु नहुने बताउादै पार्टी संस्थापन समक्ष आˆनो स्पष्ट अडान राख्दै आएको थियो । पार्टी संस्थापन पक्षले शान्ति र संविधान भन्दै संसद्वादी भासमा डुबुल्की लगाउने तयारी गरेपछि वैद्य समूहले त्यसको कडा रूपमा प्रतिवाद गर्दै आएको थियो । वैद्य पक्षको यही अडानका कारण केन्द्रीय समितिको बैठकले शान्ति र संविधानको नाममा मूर्दा शान्ति र एक थान देखाउनका लागि बनाइने संविधान आफूहरूलाई स्वीकार्य नहुने भन्दै अन्ततः जनविद्रोहमा जाने नीति लिएको छ । पार्टीभित्र अहिले अधिकांश नेता तथा कार्यकर्ताहरूको मनोभावना समेट्न पुगेको वैद्य पक्षको क्रान्तिकारी धार बैठकपछि अन्ततः सशक्तरूपमा अगाडि बढेको छ भने समग्र पार्टीले नै वैद्य पक्षको नीति अागालेको कारण पार्टीभित्र क्रान्तिकारी धार बलियो भएको छ भने जनविद्रोहको लागि आधार पनि तयार हुादै गइरहेको छ ।
एनेकपा माओवादी पार्टीको तत्कालीन कार्ययोजना र कार्यक्रमबारे प्रस्तावको पूर्णविवरण यसप्रकार रहेको छ- “अध्यक्ष क. प्रचण्ड र उपाध्यक्ष क. किरणद्वारा केन्द्रीय समितिमा प्रस्तुत प्रस्तावहरूमाथि भएको छलफलबाट तत्काल सबै विषयमा सहमति भई एउटै प्रस्ताव तयार पार्न समभव देखिएन । अतः पार्टी एकतालाई कायम राख्दै र सुदृढ गर्दै अगाडि बढ्नका लागि प्रस्तावमा विमति रहेका विषयलाई पार्टीपंक्तिमा तलसम्म छलफल चलाउने, तिनको समीक्षा गर्दै जाने तथा सहमत भएका विषयहरूका आधारमा तत्काल एकीकृत कार्ययोजना र कार्यक्रम बनाई व्यवहारमा जान निम्नअनुसारको साझा प्रस्ताव तयार पारिएको छ- -१) हाम्रो गौरवशाली पार्टी एकीकृत नेकपा -माओवादी) को कार्यदिशाको मूल सार, सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडनका कारण अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपाललाई नयाा जनवादी क्रान्तिद्वारा मुक्त गरी समाजवाद र साम्यवादको दिशामा अघि बढ्ने हो । यसका लागि पार्टीले मालेमा, विचारलाई निर्देशक सिद्धान्तका रूपमा आत्मसात गर्दै ठोस व्यवहारमा यसको रक्षा, प्रयोग र विकास गर्ने चुनौतीलाई स्वीकार गर्दै आएको छ । नयाा जनवादको रणनैतिक उद्देश्य प्राप्तिका निमित्त समग्र अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति एवं वर्गशक्ति सन्तुलनको ठोस मूल्यांकनका आधारमा पार्टीले जनताको संघीय गणतन्त्रलाई आजको आˆनो मूल्य कार्यनीति ठहर गरेको छ । यसका साथै राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न पनि कार्यनीतिको एउटा प्रमुख विषय बन्दै आएको छ । चार आधार निर्माण र चार तयारी हुादै सडक, सदन र सरकारबाट आवश्यक पहल लिई जनविद्रोह पूरा गर्ने नीति पनि पार्टीले लामो समयदेखि लिादै आएको छ । हाम्रो पार्टी यसप्रकारको कार्यदिशा र कार्यनीतिप्रति प्रतिबद्धता छ । -२) उपोक्त कार्यदिशा एवं नीतिका आधारमा सामन्तवाद तथा साम्राज्यवाद विरोधी जनताको संघीय गणतन्त्रतात्मक संविधान निर्माण गर्ने र सम्मानजनकरूपमा सेना समायोजन गरी शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने काममा क्रियाशील हुादै दृढतापूर्वक अगाडि बढ्नुपर्दछ । नयाा संविधान निर्माण र सेना समायोजनको कामलाई समानान्तर ढङ्गले सम्पन्न गर्नुपर्दछ । संयुक्त राष्ट्रिय सहमतिको सरकार गठनका लागि विशेष पहल गर्न जरुरी छ । तसर्थ, यो बेला यिनै विषयमा केन्दि्रत रही तत्कालीन कार्ययोजना र कार्यक्रम बनाई सिङ्गो पार्टी र जनतालाई अभियानका रूपमा परिचालन गर्न आवश्यक छ, -३) कार्ययोजना र कार्यक्रमको रूपरेखा यसप्रका रहेको छ- -क) पार्टी कार्यदिशा, कार्यनीति, चार आधार तथा चार तयारीसहित तत्कालीन कार्ययोजना, कार्यक्रम दुई लाइन संघर्ष एवं शान्ति र संविधान निर्माण प्रक्रियालगायत समसामयिक राजनैतिक स्थितिबारे विभिन्न स्तरमा बैठक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्दछ । -ख) जनताको संघीय गणतन्त्रमा आधारित संविधान निर्माण गर्ने र सम्मानजनकरूपमा सेना समायोजनसहित शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने काममा जोड दिादादिादै पनि सो हुन नसकेमा जनतालाई जनविद्रोहमा जाने अधिकार भएको कुरा स्वतःसिद्ध छ, -ग) वामपन्थी, देशभक्त र गणतन्त्रवादीहरूको केन्द्रीय र स्थानीयस्तरमा समेत संयुक्त मोर्चा निर्माण गर्न विशेष पहल गर्नुपर्दछ, -घ) जनसंघर्ष तथा जनपरिचालनसम्बन्धी काम निम्नअनुसार रहेका छन्- राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाका जल्दाबल्दा समस्याको समाधानका लागि जनपरिचालन गर्ने, क्षेत्रीय र जिल्लास्तरमा जनप्रदर्शन, जनसभा, अन्तरक्रिया र गोष्ठीहरूको आयोजना गर्ने, नयाा संविधानमा उल्लेख हुनुपर्ने जनसरोकारका विषयमा पार्टी, ज. ब. स., मोर्चाहरूका तर्फबाट ज्ञापनपत्र, हस्ताक्षर संकलन र्याली आदिको आयोजना गर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा, असमान सन्धिसम्झौताको खारेजी, सीमा अतिक्रमण, प्राकृतिक स्रोत, साधनहरूमाथि हुादै गइरहेका हस्तक्षेपलगायतका विषयबारे सशक्तरूपमा जनपरिचालन गर्ने, स्थानीय विकास निर्माणको योजना तर्जुमा गरी पार्टीको नेतृत्वमा जनसहभागिता गराउने, जनताको तत्कालिक आवश्यकता परिपूर्ति गर्ने कार्यकर्ता व्यवस्थापन गर्दै नयाा अर्थतन्त्रको आधारसमेत निर्माण गर्ने उद्देश्यले पार्टीको नेतृत्वमा एक गाउा एक सहकारीको व्यवस्था लागू गर्ने, उत्पादन, जनसेवा, जनसंघर्ष र जनपरिचालनका निमित्त युवाहरूलाई विशेषरूपले संगठित गरी परिचालन गर्ने, जिल्लाहरूमा सहित प्रतिष्ठानको शाखा वा जनयोद्धा संरक्षण केन्द्र निर्माण गरी सहिद, बेपत्ता र घाइते योद्धाहरूको योगदानले स्थापित गर्ने, उनीहरूका परिवारलाई आवश्यक सहयोग र संरक्षण गर्ने । यो कामका लागि आवश्यक संयन्त्र कोष निर्माण जनपरिचालन गर्ने, बेपत्ता योद्धाहरूलाई सार्वजनिकीकरण गर्नका लागि सशक्त आवाज उठाउने, घाइते, अपाङ्गहरूका निमित्त विशेष प्याकेजको व्यवस्था तथा बहिर्गमनमा परेका लडाकुहरूको समस्या समाधान गर्ने, वाइसिएलका कमरेडहरूद्वारा प्रस्तुत मागहरूको सम्बोधन गर्ने, माओवादीहरूमाथि जनयुद्धकालमा लगाइएका मुद्दाहरूको फिर्ता तथा खारेजी र हाल लगाइएका झूठा मुद्दा बदर गर्नका लागि विशेष पहल गर्ने, भ्रष्टाचार, कालाबजारी, कमिसनतन्त्र तथा तस्करीको विरोध र महागी नियन्त्रणका लागि आवाज उठाउने । उपरोक्त कार्ययोजनाअनुसार कार्यक्रमको ठोस कार्यतालिका स्थायी समितिद्वारा निर्धारण गरी कार्यान्वयन गरिनेछ ।”
यसैगरी, एनेकपा माओवादीले देशभर बैठक र प्रशिक्षण कार्यक्रम राखेको छ । जुन यसप्रकारको छ- -१) राज्य समिति सदस्य र राज्य समितिका सल्लाहकारहरू सहभागी हुने बैठक तथा प्रशिक्षण कार्यक्रम निम्नअनुसार तयार गरिएको छ- -क) विशेष ब्युरो -नेवाः राज्य, ताम्सालिङ राज्य, गैरभौगोलिक विशेष राज्यहरू) प्रशिक्षण, माघ ५ गते बिहान ११ बजेदेखि निम्न समय र स्थानमा हुने कुरा यसप्रकार छ- काठमाडौाका लागि ताम्सालिङ राज्य समितिको बैठक माघ ७ गते बिहान ७ बजे, नेवाः राज्य समितिको बैठक माघ ७ गते दिउासो १ बजे, -ख) मध्यपश्चिम ब्युरो -तमुवान राज्य, मगरात राज्य) प्रशिक्षण, माघ १० गते बिहान ११ बजे, तानसेन पाल्पाका लागि तमुवान राज्य समितिको बैठक माघ ११ गते बिहान ७ बजे, मगरात राज्य समितिको बैठक माघ ११ गते दिउासो १ बजे । -ग) पश्चिम ब्युरो -थारुवान राज्य, भेरी-कणर्ाली राज्य र सेती-महाकाली राज्य) प्रशिक्षण, माघ १३ गते बिहान ११ बजे बााके, चिसापानी- थारुवान राज्य समितिको बैठक माघ १४ गते बिहान ७ बजे, भेरी-कणर्ाली राज्य समितिको बैठक माघ १४ गते दिउासो १ बजे, सेती-महाकाली राज्य समितिको बैठक माघ १५ गते हिान ७ बजे । -घ) मधेश ब्युरो र प्रवास -भोजपुरा राज्य, मिथिला राज्य, अवध राज्य, प्रवास राज्य) प्रशिक्षण, माघ १६ गते बिहान ११ बजे पर्सा वीरगन्ज- भोजपुरा राज्य समितिको बैठक माघ १७ गते बिहान ७ बजे, मिथिला राज्य समितिको बैठक माघ १७ गते दिउासो १ बजे, अवध राज्य समितिको बैठक माघ १८ गते बिहान ७ बजे, प्रवास राज्य समितिको बैठक माघ १८ गते दिउासो १ बजे । -ङ) पूर्वी ब्युरो -लिम्बुवान् राज्य, किरात राज्य, कोचिला राज्य) प्रशिक्षण, माघ २० गते बिहान ११ बजे- लिम्बुवान् राज्य समितिको बैठक माघ २१ गते बिहान ७ बजे, किरात राज्य समितिको बैठक माघ २१ गते दिउासो १ बजे, कोचिला राज्य समितिको बैठक माघ २२ गते बिहान ७ गते बिहान ७ बजे । -२) जनयुद्ध दिवसको सन्दर्भमा फागुन १ गते बृहत् जनसभा कार्यक्रमको लागि निम्नअनुसार स्थान र वक्ताहरू तय गरिएको छ- काठमाडौाका लागि प्रमुख वक्ता प्रचण्ड, सहायक वक्ता किरण, अनन्त, पोखराका लागि प्रमुख वक्ता डा. बाबुराम भट्टराई, सहायक वक्ता अमिक शेरचन, जनकपुरका लागि प्रमुख वक्ता प्रकाश र सहायक वक्ता गिरिराजमणि पोखरेल, पम्फा भुसाल, बुटवलका लागि प्रमुख वक्ता बादल र सहायक वक्ता टोपबहादुर सायमाझी ‘अनिल’, नेपालगन्जका लागि प्रमुख वक्ता गौरव र सहायक वक्ताका लागि दीनानाथ शर्मा, विराटनगरका लागि प्रमुख वक्ता दिवाकर, सहायक वक्ता देव गुरुङ, धनगढीका लागि प्रमुख वक्ता कृष्णबहादुर महरा, सहायक वक्ता लीलामणि पोखरेल, धर्मेन्द्र बास्तोला र दाङका लागि प्रमुख वक्ता विप्लव सहायक वक्ता प्रभाकर, हरिभक्त काडेल रहेका छन् ।

Posted by: chhepyastra weekly | January 15, 2012


बद्लियो प्रचण्डको चाल, भट्टराईको बेहाल

सरकार विघटनको संघारमा

काठमाडौ । महत्वकांक्षी योजनाका साथ अगाडि बढेको गठबन्धन सरकार आˆनो योजनामा सफल नभएपछि सर्वत्र आलोच्य बन्दै विघटनको संघारमा पुगेको छ । सानातिना क्षेत्रीय दलहरूको समर्थनमा कमजोर धरातल र खतरनाक सम्झौता गर्दै खडा भएको भट्टराई नेतृत्वको सरकारमा सहभागीहरू यतिबेला भट्टराईलाई जुम्राले मूर्दा छाडे जसरी छाड्दै जान थालेका छन् । प्रधानमन्त्रीको हैसियतमा भट्टराईले शान्ति र संविधान निर्माणको प्रक्रियामा प्रगति गर्न नसकेको, सरकार दिनानुदिन इतिहासकै भ्रष्ट बन्दै गएको भन्दै सरकारलाई साथ दिएका केही दलहरूले साथ छोडिसकेका छन् भने कतिपय दलहरू साथ छाड्ने मानसिकतामा पुगिसकेका छन् । सरकार गठनताका जनतासामु बााडिएका आश्वासनहरू सफल हुन नसकेपछि भट्टराई नेतृत्वको सरकार आफैा लज्जित हुादै राजीनामाको तयारीमा पुगेको बुझिएको छ । आˆनै पार्टीभित्रका सहयात्रीहरूलाई पन्छाउादै एकलौटी ढङ्गले अगाडि बढेका प्रधानमन्त्री भट्टराईलाई पछिल्लो समय उनलाई साथ दिने उनकै मन्त्रिपरिषद्मा सहभागी सहयात्रीहरूले समेत राजीनामा दिन सुझाएको बुझिएको छ । उनीहरूले सरकारमा जति लामो समय बस्यो त्यति नै बेफाइदा हुने भन्दै प्रधानमन्त्री भट्टराईलाई जतिसक्दो चााडो राजीनामा दिन भनेका हुन् । भट्टराई नेतृत्वको सरकार बाहृय कारणले भन्दा पनि आˆनै आन्तरिक कारणले विघटनको संघारमा पुगेको कतिपय विश्लेषकहरूको भनाइ रहेको छ ।
नेपाली कााग्रेसलगायत अन्य प्रतिपक्ष दलहरूले समेत सरकारले शान्ति र संविधान निर्माणको प्रक्रियामा उल्लेख्य एवं सन्तोषजनक काम गर्न नसकेको भन्दै वर्तमान सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने कुरा जोडतोडले उठाउन थालेका छन् । मधेशी जनअधिकार फोरमसागै नेकपा समाजवादीले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसद्मा सरकारविरोधी दलहरूको बाहुल्यता बढ्ने सम्भावना प्रबल बन्दै गएको छ । नेपाली कााग्रेसले सरकारको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताइरहेको बेला सरकारलाई साथ दिएका दलहरू भकाभक बाहिरिन थालेपछि भट्टराई नेतृत्वको सरकार र बालुवाको घर सावित हुन पुगेको छ । जुन कुन बेला ढल्छ, भन्न सकिादैन । कमजोर बन्दै गएको गठबन्धनको नेतृत्व गरिरहेका भट्टराई भने अझै पनि आफूलाई कसैले सरकारबाट हटाउन नसक्ने भन्दै सत्तामोहको उच्चतम् प्रदर्शन गरिरहेका छन् । विपनामा त के कुरा सपनामा समेत राजीनामा दिन नसक्ने बताउने भट्टराईको यो भनाइ कमजोर भन्दै गएको व्यवहारबाट पुष्टि भएको छ । उनलाई साथ दिएका केही विपक्षी दलहरूसमेत उनको पछिल्लो कार्यशैलीबाट आजित बनेका छन् र उनको नियतमाथि आशंका गर्न थालेका छन् ।
आˆनै दल र अन्य सहयात्री दलबाट समेत एक्लादै गएपछि भट्टराई प्रचण्डको कााधमा चढेर पार्टीभित्रका क्रान्तिकारी विचार समूहको मन जित्ने प्रयासमा देखिएका छन् । प्रचण्डलाई साथ दिने माओवादी नेताहरू कम हुादै गएपछि भट्टराई सरकार समक्ष अर्को समस्या खडा हुन पुगेको छ । प्रचण्डलाई साथ दिने नेताहरू औालमा गन्न सकिने अवस्थामा पुगेका छन् । अहिले उनलाई खुलेर साथ दिनेमा अग्नि सापकोटा, हरिबोल गजुरेल र शक्ति बस्नेत रहेका छन् भने अन्य नेताहरू पार्टीको क्रान्तिकारी विचार समूहमा लामबद्ध हुन पुगेपछि भट्टराई सत्तामा टिकिराख्न नसक्ने भएका छन् । हिजो आफैाले साथ छोडेका उपाध्यक्ष वैद्य समूहको साथ र सहयोगबिना अगाडि बढ्न नसकिने निष्कर्षमा ढिलो गरी पुगेका भट्टराई अहिले विस्तारै वास्तविकता बुझ्नेतर्फ गएको जानकारहरूले बताएका छन् । आफू सरकारमा टिकिराख्न र उपाध्यक्ष वैद्य समूहको वैचारिक एवं राजनीतिक अडानलाई स्खलित पार्न मन्त्री, मन्त्रालयको कस्मेटिक हौवा फैलाउन भट्टराई अझै लालायित भएको बुझ्न गाह्रो पर्दैन । सरकार बचाउने सबै विकल्प सकिादै गएपछि भट्टराई अन्ततः आˆनै कमजोरीले टाढिएका सहयात्रीको शरणमा पुगेका हुन् ।
यसैबीच, माओवादी पार्टीको जारी केन्द्रीय समिति बैठकमा विवादित विषय थाती राखेर अन्य निर्णयमा एकमत हुने बताए पनि प्रचण्डले आˆनो दस्तावेजमा त्यस्तो उल्लेख नगरी उही घुमाइ-फिराइ संसदीय व्यवस्थामा जाने बाटो अवलम्बन गरेपछि वैद्य पक्षले यसलाई ठाडै अस्वीकार गरेका छन् । प्रचण्ड पुनः नयाा दस्तावेज तयार पार्ने तयारीमा लागिरहेको बेला उनले वैद्य समूहलाई भट्टराई नेतृत्वकै सरकारमा महत्वपूर्ण मन्त्रालय दिएर सहभागी गराउने असफल प्रयास गरेका छन् । भट्टराई जस्तो राष्ट्रघाती एवं जनघाती कार्य गर्ने व्यक्तिको नेतृत्वमा सरकारमा सहभागी हुुन नसकिने वैद्य समूहका एक नेताले बताएका छन् । यो सरकार विघटनपछि मात्रै अर्को नयाा सरकारमा सहभागी हुन सकिने तर भट्टराई नेतृत्वको सरकारमा कुनै पनि हालतमा सहभागी हुन नसकिने ती नेताले बताएका छन् । वैद्य पक्षको कडा प्रतिक्रियासागै प्रचण्डले भट्टराईलाई साथ छाड्दै वैद्यनिकट हुन थालेको बुझिएको छ । हिजो आफैालाई प्रधानमन्त्री बनाउन लविङ गर्ने सहयात्रीलाई घात गरेर प्रचण्डलाई कााध थाप्न पुगेका डा. भट्टराईलाई प्रचण्डले प्रयोग मात्र गरेको बुझेपछि मर्माहत भएका छन् । आफू कमजोर बन्दै गएपछि प्रचण्डको साथ माग्न पुगेका भट्टराईलाई प्रचण्डले साथ नदिने र प्रधानमन्त्रीबाट राजीनामा गर्नु नै उत्तम हुने भनेपछि क्रुद्ध बन्दै सरकार छाड्ने मानसिकतामा पुगेको बुझिएको छ ।

Older Posts »

Categories

Follow

Get every new post delivered to your Inbox.